रविवार, 19 अगस्त 2018

तपाईको शक्ति

तपाईको शक्ति

       आफ्नो वाचा पूरा गर्ने हरेक व्यक्तिमा प्रसस्त शक्ति उत्पन्न हुन्छ । साना–साना कार्यहरूमा रुची राख्दै जाने व्यक्तिहरूमा शक्तिशाली शक्ति उत्पन्न हुदै जान्छ । कुनै पनि ठूलो कामको शुरुवात एक सामान्य कार्यवाट शुरु भएको हुन्छ । त्यही सामान्य कुरावाट शुरु भएको शुरुवातले ठूला आविश्कार भएका छन् । जसले आफ्नो मनलाई नियन्त्रण राख्न सक्छ उसैले अदभूत शक्ति पैदा गर्न सक्छ । यदि आत्मविश्वासनै छैन र आत्म नियन्त्रण पनि गर्न सक्दैन भने उसले शक्ति प्राप्त गर्न सक्दैन । जहाँ इच्छा शक्तिशाली हुन्छ त्यहाँ कठिनाई हुनै सक्दैन ।

आजको संसारमा प्रत्येक मानिसमा एउटा एउटा प्रतिभा भएकै हुन्छ तर मानिसले त्यसलाई चिन्न नसकेर त्यसै जीवन खेर फालिरहेको छ । हरेकमा विभिन्न प्रतिभाको शक्ति छ सुतेर वसेको छ । यसलाई जगाउने कोशिस मात्र गर्नुपर्दछ तव मात्र शक्ति विस्तारै वृद्धि हुदै जान्छ । नयाँ नयाँ र्कितिमान पनि यो संसारमा छोडदै जान सक्छ । तपाईको प्रतिभाले यो देश मात्र होईन संसारै परिवर्तन गर्न सक्नुहुन्छ । मानिस भित्र रहेको शक्ति दवाएर राख्ने हो भने त्यो त्यसै नष्ट भएर जान्छ । तसर्थ शक्तिलाई दवाउने प्रयास गर्नुहुदैन । वास्तवमा तपाई भित्रको शक्ति जवसम्म प्रयोग गर्नुहुदैन तवसम्म कुनै पनि क्षेत्रमा सफलता हासिल हुदैन । तपाई भित्र प्रसस्त शक्तिले भरिएको छ । तपाई जस्तो सुकै काम पनि सरल तरिकाले गर्न सक्नुहुन्छ । सफलताको लागि तपाईमा केवल आशा एवं उत्साह हुन आवश्यक छ । यदि तपाई आफूलाई कमजोर, निर्धन र लाचार संझिनुहुन्छ भने प्रगति सम्भव छैन । तपाईको विचारले जस्तो रुप लिन्छ त्यस्तै शक्ति उत्पन्न हुन्छ । तपाईको शक्ति क्षण गर्न विभिन्न तत्व पनि लाग्न सक्छन । तिनीहरूलाई वेलैमा चिनेर अगाडि बढ्न पछि पर्नुभने हुदैन् । विचार गर्नुहोस् यो संसार त्यसमा पनि नेपाल, त्यसमा पनि आफ्नै छिमेकी, आफ्नै परिवार समेत खुट्टा तान्नमा वढि तल्लिन छन ।

१. तपाईलाई कसैले असक्षम तथा सानो भन्दैमा तपाई त्यस्तो हुदै होइन । तपाईको भलो देख्न नचाहनेले त जे पनि भन्दछन जे पनि गर्दछन् । तिनीहरूको कामनै अरुलाई विगार्ने हो ।
२. वास्तवमा प्रत्येक व्यक्तिको शरिरमा शक्तिको भण्डार छ । जसले यो कुरा थाहा पाउन सक्दैन उसले प्रगति गर्न सक्दैन् । असफल समाजमा राम्रो कुरा थाहा पाउन समय लाग्छ ।
३. ‘मेरो विश्वास मेरो सफलता लाई मनमा राख्नुहोस् । शक्ति वृद्धिहुदै जान्छ ।
४. जो व्यक्तिमा कुनै काम गर्न सक्छु भन्ने आत्मविश्वासनै छैन भने उसले प्रगति गर्न सक्दैन, ऊ अरुको इशारामा मात्र वाच्न सक्छ । उरुको इशारामा चल्नेले अरुको भलो देख्न सक्दैन ।
५. यस धर्तिमा सानो कल्पनावाट पनि ठूला आविश्कार भएकाछन, त्यसैले शुरुवात हुनु जरुरी छ । एक सानो शुरुवात पनि सफलताको परिचायक हुन जान्छ । विभिन्न विद्धानहरूको भनाइ यो छ की विहान सूर्यदय हुनु अघि उठनु स्वास्थको लागि अत्यन्त लाभदायक छ । आलस्यवाट छुटकारा हुन र मानसिक शक्तिको विकास गर्न पनि सवेरै उठनु आवश्यक छ ।
६. भगवानले तपाईलाई टि.भी हेर्न हैन, टि.भी.मा देखिन यो पृथ्वीमा पठाउनु भएको हो ।
संसारमा सवै सफल व्यक्तित्वहरू कुनै न कुनै गुणले गर्दा सफल रहेका छन् । गौतम बुद्धले कठोर तपस्या गर्न सके जसले गर्दा उनलाई ज्ञान प्राप्त भयो, त्यहि ज्ञान संसार भरि छर्नाले उनलाई संसार भरका मानिसले उनलाई मान्छन । प्रत्येक मानिसहरूलाई बेलावखतमा विभिन्न मौका (भाग्य) हरू आइरहेको हुन्छ त्यसलाई चिन्ह सक्नु पर्दछ । यसरी आफूलाई आएको भाग्य चिन्ने व्यक्ति भने संसारमा कमै हुन्छन् । जसले सो मौका चिन्ह सक्छ उसले जीवनमा आफूमा लुकेर रहेको प्रतिभा वा शक्ति प्रयोग गरी सफल व्यक्तित्व बन्न सक्छ । तपाईमा उत्साह छ भने तपाई जे पनि गर्न सक्नुहुन्छ,उत्साह सवै प्रगतिको स्रोत हो, यो भए सफलता हुन्छ नत्र वाहना
तपार्ई भित्र अहिले भैरहेको शक्तिको तुलानामा हजारौ गुण शक्ति तपार्ईमा लुकेर बसेको छ । यदि यही शक्तिलाई तपार्ई बुझ्नु भयो र प्रयोगमा ल्याउनु भयो भने त्यही नै हो तपार्ईको सफल यात्रा र तपार्ईको  भविश्य । तपार्ईको सफल यात्रा (लक्ष्य ) नै तपार्ईको सुखद भविश्य एकसूत्रिय लक्ष्य सफलताको प्रमुख तत्व हो, चाहे लक्ष्य जे सुकै होस् । 

जोले आफूलाई चिन्छ , काम गर्न जाँगर चलाउछ र लगातार परिश्रम गर्छ उसको जीवन कहिल्यै चम्किलो र उच्च छ भन्ने सम्झनुहोस्।, कहिल्यै पनि आफूलाई बेकारको जिन्दगी नठान्नुहोस् । जस्तो सुकै काम पाए पनि सक्छु भन्ने अठोट गर्नुहोस् । काम सुरु गरी हाल्नुहोस् कामले काम सिकाउछ । तसर्थ तपार्ई भित्रको शक्तिको सागर उर्लिन्छ , सहयोगिहरू भेटिन्छ । कसैले पनि कुनै काम पहिला जानेर आएको हुदैन । सवै परे पछि गर्ने हो । संसारमा साना पार्टि पहिला एक दुई व्यक्तिवाटैहुने हो । पछि गएर तिनैले संसार हल्लाउदछन । त्यसैले तपाईभित्र को शक्तिलाई पनि चिन्नुहोस । आफू भित्र यति ठूलो शक्ति भएर पनि मानिसले आफूले आफूलाई नै विश्वास गर्दैनन् आँट गर्दैनन् हिम्मत गर्दैनन् । त्यसैकारण तपार्ईको हिम्मत गर्न कुरा नै आत्मविश्वासको कुरा हो । आत्मविश्वास लिन सक्ने व्यक्ति नै महान वन्छ । हामीहरूले देखिसकेका छौ मर्न देखि नडराउने पनि मानिस नै हुन् । त्यसैले कुनै पनि काम गर्न किन डराउने ? संसारमा थोरै मान्छेले मात्र आफूलाई चिनेको हुन्छ । कतिपय मानिस एक दुई कामकै असफताको कारण सधै आफूलाई अभागी ठान्छन् ।

आज हामी देखिरहेका छौ हिजोको सुकुम्वासी आजको गाँउको हुकुमबासी वनेको छन । जो आफूलाई एकाग्र भएर कुनै कुरा सोच्दछन र सो कुरा पुरा गर्न केही अध्ययन गर्छन तव आफू भित्रको शक्ति जाग्छ अन्यथा शक्ति जगाउनै गाहो पर्छ । कुनै पनि कामको शुरुवात गर्न गाह्रो हो तर शुरुवात गरेपछि निरन्तरता दिएमा सफल ठाँउमा पुगिन्छ । सगरमाथा चढ्नुछ भने पाइला त चाल । तर पाइला नै नचाले कसरी सगरमाथा पुगिन्छ । तिमी प्रयास गर म पु¥याइदिन्छ भनेर इश्वरले भनेकै छन् । हामी अस्ती सम्म महिलाहरूलाई जयगकभ धषभ मात्र भन्ने गर्दथ्यौ आज हेरौं हाम्रा नेपाली नारीहरू पनि युद्धमा जुटेर र सगरमाथा चढेर देखाइदिए ।

हामी अर्काको गफ गरेर समय वर्वाद गर्न मात्र मन पराउँछौ । आफ्नो काम सवै विर्सन्छौ यदि काममा हामी दत्तचित्त भएर लाग्यौ भने वास्तविक जीवन भेटाउछौ । त्यसैले कुनकाम गर्दा आफूलाई सन्तोष लाग्छ सो काम रोज्नु होस् । अर्काको कुरा चाहिने जति सुन्नुहोस् नचाहिने विर्सिदिनुहोस् यसैमा छ तपार्ईको संसार । सवभन्दा पहिला काम त शुर गरौ तव मात्र फल्छ फल । के सुख्खा खेतमा फल नरोप्दै फल खान पाइन्छ र कमसेकम अर्काले गरेको देखा सिखी त गर्नुहोस् त्यसै समय खेर फाल्नु भयो भने तपार्ईलाई कुरा काट्ने पनि धेरै हुन्छन र आफूमा नराम्रा नराम्रा सोचाइको वर्षा सुरु हन थाल्छ यसले मानिसलाई नराम्रो खाल्डोमा फसाँउछ । नेपोलियन वोनापार्टको शव्दकोषमा अंसम्भव भन्ने शव्दनै थिएन ।

हिम्मत गर्नुहोस् । तपार्ई पक्कै सफल हुनुहुन्छ । एकेडेमिक शिक्षामा असफल भयौ भने प्राविधिक शिक्षामा लाग्नुहोस् । जागिर नपाए नआत्तिनुहोस् व्यवसाय गर्नुहोस् । व्यवसायलाई सही ढंगबाट सञ्चालन गर्नुहोस् । सानो लगानीबाट शुरु गर्नुहोस् । समय खेर नफाल्नुहोस् । सफल व्यक्तित्वहरूको जीवनी अध्ययन गर्नुहोस् तपार्ई एकदिन पक्कै सफलताको शिखरमा पुग्नुहुनेछ । अव्राहम लिंकन अमेरिकाका भू.पू. राष्ट्रपति बने । राइट दाजुभाई वैज्ञानिक बने, राजनैतिक क्षेत्रमा पनि संसारमा थुप्रै यस्ता व्यक्तित्वहरू छन् । यहाँ तपार्ई महात्मा गान्धीलाई देख्न सक्नुहुन्छ । तपाईको आत्मविश्वास महान कामको लागि पहिलो सिंढी हो ।

तपार्ई भित्रको शक्तिनै सवै भन्दा ठूलो सम्पत्ति हो यदि त्यो शक्ति प्रयोग गर्नु भयो भने तपार्ई भाग्यवानी, यदि गर्नुभएन भने जीवन निरर्थक । कोही मानिस विभिन्न क्षेत्रमा असफल भएता पनि एकदिन कुनै न कुनै ठाँउमा सफल वन्छ तर आफूमा लुकेको प्रतिभा वा शक्ति प्रयोग गर्न भने पछि हट्न हुदैन । तपार्ईमा संकट छ भनेर खुम्चेर नवस्नुहोस्, कमसेकम तपार्ईको कोही त विश्वास पात्र हुन्छ । उसको सहयोग लिएर अगाडि बढ्नुहोस् तपार्ईका पुराना संकट हट्दै जानेछन्  र सफल वन्नुहुनेछ काम भन्दा गफ बढी भयो भने त असफल सिवाय अरु केहि छैन् । तपार्ईको काम तपार्ई आफै गर्ने हो अरु कसैले गर्दैनन् । अरुले गर्दैलान भनेर नकुर्नहोस् । आफ्नो काममा हुइम आफैले ल्याउने हो । अरु कसैले ल्याइदिदैनन् । आफूलाई चाहिने अनुकुल वातावरण आफैले बनाउनुपर्छ । आफूले आफूलाई नचिन्दा जीवनमा धोका पनि खाइन्छ । तसर्थ निरन्तर लाग्नुहोस् । तपार्ईका कठिनाईहरू विस्तारै हट्दै जान्छन् । तपार्ईलाई सवैले पत्याउँछन् । तपार्ई वोल्नुहोस् मात्र तपार्ईलाई सहयोग गर्ने व्यक्तिहरू प्रसस्त भेटिन्छ ।

सारा संसार मानव शक्तिले नै बनाएको हो । चन्द्रमामा मानिस पुगे, संसार भरिको अहिलेको विकास सवै मानिसले बनाएका हुन । हाम्रो देश नेपाल पनि एक शक्तिशाली देश बन्न सक्छ तर त्यस्ता व्यक्तिको खोजी गर्ने बेला आइसकेको छ । यहाँ खुट्टा काट्नेलाई लखेटे पुग्छ ।

आत्म विश्वासलाई आत्मसाथ गर्द अघि बढ्ने हो भने असफल केही छैन । यो संसारमा जे कुराको आवश्यक प¥यो त्यो कुराको आविश्कार भएको छ । जे सोच्यो त्यो पुगेको छ । कहिल्यै पनि उन्नति गर्ने विषयमा समयले छेक्देन । उमेर पुगेपछि पनि धेरै मानिसले धेरै प्रगति गरेका उदाहरणहरू धेरै सुनिरहेका छौ अठोट लिनुहोस् कि गरीखाने की मरी जाने । हामी जन्मेकै संघर्ष गर्न हो । दुईचारवटा कामहरू नगरी मर्नु भनेको लाचारी पन हो हाकीमहरू मात्र हैन तल्ला तहका काम गर्ने व्यक्तिहरू पनि ठूला व्यक्तिहरू बन्न सक्छन् । त्यसैले कसले कति शक्ति प्रयोग  गरिरहेको छ सवै कुरा त्यसैमा भर पर्ने कुरा हुन् । आज हाम्रो लागि हो । आज हामीले आफ्नो अस्तित्व देखाउने समय हो । यस्तो अवसर फेरी जीवनमा आउने छैन् ।

    सफलताको ढोका तपाईले देखेको दुनियाँ मै छ । तपाईले टेकेको धुलोमा छ । सास फेरको वायुमा छ । सफलताको ढोका खोल्ने चावी पनि तपाईसंगै छ र आफूमा भएका बहू चावी रुपी भावनावाट सहि चावी छनौट गर्नसक्नुहुन्छ । जुन तपाई आफै गर्न सक्नुहुन्छ । यसको लागि निरन्तरता चाहिन्छ भने निरन्तरताको लागि कर्मठ पना तथा अल्छि रहित तत्परता चाहिन्छ । आफ्नो भविश्य हामी आफैले वनाउने हो । संसार कस्तो वनाउने हो त्यो हामै हातमा छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें