रविवार, 19 अगस्त 2018

सहकारी

सहकारी

सवैका लागि एक र एकका लागि सवै नै सहकारी हो ।
व्यक्तिहरूको ऐच्छिक र स्वस्फूर्त सहभागितावाट आफ्ना सामान आर्थिक, सामाजिक, सांस्कृतिक आवश्यकता र आकांक्षा परिपूर्तीका निमित्त सामूहिक स्वामित्व र प्रजातान्त्रिक ढंकवाट नियन्त्रत स्वायत्त उद्यम नै सहकारी हो । सहकारीका वारेमा समग्र जानकारीका लागि धधध।मभयअ।नयख।लउ मा लगअन गर्नुहोला । यो नेपाल सरकारको आधिकारीक साइड हो । यसैलाई स्रोत वनाएको छु । मिलीजुली उत्पादन गरौं, मिलीजुली वितरण गरौं र मिलीजुली उपभोग गरौं भन्ने विचार नै सहकारीको मूलमर्म हो ।
सामान्यतः सहकारी भन्नाले
  • सह + कार्य (कारी ) = सहकारी
  • कुनै काम आपसमा मिलेर गर्नु
  • समान आवश्यकता परिपूर्ति गर्न प्रयत्नशील रहनु
  • योग्यता, सीप र क्षमताको सामुहिक उपयोग गर्नु
  • संगठित भई उद्देश्यमूलक क्रियाकलाप गर्नु

अन्तर्राष्ट्रिय सहकारी महासंघ ९क्ष्ऋब्० को परिभाषा
‘सहकारी त्यस्ता व्यक्तिहरूको स्वायत्त संगठन हो जो स्वेच्छिक रुपमा आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकताहरू र आकांक्षाहरू परिपूर्ति प्रजातान्त्रिक तवरले नियन्त्रित संयुक्त स्वामित्वमा आधारित व्यवसाय÷उद्यम मार्फत् गर्न चाहन्छन् ।’
सहकारी संस्थाको भूमिकाः
  • सदस्यहरूलाई आर्थिक लाभ,
  • सदस्यहरूलाई व्यवसायिक अवसर,
  • सदस्यहरूलाई उत्पादनको वजार पहुँच,
  • सदस्यहरूलाई पूँजी तथा प्राविधिक सेवा,
  • सदस्यहरूलाई उद्यमशीलता विकास,
  • सदस्यहरूलाई सहकारी शिक्षा तथा क्षमता विकासको अवसर,
  • सदस्यहरूको आवश्यकता र प्राथमिकता अनुरुप अन्य सेवा,
  • सेवामा एकिकरण र व्यवसायमा विविधिकरण


वास्तवमा सहकारीको आवश्यकता कीन ?
सामान्यत : सिमित व्यक्तिहरूले सेयर खरिद गर्ने र वचतको संकलन गरी सदस्यहरूमा ऋण लगानी गर्नुलाई सहकारी भन्दछन् । पूंजी नभएका वा केही पूंजी भएर पनि एक्लै व्यवसाय गर्न क्षमता नभएका, केही पूंजी पनि छ अलिकति व्यवसाय गर्न पनि सक्ने खुवी छ तर यि दुवै कुराहरू भएर पनि व्यवसाय गर्दा सवै घाटा लाग्यो भने परिवार भोकै पर्छन भन्ने कुराले एक्लै व्यवसाय गर्ने आँट गर्न नसकेका व्यक्तिहरू मिलेर गर्ने कार्य हो । यस्तो सहकार्य गर्दा आफूसंग भएको केही पुंजी संस्थामा जम्मा गरी समुदायमा आधारीत रही, सदस्यकै हितका लागि सदस्य माझ व्यवसाय गर्ने र सदस्यहरूलाई व्यवसायी÷उद्यमसिल, क्षमतावान वनाउने कार्य सहकारीको कार्य भित्र पर्दछ । यो सहकारी निती संसारकै सवै प्रजातान्त्रीक पार्टिहरूलाई स्विकार्य मानिन्छ । यूरोप÷अमेरिका र कम्यूनिष्ट देशहरू छिटो विकासहुनुको रहस्य पनि यही सहकारी हो । कम्यूनिष्ट अर्थव्यवस्थाको प्रारम्भिक एवं आधारभूत चरण पनि सहकारी नै हो । हाम्रो देश विकास र राष्ट्र विरोधी धेरै फोहरी महाननेताहरू कुर्चिको लागिमात्र राजनिति गरेका नेताहरु भएको देश भएको हुदाँ हामी उनीहरूको पछाडि दौडनु भन्दा कुनै एक सहकारीको पछि लाग्दा हाम्रो हितहुने देखिन्छ । अव समय वर्वाद नगरौं ।

सहकारीको सात सिद्धान्तहरू
    सिद्धान्तहरू      मूल्यहरू   
१. स्वेच्छिक तथा खुला सदस्यता                       – खुलापन
२ं  सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण                 – प्रजातन्त्र, समानता
३ं  स्वायत्तता तथा स्वतन्त्रता                     – आत्मसहयोग,स्वउत्तरदायित्व   ४. नियमित शिक्षा तालिम र सूचना सम्प्रेषण            – इमान्दारिता
५. सहकारी संस्थाहरू वीच सहयोग                     – ऐक्यवद्धता
६. समुदाय प्रति चासो                                – सामाजिक उत्तरदायित्व
७. सदस्यहरूको आर्थिक सहभागिता – न्याय

सहकारी सम्वन्धी केही जानकारी
१. संसारमा करिव १ अर्व भन्दा वढि जनता सहकारी संघसंस्था वा वचत तथा ऋण सहकारी संस्थाका सदस्य छन् । विश्वका १ अर्व गरिव जनतासंग भन्दा वढि सम्पत्ति ४ सय धनीहरूसंग छ । विश्व जनताको कुल आय (४ सय धनीहरू वाहेक) ३ खर्व ७० अर्व डलर छ । तसर्थ ठूला व्यवसायी भन्न रुचाउनेहरू खासगरी सहकारीको नाम सुन्दा झस्किन्छन अनी वेला वखतमा विरोधका स्वरहरू गर्ने गर्दछन ।
२. संसारका बहुराष्ट्रिय निगमले भन्दा सहकारीले २०% प्रतिशत वढि व्यक्तिहरूलाई रोजगारी दिन्छ । तर पनि विश्वका १ प्रतिशत धनीको आय विश्वका ७५ प्रतिशत गरिव जनताको भन्दा बढि छ । विश्वका ४ सय धनीहरूसंग ११ खर्व ३० अर्व अमेरिकी डलरको सम्पत्ति छ । विश्वका २ सय २५ धनीसंग १० खर्व डलरबराबरको सम्पत्ति छ भने ४७ प्रतिशत जनता अर्थात २ अर्व ५० करोड जनतासंग पनि त्यत्तिकै सम्पत्ति छ ।
३. संसारका दुइतिहाई सहकारी संघ÷संस्थाका संचालकमा एक वा एक भन्दा वढि महिलाहरू निर्वाचित भएका छन् ।
४. संसारका दुई तिहाई भन्दा बढि सहकारीले आफ्नो सहकारी संस्थामा सदस्य वोर्ड सदस्य र विज्ञहरूसंग सल्लाह गरेर निर्णय गर्दछन् ।
५. संसारका ३५ प्रतिशत चिनी सहकारीलेनै उत्पादन गर्दछ ।
(सन् २००९ को सयुक्त राष्ट्रसंघको मानव विकास प्रतिवेदनवाट साभार)
सहकारी संस्था खोल्नु अघि ध्यान दिनुपर्ने कुराहरू ः
१. के विषयको कस्तो संस्था कहाँ खोल्ने ।   
२.   संस्थाको नाम, ठेगाना र उद्देश्य के हुने ।
३. संस्था खोल्नु अघि यसमा को को सामेल हुने ।
४.  शेयर रकम र प्रवेश शुल्क कति कति तोक्ने । 
५. दर्ता हुनु अघि तदर्थ समिति को को भएर गठन गर्ने ।   
६. संस्थाको विनियम वनाउने र तदर्थ समितिले पारित गर्ने ।   
७. शेयर र प्रवेश शुल्कको जिम्मा कसले लिने, खाता कहाँ खोल्ने 
८. कसलाई दर्ता गर्न जान अधिकार प्रत्यायोजन गर्ने ।
९. संस्थाले गर्ने कामको योजना वनाउने र पारित गर्ने   १०. संस्थाको कार्य क्षेत्र तोक्ने ।


नेपालमा सहकारी किन आवश्यक छ ।

नेपाल संसारमै गरिवी देशको नामले चिनिन्छ । कुलजनसंख्याको ८६ प्रतिशत नेपाली गाउँमा वस्दछन भने ८० प्रतिशत मानिस कृषि पेशामा छन् । गाउँको विकास विना देशको विकास सम्भव छैन् । गाँउको विकास अव सहकारी आन्दोलनको मूल मर्मलाई आत्मसाथ नगर्दा सम्म देशको विकास छिटो हुने सम्भावना धेरै कम छ । राम्रो काम छिटो गर्न भन्दा फोहरी काम छिटो गर्न खपिस नेताहरू धेरै हुनुको कारण र देशको भन्दा विदेशीको फाइदा हुने काम गर्दा आफूलाई फाइदा हुने देखेर नेताहरूले राष्ट्रघाती काम गर्न पछि हटदैनन् । त्यसैले नेताका भर गर्नु भन्दा स्थानिय स्तरमै स्थानिय जनताहरू मिलेमा छिटो कार्य सफल हुन्छ । नेताहरूलाई देश र जनता भन्दा कुर्चि प्यारो छ । ६÷६ महिनामा सरकार फेर्ने त यिनीहरूलाई वानीनै लागिसेको थियो तर हुदाँ हुदै १०० दिन नपुग्दै सरकार फेर्ने र नेपाल बन्द गराई जनतालाई दुःख दिन वाहेक अरु केही जानेका छैनन् । पालैपालो देशको ढुकुटी सक्न तल्लीन भएको हामीले देखिरहेका छौं । नेता मात्र हैन् कर्मचारी, न्यायधिस, पत्राकार सवैमा अधिकाशं विदेशी दलाल, भष्टचारी र जनताको रगत र पसिनामा हनिमुन मनाएका छन् । विदेशीहरू केही नेपालीहरूलाई सत्तामा पु¥याई फाइदा उठाएका छन त केही नेताहरूको छोरा छोरीहरूलाई छात्रवृत्रि दिएर फसाएका छन भने केही नेपाली नेता, वकिल,न्यायधिस, पत्राकार, मिडियाहरूलाई महिनै पच्छिे मोटो रकम खुवाएर आफ्नो स्वार्थ लुटिरहेको हुन्छ । भारत लगाएत केही राष्ट्रले वार्षिक केही अरव पैसा यसरी खर्च गरेको छ भने प्रत्येक वर्ष यो देशलाई द्वन्दमा फसाएर नेपालवाट खर्वौ रुपियाँ कमाएको छ । त्यसैले हाम्रो यो हालत भएको हो । ८०% प्रतिशत किसानको जव सम्म हित हुने कार्य यो देशमा हुदैन तव सम्म देश वन्न सक्दैन । हाम्रो अपार स्रोत परिचालन गर्न पनि विदेशी माफियावाट संचालित धेरै व्यक्तिहरूले काममा सधै वाधा हालेकै कारण देश सधै पछाडि पारिरहेको छ । यता माफियालाई सधै सहयोग गरिरहेको नेपालको न्यायालयका केही न्यायधिसहरू पनि त्यत्तिकै खराव नियतका छन । यिनीहरूको यही रवैया रहुन्जेल सम्म मध्यम वर्ग र साना किसानको कहिल्यै हित भने हुनसक्दैन । किन कि यिनीहरूले वास्तविक भ्रष्टचारीलाई कहिल्यै कार्वाही गदैनन् बरु भ्रष्टलाई सधै चोख्याउने, अपराधीलाई जेल सजाय घटाउने काम मात्र गर्दछन र मोटो रकम असुल्छन् । त्यसैले भ्रष्टलाई भन्दा आफ्नो सहपाठी गाँउकै मित्रहरू मिली काम अगाडि बढाउन छिटो सम्भव हुन्छ । यो पनि सहकारी नीतिमा आधारित रहेर गर्दा वढि प्रभावकारी हुने हुदाँ यो कार्यले जनतालाई सवल वनाउने देखिन्छ । केन्द्रमुखी कार्यक्रम भन्दा गाँउमुखी कार्यक्रममा यो कार्यक्रम वढि प्रभावकारी भएको विभिन्न मुलुकको सहकारी आन्दोलनवाट सिक्न सकिन्छ । एक्ला एक्लै काम गरेर विदेशीको वर्चस्व समाप्त गर्न गा¥हो हुन्छ त्यसैले हामी नेपालीहरू सवै मिलीजुली काम गर्नुपर्दछ तव मात्र हामी धनी हुन्छौं । शीर ठाडो गर्न सक्छौं । संसारका विकसित राष्ट्रको पछाडि दकुर्न सक्छौं । यूरोप लगायत कतिपय सम्पन्न राष्ट्रहरू पनि पहिला हाम्रो जस्तै फोहरी राजनैतिकले ग्रसित थियो तर सहकारी आन्दोलनले सवै नेताहरू र विदेशी ठूला व्यापारीहरूलाई चुनौती र सहि पाठ सिकाएकै कारण आजको सम्पन्न मुलुक वनेका हुन् । सहकारीता विकासको तलवाट माथि जाने रणनिती हो ।
साना मझौला किसान गरिवी, विपन्न वर्गकाले उत्पादन गरेको वस्तुको सहि वजार प्राप्त गर्न र यिनीहरूको सहि उत्थानका लागि सहकारीका गतिविधी आवश्यक छ । नेपालमा गरिव, विपन्न, उत्पडित, उपेक्षित वर्ग र समूहको आर्थिक अवस्था सुधारका लागि कृषिमा आमूल क्रान्तिको आवश्यकता रहेको पनि नेपालका विभिन्न विज्ञहरूले स्विकार गरिसकेका छन् । सहकारीता समावेशी, संघिय र प्रजातान्त्रिक व्यवस्थाको उत्तम अभ्यास हो । विडम्वना चुनाव जितेर  गएका शासकहरू ग्रामिण क्षेत्रमा रहेका जनतालाई सहि राहत तथा विकासका नयाँ नयाँ कार्यक्रहरू लिएर कहिल्यै आएनन् । जनताले वनाएको कार्यमा पनि सहयोग गरेनन् । स–साना वचतलाई सहकारी मार्फत आर्थिक उत्थानका कार्यमा लगाउन सरकारले समेत पहल गर्ने र विभिन्न तालिमहरू संचालन गरी जनतालाई जगाउने हो भने देशमा छिटो गरिवी हटाउन सक्षम हुन भने सकिन्छ ।
सहकारी आन्दोलन आफैमा लोकतान्त्रिक आन्दोलन भएको हुदाँ
संयुक्त राष्ट्रसंघले सन् २०१२ लाई सहकारी वर्ष घोषडा गरेको छ ।
अहिलेको विश्व उदारिकरण, विश्वव्यापिकरण तथा निजिकरण तर्फ उन्मुख भइरहेको अवस्थामा अव गरिव गरिव वन्दै जानेछन भने धनी झन धनी वन्दै जानेछन् । उदाहरणको लागि हामी भारतलाई देख्न सक्छौ । भारतमा अहिले पनि ५०% जनता(झण्डै ६० करोड) गरिवीको रेखा मुनी छन् । देशको धन केही अरवपतिको हातमा थुप्रिएको छ । मध्यमवर्गिय जनता सधै दुःखमा पिल्सीएर वसिरहनु पर्नेछ । विकसित मुलुकमा पनि वालस्टे«ट कव्जा गरौ भन्ने आवाजहरू घन्कीरहेका छन् । यी सवै धनी र गरिवको खाडलको कारण हो । राज्यले धनीका कुरा सुन्ने तर मध्यम वर्गिय तथा गरिव जनताका कुरा नसुनेकै कारण यो हालत भएको हो । यिनै विविध कारणले पनि देशको सम्पत्ति केही व्यक्तिको हातमा जान रोक्न पनि सहकारीको महत्व अझ वढि छ । सहकारीलेनै स्थानिय स्तरमा साना साना उद्योग खोल्न र यसको वजारीकरण गर्न पनि टेवा मिल्दछ । जस्तै ः फलफूल तथा तरकारी,दुग्ध,चिया,जडिवुटि, खाद्यान्य,सहकारी पसल,यातायातका साधन संचालन, होटल आदि. फोहरी राजनैतिक खेलको विकल्पनै सहकारी हो ।

सहकारी र पूँजीवाद
सहकारी र पूँजीवाद दुवै आर्थिक संगठनहरु हुन् । सहकारी एककालागि सबै र सवैका लागि एक भन्ने मूल सिद्धान्तमा आधारित छ भने पूँजीवाद, व्यक्तिवाद, मुनाफा र अधिक लाभमा आधारित छ । सहकारीले  सामूहिक स्वार्थ, चरित्र निर्माण, प्रजातान्त्रिक विधि अपनाउछ तर पूँजीवादले पैसानै सर्वोसर्वा ठान्छ, लगानीको आधारमा भेदभाव गरिन्छ र भाइवन्धु र मानवताको कुनै  मूल्य हुदैन ।
‘‘ युवा सहकारी उद्यमका भविश्य हुन ’’
‘‘ राष्ट्रको समृद्धि युवाको रोजगारी ’’
‘‘युवा स्वरोजगारका लागि सहकारी अभियान’’
‘‘सहकारीलाई युवावर्गमा केन्द्रित गरौ’’

       वेलायतको एउटा मजदुर वस्तीवाट शुरु भएको सहकारी अवधारणा आज संसारभरीका जनताको मन छोएको छ । आज यो समाज निमार्ण र रोजगारको अभिन्न अंग भएको छ । त्यसैले देश निमार्णको ठेक्का पट्टा पनि अव सवैले विश्वास गरेको स्थानिय सहकारीलाई दिइनुपर्दछ ।
नेपालमा सहकारीको विकास ः एक चित्रण
नेपालमा सहकारीको शुरुवातको रुपमा गुठी संगठनहरू सयौवर्ष देखि चल्तीमा आएको देखिन्छ ।
तात्कालिन राणा सरकारले वि.स.२००० बैसाख १० मा सरदार भिमवहादुर पाँडेलाई पत्र लेखि औद्योगिक तथा सहकारी सम्भाव्यतावारे अध्ययन गर्न निर्दशन गरेको पाईन्छ ।
  • २०१० सालमा विधिवत सहकारी विभाजनको गठन भयो ।
  • २०१३ सालमा सहकारी गठन, दर्ता र संचालन आदेश सरकारले ग¥यो र त्यसै आधारमा २०१३ साल चैत्र २० गते चितवनमा प्रथम सहकारी संस्था दर्ता भयो । यहि दिनदेखि चैत्र २० लाई सहकारी दिवस मनाउने प्रचलन चलेको छ ।
  • २०१६ मा सहकारी ऐन लागू भयो । 
  • २०१९ सालमा सहकारी विभाग अन्र्तगत केन्द्रिय स्तरको सहकारी प्रशिक्षण केन्द्रको स्थापना भयो ।
  • २०२० सालमा सहकारी वैक, साझा स्वास्थ्य सेवा, साझा प्रकाशन, साझा यातायात, साझा भण्डारको स्थापना भयो ।
  • पञ्चायतकाल भरि निर्देशित साझा सहकारी संचालन भयो । २०४६ सालको राष्ट्रिय जनआन्दोलन सफल हुदाँ सम्म ८३० वटा सहकारी संस्था र ३६ वटा सहकारी संघ क्रियासिल थिए ।
  • २०४८ सालमा सहकारी ऐन पारित भयो ।
  • २०४९ मा सहकारी नियमावली पारित भयो । राष्ट्रिय सहकारी संघ र केन्द्रिय वचत तथा ऋण सहकारी संघ, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघको स्थापना भयो ।
  • २०५४ मा राष्ट्रिय सहकारी संघले अन्तराष्ट्रिय सहकारी एलायन्सको सदस्यता प्राप्त ।
  • २०५७ मा कृषि मन्त्रालयलाई कृषि तथा सहकारी मन्त्रालयमा परिणत ।
  • २०५७ मा सहकारी ऐनको दफा २६ मा संसोधन ।
  • २०५७ सम्म सहकारी कारोवार पूर्णरुपमा करमुक्त थियो । २०५८ मा सहकारी क्षेत्रमा कारोवार गर्ने सहकारी संस्थाले कम्पनिले जस्तै ३०% कर तिर्नुपर्ने गरियो ।
  • २०५८ मा भष्टचार निवारण ऐनको दफा २६ मा राष्ट्रसेवकले सहकारीको सदस्यता लिन नपाउने निर्णय ।
  • २०६१ श्रावण १९ गते सहकारी वैकको उद्घाटन ।


1 टिप्पणी: