रविवार, 19 अगस्त 2018

नेपालको प्रमुख रोजगारका क्षेत्रहरू


कृषि व्यवसाय 
कृषि क्षेत्र ७०%नेपाली जनताको रोजगारीको प्रमुख क्षेत्र हो । नेपालको अर्थतन्त्र कृषिमा आधारित रहेको छ । कृषिमा आधुनिक प्राविधिको प्रयोग र सहकारीको माध्यमद्वारा उत्पादन वढाउन सकिन्छ । नेपालमा अझ केही वर्ष सम्मको प्रमुख रोजगारीको क्षेत्र नै कृषि व्यवसाय हो । राज्यले आवश्यक मात्रामा नयाँ प्राविधि,आधुनिक मल आवश्यकता अनुसारको सिँचाई, दक्ष प्रविधि खटाउनुपर्ने हुन्छ । आवश्यक वैकिङ्ग सुविधाको प्रवन्ध नमिलाईदिनाले आजका पिढीहरू कृषि उत्पादन क्षेत्रमा रहेर काम गर्न रुचाईरहेका छैनन् । काठमाण्डौ लगायत विभिन्न क्षेत्रमा रहेका धेरै वेरोजगार युवायुवतीहरूलाई पहाडी÷तराई क्षेत्रमा सहकारी वागवानी फारम खोली फलफूल तथा जडिवुटी खेतीमा प्रयोग गर्ने हो भने राष्ट्रले ठूलै निकास पाउछ । चिनले पनि कृषिमा वेरोजगार युवायुवतीहरूलाई अत्यधिक उपयोग गरेरनै अहिलेको शक्तिशाली चिनको निर्माण गरेको हो । भारतले किसानहरूलाई अत्यधिक सुविधा दिएकै कारण कृषि उत्पादनमा भारत आत्मनिर्भर वनेको हो नेपालमा अहिले कुल क्षेत्रफल मध्ये केवल २१ प्रतिशत भूमीमा मात्र खेती गरिएको छ भने कुल खेती योग्य भूमीको लगभग ५३% मात्र उपयोग हुदै आएको छ । करिव ८० प्रतिशत भूमिमा खाद्यन्न र २० प्रतिशत भूमिमा नगदेवाली लगाउने गरेको पाइन्छ । नेपालको हाल औसत ३.४ प्रतिशतले भन्दा वढि वार्षिक वृद्धि हुन सकेको छैन् ।
१) खाद्यान्न बाली 
२) फलफूल बाली
३) नगदेवाली 
४) दालहन
५) तरकारी वाली
६) तेलहन वाली
    नेपालको सवै भन्दा ठूलो वर्ग यसै क्षेत्रमा कार्य गर्दै आइरहेका छन् । यस व्यवसायको राम्रो प्रवद्र्धन हुन सके स्वदेशका शहरहरू तथा विदेशमा ठूलो बजार रहेको छ । यदि विदेशमा धेरै भन्दा धैरै कृषिवालीहरू निकासी गर्न सके राष्ट्रले ठूलो आम्दानी गर्न सक्ने छ । अहिलेको तत्कालिक सहि उपाय पनि यही हो । अव राज्यले जग्गाहरू वाँझो राख्न दिनुहुदैन र सवै दलका नेताहरूले महाफोहरी राजनीति खेल छोडेर देश निमार्ण, कृषि क्रान्तिको आधुनिकिकरण तर्फ लाग्नुपर्छ । सहकारीको माध्यवाट छिटो भन्दा छिटो उत्पादन बढाउने कार्यक्रमहरू लागू गर्नुपर्छ । केही नमूना कार्यको माग सहित जनतालाई अगाडि वढाउने कार्यक्रम ल्याउनु पर्दछ ।
हामीले हाम्रो देशको सवै पहाडी भेगमा फलफूल लगाउने हो भने एकजना पनि वेरोजगार हुदैनन् ।

बैशाख–जेठमा गर्नुपर्ने कृषि कर्महरू

चैते धान खेती
फाल्गुन चैत्र महिनामा लगाएको चैते धानलाई यस समयमा सिंचाई राम्ररी दिनुपर्दछ । सिंचाई गर्दा धान पाक्नु भन्दा केही दिन अघिसम्म ५ से.मी. जति पानी धान खेतमा भईरहनुपर्दछ । यस समयमा चैते धान रोपेको ४०–५० दिनपछि गोडमेल गरी युरिया मलले टमड्रेस गर्नुपर्दछ ।
रासायनिक मल प्रयोग गर्दा माटो जचाई माटोको जाँचको आधारमा प्रयोग गरेमा बढी उपयोगी
हुन जानेछ । जस्ताको शष्लप कमी देखिएमा धानको तल्लो पातहरूमा खैरो कत्था रंगको थोप्लाहरू देखिन्छन् र ती पातहरूपछि सुकेर जान्छन् । यस्तो अवस्थामा ५ के.जी. जिङ्क सल्फेट र २.५ के.जी. कृषि चून १००० लिटर पानीमा मिसाई एक हेक्टरमा (३० कठ्ठा वा २० रोपनी) छर्कनुपर्दछ ।
पतेरो कीरा देखापरेमा ५% को मालाथिन धुलो २०–२५ के.जी. प्रति हेक्टरका दरले हावा नलागेको वेला विहानको समयमा छर्कनुपर्दछ । अरु कीराहरू देखा परेमा १ लिटर पानीमा १ मि.ली. मेटासिड र १ मि.ली. मेटासिष्टक्स प्रति २० वर्ग मिटरका दरले प्रयोग गर्ने अर्थात प्रति रोपनी २५ लिटर पानीमा २५ मि.ली. मेटासिड र २५ मि.लि. मोसिष्टक्स वा प्रति कठ्ठा १६
लिटर पानीमा १६ मि.लि. मेटासिड र १६ मि.लि. मेटासिष्टक्स मिसाइ छर्कनुपर्दछ ।

मकै खेती 
पहाडी क्षेत्रहरूमा वर्षे मकै फागुन चैत्रमा लगाइन्छ । फागुन चैत्रमा लगाइएको मकैलाई समयमा गोडमेल गर्ने, झारपात हटाउने र छाँट्ने काम गरिन्छ । मकै छरेको १ महिना भित्र गोडमेल गरिएन भने उव्जनीमा ह्रास आउँछ । मकैलाई सकेसम्म २ पटक झारपात उखेली उकेरा दिनुपर्दछ । मकैको उचाई घुँडासम्म आएपछि झारपात हटाई सिफारिस गरेको नाइट्रोजन मलको आधा भाग साइड डे«स गरेर दिनुपर्दछ । अझ सम्भव भए सिफारिस गरेको नाइट्रोजन मलको चौथाई भाग मकै घुँडा घुँडासम्म भएपछि दिने र बाँकी अर्को चौथाइ भाग धान चमरा निस्कने बेलामा दिएको खण्डमा उत्पादन राम्रो हुन्छ ।
मकैमा गवारो कीराको रोकथामको लागि सेभिन विषादी ३–४ वटा गेडा प्रति बोट गुवोमा हाल्नाले नियन्त्रण हुन्छ । तराई, भित्री मधेश र बेंशीतिर वर्षे मकै साधारणतया वैशाखमा लगाउने गरिन्छ । जमिनलाई ४–५ पटक खनजोत गरी माटो बुरबुराउँदो बनाई प्रति हेक्टर (२० रोपनी वा ३० कट्टा) ८००–१००० डोको राम्ररी पाकेको गोवर वा कम्पोष्ट मल माटोमा राम्ररी मिलाउने र माटो जाँचको आधारमा रासायनिक मलको प्रयोग गर्नुपर्दछ । प्रति हेक्टर १५–२० के.जी. सम्म लाग्दछ । मकैलाई हलोको सियो पछाडि लाइनमा छरुवा गरेर रोप्ने गरिन्छ । लाइनमा मकै रोप्दा हारको दुरी ७५ से.मी.राख्नुपर्दछ । माटोको चिस्यान हेरी गहिराई ५ से.मी. कायम राख्नुपर्दछ ।

कोशेवाली  मुँग खेती 
मुंग गरम हावापानीमा फस्टाउन वाली हो । तराई र भित्री मधेशमा गहुँ काटेपछि मुँग खेती गर्ने गरिन्छ भने लगभग १५०० मिटर उचाईका इलाकाहरूमा चैत्र मध्येदेखि तापक्रम बढेपछि मुँग लगाउन सकिन्छ । दोमट माटो तथा पानीको निकास राम्रो भएको जमिनमा यसको खेती राम्रो हुन्छ । जातहरू ः पिं एस.–७, पूसा बैशाखी आदि हुन ।

भटमास खेती 
भटमासलाई ठाउँ हेरी बैशाख अन्तिम हप्तादेखि जेष्ठको दोश्रो हप्तासम्ममा लगाएमा उत्पादन राम्रो हुन्छ । अम्लिय माटो भए २५–७५ के.जी. कृषि चून प्रति रोपनीका दरले प्रयोग गर्नुपर्दछ । बीउ ६० के.जी. प्रति हेक्टर (२० रोपनी वा ३० कठ्ठा) लाग्दछ । भटमासलाई एक्लो बालीको रुपमा लगाउँदा हारको दूरी ५०–६० से.मी. र बोटको दूरी ५ से.मी. को फरकमा कायम गरी रोपिन्छ । मकैसँग भटमास लगाउँदा १ मिटर फरक लगाएको मकैको हारको दुवैतर्फ २५ से.मि. छोडी हारमा भटमास रोपे राम्रो उत्पादन लिन सकिन्छ । धान खेतको आलीमा लगाउँदा १० से.मी. फरकमा लगाउन सकिन्छ ।

आषाढ–श्रावण महिनामा गरिने कृषि कर्महरू
असार महिनामा गरिने कृषि कर्महरू
ड्ड सदावहार वर्गका फलफूल विरुवा सार्ने, बगैंचाको सरसफाइ गर्ने र वगैंचामा पानीको
निकासको व्यवस्था मिलाउने ।
ड्ड चैते धान थन्क्याउने ।
ड्ड भित्री मधेश र तराईमा वागेश्वरी, रामपुर–१ जातका रहर रोप्ने ।
ड्ड पशुवस्तुमा नाम्ल,े माटे रोग लाग्न सक्ने हुँदा पुनः एक पटक आंैषधि खुवाउने ।
ड्ड रहु, नैनी, कत्ला जातका माछाका भुरा पोखरीमा छाड्ने ।
ड्ड हरियो मल जोतेर एक हप्ता कुहाउने र त्यसपछि धान रोप्ने ।
ड्ड उच्च तथा मध्य पहाडमा धान रोपाई गर्ने ।
ड्ड यो समयमा फूलहरू कम फुल्ने भएकोले मौरी घारमा चिनीको चास्नी बनाई राखीदिने ।
ड्ड मध्य महाडमा बहुवर्षिय नेपियर घाँसको सेटहरू सार्ने ।
ड्ड उच्च पहाडी भेगमा आलुको बिउ छनौट गर्ने बेला भयो ।
ड्ड वर्षे गोलभेंडा खेती गर्ने ठाउँमा गोलभेंडाको वेर्ना सार्ने ।
साउन महिनामा गरिने कृषि कर्महरू
ड्ड मध्य तथा तल्लो पहाडी भेगमा मकै भाँचेपछि ६–७ घाम सुकाएर मात्र भण्डारण गर्ने ।
ड्ड फलफूल बगैंचामा पानीको निकासको व्यवस्था गर्ने ।
ड्ड तराईमा हरियो मल लगाएको जमिनलाई जोती पल्टाउने कार्य गर्ने ।
ड्ड साउने जातको अलैंची टिप्ने ।
ड्ड सुन्तला जातको फलफूलमा पात खाने कीरा र पतेरोको नियन्त्रण गर्ने ।
ड्ड असारको सुरुमा रोपिएको धानमा साउन महिनाको अन्त्यतिर युरिया मल दिने ।
ड्ड हरियो घाँस बढी भएका क्षेत्रहरूमा घाँसबाट हे र साइलेज बनाएर राख्ने ।
ड्ड पाडा बाच्छालाई जन्मने वित्तिकै प्रशस्त विगौती दूध खुवाउने र २–३ हप्ताको उमेरमा
जुगाको औषधि खुावउने ।
ड्ड वेशी र खोचमा ड्याङ्ग पारी अघौटे काउली, बन्दा मूला जातका तरकारीहरू लगाउने ।
भाद्र–आश्विनमा गर्नुपर्ने मुख्य कृषि कर्महरू

क. धान बालीः
सिंचाई व्यवस्थापन
रोपाईँ गरेदेखि धान पाक्न १५ दिन पहिलेसम्म खेतमा २ इन्च जति पानी कायम राख्नु पर्दछ । तर, १५–२० दिनको फरकमा एक पटक २–३ दिनसम्म सुकाएर पुनः लगाउने गरेमा धान उत्पादन अझ राम्रो हुन्छ ।
झारपात नियन्त्रण
झारपातले धानलाई दिएको मल खाई दिन्छ र रोग कीरालाई आश्रय पनि दिन्छ । त्यसैले धान खेतमा झार रहन दिनुहुँदैन । भाद्र–आश्विन महिनाहरूमा धान खेतमा झारपात रहन नदिन विशेष ध्यान पु¥याउनु पर्दछ । साधारणतया गाज लाग्नु भन्दा पहिले र पसाउनु भन्दा पहिले दुई पटक गोड्दा धानको उव्जनीमा बृद्धि हुन्छ ।
टपडे«सिङ
धान बालीमा खासगरी नाइट्रोजन मल ३ पटक दिएमा उपयोगी हुन्छ । सिफारिस गरिएको मात्राको ३ भागको १ भाग रोपाई गर्नुभन्दा अगाडि, दोश्रो भाग गजाउने वेला र तेश्रो भाग धान पसाउने बेलामा छर्नुपर्दछ । भाद्र–आश्विनमा दोश्रो र तेश्रो भाग नाइट्रोजन मल हाल्नु पर्छ नाइट्रोजन मल हालेपछि ४–५ दिनसम्म गह्राबाट पानी बगाउन हुँदैन ।
कीरा नियन्त्रण
गवारोः मेटासिस्टक्स १–२ मि.लि. प्रति लिटर पानीको दरले झोल बनाइ छर्ने ।
पात खाने, पात बेरुवा र अरु कीराः थायोडान वा नुभाक्रोन १–२ मि.लि. प्रति लिटर पानीमा झोल बनाइ छर्ने ।
पतेरोः ५ प्रतिशतको डिप्टरेक्स धूलो विषादी २०–२५ के.जी. प्रति हेक्टरको दरले कीरा देखा परेपछि विहानीपख छर्ने ।
रोग नियन्त्रण
खैरा रोगः जस्ताको कमीले हुने यो रोग लागेमा धानको तल्लो पातहरूका खैरा रंगका थोप्लाहरू देखिन्छन् र पछि पातै सुकेर जान्छ । ५ के.जी. जिंक सल्फेट र ५.५ के.जी. चुन १०० लिटर पानीमा मिलाई एक हेक्टरमा छर्ने ।
ब्लाष्ट रोगः पातमा अण्डाकारका दुवैतिर चुच्चिएका खैरो रंगका थोप्लाहरू आउँछन् । रोग बढ्दै
गएपछि थोप्लाहरू बढी एक अर्कासँग मिसिएर पुरै पात डढाई दिन्छन् । यसको नियन्त्रणका
लागि हिनोसान बिषदी १–१.५ मि.लि. प्रति लिटर पानीका दरले झोल बनाई छर्न े वा डाइथेन
एम–४५, २–३ ग्राम प्रति लिटर पानीको दरले झोल बनाइ छर्ने ।

ख. मकै बालीः
चैत्र बैशाखमा लगाएको मकै आषाढ श्रावणमा भाँच्ने समय हुन्छ । तराई तथा भित्री मधेशमा
भने भाद्र आश्विनमा हिउँदे मकै लगाउने बेला हो । भाँच्ने बेला भएको मकै बालीमा यदि
अर्को सालको लागि आफै बीउ राख्ने हो भने रोग नलागेको, पुष्ट र पूरा गेडा लागेको घोगाहरू
छानी भाँच्नुपर्छ । यसरी छानिएका घोगाहरू छुट्टै सुकाई छोडाएर ४–५ घाम फेरि सुकाई अलग्गै
भण्डार गर्नुपर्दछ । बीउलाई कीराबाट बचाउन मालाथियन विषादि २ ग्राम १ के.जी. बीउका
दरले मिसाई चिस्यान नलाग्ने ठाउँमा भण्डारण गर्नुपर्दछ ।

ग. तरकारी खेती 
तराईः काउली (काठमाडौं स्थानीय), ब्रोकाउली, ग्याँठ कोवी, मूला, पालुङ्गो, केराउ, घिउ सिमी,
तने बोडी, भण्टा, खुर्सानी, रामतोरिया, सलगम, रायो, स्वीसचार्ड, लसुन, सिमी केराउ आदि
लगाउने समय यही हो ।
मध्य पहाडः काउली, ग्याँठ गोवी, मूला, सलगम, रायो, स्वीसचार्ड, पालुङ्गो, केराउ, चमसुर,
लसुन इत्यादि लगाउने समय भएको छ ।
उच्च पहाडः मूला लगाउने समय भयो ।

घ. आलु खेती 
तराई तथा भित्री मधेशमा भाद्रको मध्यतिर अगौटे आलु खेती सुरु गरिन्छ भने आश्विनको
अन्ततिर मुख्य आलु खेती सुरु गरिन्छ । मध्य पहाडमा भाद्रदेखि मंसिरसम्म तुसारो र हिउँ छल्ने
किसिमले आलु लगाइन्छ । उच्च पहाडी क्षेत्रमा भने फागुन चैत्रमा लगाइएको आलु भाद्रदेखि
कात्र्तिकसम्म खनिन्छ ।
१. सिफारिस गरिएका जातहरू
कुफ्रि ज्योतीः पहाड, मध्य पहाड र तराईमा
एन. पि. आई. आई. १०६ः पहाड र तराईमा
२. जमिनको तयारीः दुई तीन पटक खनजोत गर्ने र हरेक चोटी पाटा लगाउने ।
३. बीउ दरः ३०–५० ग्राम तौल भएको सिङ्गो आलु १५०००–२००० के.जी.प्रति हेक्टरको दरले
वीउ प्रयोग गरिन्छ ।
४. मलखादः ६०ः३०ः३० के.जी. नाइट्रोजन, फस्फोरस र पोटास प्रति हेक्टरको दरले मलखादको
प्रयोग गर्नुपर्दछ ।
५. मलखाद प्रयोग गर्ने तरिकाः
आधा नाइट्रोजन मल, पूरा फस्फोरस र पूरा पोटास मल ड्याङ्ग बनाउने बेलामा र आधा भाग नाइट्रोजन मल आलु उम्रेको २०–३५ दिनपछि झारपात गोडी उकेरा लाउने बेला ड्याङ्गको तलपट्टी एकनासले राख्ने । यसरी मल हाल्दा आलुको जरा मलले छुनुहँुदैन ।
६. लगाउने दुरीः
एक ड्याङ्गदेखि अर्को ड्याङ्ग ६० सेन्टिमिटरको फरकमा बनाउने र ड्याङ्गमा एउटा बोटदेखि
अर्को बोट २० सेन्टिमिटर पर्ने गरी बीउ रोप्ने ।

ङ) गहुँखेतीः
मध्य पहाडी क्षेत्रका खास गरी उत्तर फर्केको बारीहरूमा मकैवाली लिई सकेपछि गहुँ छर्ने
गरिन्छ । उन्नत जातको गहुँ अन्नपूर्ण–१ र अन्नपूर्ण–२ लगाएमा स्थानीय जातको तुलनामा बढी
उत्पादन लिन सकिन्छ । १–२ पटकसम्म पानी पटाउन सकिने बारीमा केहि रासायनिक मल
प्रयोग गरी उन्नत गहुँ खेती गरेमा उत्पादन झन् बृद्धि हुन्छ ।

च) पशुपालनः 
वर्षायाममा भेडा बाख्रालाई सुधारिएको गोठ बनाई राख्नुपर्छ ।
गोठ बनाउँदा ध्यान दिनुपर्ने कुराहरू ः
– बलियो र लामो समयसम्म खप्ने ।
– मलमूत्रको राम्रो निकास भएको, खुल्ला हावा चल्ने र भूइँ सुकिलो भैरहने ।
– मौसम अनुसार ठण्डी र गर्मीबाट बचाई राख्ने ।
– बस्तुको संख्या अनुसारको नाप भएको ।
– गोठ विग्रेमा सजिलैसँग मर्मत गर्न सकिने ।
भेडा बाख्रालाई चाहिने क्षेत्रफल ः
– बोका थुमालाई ३.४ वर्गमिटर
– भेडा बाख्रालाई १.० वर्गमिटर
पाठापाठीलाई ०.४ वर्गमिटर

पौष–माघ महिनामा गर्नु पर्ने मुख्य मुख्य कृषिकर्महरू

क. बीउ र खाने धान भण्डारण ः
कृषकहरूले धान भण्डारण गर्नु भन्दा पहिले राम्ररी ४–५ घाम सुकाउनु पर्छ । खान र बीउको लागि छुट्टा छुट्टै भण्डारण गर्नु पर्दछ । बीउको लागि भण्डारण गर्ने धानलाई जस्ताको भकारी वा राम्रोसंग पोतेको बांसको भकारीमा धान राखी मालाथियन धूलो विषादी २ ग्राम प्रति किलोग्रामको दरले मिसाई भण्डारण गर्नुपर्छ । यसरी धान भण्डार गर्दा बीउ धानलाई घुन, पुतली आदिबाट बचाई राख्न गर्न सकिन्छ । खाने धान भण्डारण गर्नु अघि भण्डार गर्ने ठाउं भण्डार गरिने भाँडा, भकारी, टेहरी आदि राम्ररी सफा गरी घाममा सुकाएर मात्र भण्डार गर्नुपर्दछ । घुन पुतलीबाट नियन्त्रण गर्न धानलाई हावा नछिर्ने जस्ता पाताको भकारी वा राम्ररी लिपपोत गरिएको टेहरीमा राखी १ टन धानमा ३–४ चक्कीका दरले सेल्फस् विषादी प्रयोग गर्नुपर्छ । खाने वा बीउ धानलाई घुन, पुतली र भण्डारमा लाग्ने अन्य कीराहरूबाट बचाउनका लागि निमको पात, तीते पाती, बन माराको सुकेको पात राख्ने चलन पनि छ

ख. हिउंदे मकै ः
असोजको मध्यदेखि कार्तिकसम्म लगाईएको मकैलाई यी महिनामा सिंचाई एवं गोडमेल
गरिन्छ । मकैमा दाना लाग्न थालेपछि चराले दुःख दिने हुँदा जोगाउने व्यवस्था गर्नुपर्दछ ।

ग. बसन्ते मकै लगाउने ः
यो मकैको खेती माघ महिनातिर शुरु हुन्छ । वसन्ते मकै खेतीको लागि चाँडै पाक्ने जातहरू जस्तैः अरुण–१, अरुण–२ र अरुण–४ को खेती गरेमा चाँडै बाली भियाउन सकिन्छ र अरु  बाली समयमा लगाउन सकिन्छ । माघ महिनाको शुरुमै जमिन तयार गरी कम्पोष्ट मल प्रति रोपनी वा प्रति डेढ कठ्ठाको लागि २५ के.जी. अट्ने ४० डोकाको दरले प्रयोग गर्नुपर्छ ।

घ. गहु“ ः
मंसिरको दोश्रो सातामा छरेको गहुँ बालीलाई बीउ छरेको २१–२५ दिनभित्र पहिलो सिंचाई गरी
युरिया ३ के.जी. प्रति रोपनीमा प्रयोग गर्नुपर्छ । सिंचाई गरेको लगत्तैपछि पानी परी खेतमा
जम्न गयो भने गहुँ पहेंलिने हुँदा पानीको निकास राम्रो गर्नुपर्छ । गहुँ बालीमा फौजी कीरा
देखिएमा जिल्लास्थित जिल्ला कृषि बिकास कार्यालय तथा कृषि सेव केन्द्रका प्रबिधिकसंग
सम्पर्क गरी उनीहरूको सल्लहा अनुसार रोकथामको उपाय गर्नु होला ।

ङ. आलु वाली ः
तराई र भित्री मधेसमा आश्विनको शुरुमा लगाइएको अगौटे आलु बाली पौष महिनामा खन्न ठीक हुन्छ । मध्य पहाडी क्षेत्रको ३००–१५०० मीटर उचाइमा शिशिर बालीको रुपमा मध्य भदौदेखि मध्य मंसिरसम्म आलु लगाइन्छ र मध्य मंसिरदेखि फागुनसम्म खनिन्छ । वसन्ते बाली
मध्य पौषदेखि फागुनसम्म रोपेर बैशाखदेखि आषाढसम्म खनिन्छ । तापक्रम, तुषारो र वर्षाको बिचार गरी रोपाईंको समय अघि पछि पारी मध्य पहाडी क्षेत्रका पहाड, बेसी र उपत्यकामा साधारणतया वर्षको दुई बाली लिन सकिन्छ । मध्य पहाडी क्षेत्रमा वसन्ते आलु बाली मुख्य बालीको रुपमा खेती गरिन्छ । आलु उम्रने बेलामा तुषारो छल्ने गरी रोप्ने समय पौष–फागुनसम्म हुन्छ र उचाईं बढदै जाँदा आलु रोप्ने समय पछि सर्दै जान्छ । पौष माघमा रोपिने आलु वर्षायाम शुरु हुनु अघि नै खनिन्छ । आलु खेती गर्नको लागि २–४ पटक जमिन जोती माटो बुर्वुराउँदो र झारपात रहित बनाउनु पर्छ । मलखादमा राम्ररी कुहिएको कम्पोष्ट वा गोवर मल ३०–४० डोको (१ डोको–२५ के.जी.) प्रति रोपनी वा ६००–८०० डोको प्रति हेक्टर तथा नाइट्रोजन, फस्फोरस र पोटास क्रमशः १००ः१००ः६० किलो÷हेक्टरको दरले प्रयोग गर्नु पर्दछ ।
आलुको बीउको साइज र दर ः मझौला खालको करिब ३०–४० ग्राम तौल भएको बीउ आलु प्रति हेक्टर १६००–२००० के.जी.(८० के.जी.÷रोपनी) लाग्दछ । बीउ उत्पादनको लागि बीउ आलु नकाटी रोप्नु पर्छ । खाने आलु उत्पादनको लागि भने ठूलो आलु रोप्नु परेको खण्डमा काटेर पनि रोप्न सकिन्छ ।

बीउ आलु टुसाउने ः
रोप्नु भन्दा पहिले बीउ आलुमा छोटो, मोटो, हरियो र बलियो धेरै टुसाहरू आएको हुनुपर्छ । यसको लागि रोप्नु भन्दा केही हप्ता अगाडि बीउ आलुलाई उज्यालो तर सोझै घाम नपर्ने ठाउँमा फिंजाएर राख्नुपर्छ । एउटा मात्र ठूलो टुसा आएको छ भने त्यसलाई हल्कासंग भाँचेर टुसाउनको लागि फिंजाउनुपर्छ ।

रोप्ने तरिका ः
आलु ड्याङ्गमा रोपिन्छ । एक लाइनदेखि अर्को लाइनको फरक ६० से.मी. र एक बोटदेखि अर्को
बोटको दूरी २५ से.मी. राख्नुपर्छ । ड्याङ्गको उचाई करीब एक बित्ता हुनुपर्छ ।

सिंचाई ः
माटोमा चिस्यानको अवस्था हेरी १०–१२ दिनको फरकमा सिंचाई गर्नु पर्छ । सिंचाईं गर्दा दुई
ड्याङ्गको बीचमा पानी दिने र ड्याङ्गको दुई तिहाई भागसम्म पानी पटाउने । सिंचाई गर्दा
बालीको अवधिभर माटोमा चिस्यान रहने गरी गर्नुपर्दछ ।

गोडमेल तथा उकेरा दिने ः
आलु उम्रेको २०–२५ दिनमा पहिलोपटक गोडमेल गरी उकेरा दिनु पर्दछ ।

आलुलाई डढुवा रोगबाट बचाउनेः
पौष–माघ महिनामा वातावरणको तापक्रम कम भई चिसो बढने तथा तुषारो पनि पर्ने भएकाले
आलुमा डढुवा रोगको प्रकोप देखिने संभवना निकै हुने हुनाले आलु खेती गर्नु भएका किसान दाजुभाइ तथा दिदी बहिनीहरूले त्यसमा ध्यान पु¥याउनु पर्दछ । आलुमा डढुवा रोग लाग्न शुरु गर्दा पातको टुप्पो वा किरानामा खैरो भिजेको जस्तो दाग देखा पर्दछ । जुन चाँडो चाँडो बढ्छ र दाँगको पछाडी हेर्दा सेतो भुवा जस्तो ढूसी देखिन्छ । यो रोग डाँठ र दानामा पनि लाग्दछ । रोग बढी लागेमा बोट सुकी डढेको जस्तो देखिन्छ । यो रोगको उपचार शुरुमा नै गर्नु पर्दछ । ढिला गरेको खण्डमा रोगको रोकथाम गर्न निकै गा¥हो हुन्छ । पातमा रोगको लक्षण देखिने बित्तिकै डाईथेन एम ४५, ७५५ ध उ वा डाईथेन एम जेड ७८ २–३ ग्राम प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा ३–४ पटक छर्नु पर्दछ । बिषादी छर्दा पातलाई पुरै भिजाउनु पर्दछ । रोग धेरै बढेमा मेटाल्याक्सिन ८५ं ं म्यान्कोजेव ६४ ५ १.५ ग्राम प्रति लिटर पानीमा राखी छर्ने । डढुवा रोगबाट आलुलाई बचाउनका लागि रोग अबरोधक जातहरू जस्तैः क्रुजा २७, क्रुजा ११८, सि आई पि ३८६२०१.३ एल बि, सि आई पी ७२०१२३ लगाउने गर्नु पर्दछ । त्यसरी नै सो रोगबाट बच्नका लागि खेतवारीको सरसफाई गर्ने, नाभो आलु हटाउने, आलु लगाउदा स्वास्थ बीउ लगाउने गर्नु पर्दछ ।

च. हिउ“दे फलपूmल ः
फलफूल खेती गर्नु भएका कृषकहरूले पौष–माघ महिनामा पतझड बिरुवालाई काँटछाँट गनु पर्दछ । नियमित काँटछाँटबाट बिरुवाको आकृति मात्र राम्रो नभएर लाग्ने फलहरूमा सूर्यको प्रकाश एकनासले पुग्न गै फलको गुण पनि राम्रो हुने भएकाले बिरुवा काँटछाँट अबश्य गर्नु पर्दछ । फलपूmल खेतीमा पौष–माघ महिनामा काँटछाँटको अलावा प्रांगारिक मल हाल्ने, सदाबहार बोटहरूमा सिंचाई गर्ने, रोगनाशक तथा कीटनाशक औषधीहरू आवश्यक भएमा छर्कने, पतझड बिरुवाहरू सार्ने र सदाबहार बोटहरूलाई तुषारोबाट बचाउने उपाय पनि गर्नुपर्छ । पतझड बिरुवाहरू पालुवा आउनु अगावै लगाउनुपर्छ । वगैंचाको रेखाड्ढन गरी पतझड फलपूmलको जात अनुसार १५–२० फिटको फरकमा खाडल खन्नु पर्छ । खाडल ३ह३ फिटको गोलो र गहिरो हुनु पर्छ । खाडल बिरुवा लगाउनु करीब एक डेढ महिना अगाडि तयार गरिसक्नु पर्छ । प्रत्येक खाडलमा राम्ररी कुहिएको गोबर वा कम्पोष्ट मल, खरानी र अलिकति चून माटोसंग मिसाई माथिको माटो तल र तलको माथि पर्ने गरी पुर्नुपर्छ ।

छ. तोरी बालीको कटानी र भण्डारण ः
कृषक दाजुभाइ तथा दिदी बहिनीहरू तराईमा तोरी पौषको अन्त्यदेखि माघ १५ सम्ममा बाली लिन तयार हुन्छ । तोरीको कोसाहरू केही सुक्न र पहेंलिन थालेपछि मात्रै काटनु पर्दछ । अन्यथा ढिला भएमा कोसा फुटेर दाना झरी नोक्सान हुन्छ । बाली तयार भएपछि काटेर सानो सानो चाङ्गमा बारीमा नै केही दिन सुकाएर खलोमा ल्याई दाना झार्न सकिन्छ । तोरीलाई लौरोले कुटेर, गोरुले दाई गरेर झारिन्छ । दाना झारेपछि खोष्टा, धूलो आदि निफनेर हटाइ तोरीलाई २–३ घाम सुकाएर बोरामा बन्द गरी थन्क्याउन सकिन्छ ।
ज. तरकारी लगाउने ः
समय स्थान
तराई क्षेत्र वेसी र खोंच मध्य पहाडी क्षेत्र
पौष करेला, तरबुजा, काँक्रा, फर्सी आदि ।
झांगेसिमी, गोलभेंडा, भेडेखुर्सानी, तरबुजा आदि ।
स्विसचार्ड, पालुङ्गो, प्याज, तरबुजा आदि ।
माघ रामतोरीया, घिरौंला, करेला आदि ।
झांगेसिमी, तनेवोडी, गोलभेंडा, भेडे खुर्सानी, पिरो खोर्सानी, आदि ।
ब्रोकाउली, बन्दा, पालुङ्गो, झांगे, सिमी, तनेबोडी, गोलभेंडा, भेडे, खुर्सानी, खुर्सानी, तरबुजा आदि ।
झ्m मौरीको व्यवस्थापनः
मौरी पाल्नुृ भएका कृषक दाजुभाइ तथा दिदीबहिनीले पुस–माघ महिनामा मौरीलाई चिनीको चास्नी बनाई दिनु पर्दछ । जाडोका लागि चास्नी बनाउदा पानी र चिनीको बराबरा भाग मिसाई बनाउनु पर्दछ । त्यसरी नै पुस–माघ महिनामा मौरीलाई जाडोबाट बचाउनका लागि जुटको बोराले मौरीको घारलाई छोप्नु पर्दछ । मौरी घारलाई दक्षिणतिर फर्काई राखेमा पनि
जाडोबाट केही हदसम्म बचाउन सकिन्छ ।
फाल्गुण–चैत्रमा गर्नुपर्ने कृषि कर्महरू

खाद्यान्न बाली तर्फः
फाल्गुण
ड्ड गहुँ खेतीमा सिँचाई उपलव्ध छ भने एकपटक सिँचाई गर्न सके मुसा नियन्त्रणमा सघाउ पुग्नुका साथै वालीको उत्पादन पनि राम्रो हुन्छ । चिस्यानको विचार गरी सिँचाई गरी हाल्नुहोस्।
ड्ड मध्य पहाडी क्षेत्रमा र तल्लो पहाडी भागहरूमा मकै लगाउने बेला हुँदैछ ।
ड्ड मकै भित्र कोदो लगाउनु हुने कृषकहरूले गणेश– २ तथा मकालु–२ जातका मकैको वीउ
लगाउनु वेश हुन्छ ।
ड्ड तराई तथा भित्री मधेशका कृषक दाजुभाइहरूले सिँचाइको सुविधा भएको ठाउँमा चैते धान लगाउनुहोस् । यसका लागि छिटो पाक्ने र बढी उत्पादन दिने जातहरू सि.एच.– ४५, खुमल–३, चैते–२, चैते–४, विन्देश्वरी, पालुङ्ग–२ आदिको समयमै व्यवस्था मिलाउनुहोला । धानको व्याड तयार गर्नु अघि हरियो मलको रुपमा रातो शिरिष, असुरो, तितेपाती आदिलाई माटोमा राम्ररी मिलाएर व्याडको तयारी गर्नुहोस् । यसले वेर्नाहरू राम्ररी सप्रन्छन् र पछि राम्रो उत्पादन लिन सकिन्छ । धानको व्याड राख्नु अघि धानको वीउ राख्नु अघि धानको वीउलाई नून पानीको घोलमा (दशभाग पानीमा १ भाग नून) डुवाएर ३–४ मिनेट चलाउनुहोस् । वीउमा मिसिएको भुस पानीमा तैरिन्छ र स्वस्थ वीउ भाँडोको पिँधमा थिग्रीन्छ । यसरी थिग्रीएको वीउमात्र व्याडमा रोप्नुपर्दछ । व्याडमा धानको वीउ छर्नु भन्दा पहिले वीउलाई २४ घण्टा पानीमा भिजाउनुहोस् र त्यसलाई निकालेर जमिनमा फिँजाई बोराहरूले छोपेर २४ घण्टासम्म गुम्स्याउनुहोस् । यसले गर्दा वीउमा अंकुरण हुन्छ र यस्तो वीउ छर्दा राम्रो वेर्ना तयार हुन्छ । चैते धान रोप्ने वेला भयो । गहुँ खेतमा नै धान रोप्ने हो भने गहुँ भित्र्याईहाल्नुहोस् । धान रोप्नु भन्दा पहिले नै जग्गाको खनजोत राम्ररी गरेर प्रति हेक्टर १० टनका दरले असुरो, तितेपाती, खिर्रो जस्ता स्थानीय स्याउलाहरू माटोमा मिलाउन सके उत्पादनमा राम्रो बृद्धि हुन्छ । (१४–४९५ सम्म) ।
ड्ड गहुँ जौ पाक्ने वेला भएको हुनाले राम्ररी पाकेपछि काटेर थन्काउनुहोस् । गहुँ भण्डारण गर्नु अघि ३–४ घाम राम्ररी सुकाएर वीउको लागि भए ५०५ मालाथायन धुलो २ ग्राम प्रति किलो वीउका दरले मिलाई, उपचार गरेर राख्नुहोस् । खाने गहुँ भण्डारण गर्दा सेल्फोस चक्की ३–४ वटा प्रति टनका दरले हावा नछिर्ने भकारीमा टम्म बन्दा गरी राख्नुपर्दछ । यस्तो गहुँ खान प्रयोग गर्दा एकदिन घाममा सुकाएर प्रयोग गर्न सकिन्छ । वीउको लागि उपचार गरेर राखिएको गहुँ खान हुँदैन ।
ड्ड उच्च पहाडी भागमा धानको वीउ राख्ने समय भयो । तसर्थ, बढी उत्पादन दिने खालका पात्ले लोकल तथा छोमरोङ्ग जातका धानहरू समयमा नै सुरक्षित गरी राख्नुहोस् ।

तरकारी खेती ः
फाल्गुन र चैत्र
  • पछौटे काउली टिप्ने बेला भयो । बजारको अवस्था विचार गरी टिप्ने योजना बनाउनुहोस् ।
  • लहरे परिवारका तरकारीहरू र गोलभेंडा, भण्टा, खुर्सानी आदि तरकारीका बेर्ना सार्नुहोस् । गर्मीको मौसम भएको हुँदा तरकारी वारीमा ४–५ दिनको फरकमा सिँचाई गर्दै रहनुहोस् ।
  • उच्च पहाडी क्षेत्रमा आलु रोप्ने समय भयो । उच्च पहाडी क्षेत्रमा आलु नै खाद्यान्नको मुख्य श्रोत पनि भएको हुँदा यस भेगका कृषकहरूले विशेष ध्यान पु¥याउनु जरुरी हुन्छ । अन्नवालीको तुलनामा आलुलाई बढी मलजल चाहिने हुँदा राम्ररी कुहेको गोवर मल ३० डोको प्रति कठ्ठाका दरले राख्नुपर्दछ । रासायनिक मलको हकमा ७.५ के.जी. डि.ए.पी. ६.० के.जी. युरिया र ३.५ के.जी. पोटास प्रति कठ्ठाका दरले राख्नुपर्दछ । डि.ए.पी. र पोटासको पुरै मात्रा र युरियाको आधा भाग जग्गाको तयारी गर्दा एकनासले माटोमा मिलाउनुपर्दछ भने युरियाको बाँकी आधा भाग ३०–३५ दिनपछि आलु गोडेर टपडे«स गरीदिनुपर्दछ । आलुमा डढुवा रोगको प्रकोप हुन सक्ने भएको हुँदा रोगको लक्षण देखा पर्नासाथ डाइथेन एम–४५ भन्ने विषादी ३ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नुपर्दछ ।


फलफुल बाली ः
फाल्गुण र चैत्र
  • लेकाली फलफूलहरू स्याउ, नास्पाती, आरु, आरुबखडा आदिका बोटमा काँटछाँट गर्नुहोस् ।
  •  काँटछाँट गरी सकेपछि हाँगा काटेको ठाउँमा बोर्डो पेष्ट अथवा एकभाग खोटो र एक भाग मैन मिलाई लेप तयार पारी लगाउनुहोस् ।
  • काँटछाँट गरी सकेपछि बोटको फेदबाट १–२ हात टाढा वरिपरि एक वित्ता जति गहिरो कुलेसो खनी मल राखेर पुर्नुहोस् । मल हालेपछि पानी दिनुहोस् र बोटको फेद वरिपरि सुकेको झारपातरपतिङ्गरले छोपिदिनु पर्दछ ।
  • आँप, लिची जस्ता सदावहार फलफूलहरूमा पनि गोडमेल गरी मलजल गर्नुहोस् । आँपमा लाग्ने मधुवा कीरा नियन्त्रण गर्न थायोडा विषादि २.५ मि.लि. पानीमा घोलेर छर्नुहोस् ।
  • केरा खेती गर्न इच्छुक कृषकहरूले वर्षा याममा भन्दा फाल्गुण– चैत्र महिनामा केरा लगाएमा बढी फाइदा लिन सकिने हुँदा यहि समयमा रोप्ने तयारी गर्नुहोस् ।
  • अमिलो जातका फलफूलहरूमा एग्रोमिन ५ ग्रामरलिटर पानीमा घोलेर छर्नुहोस् ।

पशुपालन
  • पशुहरूमा भ्यागुते, चरचरे र खोरेत रोगको प्रकोप देखापर्न सक्ने समय भएको हुँदा नजिकको पशुसेवा केन्द्ररउपकेन्द्र तथा जिल्ला पशुसेवा कार्यालयमा सम्पर्क राखी यस्ता संक्रामक रोगको नियन्त्रणका लागि आवश्यक कदम चालिहाल्नुहोस् ।
  • तराई र भित्री मधेश क्षेत्रमा पशुहरूमा नाम्ले परजीविको आक्रमणले पशुहरूलाई दुःख दिने समय भएको हुँदा यसको रोकथाममा पनि तुरुन्त ध्यान दिनुहोस्
  • घाँसको लागि मकै र टियोसेन्टी जस्ता वालीहरू लगाउने समय भयो ।

कयगचअभस् धधध।बष्अअ।नयख।लउ
कृषि सूचनामूलक केही वेव साइटहरू
धधध।बनचष्उचष्अभलभउब।िअयm ,  धधध।mयबअ।नयख।लउ , धधध।बष्अअ।नयख।लउ ,
धधध।लबचअ(लभउब।ियचन , धधध।लबचमा।यचन।लउ

पशुपालन /पंक्षी
पशुपालन व्यवसाय हाम्रो देशको अर्को प्रमुख व्यवसाय हो । खासगरी पशुबाट प्राप्त हुने दुध, दुग्ध पदार्थ र मासुको आवश्यकता पूरा गर्न यो व्यवसाय प्रत्येक देशको लागि आवश्यक पर्ने पेशा हो । यही पेशाबाट पनि व्यवसायीहरूले लाखौ रुपियाँ आम्दानी गर्न सफल भइरहेका छन् । यस क्षेत्रमा हाम्रा पुराना व्यक्तिहरू मात्र लागेको देख्दा भविश्यमा यो पेशाको संकट देखिने आभास भएको छ । खासगरी गाई भैसी चौरीको दुध तथा दुग्ध पदार्थ विदेशी तथा रागाँको मासुहरू र मासुबाट बनेका विभिन्न प्रकारहरू पनि स्वदेश तथा विदेशका बजारहरूमा प्रसस्तै मात्रामा खपत हुन्छ । हामीले भारतबाट आउने खसी बोका राँगा र चिनबाट आउने च्याङग्रा मात्र रोक्न सके स्वदेशको पैसा स्वदेशमा रही यस क्षेत्रमा लाग्नु भएका व्यवसायीहरूलाई ठूलो राहत मिल्ने छ ।
  • दुग्ध – गाई भैसी तथा चौरीवाट प्राप्त दुध र यसवाट वनेका विभिन्न परिकारहरू
  • मासु – कुखुरा, हांस, वाख्रा, भेडा, बंगुर, च्याङरा, रांगा, माछा लगायत मासुको लागि प्रयोग गरिन जनावरहरू
  • अण्डा – कुखुरा हांस लगायत विभिन्न पंक्षीहरू जन्यहरू

सवै वर्गलाई यस किसिमको कार्यक्रमले राहत मिली गरिवी निवारणमा सहयोग मिल्दछ । यो कार्यक्रमलाई सहि ढंगले गर्न सके लाखौं वेरोजगारीको समस्याको सामधान गर्न सकिन्छ । कतिपय अल्छी ठग तथा गलत कार्य गर्दै हिडनेहरूलाई पनि निश्चित पहाडी तथा तराई क्षेत्रमा लगि त्यहाँ पशुपालन कार्यमा लगाइ राज्यले उपयोग गर्न सक्दछ । भारतवाट र चिनवाट कति रागां भैसी, खसि, वोका, च्याङ्गरा आउछ त्यति उत्पादन गर्न व्यक्तिगत तथा सामूहिक रुपमा पशुपालन फर्म खोल्न लगाई हजारौ व्यक्तिहरूलाई रोजगारी वनाउन सकिन्छ ।

औद्योगिक विकास
देशको सवै भन्दा ठूलो जनशक्ति प्रयोग हुने ठाउँ यो भएता पनि सुमुचित रुपमा नेपालको औद्योगिक विकास नहुनाले र भएका पनि बजारको राम्रो विकास प्रवन्ध नहुनाले त्यसै वन्दहुदै गइरहेका छन् । यसले गर्दा देशको ठूलो जनशक्ति त्यसै खेर गइरहेको छ भने हाम्रो देशको जनशक्तिलाई विदेशीहरूले उपयोग गरी आफ्नो देश सम्पन्न गराइराखेका छन् । जस्तै अरव, मलेशियातिर  ठूलो जनशक्ति पलायन हुदै गएमा देशको विकास गर्न भोलि ठूलो समस्या झेल्र्ने पर्ने कुरा पनि चिन्ताको विषय भएको छ । जवसम्म देशमा राम्रोसँग औद्योगिक विकास हुदैन तवसम्म देशमा बेरोजगारको समस्या भइनै रहने छ । जति धेरै औद्योगिक विकास हुन्छ त्यति मात्रामा देश धनी वन्दछ । यो क्षेत्रमा धेरै भन्दा धेरै मजदुरहरूले रोजगार पाउँछन् र बेरोजगारको समस्या सुल्झाउन सहयोग मिल्दछ ।
नेपालमा हाल औद्योगिक क्षेत्रमा नराम्रो असर परेको छ । तिललाई पहाड वनाउने, राम्रो कार्यलाई ओझेलमा पार्ने कुचेष्टा गर्ने नेताहरूको नराम्रो वानीले देशलाई असफलता तिर लग्दै गएको छ । समयनै कुरेर वसेझै आफ्नो वाहेक अर्का पार्टिलाई देख्नै नसक्ने, तोडफोड, हडताल, वन्द जस्ता कार्यलाई निरुत्साही वनाउनुको साटो प्रोत्साहन गर्ने परिपाटी हामी नेपालीको उन्नतिको वाधक हो । यस्ता विषयलाई नेताहरूले आफ्नो दुनो सोझाउने कार्य वनाए पनि हामी नेपाली प्रत्यक्ष मारमा पर्ने भएको हुदाँ यस्तोको पछाडि दर्कुर्नु भने  हुदैन् । विचार गर्नुहोस, फोहरी नेताहरू आफ्नो पदकोे लागि जनतालाई सधै उपयोग मात्र गर्दछन ।

पर्यटन (सेवा व्यवसाय)
देशको कला संस्कृति, सम्पदा, विश्वको थुपै उच्च हिमशिखरहरू, शान्तिको जन्मदूत गौतम बुद्ध जन्मेको जन्मस्थल, राम जानकी, भृकुटी, पशुपतिनाथ लगायत .......... लाई हेर्ने हो भने हाम्रो देशको सवै भन्दा ठूलो उद्योगनै पर्यटन उद्योग भन्दा अनुपयुक्त नहोला यो व्यवसायमा खासगरी निजी क्षेत्रले ठूलो भूमिका खेल्न सक्दछ । सरकारले त प्रणालीको विकास गर्ने, ऐन नियमहरू बनाउने  र विदेशमा देशको पर्यटन उद्योगको प्रचार मात्र गर्ने हो । तर यो गर्न पनि सरकार असफल रहेको छ । यस क्षेत्रमा धेरै भन्दा धेरे व्यक्तिहरूले व्यवसाय चलाउनुका साथै धेरै व्यक्तिहरूको रोजिरोटी हुन्छ । यो व्यवसायलाई अगाडि वढाउन ग्रामिण मुखी पर्यटन निती वनाई यो व्यवसायलाई उकास्न सकिन्छ किनकि ८० प्रतिशत नेपाली गाउँमा वस्दछन भने पर्यटकहरूलाई दिने कार्यक्रम पनि गाँउमा पाइन्छ । जनतालाई उत्साहि गराउने मेला महोत्सवहरूको कार्यक्रमहरू संचालन गरिराख्ने हो भने पनि प्रचारप्रसारमा ठूलो टेवा मिल्दै नयाँ नयाँ पर्यटन प्याकेजको अवधारणहरू विकसित हुदै जान्छ । कामले काम सिकाउने भएकोले यो क्षेत्रमा सरकारले पनि ठूलो धनराशी खर्च गर्नु प्रदैन तर निजी कम्पनिहरूकै माध्यवाट विदेशी मुद्रा प्रसस्त आम्दानी हुन जान्छ । नेपाल सरकारले केही ठाउँमा पूर्वाधार निमार्ण र देशलाई शान्तितिर डो¥याउन सके यो व्यवसायको भविश्य उज्जवल छ । कुल जनसंख्याको २.५ प्रतिशत जनता हाल यो व्यवसायवाट लाभान्वित छन् । यो प्रतिशतलाई २०% पु¥याउन सके देशको बेरोजगारी हटाउने यो एक महत्वपूर्ण उद्योग वन्न सक्ने थियोे ।

कार्यालयमै रहेर गरिने पेशा
खासगरी सरकारी अर्धसरकारी, प्राइभेट, पब्लिक र्फम तथा एजेन्सीहरूको कुर्चीमा वसेर गरिने पेशाले सम्पूर्ण देशको जनताको जम्मा २ प्रतिशतलाई मात्र ओगटन सकेको छ । तर यस क्षेत्रमा आउन ठूलो प्रतिस्पर्धा गरेर मात्र आउन सकिन्छ ।  साधारणतया यस क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई कर्मचारी भन्ने गरिन्छ । यो क्षेत्रले एउटा सानो हिस्सा मात्र ओगटन सक्दछ । भोलिका दिनमा धेरै संघ÷संस्था तथा औद्योगिक क्षेत्रहरू तथा सरकारी कार्यालयहरू बढदै जादाँ यो क्षेत्रले पनि केही रोजगारको हिस्सा पक्कै बढाउदै जानेछ त्यसैले तपाई हामी त्यसका लागि आजै देखि तयारी भएर कामको पछाडि दर्कुर्दै गरौं । एक पटक असफल भइयो भन्दैमा कोशिस गर्न नछोडौ । एउटा सफल व्यक्तिको पछाडि धेरै असफलताका कथाहरू लुकेका हुन्छन् । सर्घष नै जिवन हो । समयनै धन हो यसलाई वुझेर अगाडि वढिराखौ

स्वरोजगार 
आफ्नै पूर्व सम्पत्ति, बैदेशिक रोजगारबाट प्राप्त सम्पत्ति तथा बैक फाइनान्सबाट ऋण लिएर, उत्पादन र रोजगारीमूलक कामहरूमा लगानी गरी कार्य गरेमा आफ्नो व्यवसाय पनि चल्ने र अरु केही व्यक्तिहरूले पनि रोजगारी पाउने सम्भावना वढी हुन्छ । आजभोलिका शिक्षित युवायुवतीहरूले अन्यन्त्र नोकरी नखोजी आफ्नै व्यवसाय संचालन गर्न सके देशलाई पनि ठूलो फाइदा हुनजान्छ । देशभित्र तयार भएका दक्ष प्राविधिकहरू देश भित्रै रही कार्य गर्न सक्दछन् । खाली सरकारको मात्र मुख नताकी आफैले पनि केही गरेर देखाउन सक्नुपर्दछ । यसो हुन सकेमा देशको ठूलो शक्तिको प्रयोग हुन गइ राष्ट्रलाई प्रत्यक्ष फाइदा पुग्दछ । यसबाट बेरोजगार हटाउन सकिन्छ । जापानमा पनि साना तथा मझौंला उद्योग ८० प्रतिशत छ ।
विदेशवाट फर्कनेहरूले भन्ने गर्छन विदेशमा गएर १२–१८ घण्टा जति नेपालमा खट्ने हो भने त यहाँ पनि कमाउन सकिन्छ भन्छन् । तर यहाँ वातावरणनै छैन् भनेर मनलाई कमजोर वनाई वस्ने गरेको पाइन्छ । यो मनोवैज्ञाानिक असरमात्र हो । तपाईले काम शुरु गर्नुहोस तपाईलाई कसैले छेक्न आउदैन् । समाजमा अर्काको भलो नदेख्ने त जहाँतही हुन्छन तर गरिव देशमा वढि हुन्छ । काम भन्दा फोहरी नेताको तर्क वाँडने र जनता भाँडने धेरै हेड मास्टरहरू भएकाले नेपालमा यसको असर परेको पाईन्छ । सकारात्मक मानिस र राम्रो सल्लाहकारको पछि मात्र लाग्नुहोस तपाईको कुभलो चाहनेहरूको संगत छोड्नुहोस तपाईको प्रगती स्वयम तपाईको खुट्टा मुनि छ । कहि खोज्न जानुपदैन् । सदा आफ्नै काममा दत्तचित्त आफ्नै काममा व्यस्त । वुद्धिमान व्यक्तिको लागि प्रत्येक दिन एक नयाँ जीवन प्राप्त हुन्छ ।

जडिवुटी
नेपाल तराई पहाडी तथा हिमाली राज्य भएको हुँदा यहाँ धेरै प्रकारका महङ्गा जडिवुटीको संसारकै राजधानी वा गन्तव्यस्थल भनेर चिनाउन सकिन्छ । राज्यले जडिवुटी सम्वन्धि विभिन्न तालिमहरू दिएर यस व्यवसायको प्रर्वद्धन गर्न सकेमा लाखौ बेरोजगारीहरूले रोजगारी प्राप्त गर्दछन । सयौ प्रकारका जडीवुटीहरू नेपालमा पाइन्छ । तर यसतर्फ न सरकारको ध्यान आकर्षण भएको छ, नत निजी स्रोतको नै । यदि यो क्षेत्रको समुचित विकास हुने हो भने हजारौ बेरोजगारीहरूले रोजगार पाउँदछन । यो क्ष्ोत्रमा एक्लै वा समूह वनाएर वा सहकारीको माध्यमवाट पनि अगाडि वढन सकिन्छ । पाइला चालौ भोलिको दिन सुनौलो छ । डावरनेपाल लगायत कतिपय कम्पनिहरूले नेपालको धेरै भू–भाग भाडामा लिई नेपालमै जडिवुटि उत्पादन गरी संसारभरि पठाइरहेको छ भने पुनः नेपालमा विक्री गरी प्रसस्त आम्दानी गरेको छ । त्यसैले तपाई हामीले पनि सोचौं आजै मिलेर भए पनि केही गरौ जडिवुटीको क्षेत्रमा । संसारमै नपाईने महगां महगां जडिवुटिहरू नेपालमा पाइन्छ । नेपालको प्रमुख स्रोतहरूको संसारमा वजार विस्तार गर्न सके मात्र देश र जनता को प्रगती सुनस्थित हुन्छ । नत्र त्यही जडिवुटीहरू पनि विदेशीले नेताहरूलाई फकाइ फुलाई ठेक्कामा लिइ हामीलाई ठग्न वेर छैन् ।

जलस्रोत
     संसारमै जलस्रोतको धनि भनेर चिनिने नेपालले विदेशबाट विद्युत भित्राउनु परिरहेको छ । सस्तोमा इण्डियालाई वेच्नु र विदेशी दातृसंस्थाबाट महंगोमा विद्युत किन्नु यो देशको विडम्वनानै भएको छ । नेपालको पानी नेपालीलाईनै महँगोमा वेचेर विदेशीहरू यही नेपालवाट धनी भैरहेका छन् । यदि यो देशमा रहेको अपार जलस्रोतको उचित प्रयोग गर्ने सके हाम्रो देश नेपाल एक सम्पन्न राष्ट्र वन्न सक्दछ । अरवौ रुपियाँ बराबरको विद्युत विदेशमा बिक्री गर्न सकिन्छ । हाम्रा देशको दुई तर्फ ठूला ठूला देशहरूबाट फाइदा लिने बाटो पनि यही हो । यसबाट देशको ठुलो÷ठुलो जनशक्ति प्रयोग भई बेरोजगारको समस्या समाधान हुन जान्छ । अव गाँउ गाँउमा शेयर जम्मा गरी साना ठूला विद्युत उत्पादन गर्न तर्फ लागौं । सरकारले मात्र गर्ला भनेर अव हामी वस्नु हुदैन । किनकी जनताले आटे एकै छिन सरकारले आँटे वषौ दिन हुन्छ । सरकारले आँटदा धेरै माफिया दलालहरूले काममा भाँजो हाल्छन र अन्य पाट्टिका फोहरी नेताहरूले खुट्टा तान्छन । देश विकास भएको देख्नै नचाहिन दलाल नेताहरूको संख्या हाम्रो देशमा धेरै भएकोले नै देशको यो गति भएको छ । देशै यस्तै छ नेताहरूमा पुरानो वानी फेरिएको छैन । लोडसेडिङ्ग हुनुनै नेपाली नेताहरूको अदूरदर्शिताले हो,विचार गरौं हाम्रा नेताहरूले हामीलाई अझ कति वर्ष सम्म अन्धकारमा राख्नेछन । पेट्रोलियम पदार्थको विकल्पमा विश्वले विद्युत शक्तिवाट रेल, मोटर, केवलकार, धेरै उद्योग सञ्चालन गरी विविध सेवा लिइरहेका छन । यो देशमा जो विदेशी दलाल छन तिनै वढि मिडिया, रिपोर्टस क्लवमा गएर ढोल वजाउछन
विद्युत हालसम्मको
  • जलविद्युत         ५५६ मे वाट(०.६७% क्षमतामध्ये)(असार श्रावण र भाद्रमा तर पछि उत्पादन कम, भारतवाट आएको समेत जोडदा)
  • डिजेल   ५५ मे वाट
  • विद्युत सुविधा   ४० प्रतिशत (गुणस्तर?)

जम्मा      ६१८ मेगावाट तर गर्माे सिजनमा जम्मा उत्पादन २५०मे.वा

प्रस्तावित बृहत् जलविद्युत परियोजनाहरू
  • सेती पश्चिम       ७५० मे वाट
  • काली गण्डकी      ६०० मे वाट
  • अरुणहरू     ६४३ मे वाट
  • कर्णालीहरू        १३८० मे वाट
  • पन्चेश्वर         ६४८० मे वाट
  • दुधकोशी          ३०० मे वाट
  • आँधी खोला       १८० मे वाट
  • लांगटांग     २१८ मे वाट
  • अपर तामाकोशी    ३०९ मे वाट
  • तल्लो तामाकोशी    ५०० मे वाट
  • २० अन्य परियोजना

कूल ३० परियोजना १२,७६६ मेगावाट, अन्य सम्भावना ८०,००० मे. वाट अन्यवाट

खनिज उद्योग 
हाम्रो देश पहाडी मूलक भएको हुनाले यहाँ खनिज पदार्थको ठूलो स्रोतहरू लुकेर वसेको छ । यदि यस क्षेत्रमा सरकारले विशेष कार्यक्रम ल्याउन सके देशकै ठुलो जनशक्तिले काम गर्न पार्ई आफ्नो आर्थिक स्थिती मजवुत पार्न सक्छन् भने देशले प्राप्त गरेको खनिज पदार्थ विदेशमा निर्यात गर्न सके राष्ट्रले नै ठुलो धनराशी भित्राउन सक्दछ । कुवेतमा जस्तो तेल÷ग्याँस भण्डार छ त्यस्तै यो देश अथाह रत्न भण्डारको देश हो । काम भन्दा फोहरी राजनेताहरूको चलखेलले खनिज उद्योगहरू ओझेलमा परेका छन् । अरु कुरा छोडौ ढुङ्गाको मात्र कुरा गरौं । सवैभन्दा धेरै चाहिने र पाइने खनिज पदार्थ ढुङ्गा र वालुवालाई मात्र प्रयोगमा ल्याउन सके निमार्णको ७० प्रतिशत काम सम्पन्न गर्न सकिन्छ ।  वंगालादेश र भारतलाई मात्र ढुङ्गा वालुवा हामीले सहि रुपमा विक्री गर्ने हो भने वार्षिक १ खर्व आम्दानी यसैवाट गर्न सकिन्छ । सवै नेपालीहरूलाई पूर्ण रुपमा शिक्षा र स्वास्थ्य यहि ढुङ्गा र वालुवाले दिन सक्छ । कौडीको भाउमा मिल्कन्छन् भिल्लका देशमा मणि हामी कहाँ चरितार्थ भइरहेको छ । 

फर्निचर उद्योग
हाम्रो देशको वनपैदावारबाट उत्पादित काठहरूबाट विभिन्न प्रकारका फर्निचरहरू उत्पादन गर्न सकिन्छ । जंगलमा त्यसैखेर गइरहेको काठहरूको उचित संरक्षण र उपयोग गर्न सके देशले ठूलो आम्दानी गर्न सक्दछ । देशमा काष्ठकलाको राम्रो विकास गर्न सके ठूलो भन्दा ठूलो शक्ति पनि यस क्षेत्रमा कार्य गर्न सक्दछन । खासगरेर काठमाण्डौ, पाटन र भक्तपुरमा मात्र यो व्यवसायले स्थान पाएको छ । यो व्यवसायलाई देशभरी समुचित कार्यमा विस्तार गर्न सके ठूलो समूहले रोजगार प्राप्त गर्न सक्दछन् । काठवाट वनेका निमार्ण सामग्रीको प्रचुरमात्रमा प्रयोग वढाउन सके निजी वन, सामुदायिक वन तथा राष्ट्रिय वनले उचित राहत पाई समग्र विकास र रोजगारीमा यसले प्रभाव पार्दछ । काठको कला मात्र सिकेमा कोही पनि वेरोजगार वस्नु पर्दैन् । नेपालमा ५०% काठको काम त भारतीयहरूलेनै गरेको हामी पाउछौ तसर्थ यो कार्यमा भारतीयहरूलाई विस्थापित गर्न सके ५ लाख नेपालीले रोजगार प्राप्त गर्दछन् । वर्षेनी नेपाली ठूलो रकम भारत गइरहेको छ । वेरोजगार घटाउने, देशलाई समृद्धि वनाउने क्षेत्र मध्ये यो पनि एक हो । तपाई हाम्रो लापरवाहीले भारतीयहरूले धेरै फाइदा उठाइराखेका छन् ।

कर्म

  • तपाई हाम्रो शरिरमा भएका १० औला वरावर महान र निस्वार्थ मित्र दुनियाँमा कोही छैनन । त्यसैले यसैलाई प्रयोग गर कर्म यसै भित्र लुकेको छ । अरुको पछि लागेर समय वर्वाद गर्ने काम तुरुन्तै वन्द गर ।
  • कर्म तथा कार्यको अगाडि दुनियाँका हर चुनौतीहरू झुक्दछन् । निरन्तर कार्य भन्दा वलवान कुरा संसारमा केही पनि छैन् । मन्त्र जप्ने ओठ भन्दा कर्म गर्ने हातहरू पवित्र हुन्छन् । फोस्रो भाषड जीवनको वरवादी ।
  • हर महान कार्य साना साना कार्यवाट वन्दछन् । हर महान प्राप्ति साना साना प्राप्तिको जोड हुन् ।
  • एक काममा रहने व्यक्तिले सात परिवार पाल्न सक्दछ तर सात काममा लाग्ने व्यक्तिले आफूलाई पनि पाल्न सक्दैन् । जव सम्म आफूले विज्ञता हासिल गरेको क्षेत्रमा रहेर केही गर्ने प्रयास गर्नुहुन्न, तवसम्म कहिल्यै अगाडि वढ्नु हुनेछैन । काम चिन्न नसक्नेले दुनियाँमा केही गर्न सक्दैन् । भाग्यको अर्को नामनै कडाकर्म हो ।
  • हरेक सफल प्राप्ति तथा सिर्जनको लागि समय लाग्दछ । त्याग चाहिन्छ । धैर्यता चाहिन्छ ।
  • भाग्य छ भन्दैमा डोकामा दूध अडिन्छ र ? सुतेर दिन विताउनेको मुखमा माड लाग्दैन कर्म गर , अनि मात्र आश । संसार एउटा रंगमञ्च हो , जहाँ आफ्नो अभियान आफैले गर्नुपर्दछ । कर्म कहिल्यै सानो हुदैन ।


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें