रविवार, 19 अगस्त 2018

रोजगारका स्रोतहरू

रोजगारका स्रोतहरू
 जडीबुटी –(आयुवर्दे शिक्षा¬)
             माल पाएर पनि चाल नपाउँदा मान्छेले दुःख पाउँछ । हामी नेपालीले भोग्नु परेको गरिवीको नियति पनि यही हो । जैविक विविधताले समृद्ध यो देशले हजारौ प्रकारका जडिवुटी लगायत श्रृंगार प्रसाधन, खाद्य मसलाको अनन्त भण्डार पाएका छौ तर शिक्षा र चेतनाको अभावले गर्दा हामी सँधै गरिबीमा वाँच्न बाध्य भएका छौ । यसमा खासगरी सरकारको पनि ठूलो दोष छ । वैदेशिक रोजगारमा जानेजति व्यक्तिहरूले यो व्यवसाय मात्र अगाल्ने हो भने पनि करोडौ डलर स्वदेशमै बसेर कमाउन सक्छन् । हाल आएर यो जडिबुटीको मुख्य क्षेत्रलाई पनि नेताहरूले  विदेशीहरूलाई सुम्पेर दुरुपयोग हुने होकी भन्ने पनि डर भैसकेको छ ।
नेपालमा पाईने केही चमत्कारी जडिवुटीहरू ः –
ढ्याङग्रे सल्लो ः यो क्यान्सरको औखतीको रुपमा प्रसिद्ध छ ।
यार्सा गुम्वा ः शारीरिक शक्ति तथा यौनवद्धक औषधी ( वार्षिक ८ टन निर्यात अवैद्य
                 ढंगले भैराखेको छ ।
यालोभेरा ः शारीरिक सौन्दर्य र सुस्वास्थको ऐतिहासिक महत्व यसलाई घिउ कुमारी
                 को नामले पनि प्रसिद्ध छ । )
तीतोपाती ः दमको रोग, ज्वरो र कपाल दुखेको, लुतो निको पार्न र पेटको जुका फाल्न
                 यो प्रयोग गरेको पाइन्छ
गुच्ची च्याउ ः विभिन्न औषधीको रुपमा प्रचलित छ ।
डाले चुत्रो ः औषधी कस्मेटिक्स र मसला गरी २०० प्रकारको
चिराईतो ः तेह्रथुममा प्रसिद्ध छ ।
मुसा –गिर्नीपग ः वांगलुङ्गमा प्रसिद्ध छ । , ६० जातका जडिवुटी मुस्ताङ्गमा प्रसिद्ध छ ।
हाम्रो माग राजनैतिक स्थिरता र राजनैतिक दूरदृष्टिनै हो तर कृर्चिमा रमाउनेहरूले देश र जनतालाई भन्दा कुर्चिलाई महत्व दिदाँ हामी सधै पछाडि परेका छौ । साधरणतया मोटामोटी रुपमा प्राकृतिक वासस्थानको अध्ययन गदै जादाँ निम्न अनुसारको अवस्था नेपालमा पाईन्छ ।
१. पूर्वाञ्चलको विशेष गरेर उच्च पहाडी क्षेत्रमा चिराईतो, कुटकी, विष, विषमा, अतिस, निरमसी, नागवेली, लौठसल्ला, खोटेसल्ला आदिको बाहूल्य रहेको पाईन्छ ।
२. मध्यमाञ्चल र पश्मिाञ्चल क्षेत्रमा पाँचऔले, खोटे सल्ला, गोब्रेल्लिा, टिमुर,तेजपत्ता, रिठठा, पाखनवेद, चिराईतो, निरमसी, धसिग्रे अतिस, विष, विषमा र सल्लाको खोटो आदिको बाहुल्य रहेको पाइन्छ । नेपालमा ७०० थरि वोटविरुवा शरिर र सौन्दर्यका लागि प्रयोग हुन्छ
३. मध्यपश्मिाञ्चल र सूदूर पश्चिमाञ्चलका उच्च पहाडी क्ष्ोत्रमा यार्सागुम्वा, जटामसी, गुच्चि च्याउ, शिलाजति, कालकुठ विष, कुटकी, खोटेसल्ला, लोठसल्ला र निरमसी आदिको वाहुल्य रहेको पाइन्छ । श्रीलंका र केरलाले जस्तो हर्वल टुरिजमको विकास गर्न सकिन्छ । 
नेपालमा पाइने तथा व्यवसायीक खेती गर्न सकिने ७५० प्रकारका जडिवुट्टी छन् जसको अधिकतम फाइदा लिन सके राष्ट्रलाई ठूलो फाइदा हुने थियो र धेरै व्यक्तिहरूले रोजगार पाउँदथे । यदि चुहावट रोकी उचित कदम चाले वार्षिक १ खर्व बराबरको जडीबुटी निकासी गर्न सक्ने यस क्षेत्रका विज्ञहरू बताउँछन्,नेपालमा ७,००० थरिका वोटविरुवा पाइन्छ ।
जनस्तरमा जडिवुटी प्रति विद्यमान ध्यान र प्रयासलाई सरकारले राष्ट्रिय कार्यक्रम , लक्ष र प्रतिबद्धताका साथ नदिउन्जेल अपेक्षित सफलता पाउन कठिन छ । नेपालको जडिवुटीको सदुुपयोगमा आर्युवेद शिक्षा र तालिम राम्रोसंग संचालन गर्न सकेमा भोलि धेरै भन्दा धेरै व्यक्तिहरूले रोजगार प्राप्त गर्नसकिन्छ । यसको लहर ल्याउन ढिला भैसकेको सवैतिरबाट महसुस हुदै आएको छ । तसर्थ रोजगारको अवस्था श्रृजना गर्न पनि यो आयुर्वेदिक शिक्षा नितान्त आवश्यक भै सकेको छ । जडिवुटी अनेकौ समस्याको समाधान हो ।
जडिवुटी एवं ग्रैह काष्ठ वन पैदावरहरूको संरक्षण, संवद्र्धन, र सदुपयोगद्वारा ग्रामिण क्षेत्रमा रोजगारीका अवसर श्रृजना गर्ने अवधारण भएको अवस्थामा ग्रामिण क्षेत्रका युवा शक्ति भड्किने, शहर पस्ने, विदेशिने र पलायमान हुने क्रमलाई कम गर्नमा उल्लेखनिय टेवा पुग्ने देखिन्छ । प्राकृतिक श्रोत संरक्षण र सदुपयोग गर्न वैज्ञानिक संस्थाहरू, स्थानिय समुदायहरू, सरकारी निकायहरू र यस पेशामा संलग्न व्यक्ति, संस्थाहरू सवै एकिकृत भएर लागेको खण्डमा स्थानिय रोजगारीमा वृद्धि हुनुका साथै राजस्वमा पनि वृद्धि हुने देखिन्छ ।

रोल्पा जिल्लाको १३ वटा गा.वि.स.मा रहेको सल्लाका वोटवाट खोटो निकाल्नका लागि सोही स्थानमा संकलन केन्द्र राखेर काम गर्दै आएको उक्त उद्योगले प्रत्यक्ष एवंम अप्रत्यक्ष रुपमा १० हजार भन्दा वढि रोल्पालीलाई रोजगार प्रदान गरेको छ । रोल्पाले मात्र वर्षेनी ६० हजार भन्दा वढि वाकस खोटो निकासी गर्ने गरको छ ।
सल्ला जातका विभिन्न रुखवाट प्राप्त हुने कच्चा पदार्थलाई खोटो भनिन्छ । खोटोवाट रेजिन र टर्पिनटाईन प्राप्त हुन्छ । सो पदार्थ सयौं उत्पादनमा प्रयोग हुने भएकोले यसको महत्व बढदै गएको पाइन्छ । राष्ट्रिय वन र सामुदायिक वनवाट खोटो संकलन हुदै आएको छ ।
यार्सागुम्वा
यो तागत, रोगव्याधाबाट वच्न र बलियो हुनको लागि सेवन गरेको पाइन्छ । खासगरी यो चिनको तिब्बतमा खानामा मिसाई खाने गरेको पाइन्छ । यसलाई विभिन्न प्रकारको औषधीसँग मिसाई खाएमा कामोदिपक हुने गर्दछ । यार्सा गुम्वा द्ययमथ तयलष्अ ष्mmगलष्तथ को विकास र शक्तिवर्धक मानिन्छ । चिन लगायत यूरोपमा यार्सागुम्वा यौन वर्धकको रुपमा पनि प्रयोग गरेको पाइन्छ । । नपुंशकता सम्बन्धी रोगको उपचारमा अन्य रसायनसँग मिसाई प्रयोग गरिन्छ । प्रत्येक हप्ता एक पिस यार्सागुम्बा धुलो बनाई, केशर कबाचयल सँग मिसाई दुधमा घोलि एक वर्ष सम्म सेवन गरेमा प्रतिफल दिन्छ भन्ने प्रयोगकर्ताहरूको भनाई  छ ।
यसको राजस्व सहित प्रतिकलो रु २०,००० पर्छ भने जुम्लाको स्थानिय बजारमा प्रतिकिलो रु ५÷६ लाख सम्म विक्री हुने गर्दछ ।
यसको पूर्ण जानकारी लिन वनस्पति विभाग थापाथली र जिल्ला कार्यालयहरूमा बुझ्न सक्नुहुन्छ ।

रोजगारको स्रोत : वैकल्पिक उर्जा
आजको विश्वमा विद्युतको खपत दिनदिनै बढदै गइरहेको छ । विश्व परिवेशमा नेपाल जस्तो भूपरिवेष्ठत देशले २५% जनतालाई मात्र विजुली उपभोग गर्न दिन सकेको छ । यस अवस्थामा प्रकृतिमा विद्युत सदुपयोग गर्नुृ आर्थिक र दिर्घकालिन रुपमा अति उपयुक्त हुने भएकोले हाम्रो जस्तो गरिवी राष्ट्रको लागि वरदान नै हुन्छ ।
यस कार्यको लागि वजार व्यवस्थान, प्राविधिकको त्यत्तिकै आवश्यक पर्ने हुदाँ यो क्षेत्रमा वेरोजगारको ठूलो समूहले कार्य गर्न सक्दछ । जसवाट केही मात्रमा भएपनि वेरोजगारीको समस्या हल हुने देखिन्छ । त्यसै खेर गैरहेको उर्जालाई सदुपयोग गर्दा विदेशवाट आयातित महंगो तेलवाट छुटकारा मिली उर्जाको संकटवाट हामीहरू वच्न सक्दछौं । यसवाट हाम्रो दैनिक कार्यमा उपयोग हुने  तथा साना मझौला उद्योगहरूलाई उर्जा मुक्त गराई आफ्नो व्यवसाय फस्टाउन सकिन्छ । सोलारको वजार व्यवस्थापन गरी अघि वढन सकिन्छ ।
सूर्यको किरणले निरन्तर रुपमा पृथ्वीमा उर्जा पठाइरहेको हुन्छ । यस्तो उर्जालाई संकलन गरी विद्युतीय उर्जामा परिणत गरी सजिलैसंग ग्रामिण तथा शहरी क्षेत्रहरूमा विजुली वत्ती वाल्न, टेलिभिजन हेर्न, रेडियो तथा क्यासेट वजाउन पानी तान्न, कम्पयूटर, फ्रिज, टेलिफोन, पंखा आदि चलाउन तथा अन्य थुपै कामहरू गर्न सकिन्छ ।
फाइदै फाइदा
१. देशलाई उर्जा आपूत्तिमा टेवा     २. करेन्ट नलाग्ने       ३.मासिक किस्ता वुझाउन नपर्ने ४. वातावरणलाई असर नपर्ने       ५. आयमूलक कार्य गर्न सहयोग
बैकल्पिक उर्जा अन्र्तगत साना तथा लघु विद्युत वायोग्यास सौर्य उर्जा, सुधारिएको चुल्हो, जैविक इन्धन तथा अन्य बैकल्पिक उर्जाको क्षेत्रहरू पर्दछन । कतिपयको तालिम र कतिपयमा सामान्य जानकारी लिएर पनि कार्य गर्न सकिन्छ ।

आम्दानीको स्रोत :सजिवन खेती
नेपाल सवै क्षेत्रमा पूर्णरुपमा पछाडि परेको मुलुक हो । पेट्रोलियम पदार्थमा त नेपाल पूर्ण रुपमा पर निर्भर राष्ट्र हो । वार्षिक झण्डै ४० अर्व रुपियाँ पेट्रोलियम पदार्थमा नेपालको पैसा विदेशीने गर्दछ । यसको २५% मात्र रकम नेपालमा रोक्न सके नेपालका ठूलो वेरोजगार हिस्साले रोजगार पाउँदछ । भने वार्षिक १० अर्व नेपाली रकम विदेशीनुवाट रोक्न सकिन्छ जसवाट वर्षेनी हुने व्यापार घाटा घटाई राष्ट्रलाई सहयोग पु¥याउन सकिन्छ । जसका लागि सजिवन खेती वैकल्पिक रुपमा वरदान सावित हुन्छ ।
नेपाल सरकारले आ.व. ०६५÷६६ लाई वैकल्पिक उर्जा वर्षको रुपमा मनाउने प्रस्ताव गरेको थियो । नेपाल सरकारले जैविक इन्धनको विकास र प्रवद्र्धनको लागि सजिवन खेतीको लागि आधुनिक नर्सरी निर्माण गर्ने सजिवन खेतीको लागि क्षमता अभिवृद्धि तथा तालिम, जैविक इन्धनको प्रसोधन गृह र पम्पको स्थापना, जैविक इन्धनको प्रयोग गरी पाइलट प्रोजेक्टहरूको संचालन गर्ने लागेको हुदाँ यो क्षेत्रमा धेरै भन्दा धेरै वेरोजगार नेपालीहरूको उज्ववल भविश्य देखिन्छ ।
सजिवन
सजिवन सानो रुख प्रजातीको वनस्पति हो । यसको आयु अवधि ५० वर्ष सम्मको हुन्छ । यसको एकपटकको खेतीले ५० वर्ष सम्म निरन्तर फल दिइरहन्छ । यसका विरुवाहरू ३ देखी ६ मिटर सम्म अग्ला हुन्छन । यो सुक्खा क्षेत्रमा पनि लगाउन सकिन्छ । वार्षिक ३०० देखी ६०० मिटरसम्म वर्षाहुने ठाँउमा पनि खेती गर्न सकिन्छ भने २०–२८ डिग्री सेन्डेग्रेड सम्मको तापक्रममा यसको वोट रामैसंग फस्टाउन सक्दछ । यसको नाम ठाँउ अनुसार फरक फरक नामले चिनिन्छ । हाम्रो देशमा खासगरी यस्को उपयोग राम्रोसंग लिन नसकेको कारण गाँउमा वारको रुपमामात्र लगाइएको पाइन्छ । यो विषयमा पूर्ण जानकारी नहुनु, विक्री वितरणको पर्याप्त ज्ञान तथा प्रशोधन वारेमा जानकार नहुनु पनि यो व्यवसाय प्रति रुची नभएको हामी पाउदछौं । यो विषयमा पूर्ण जानकारी प्राप्त लिन वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरमा सम्पर्क गर्न सक्नुहुन्छ । फोन नम्वरहरू ः ०१–५५३९३९०÷५५३९३९१
अथवा यो लेखकको नम्वर पनि टिप्न सक्नुहुन्छ ९८५१०८८०२० वा सजिवनवाट नेपालमा गाडी कुदाएर देखाउने केशव कार्कीजीको नम्वरमा(९८५७०६००८०) पनि फोन गर्न सक्नुहुन्छ ।
समय दुनियामा सवै भन्दा  मूल्यवान वस्तु हो । तपाई यदि यसको पछाडि दकुर्नुहोस तपाई कहिल्य असफल हुनुहुदैन् ।
तेल उत्पादन
   साधारण तय सजिवनको दानामा ३०–४८ प्रतिशत सम्म तेलको मात्रा रहेको हुन्छ तर व्यवसायिक रुपले राम्ररी हुर्काइएको विरुवाको वियाँमा ६० प्रतिशतसम्म तेलको मात्र रहन्छ ।
सजिवन विउको संकलन
नेपालमा होचो र पहाडी क्षेत्रमा प्राकृतिक रुपमा भर पर्ने देखिएता पनि वर्षमा कम्तिमा दुइपटक सम्म फुलफल्ने हुन्छ । पहिलो पटक वैसाख जेष्ठमा फुल फुलेर भाद्रसम्ममा फल पाकिसक्छ । असोज कात्र्तिकमा फुल फुल्ने र  फाल्गुण÷चैत्रमा फल पाकिसक्छ । राम्रो व्यवस्थापन गर्न सके फुलिरहन्छ अनि फलिरहन्छ । फल नछिपिदाँ फल हरियो रंगको हुन्छ छिपिएको दाना पंहेलो रंगमा परिवर्तन हुन्छ र यसलाई टिप्न सकिन्छ ।
 विश्वमा सजिवन खेती तथा उपयोग
   विश्वमा सजिवन खेती गर्ने पहिलो राष्ट्र अमेरिका हो हाल जर्मनी, फ्रान्स, इटली, अष्ट्रेलिया, भारत लगायतका राष्ट्रहरूले व्यवसायीक रुपमा सजिवन खेती गर्दै आइरहेका छन । हाल विश्वमा सवैभन्दा वढि वायोडिजल उत्पादन गर्ने राष्ट्र जर्मनी हो । यसले वार्षिक १९२ करोड लिटर वायोडिजल उत्पादन गर्दछ । त्यसपछिका देशहरूमा क्रमशः फ्रान्स, अमेरिका, इटली, अष्ट्रेलिया पर्दछन् । भारतले पनि यो कार्यक्रमलाई राष्ट्रिय योजनामा राखी लागू गरिसकेको छ ।
नेपालमा हालसम्मको उपलव्ध र उपयोग
    सजिवन नेपालका विभिन्न भूभागमा प्राकृतिक रुपमा प्राचिन कालदेखि उत्पादन हुदै आएको एक वहुउपयोगि वनस्पति हो र यो विरुवालाई घर पालुवा जनावारले नखाने हुदाँ यसको प्रयोग गाँउघरमा वारको रुपमा प्रयोग हुने गरेको पाइन्छ । यसको पात कम्पोष्ट मलको लागि, यसवाट निस्किने रस पोलेको घाउ निको पार्ने र क्यान्सर रोगको प्रतिरोधक औषधीको रुपमा, यसको सानो हाँगाको डाँठ दाँत सफा गर्ने कार्यमा प्रयोग गरेको पाइन्छ । यसको विरुवाले माटोको अर्वराशक्ति वढाउछ । यसको पिना अत्यन्त राम्रो किसिमको नाइट्रोजन , फस्फोरस, पोटासयुक्त प्रांगारिक मलको रुपमा र यसको पातलाई पनि खेतवारीमा मलको रुपमा प्रयोग गर्ने गरिन्छ ।
सजिवन खेतीको फाइदा
  • सजिवन सजिलैसंग खेती गर्न सकिन्छ । यसका लागि प्रसस्त प्राविधिक ज्ञान आवश्यक पर्दैन । नेपालको पहाड, तराई दुवै ठाँउमा गर्न सकिने सजिवन खेतीको लागि मेहनत समेत वढी लाग्दैन ।
  • सजिवनको दानावाट तेल निकाल्न सामान्य प्रविधिको प्रयोग हुन्छ । परम्परागत कोल प्रयोग गरेरसमेत यसको तेल निकाल्न सकिन्छ । यसरी निकालिएको तेल सीधै इन्जिन चलाउन प्रयोग गर्न सकिन्छ ।
  • यसको धुँवाले वायुमण्डलमा कार्वन फाल्दैन र वायु प्रदुषण पनि हुदैन । मानिसको स्वास्थ्यमा यसले नकारात्मक असर कम गर्छ । अहिले वायुमण्डलमा कार्वनडाइअक्साइड कम फाल्ने मुलुकलाई विश्व वैकले अमेरिकन डलरमा भुक्तानी दिन थालेको छ । यसलाई कार्वन व्यापार पनि भनिन्छ । सजिवन तेल प्रयोग गर्दा नेपालमा भित्रिने डलरको मात्रमा वृद्धि हुन्छ ।
  • खाली जमिनमा सजिवन लगाउनाले हरियाली बढछ । यसले वातावरण सकारात्मक प्रभाव पार्छ । भू–क्षय नियन्त्रण गर्छ । यसको विरुवा, दाना वा तेलको माग वजारमा बढदै गएको छ । यसवाट व्यक्तिगत मात्र होइन, राष्ट्रिय आम्दानी समेत बढाउन सकिन्छ ।
  • खनिज डिजेल खरिद गर्न राष्ट्रले खर्च गर्ने गरेको ठूलो रकम विदेशी मुलुकवाट बचाउन सकिन्छ । एकपटक लगाएपछि धेरै वर्षसम्म फल दिने भएकोले पेट्रोलियम पदार्थवाट मुलुक आत्मनिर्भर वन्दै जान्छ ।

मुलुकमै रोजगारी सिर्जना गर्न सजिवन खेतीले सघाउन सक्छ । सजिवनको बीउ, पात बोका र चोपको प्रयोग गर्न सकिने भएकाले यसवाट किसानले थुपै फाइदा लिन सक्छन् । सामान्य मेहनेतमा गर्न सकिने यस्तो फाइदाले कृषिलाई आधुनिककीरण गर्नसमेत सहयोग पु¥याउँछ ।

सजिवन खेती र रोजगार
अरव मुलुक संसारमै धनी कहलियको कारण पेट्रोलियम पदार्थको प्रचुर मात्रामा संसारमा उपभोग हुनु हो । अन्तर्राष्ट्रिय क्षेत्रमा यसको माग दैनिक खपत वढनु र वार्षिक अवौ डलर आम्दानी गर्नुकै कारण अरवी मुलुकको दिन चर्या फेरिएको छ । विश्वमा बढदो उर्जा मागले गर्दा पेट्रोलियम पदार्थको मूल्य चर्केर गएको छ । तेलको मागलाई धान्न अहिले पनि तेलको वैकल्पिक स्रोत खोजी हुन थालेको छ । हुन सक्छ भोलि अरवका तेलका कुवाहरू विस्तारै सकदै जान सक्छन त्यसकारण पेट्रोलियम पदार्थको बढदो मागलाई खनिज तेलले भोलिका दिनमा धान्न नसक्ने भएकोले जैविक रुपमा तेलको उत्पादनका प्रयासहरू शुरु भएका छन ।
इन्धनका निम्त्ती प्रयोग गर्न विभिन्न मुलुकले केही अखाद्य वनस्पति तेलहन वालीको खेती हुन थालेको छ । सजिवन खेती अहिल्यैका बहुपरिचतको रुपमा हाम्रो अगाडि आइरहेको छ ।
नेपालको अहिलेको अवस्थामा लगभग १० लाख वेरोजगार युवा अथवा सुकुम्वासीहरूलाई खाली जमिनमा सजिवन खेती लगाई रोजगारीको अवस्था सिर्जन गर्न सकिन्छ । सहकारीको रुपमा वा राज्यले केही युवाहरूलाई विकासमा र यो खेतीमा प्रयोग गरि यिनीहरूवाट फाइदा उठाउन सके राष्ट्रले फाइदा लिन सक्दछ । तराई मधेश पहाडमा रहेको उपभोग हुन नसकेका र खोला किनारका हजारौं विघा जग्गा उपभोग गरी फाइदा उठाउन सकिन्छ । यसवाट वार्षिक आधा इन्धन मात्र वचाउन सके ठूलो रकम विदेशीनुवाट जोगाउन सकिन्छ भने ठूलो वेरोजगारको समस्या पनि टर्न सक्दछ । दश लाख हेक्टरमा लगाएको सजिवनवाट वार्षिक ३० अर्व रुपैया राजस्व जम्मा हुन्छ । सजिवन खेती र तेल उत्पादन कारखानामा गरी दशलाख भन्दा वढी मानिसलाई रोजगारी दिन्छ भने यसवाट प्राप्त पिनाले जडिवुटी, रासायनिक मलको क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ ।
     अहिले जरेपिपल, मदनपोखरा, पाल्पाका केशव कार्की र उनका भिनाजु धन वहादुर के.शी. लगायत सम्पूर्ण परिवार दिलो ज्यानले लागेका छन् । भारतवाट १० कुन्टल सजिवनको विउ ल्याएर नर्सरी लगाएका छन्  भने जंगलमा भएको सजिवनलाई काटेर ल्याई सामुदायिक वनमा हांगा काटी लगाएका छन् । उनको मेहनत र यो व्यवसाय प्रतिको भावनालाई यो पुस्तकको लेखकले पनि सराहना गर्न मन लागेकोले उनकै नर्सरीमा गएर भेटेको थिए । हाल उत्पादन शुरु गरिसक्नुभएको छ । उनको कार्यलाई हौसला दिन चाहन्छु र सफलताको कामना गर्न चाहन्छु । अरुलाई पनि यो व्यवसाय अगाडि वढाउन आवह्रान गर्न र प्रोत्साहन गर्न चाहन्छु ।

रोजगारको श्रोत : ग्रामिण पर्यटन, कृषि पर्यटन
हाम्रो देशको भौगोलिक विविधता, कला, संस्कृतिनै देशको अपार सम्पत्ति हो प्रकृतिले हामीलाई धेरै गुण लगाएर छोडेको छ । भारत र चीनको अगाडि हामीले औद्योगिक क्रान्ति तुरुन्तै गर्न कठिन छ । तर गर्दै गए असम्भव भने केही छैन । हाम्रो देशको सवै भन्दा ठूलो उद्योग नै ग्रामिण पर्यटन उद्योग हो । नेपालको जुन सुकै क्षेत्रमा पनि नयाँ नयाँ अवसरका सम्भावनाहरू छन् । विदेशीलाई हिमाल देखाएर र फोटो खिचाएर हिमाल कहिल्यै खिइदैन । यो देशको साहशिक यात्राहरूले संसारमै नाम कमाएका छन् । एक्साईटिङ्ग ¥याफ्टिङ्ग र हात्तीपोलो खेल हाम्रै देशमा छ । लगभग ९०० प्रकारका चराहरूका अध्ययन स्थल पनि यहि देश हो । मनोरम शान्त जंगल सफारीको कार्यक्रम एसियामै पहिलो स्थानमा आँउछ । जताततै तालै ताल र नदिहरूको जालो नै जालोले यो देश भरिएको छ ? बुद्धको देश भनेर संसारमा यो देशको नाम उच्च शिखरमा छ । यहाँका जनताहरू राम्रो स्वभाव र मिलनसार छन् । हिन्दुको एकमात्र देश भनेर संसारमै चिनिन्छ । सगरमाथाको देश भनेर संसारका प्रत्येक स्कूलका विद्याथीहरूलाई थाहा छ । यति हुदाँ हुँदे पनि हामी बेरोजगार ? वेरोजगार होइन अल्छी । अल्छीले आफूलाई पनि बनाउदैनन् राष्ट्रलाई पनि वनाउदैनन् । यहाँ हामी जनताको मात्र दोष होइन यो देश हाक्ने नेता भनाउदाँ असफल नाइकेहरूको पनि प्रमुख हात छ । हामीहरू पूर्व भूलहरूलाई सच्चाउदै अव त केही गरनै पर्छ । हाम्रो टोल गाँउ सवै पर्यटकहरूलाई देखाउन सक्ने रमणीय स्थल भएको हुँदा ग्रामिण पर्यटनको ठूलै विकास गर्न सकिन्छ । ग्रामिण पर्यटन विकास गर्न ठूलो धनराशीको पनि आवश्यकता प्रर्दैन साथै ठूलो संख्यामा विदेशी पर्यटन भित्राउन पनि सकिन्छ तसर्थ आजैबाट शुरु गरौ । पर्यटन वोर्ड भत्ता खान मात्र खडा छ ।
    कृषि पर्यटनलाई आजभोलि धेरै देशहरूले ग्रामिण विकासको मेरुदण्डको रुपमा लिएका छन् । कृषिको पनि राम्रो उत्पादन हुने उता पर्यटकहरू पनि कृषि सम्वन्धि अध्ययन र अवलोकन गर्न आउने हुदाँ दुवै हातमा लडु हुने देखिन्छ । यो प्रविधिमा आजका युवालाई होमाएर रोजगार वनाउने उचित उपाए हो । यसवाट गाउँका हजारौ व्यक्तिहरूले रोजगार पाउँदछन् साथै स्थानीय उत्पादन तथा हस्तकलाका सामानहरू बिक्री वितरण गर्न सकिन्छ । जसबाट सानो तिनो घरेलु उद्योग तथा व्यवसाय फस्टाउँदछ । ग्रामिण पर्यटनका जन्मदाता (विद) डा. सुरेन्द्रभक्त प्रधानाङ्ग भन्नुहुन्छ यसको समुचित विकास हुन सकेमा देशको पुरै जनसंख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगार पाँउदछन् भने राष्ट्रिय उत्पादनमा २ अंकले वढोत्तरी हुन्छ ।
गाँउमा केही समूह मिली वा व्यक्तिगत रुपमा भए पनि कम्तिमा ५कठ्ठा(३ रोपनी) मा तरकारी तथा फलफूलको फर्म तयार गर्नुहोस, १ कठ्ठामा २ वटा सानो सानो (घर ४ जनासम्म पर्यटक अटाउने) र एउटा राम्रो किचन हलसंगै फुलको वगैचा तयार गर्नुहोस । पर्यटक आउदा पर्यटकलाई राख्न भयो पर्यटक नआउदा आफै सुत्न वा तरकारी फलफूल व्यापारीलाई पनि राख्न भयो । कुनै समय आफ्नै प्रयोगलाई पनि हुने भयो । कुनै समय तपाईलाई सहयोग गर्न केही विदेशी स्वयमसेवकहरू पनि तपाईकहाँ आइपुग्दछन त्यसैले कृषि पर्यटनमा दुवै हातमा लडु हुने भएकोले यो व्यवसाय हाम्रो जस्तो कृषि प्रधान देशलाई अति उत्तम मानिन्छ । हाल आएर भारत, मलेशिया, जापान, कोरिया लगायत यूरोपमा ठूला ठूला पार्कनै निमार्ण गरेर यसखालको कृषि पर्यटनको विकास गरेका छन् । कृषकलाई अधिकतम उत्साहित पारेका छन् ।

रोजगारीको स्रोतः हरित सडक

हरित सडक निर्माण यस्तो परिपाटी हो जुन वातावरणीय दृष्टिकोणले सुदृढ, सस्तो तरिकाले निर्माण गर्न सकिने, उपभोक्ताहरूको सहभागिमुलक , प्राविधिक दृष्टिले समुचित श्रम मूलक ग्रामिण सडक अथवा गोरेटोहरूको निर्माण तथा मर्मत सम्भार दशाउदछ । हरित सडकले विशेष गरी स्थानिय बनस्पति साथै झारपातहरूलाई भु–संरक्षणको साधन मानेर यसको उपयोग गरी पर्वतीय प्रकृति तथा प्राणी सम्पदा जोगाई राख्ने तर्फ जोड दिन्छ । यस्तो प्रविधिलाई बायो (इन्जिनियरिङ्ग) भनिन्छ । वातावरण जोगाउनको लागि वायोइन्जिीनियरिङ्गको प्रयोग हिजो आज प्रसस्त भएको पाइन्छ । यसमा स्थानीय बोट बिरुवा र झारपातहरू प्रयोग हुने हुनाले त्यसको अनुभव र प्रकृति स्थानीय वासिन्दाहरूले नै बुझेका हुन्छन् । स्थानिय वासिन्दाहरू नै स्थानिय रुपमा वायो–इन्जिनियरिङ्गको ज्ञाता हुने हुनाले,उनीहरूलाई साधारण तालिम प्रदान गरिएमा यो स्थानिय रुपमा नै सञ्चालित हुन सक्छ र स्थानिय वासिन्दाहरूले रोजगारीका अवसरहरू पाँउछन् । यो कार्य गर्न १० प्रतिशत शिपयुक्त जनशक्ति र ९० प्रतिशत ज्यामी ज्यालाको रुपमा सोझै स्थानीय समुदायमा भित्रिन्छ । पहाडी भेगका एक जना श्रमिकले कामको एक सिजनमा अन्दाजी रु ६०,०००।– कमाउनु भनेको साधारण होइन नेपाली गाँउको प्ररिप्रेक्षमा यो रकम निक्कै ठूलो मान्न सकिन्छ । यसरी स्थानिय रुपमा रोजगारीका अवसरहरू प्रदान गर्न सक्षम हरित सडकलाई नेपाल अधिराज्यको कुना कुनामा पु¥याउन सके यसले स्थानिय वासिन्दाहरूलार्ई रोजगारीका सु–अवसरहरू प्रदान गरी नेपाली जनताको जीवनस्तर उकास्न साथै स्थानिय प्रविधिलाई वढावा दिई आय आर्जनका अवसरहरू दिलाउन ठूलो टेवा पु¥याउन सक्ने छ । हरित सडकको कार्यक्रमबाट सडकको वातावरण राम्रो हुनुको साथै धेरै भन्दा धेरै व्यक्तिहरूले रोजगार पाँउदछन् । फोहरी नेताहरूलाई यो वारेमा सोच्ने फुर्सद छैन् ।

रोजगारको स्रोत ःप्राविधिक ज्ञान, ईलम तथा सीप शिक्षा

देशमा बढ्दो बेरोजगार,  त्यसमा पनि शिक्षित बेरोजगारीले गर्दा आज मुलुकले ठूलो समस्या व्यहोर्नु परेको छ । देशको यो दुर्दशा, कलह, झै–झगडा, द्धन्द्ध र समस्याहरूको मूल जरो बेरोजगारी समस्यानै हो । ‘खाली दिमाग सैतानको घर’ भने झै काम नभएको बेलामा प्रत्येक मनुष्यको मनमा अनेक तरङ्गहरूको विकास हुन्छ , जसले गर्दा मानिस विकासतिर होइन विनासतिर मात्र अघि बढेको हुन्छ । फलस्वरुप मनमा अशान्ति पैदा हुन्छ । हामी नेपाली गरिब भएको त्यसै होइन, नेपालीहरू कामलाई भन्दा कुरालाई बढी महत्व दिने प्रवृतिको भएका हुनाले यो दुर्दशा भोग्नुपरेको हो । देशमा ठूला–ठूला योजना बनेको वर्षौ भइसक्यो । यथार्थमा आएर आज देशको हविगत अफ्रिका महादेशको गरिब मुलुकको आयस्तर भन्दा कम हुन गएको छ । यो प्रतिफल भनेको सबै बेवास्ता र सक्षम शिक्षाको कमीको कारणले हो, प्राविधिक तथा व्यावसायिक शिक्षाको महत्व बुझ्न नसक्नुले हो ।
आज देशले जति पनि समस्या भोगिरहेको छ त्यसको भागिदार पनि हामी नै हौ, अरु कोही होइनन् । यो अवस्थावाट मुक्त पाउन नेपाल सरकार, गैरसरकारी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था देशका विद्धान वर्ग र प्रतिष्ठित व्यक्तिहरूवाट छुटै पहल हुुनु अति आवश्यक भइसेकेको छ । अहिलेको शिक्षालाई व्यावसायीमूलक, ईलममूलक र रुपान्तरण गर्नू, प्रचार–प्रसार गर्न र कार्यान्वयन गर्न तिर लाग्नु आवश्यक भइसकेको छ । देशमा कामको खाँचो छैन, तर त्यसअनुरुप सरकारवाट नीतिनियम, कानूनको अवसरहरू कार्यको लागि प्रोत्साहन प्रदान गर्न पनि सक्नुपर्दछ किनकि सबै मान्छे अवसरको पर्खाइमा छन् । तर त्यसो हुनसकिरहेको छैन । गरिवी निवारणमा संसारको धेरै मुलुुकहरूले सफलता हासिल गरिसके तर हाम्रो देशको गरिवी अझ खस्कँदो छ । अन्य विकसितमुलुक, विकासोन्मुख  मुलुक र विकासशिल मुलुकहरूले आज शिक्षा नै अपनाएको देखिन्छ । अमेरिका, जापान, बेलायत, स्वीजरल्याण्ड, फ्रान्स, भारत, चीन र यूरोपको प्रायः जसो मुलुकमा प्रत्येक नागरिकले कुनै न कुनै ईलम, व्यवसायको प्राविधिक शिक्षाको ज्ञान र सीप लिएको पाउँदछौ । तर विडम्वना नेपालमा त्यस्तो हुनसकेको छैन । मेरो अनुसन्धानमा धेरै व्यक्तिहरूसँगको सोधपुछको क्रममा निम्न प्रश्न गरेको थिएँ । तपाईलाई केही गर्न आउँछ ? तपाईसँग केही सीप छ कि ? केही गर्ने सोच छ  कि ? भावी लक्ष्य के छ ? प्रायशः जवाफ हुन्छ अहँ छैन, कसले सिकाउँछ, सिप छैन सोचेर के गर्ने, कसको नै लक्ष्य के छ ? उल्टो प्रश्न खडा हुन्छ । त्यसकारण नेपालीहरूको लागि जुन शिक्षा उपलव्ध गराइरहेको छ त्यसमा केही कमि–कमजोरीको महसुस आफुलाई लागेको छ । त्यसकारण नेपाल सरकारले प्राविधिक, व्यवसायिक सीप तथा ईलममुलक शिक्षा उपलव्ध गराई देशका युवा वर्ग जसले प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा लिएका छैनन् ती सबैको तथ्याङ्क लिएर उक्त शिक्षा उपलव्ध गराउने र विद्यालय स्तरदेखि थप तथा अनिवार्य रुपमा नै व्यवसायिक शिक्षा लागू गर्ने आजको आवश्यकता हो । जसबाट भोलिका देशका कर्णधारहरू सबै हातमा सीप लिएर अगाडि बढ्न सक्दछन्, र सबै हातमा सीपयुक्त हुनेछ् । हाल देशको परिस्थिती अनुकुल नभएको अवस्थामा सो कुरा पूरा गर्नसकेको खण्डमा देशमा जुन कुर्चिको द्धन्द्ध चलिरहेको छ, सो मत्थर हुँदै जानेछ भन्ने समेत लागेको छ । यस्तै देशबाट ठूलो संख्यामा युवा शक्तिहरू विदेशिएका छन् र कोरा जनशक्ति मात्र नेपालको लागि देखिन्छ । ती शक्तिहरू विदेशिनबाट जोगाउनसमेत यस किसिमको शिक्षाले ठूलो महत्व राख्दछ । उमेर र स्वास्थ्य छउन्जेल विदेश, जब शक्तिहीनर रोगी हुन्छ स्वदेशमा । कसरी ती व्यक्तिहरूबाट देशले आशा गर्नसक्छ ? यी व्यक्तिहरू जुन विदेश गएका छन् थोरै आम्दानीको लागि मात्र गएका छन् । यदि देशले रोजगारीको लागि जनशक्ति विदेशमा पठाउनुनै छ भने प्रत्येक विदेश जाने व्यक्तिलाई ज्ञान, सीपयुक्त बनाई मात्र पठाउन योग्य हुनेछ । विद्यमान अवस्था त्यस्तो छैन । हामीसँग ज्ञान, सीप, छैन । नेपालीहरू ज्यामी कुल्लीको रुपमा विदेशिएका छन् । यदि नेपालीहरूलाई व्यावसायिक र प्राविधिक सीप प्रदान गरेर विदेश पठाउन सकेमा राम्रो रुपमा अर्थोपार्जन गर्नसक्नेछ । त्यसकारण नेपाल सरकारले यसमा मनन् गरी लिई व्यवहारमा उर्तान आवश्यक भएको महसुस गरेको छु ।
यी सबै कुराको मध्यनजर गरी यदि देशले गरीबी निवारण ठोस कदम चाल्न कुल बजेटको २५ प्रतिशत अंश छुट्याइएर सबैलाई ईलम गर्नसक्ने र गराउन सक्ने खालको व्यावसायिक शिक्षा र प्राविधिक ज्ञान उपलव्ध गराउन सके देशलाई ठूलो सफलता हासिल हुनेछ। नेपालमा भएको एउटा प्राविधिक शिक्षालय सि.टि.भि.टिमा पनि भ्रष्टचारीहरूकै रजाई छ।

रोजगारको स्रोत :– निमार्ण जनशक्ति (ठेकेदार, मिस्त्री तथा लेवर)
 गाउँ गाउँ, शहर शहर, कुना कुनामा विभिन्न प्रकारका निमार्णका कार्यहरू भइरहेको हुन्छन् । कही वाटोघाटो, कहि कुलो नहर तथा पुल, त कही भवन निमार्ण, हो हामी हिम्मत ग¥यौं भने ठेकदार वन्न सक्छौ, मिस्त्री पनि वन्न सक्छौ । केही नभए लेवर त पक्कै वन्छौं । कतार तथा दुवइ अनि साउदीतिर ७५ प्रतिशत यस्तैकाममा त्यहाँ हामी जान खोज्छौ तर नेपालमा भने त्यही काम गर्न हामीलाई हाम्रो मनलाई वलियो वनाउन सक्दैनौ र त्यसै समय खेर फालेर वसिरहेका छौं । नेपालमै काम गर्दा ठेकदारले दैनिक ५००–१००० सम्म कमाउन सक्छ , कहिलेकाही त झयाप्पै ठूलो रकम पनि कमाइराखेका हुन्छन् भने मिस्त्रीले २०० देखी ५०० सम्म सजिलै कमाउछन् । त्यस्तै लेवरले पनि १५० देखि ३०० सम्म सजिलै कमाउन सकिराखेका हुन्छन् । सहकारीको रुपमा कार्य गर्न सकिन्छ । अरु ठेकदार नहुदा कोही मालामाल
नेपालमा मात्र भारतीय ठेकेदार २ लाखको हाराहारीमा रहेको तथ्याङ्क पाइन्छ, ५ लाख भन्दा वढि मिस्त्रीहरू छन भने ८ लाख भन्दा वढि त भारतीय लेवरमा कार्य गर्ने व्यक्तिहरू भएको अनुमान गर्न सकिन्छ । वास्तवमा लगभग १५ लाख भन्दा वढि भारतीयहरूलाई निमार्ण क्षेत्रवाट विस्थापित गराउन सक्ने हो भने ठूलो रोजगारको अवसर यही मिल्दछ । यो क्षेत्रमा लागेर ठेकदार वन्न सानो तिनो काम गदै जादाँ अनुभव भैहाल्छ र हिसावकिताव ठिक ढंगसंग गर्नसक्ने भए यो काम त्यति गा¥हो भने छैन् । खाली हिम्मत र साहसको मात्र खाँचो चाहिन्छ । मिस्त्री वन्न पनि ठूलो मेहनत चाहिने र लामो समय लाग्ने केही छैन । सक्छु र गर्छु भन्ने मात्र आँट चाहियो । केही दिन लेवर गर्दै सिक्दै जानुपर्छ जस्तै खलासीवाट कन्टक्टर, कन्टक्टरवाट ड्राइभर वने जस्तै हो । राज्यले पनि विकास निमार्णमा प्रयोग गर्दै मिस्त्रीको तालिम दिन सक्छ । भोलि राष्ट्र निमार्णका लागि ठूलो स्रोत जनशक्तिलाई यसै क्षेत्रमा प्रयोग गरी रोजगारको क्षेत्रलाई फराकिलो वनाउन सकिन्छ । जसवाट २० सौ लाख वेरोजगारलाई यो क्षेत्रमा रोजगारी  अगाडि वढाउन सकिन्छ । विदेशमा सहकारीले धेरै निमार्णको काम जिम्मा लिई धेरैलाई रोजगार दिन सफल भएको छ । हामी पनि स्वदेशमा सहकारी मार्फत किन नलाग्ने ?

रोजगारीको स्रोतः स्क्रिन प्रिन्ट
लगानी थोरै आम्दानी धेरै , थोरै समय मै सिक्ने, घरमै वसेर गर्न सकिने
स्क्रीन प्रिन्टबाट गर्न सकिने कामहरू
भिजिटिङ्ग कार्ड, परिचय पत्र, सर्टिफिकेट, लेटरप्याड , शुभविवाह कार्ड निमन्त्रणा कार्ड, फाइल प्रिन्टिङ्ग, क्याप प्रिन्टिङ्ग, तथा अन्य प्रिन्टिङ्ग सम्बन्धी कामहरू ।

रोजगारको स्रोत : फोटोग्राफी
फोटोग्राफी प्रकासको क्रिया र रासायनिक पदार्थलाई मिलाएर तस्वीर बनाउने प्रक्रिया हो । नदेखिएको थाहा नभएको अपरिचित ठाउँ विशेष तथा घटनाहरूलाई फोटो प्रयोग गरी देखाइन्छ भने त्यो फोटोग्राफी हो । फोटोग्राफी दुइवटा शब्दहरू मिलेर वनेको पाइन्छ फोटो भनेको ल्याटिन भाषामा प्रकासलाई जनाउदछ भने ग्राफीवmो भनेको ल्याटिन भाषामा प्रकाशद्वारा बनाइने चित्रलाई ग्राफी भन्ने बुझिन्छ ।
फोटोग्राफी एक राम्रो व्यवसायीक फर्म हो यसबाट विभिन्न पत्रपत्रिकामा पुस्तकहरूमा फोटो बिक्री गर्न पाउनु, विभिन्न कार्यक्रमहरूको फोटो खिची बिक्री वितरण गर्न पाउनु तथा फोटो स्टूडियो खोली यसका सेवाहरू बिक्री गर्न पाउनु नै यो एक सफल व्यवसाय हो । यो फोटोग्राफी तालिम लिने जो कोही व्यक्तिहरू वेरोजगार बस्नै पर्दैन । फोटोग्राफी सिकेपछि लगभग (३०–६०)हजारको लगानीमा फोटो स्टूडियो संचालन गर्न सक्छन् । आफूमा फोटोग्राफरको सम्पूर्ण ज्ञान भए पछि बाहिर पनि यस किसिमको कार्य गर्न सकिन्छ कहिले काही डुल्दै हिड्दा राम्रा फोटोहरू खिचेर राखे पछि प्रसस्त बिक्री गरी आयआर्जन गर्न सकिन्छ । तपार्ईहरूले देख्नु भएको छ हाम्रो देशमा आउने विभिन्न पाहुनाहरूले हाम्रो देशबाट खिचेर लगेको फोटोबाट आफ्नो देशमा बिक्री गरी प्रसस्त आम्दानी गर्दछन् ।  यसको वेसिक कोर्षलाई ६ हप्ता लाग्छ भने एड्भान्स गर्न १२ हप्ता लाग्छ । हाल आएर डिजिटल क्यामाराहरूले यो व्यवसायलाई झन सरल सहज र १ हप्ते तालिमै गर्न सक्ने वनाएको छ । इच्छा यहाँको हो ।

भिडियोग्राफी 
भिडियोग्राफीले कुनै पनि भैरहेको विषयलाई चलिरहेको अवस्थामा उचित खालको प्रकास दिएर, उचितखालको डिजाइनमा जस्ताको त्यस्तै भिडियो क्यामरावाट प्रर्दशनी गर्नुलाईनै भिडियोग्राफी भनिन्छ । यो सिक्न लगभग ३ महिना लाग्दछ । यसको कोर्ष शुल्क ६ हजार देखि १० हजार सम्म लिने गरेको पाइन्छ ।
यसको लागि चाहिने सबै कोर्षहरू इन्ष्टिच्यूटबाटै दिइन्छ । भित्री÷वाहिरी सवै ठाँउमा भिडियो क्यामरा चलाउन सक्ने हुन्छन् । यो सिकेपछि टेलिभिजनमा कार्य गर्न सकिन्छ भने आफ्नै छुट्टै व्यवसाय चलाएर पनि कार्य गर्न सकिन्छ । छोटो समयमा सिकेर राम्रो कार्यमा हात हाल्ने व्यवसाय मध्ये यो पनि एक हो । यो तालिम पछि विभिन्न अवसरहरूमा जस्तै विवाह, महोत्सव, स्टेज कार्यक्रम, स्पोर्ट, टेलिफिल्म, ठूलो पर्दाको फिल्महरूमा समेत कार्य गर्न पाईन्छ ।

रोजगारीको स्रोत : हस्पिटालिटी
रोजगारीमा हात परिहाल्ने थुप्रै विषयहरू हाम्रो अगाडि लुकेर बसेका  छन् । पढ्न पनि सजिलो, रोजगार पनि सजिलो अनि आम्दानी पनि प्रसस्तै । हाल आएर यस प्रकारको शिक्षा दिने संस्थाहरू प्रसस्त मात्रामा खुलेको पाइन्छ । विदेशमा पुरानो भएपनि नेपालमा भर्खर मात्र चर्चा पाउन थालेको विषय हो हस्पिटालिटी । पढने वित्तिकै रोजगारीको अवसर पाइने ।
होटल मेनेजर बन्न होस् वा मार्किटिङ्ग अफिसर, एयर होस्टेज वा जनसम्पर्क प्रमुख यो विषय संसारमै प्रसिद्ध छ । विभिन्न देशमा यस विषयमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरूको संस्थाले पनि सिद्ध हुन्छ । होटल मेनेजमेन्ट र टुरिजममा हायर डिप्लोमा गरेपछि हस्पिटालिटी कोर्ष पढ्नुपर्छ । प्रविणता प्रमाणपत्र तह अध्ययन विषयमा हस्पिटालिटी कोर्ष पढनुपर्छ । प्रविणता प्रमाणपत्र तह अध्ययन पछि पढन सकिने होटल मेनेजमेन्ट र टुरिजम, पछि हस्पिटालिटी पढन पाइन्छ । होटल, एयर लाइन्स हस्पिटल, कलकारखाना, लाइव्रेरी लगायत जुनसुकै क्षेत्रमा दक्षतापूर्व काम गर्न हस्पिटालिटी कोष पूरा गर्नुपर्दछ ।
विश्वमा लाखौ नेपाली युवायुवतीको माग छ । देशले यस प्रकारको दक्ष व्यक्ति उत्पादन गर्ने सकेको छैन । यदि यो क्षेत्रमा हात हाल्ने हो भने लाखौ नेपालीहरूले स्वदेश÷विदेशमा रोजगार प्राप्त गर्न सक्नेछन । यसबाट करोडौं डलर स्वदेशमा भित्रिन सक्दछ ।

रोजगारीको स्रोत : सूचना प्रविधि
सूचना प्रविधिको उच्च विकासले गर्दा एक देशको काम अन्य देशले गर्न थालेका छन् । यस प्रकारको सुचना प्रविधिको व्यापारमा पनि विदेशी कम्पनीको व्यवस्थापन र सञ्चालन खर्च घट्ने हुनाले उनीहरूले अन्य सस्तो प्रारिश्रमिकमा काम हुने देशमा दिने चलन आएको हो , ती काम दिने कम्पनिको आवश्यकता अनुसार काम लिने कम्पनीले काम पूरा गर्छ र दिन्छ । ती कामको स्वामित्व भने दिने पक्षको हुन्छ र काम लिने कम्पनीले काम पूरा गरेर फिर्ता बुझाउन पर्दछ । काम लिने देशका कम्पनिहरूले भने ती काम गर्ने जिम्मा लिएपछि त्यस देशमा कामको सिर्जना हुन्छ र रोजगारी वढदछ ।
मोवाइलको वढ्दो प्रयोगले हाल नेपालमा हजारौले यो क्षेत्रमा रोजगारी पाएका छन् । हाल अमेरीका वेलायतबाट भारतका ठूला कम्पनीहरूले सूचना प्रविधिका धेरे काम ल्याउन सफल भएका छन् । करीव २० अर्व डलर भन्दा वढीको काम उनीहरूले ल्याईसकेका छन् । जसबाट १० लाख जति सूचना जान्ने व्यक्तिहरूले प्रत्यक्ष रोजगार पाईरहेका छन् । भारतको विभिन्न शहरहरू हुदै यो प्रविधि नेपाल पनि भित्रिएको छ । हाल आएर नेपाल भित्रैका थुपै कम्प्यूटर संस्थाहरूले पनि यस किसिमको कार्य गर्दे आइरहेका छन् । यस प्रकारको रोजगारीबाट शिक्षित युवाहरू विदेशमा रोजगारीको क्रममा जान कम भएको विभिन्न आँकडाहरूले देखाउछ । कम्प्यूटरको आयतमा छुट तथा वैकिङ्गकम्पनीहरूले पनि यस प्रविधिमा लगानी गर्न चाहनेहरूलाई लगानी गरिदिने हो भने प्रसस्तै रोजगारीको अवसर भोलि नवन्ला भन्न सकिदैन ।

रोजगारको स्रोत : रत्न पत्थर,सुनचाँदीको गरगहाना
आजको दुनियाँमा कुनै पनि काम गर्न जातले रोक्दैन , सीप सिकेर खेर जादैन । यो अति मूल्यवान विषय वस्तु हो । स्वदेशमै पनि यो व्यवसाय गर्न सक्छौ र वैदेशिक रोजगारमा पनि यो कार्य गर्न सक्छौ । सुनचाँदीको कलात्मक गरगहनाको निर्यात पनि बढाउन सक्छौ । यसका लागि प्रति महिना रु १२०० तिरी ६ महिना सम्म तालिम लिएमात्र पुग्छ । यस प्रकारको तालिम नेपाल हस्तकला संघले प्रत्येक वर्ष दिदै आएको छ । खासगरी यस प्रकारको तालिम प्राप्त कोही पनि व्यक्तिहरू वेरोजगार हुदैनन् । सुनचाँदी व्यवसायीहरूले नै तपार्ईहरूलाई काम दिन्छन । नत्र तपार्ई आफै पसल खोल्न सक्नुहुन्छ । तपार्ई आफूले सुनका गहना अरुलाई बनाउन दिएर पनि बिक्री गर्न सक्नुहुन्छ । शुरु गर्नुहोस् , काम गर्न तपार्ईलाई हरेक पक्षबाट सहयोग मिल्दै जाने छ । नेपालका नदिहरूमा अरवौको रत्न पत्थरहरू पाइन्छ । रत्न पत्थर र सुनचाँदीको व्यापार स्वदेशमा पनि राम्रो विदेशमा पनि राम्रो  अनि आत्म सन्तुष्टि ।

कार्यक्रम व्यवस्थापन (इभेन्ट म्यानेजमेन्ट)
कुनै उत्पादनको वजार प्रवद्र्धन एवं प्रतियोगिता, मेला, गोष्ठी, सेमिनार आयोजना गर्न एउटा समूह वा अनुभवी व्यवस्थापनले कार्य गर्न सक्दछन । इभेन्ट म्यानेजमेन्ट कम्पनि र प्रवन्धकहरूले पनि धैरै वेरोजगारीहरूलाई यो क्षेत्रमा अवसर प्रदान गराई वेरोजगारीको क्षेत्रमा सफलता हासिल गरेको पाउँदछन् ।
इभेन्ट म्यानेजमेन्टवाट आ–आफ्नो करिअर विकास गर्न सकिन्छ । यसका उदाहरणका लागि भाष्करराज कर्णिकार, किरण कृष्ण श्रेष्ठ, प्रसान्त ताम्राकार आदि पर्दछन् । इभेन्ट सफल वनाउन दुरदृष्टि, प्रतिबद्धता व्यवस्थापनको अचित समन्वय र सहकार्य आवश्यक  हुन्छ । यसो भए जस्तो सुकै कार्यक्रम पनि आर्कषण र सफल वन्न सक्दछन् । कुशल इभेन्ट म्यानेजमेन्टले कम्तीमा महिनामा २० हजार देखी ५० लाख सम्म कमाउन सकेको हामी पाउछौं ।
देशको विभिन्न चाडपर्व लगायत स्वदेशी÷विदेशी व्राण्डको वजारको प्रवद्र्धनका लागि विभिन्न इभेन्टहरूको आयोजना गर्न सकिन्छ  भने देशविकासको लागि पनि विभिन्न कार्यक्रमहरूको इभेन्ट संचालन गर्न सकिन्छ । जस्तै ः फेशन सो, फुड फेस्टेवल, शैक्षिक प्रर्दशनि, कम्पयूटर एक्सप्रो, सांस्कृतिक कार्यक्रम, स्टोन महोत्सव, विभिन्न जनजातीको कला संस्कृतिक झल्कने महोत्सवहरू, पर्यटन, कृषि, धार्मिक महोत्सवहरू ।

रोजगारको स्रोत : फेसन डिजाईन
शहरीया समाजमा रोजगारको स्रोतको रुपमा उदाइरहेको फेशन डिजाइनिङमा नयाँ पुस्ताले नाम, दाम र लोभ लाग्दो करिअर देखाउन थालेका छन् । अहिलेको संसारको माग भनेको नै नयाँ नयाँ फेसन को माग भएको हो । तपाई कुनै पनि प्रकारको वस्तु उत्पादन गर्नुहोस तर समयसँगै नयाँ नयाँ फेसन डिजाईनमा आफ्नो वस्तुलाई रुपान्तर गर्न चाहनुभएन भने तपाईको कुनै पनि वस्तु एक दिन वजारमा जानै सक्दैन् । खासगरि यस क्षेत्रमा तयारी पोशाक, महिलाहरूको पहिरन, लोक्ता कागज, हस्तकलाका सामग्रीहरू र अन्य थुपै वस्तुकोे डिजाइन गर्नुपर्ने हुन्छ । यस प्रकारको तालिम पश्चात तपाईहरू कोही पनि यो काममा पूर्णरुपमा लाग्न सक्नुहुन्छ । जो मानिस सिप सिक्न चाहदैन उसले कमाउन पनि सक्दैन ।
पहिला पहिला यसको महत्तो कमले वुझेका थिए भने अहिले आएर यसको महत्तो ह्रवात्तै माथी पुगेको छ । यसको भविश्य उज्जवल रहेको यस पेशामा लाग्नेहरू आफै वताउछन । फेशन डिजाइनिङमा डिप्लोमा गरेर यो क्षेत्रमा हात हालेकाले आफ्नो अर्थोपार्जन र सन्तुष्टि हुदै आएको वताउछन । साधरणतया डिजाइनरले मासिक १०,००० देखी ५ लाख सम्म प्राप्त गरेको हामीले पाउँदछौं ।
यसको महत्तो बढेरनै काठमाण्डौमा एक दर्जन भन्दा वढि फेशन डिजाइन प्रशिक्षण केन्द्रहरूमा तालिम लिने प्रशिक्षार्थीहरूको भिड देख्न सकिन्छ । नेपाल हस्तकला संघ, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र र लखोटिया इन्ष्टिच्यूट अफ आर्ट एण्ड डिजाइन(कुपोण्डोल), आईईसी, लर्डबुद्ध एजुकेशन, किष्टल, इण्डियन इन्ष्टिच्यूट अफ फेशन डिजाइनमा यस्ता प्रकारका तालिमहरू दिने गरेको हामी पाउछौं ।

रोजगारको स्रोत : खेलाडी (खेल)
तपार्ईलाई कुनै पनि खेलको खेलाडी हुन मन छ भने लाग्नुहोस, आफ्ना इच्छा पूरा गर्न । यसवाट पनि तपार्ईको रोजिरोटी चल्न सक्दछ । हाल हाम्रो देशमा यो क्षेत्रमा केहि सिथिल आएपनि सधै यो अवस्था रहदैन । तपार्ई कुनै पनि खेलको राम्रो खेलाडी हुनुहुन्छ भने संसारका विभिन्न कल्बहरूले तपार्ईलाई स्वागत गर्छन । हाल स्वदेशका विभिन्न स्कूलहरूमा पनि स्पोर्टस शिक्षक राख्न लागेकोले पनि यो क्षेत्र राम्रो हुदै गैरहेको छ । तपार्ई कुनै पनि खेलको राम्रो खेलाडी हुनु भई विभिन्न प्रतिस्पर्धामा भाग लिई प्रसस्त पुरस्कारहरू प्राप्त गर्न सक्नुहुन्छ । अहिले आएर खेलाडीहरूलाई राष्ट्रियरुपमै सम्मान गर्न थालिएको छ । फुटवलका खेलाडि हरू विभिन्न देशको क्लवहरूमा गएर अनुवन्धन हुन पाएकाछन् । हेर्नुहोस त कुनै देशको राष्ट्रपति भन्दा पनि त्यो देशका खेलाडीको नाम अगाडि आँउछ जस्तै इण्यिाको सचिन तेन्दुलकर, श्रीलंकाको जयसूर्या, ब्राजिलको रोनाल्डो आदि । 
एक सफल संघर्षएक संघर्ष
रामेछाप जिल्ला जुनारको जिल्ला भनेर चिनिन्छ । यो जिल्लामा २५ वर्ष आगाडि देखि व्यवसायीक रुपमा जिल्लाका ५५ वटा गा.वि.स. मध्ये २५ वटा गा.वि.स.मा जुनार हुने गर्दछ । यस्तो स्रोत र साधनले भरिपूर्ण स्थानमा जन्मिएको हामीले उक्त क्षेत्रमा जुनार सम्वन्धि केही काम किन नगर्ने? सो विषयमा कार्यक्रम गर्न गुन्जवहादुर कार्काले विषेश पहल गर्नुभयो । उहाँ र उहाँका धेरै सहभागि विच व्यापक छलफल पश्चात केही गर्ने भनेर वजार सर्भेक्षण, अध्ययन, अवलोकन भ्रमण गर्नुको साथै व्यवसायिक योजना निमार्ण जस्ता प्रारम्भिक चरणका क्रियाकलापहरू गर्नुभयो । सवै गर्नुपर्ने क्रियाकलापहरू त सकियो तर अड्कियो पूँजी, किनकि वजारमा अन्तर्राष्ट्रिय कम्पनिको वर्चस्व छ । प्रतिस्पर्धा र चुनौती धेरै छन् ।

२०६३ सालमा ४३ जना मिलेर एउटा कम्पनि दर्ता गर्नुभयो । जुन कम्पनिले रु ५०० देखि २००००।– सम्मका दरले प्रतिव्यक्ति शेयर संकलन गरी २०५०००।– शेयर चुक्ता गरी जुनार प्रशोधन सम्वन्धि विभिन्न तालिम लिएर जुनार जुश, स्क्वास, जाम, जेली, अदुवा क्याण्डी, जुश स्क्वास आदि उत्पादन गरी २५०, ५०० एम.एल. को वोतलमा समेत लगाएर पहिलो पटक रामेछापमा जुनार जुश वजारमा निकाल्न सफलता प्राप्त गर्नुभयो । उक्त कार्यक्रमको लागि मेशिन औजार शिप आदि सहयोग लघु उद्योग विकास कार्यक्रम ले गरेको थियो । सो वर्ष उक्त प्रा.लि. ले रु. सातलाख भन्दा वढि कारोवार गर्न सफल रह¥यो भने सात जना प्रत्यक्ष रोजगार र धेरै कृषकहरूलाई सहयोग पु¥यायो । सोही वर्ष राष्ट्रिय स्तरको औद्योगिक प्रर्दशनीमा भाग लिएर सान्तोना पुरस्कार प्राप्त गर्नुभयो, भने अर्का वर्ष उक्त उद्योगले आफ्नो ब्राण्ड दर्ता गरी जुनेली ब्राण्डमा जुश निकाल्न थाल्यो । त्यसपछि  रु ११ लाख भन्दा वढि कारोवार गरी राष्ट्रिय औद्योगिक प्रर्दशनीमा शिल्ड, प्रमाणपत्र तथा उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल भयो ।

हाल एघार जना भन्दा वढि शेयरधनीहरूले रोजगार प्राप्त गरिरहका छन भने धेरै कृषकहरूले आफ्नो वजारको सुनिश्चीत हुने मौका पाएका छन् । अहिले कृषकहरूलाई सहकार्यको भावनाको विकास गरी जुनार खेतीमा अगाडि बढाउन जुनेली जुनार सहकारी संस्थाको स्थापना गरी कार्यक्रमहरू अगाडि वढिरहेको छ । यस्ता सफल कार्यहरू देशका विभिन्न ठाँउहरूमा भएका छन जुन म यो पुस्तकमा सवै व्याख्या गर्न सक्दिन तर उदाहरणको लागि यो कार्यक्रम तपाईहरूको सामु राखेको छु । अव तपाँईहरूलाई पनि आफ्नो क्षेत्रमा रहेको उत्पादनहरू उहाँहरूको जस्तै कार्य गरी अगाडि वढने प्रेरणा मिलोस यही मेरो शुभ–कामना ।

रोजगारको स्रोत : सेक्यूरिटी गार्ड
आजभोलि विभिन्न एजेन्सी संघसंस्था तथा व्यवसायिक फर्महरूमा खासगरी सुरक्षाको दृष्टिकोण र आवश्यक जानकारी गराउने हेतुले यस किसिमको रोजगार व्यवसाय फस्टाएको छ । यस प्रकारको पदमा पहिला पहिला रिटार्य आर्मीहरू तथा पुलिसहरू हुने गर्दथे भने हाल आएर केही सिभिल व्यक्तिहरूलाई पनि लिने गरेको पाइन्छ । खास गरी नेपालीहरूले यस काममा संसारभरी नाम कमाएका छन् । दोश्रो विश्व युद्धताका वृटिस आर्मीमा २ लाख ५० हजार नेपाली थिए र त्यहि नेपालीहरूले देखाएको बहादुरीले गर्दा सेक्युरिटी गार्डमा नेपालीहरू विभिन्न देशमा बैदेशिक रोजगारको रुपमा जाने गर्दछन् । आज देशभित्र पनि यो व्यवसाय फस्टाएको हामी देख्न सक्छौ तपार्ई पत्रिका मात्र हेरेर विचार गर्नुहोस् सवैभन्दा वढी कोटा नै सेक्युरिटिगार्डमा नेपालीहरू विभिन्न देशमा बैदेशिक रोजगारको रुपमा जाने गर्दछन् । आज देश भित्र पनि यो व्यवसायको फस्टाएको हामी देख्न सक्छौ । तपार्ई कोही रिटार्य पुलिस आर्मी हुनुहुन्छ भने विदेशमा तपार्ईहरूको माग प्रसस्तै छ । यसमा अझ अरूमा भन्दा तलब वढी छ । तपार्ई पत्रिका मात्र हेरेर विचार गर्नुहोस् सवैभन्दा वढि कोटा नै सेक्युरिटि गार्डको आँउछ । यदि तपार्ईहरू कोही सिभिल हुनुहुन्छ भने पनि केही छैनन , केहीदिन तालिम लिएर प्रमाण पत्र लिनुहोस् र खोज्नुहोस् , यो पद, कहाँ कहाँ खुलेको छ ।

रोजगारको स्रोतः रेमिट्यान्स

ह्ुण्डी मार्फत एक ठाउको रकम अर्को ठाउमा पु¥याउने कार्यलाई रेमिट्यान्स भन्ने वुझिन्छ । विगतमा कम्पनि रजिस्टर नभै चोरी वाटो वा व्यापारीहरूले विभिन्न प्रकारले पैसा पठाउने व्यवस्था मिलाउथे र धेरै नाफा खाने गर्दथे । हाल  आएर क्ष्लतभचलभत मार्फत भ्(अयmmभचअभ को विधिद्वारा राष्ट्रवैकको मान्यता लिई वैदेशिक रोजगारवाट प्राप्त होस वा देशकै एक ठाँउको रकम अर्का ठाँउमा पु¥याउन हाल देशमा झन्डै सयवटा रेमिट्यान्स कम्पनि दर्ता भएका छन भने प्रतिस्पर्धामा दुई दर्जन कम्पनिहरू रहेका छन । यिनीहरूको देशभरी झन्डै ५००० सवएजेन्ट रहेका छन । रेमिट्यान्सले देशको कुल ग्राहस्थ उत्पादन मध्ये झण्डै २३ प्रतिशत योगदान पु¥याउदै आएको छ । २०६६÷६७ को राष्ट्रवैकको डाटा हेर्ने हो भने पनि वार्षिक झन्डै दुई खर्व पचास अर्व रेमिट्यान्स नेपाल भित्राएको छ । यो प्रतिवर्ष १५–२५ प्रतिशतमा वढने अनुमान विश्लेषकहरूले गरेका छन् । यसरी रेमिट्यान्स सुलभ, छिटो र सस्तो दरमा प्रदान गर्न नेपालको जुनसुकै क्षेत्रमा रेमिट्यान्स कम्पनिहरूको सव–एजेन्ट भएर काम गर्दा आन्तरिक÷वाह्रय रेमिट्यान्सको नेटवर्क भित्र छिरी कारोवार गरी आर्थिक लाभ उठाउन सक्दछौ ं। सव एजेन्टलागि सम्पर्कः ९८५१०८८०२० र निम्न कागजपत्रहरू आवश्यक पर्दछ ।
१. निवेदन २. दुईप्रति फोटो   ३. नागरिकताको फोटोकपी
४. कम्पनि दर्ताको प्रमाण पत्र   ५.कर कार्यालयको प्रमाणपत्र, ६. कम्पनि विधान
७. कम्पनि रहेको ठाँउको फोटो ४ प्रति   ८. मनि ट्रान्सफर खोल्ने निर्णय गरेको पत्र
साथै तपाईसंग १ थान फोन, १ थान फ्याक्स र १ थान इन्टरनेट जोडेको कम्प्यूटर सेट हुन जरुरी हुन्छ । विभिन्न कम्पनिले आ–आफ्नो किसिमले तपाईहरूलाई प्रति ट्रान्जेक्सन वा धेरै रकममा धेरै कमिसन उपलव्ध गराउदै जान्छन् । कम्पनि र देश अनुसार फरक फरक ।
शेक्सपियर ः शेक्सपियरको प्रारम्भीक काल कठोरताका साथ वितेको थियो अन्य मान्छेको घोडा हेरविचार गर्दै जीवनमा साहित्यकार वन्ने सपना वोकेका शेक्सपियर विश्व प्रसिद्ध साहित्यकार वने । विश्वासको जगले यिनलाई विश्व प्रसिद्ध साहित्यकार बनायो ।

 रोजगारको स्रोतः कलाकारिता
कलाकार भन्ने वित्तिकै हामी गाना गाँउने, नाच्ने, अभिनय गर्ने, विभिन्न वाद्ययवादनको सामगीहरूको प्रयोग गर्न सक्ने व्यक्तिलाई चिन्दछौ । आजभोलि कलाकारको क्षेत्र विस्तृत भैसकेको छ । कुनै विज्ञापनमा खेल्ने मोडल होस या कुनै चित्र कोर्न नै होस, ति सवै कलाकार छन् । कला भन्ने वित्तिकै आफ्नो कला प्रर्दशन गर्नु हो । त्यो जुनसुकै माध्यमवाट होस् । त्यसैले यस क्षेत्रको माग संसारको जुनसुकै ठाँउमा पनि उत्तिकै छ । हाम्रो देशमा खासगरी कलाकार क्षेत्रमा लागेका व्यक्तिहरू मध्ये धेरै जसोले यसै क्षेत्रवाट राम्रो आम्दानी गरेको पाइएको छ । जस्तै फिल्म क्षेत्रमा होस वा दोहरी गानाको क्षेत्रमा, मोडलको क्षेत्रमा होस वा टेलिफिल्म को दुनियामा । अहिले धेरै भन्दा धेरै कलाकारहरूले आफ्नो एल्वम निकाली प्रसस्त आम्दानी गरेका छन् त भने कतिपय कलाकारहरू स्टेज   प्रोग्राममा । नेपालका कलाकारहरू पनि विदेशमा लगि उतै कार्यक्रममा राख्ने गरेको पाइएको छ । त्यसैले यदि तपार्ई पनि यस क्षेत्रमा आफ्नो इच्छा छ भने केही समय तालिम लिई लाग्नुहोस र वन्नुहोस कलाकार, कलाकार भैसकेपछि खोज्नुहोस अवसरहरू, तपार्ईको लागि संसार खाली छ । आजभोलि प्राय स्कूलहरूमा पनि नृत्य तथा संगित सिकाउने होडवाजी नै चलेकोले तपार्ईले तुरुन्तै रोजगार पाउन सक्नुहुन्छ यसकालागि तपार्ईमा उचित सिपको खाँचो छ ।

रोजगारको प्रमुख स्रोत :– बैदेशिक रोजगार
रोजगारको अभावमा रहेका नेपालीहरूका लागि बैदेशिक रोजगार आय आर्जनको एक मात्र प्रमुख विकल्प भएको छ । स्वदेशमा रोजगार नपाउनाले शिक्षित वा अशिक्षित नेपालीहरू बैदेशिक रोजगारमा आकर्षित हुनु स्वभाविक नै हो । स्वच्छ र मेहनती नेपाली कामदार भएकै हुनाले धेरै देशबाट नेपाली कामदारहरूको माग आइरहेको छ भने भोलि अझ वढ्ने स्पष्ट छ । संसारमै गरिवी र वेरोजगारीको देशले चिनीने हाम्रो देशका मानिसहरू अझ इमान्दार भएकै कारण वेलावखतमा उनीहरूको स्वभावको फाइदा उठाएर स्वदेशी वा विदेशी दलालहरूले ठग्ने र श्रमको शोषण गर्ने प्रवृति पनि त्यतिकै बढदो छ । यस किसिमको विभिन्न घटनाहरूलाई छानविन गरी रोजगार व्यवसायी संघले नेपाल सरकारलाई सहयोग गर्दे सरकारले पनि समयै उचित कारर्वाही गर्नुपर्ने देखिन्छ । विना सिप वैदेशिक रोजगारमा जानु आफ्नै खुट्टामा हान्नु हो ।
नेपालमा विदेशी मुद्रा आर्जन गर्ने कहिले पर्यटन उद्योग, कहिले बैदेशिक व्यापार त कहिलै वैदेशिक ऋण तथा अनुदानले भएपनि हाल आएर विदेशी मुद्रा आर्जनको मुख्य सैत नै बैदेशिक रोजगार रहेको पाइएको छ । यो राष्ट्रवैकको अधिकारीको भनाई हो । बैदेशिक रोजगारीबाट वार्षिक दुई खर्व रुपैया वरावरको रेमिट्यान्स भित्रिने गरेको राष्ट्र वैकका गर्भर बताउनुहुन्छ । सिप सिकेर जान सकेमा दोव्वर रेमिट्यान्स वृद्धिहुने सरोकारवालाहरु वताउछन ।

रोजगारको स्रोत : मोटेगेज र रियल स्टेट सेवा 
  नेपालमा पनि हालसालै पश्चिमी देशमा उपलव्ध कम्प्यूटराइजर प्रद्धतिमा आधारीत घर–जग्गा खरिद बिक्री सेवाको लागि बजारको बिस्तार भईरहेको छ । उपत्यका लगायत देशको विभिन्न ठाँउहरूमा दिन प्रतिदिन घर–जग्गाको बढदो किन बेचको चाप र बिभिन्न झै–झमेलाहरूबाट बच्न एउटा ब्यवस्थित भरपर्दो सेवाको लागि यो पद्धती उपयुक्त मानिन्छ । आँउदा दिनहरूमा यस किसीमका नयाँ सेवाहरूको माग बढदै जानेछ । यस किसीमका सेवाहरूको लागि पनि एजेण्टहरूको अति आबश्यकता पर्दछ, तसर्थ घरमै बसेर, बिक्रीमा रहेका घर–जग्गाहरूको कम्पूटरराइज सुचनाहरूको आधारमा एजेण्टको भूमिका खेली आयआर्जन गर्न सकिने अवसरको सृजना भैरहेको छ । विद्यमान नेपाली यूवा शक्तिहरू बिदेशमा आय आर्जन गर्न कामको खोजीमा गईरहेका छन् त्यस्तै गरि एक निश्चित समय बिदेशमा बसि आर्जीत धन नेपालमा ल्याई काठमाण्डौ उपत्यका लगायत देशको विभिन्न शहरहरूमा एउटा सानो घरको कल्पना गरी घर–जग्गा खरीद गर्ने प्र्रकृया बढदो छ । र नयाँ किसीमको जीवनको लागि पूराना घरहरू बिक्री गर्ने र शहरका घर–जग्गा बिक्री गरी सस्तो र सुविधा युक्त्त निर्मीत आवासहरूमा आवास गर्ने प्रकृयाले पनि घर–जग्गा बिक्रीमा बृद्धि आईरहेको छ । यसरी खरीद र बिक्रीमा बढदो मागले गर्दा घर–जग्गाको व्यवसायमा पनि रोजगारको अवसर बृद्धी हुने निश्चित छ । संसारका धनी व्यक्तिहरू मध्ये धेरै जना यही क्षेत्रमा लागेर अगाडि वढनु भएको इतिहास हाम्रो सामु अध्ययन गर्न तथा देख्न पाइन्छ । र भोलि तपाईको पनि सुन्न पाइयोस यही शुभ–कामना ।

रोजगारको स्रोत : उद्घोषक । उद्घोषिका

रेडियो, एफ् .एम. सुनिने माध्याम हो भने टेलिभिजन सुनिने र देखिने दुवै माध्यम हो । यो माध्यमबाट उद्घोषक÷उद्घोषिकाको स्वर कर्णप्रिय र प्रस्तुति सरल र सरस भएपछि नै श्रोताको ध्यान आकर्षण हुने गर्देछ । रेडियोको लागि बोल्ने व्यक्तिको व्यक्तित्व वास्तविक स्वभाव, उसको शारिरिक स्थिती (मोटो, दुब्लो, अग्लो, वाम पुडके, गोरो, कालो) सित होइन उसको स्वर र प्रस्तुतिसँग गाँसिएको हुन्छ । शुद्ध उच्चारण वाक्यलाई ठाउँठाउँमा स्वाभाविक तरिकाले ठाँउठाउँमा अडेर, जोड दिएर, आरोह, अवरोह गरेर सरल तरिकाले प्रस्तुत गरिने उदघोषण लोकप्रिय हुन्छ । नाके, लोसे, भकभकाउने, लन्द्रो तोतेवोली शब्द चपाउने अत्यन्त घोर चिच्याउने स्वरले गर्दा श्रोताहरू भडकने हुन्छ ।
उद्घोषण राम्रो गर्न निम्न कुरामा ध्यान दिनु जरुरत छ ।
१) उदघोषकले श्वास प्रस्वासको व्यायाम गर्नुपर्छ ।
२) मुखको वङ्गाराको व्यायाम गर्नुपर्छ ।
३) असजिलो बसाई र हात गालामा वा टाउकामा राख्नुहुदैन ।
४) उदघोषक गर्न ठिक आधाघण्टा अगाडि गुलियो बस्तु खानु हुदैन ।
५) चुरोट, अमिलो, पिरो वा सुपारी खान छोडनुपर्छ । भोकै नवस्ने तर पेटभरी पनि नखाने गर्नुपर्छ ।
७) वोजो (जडीवुटी को टुक्रा चपाउने बा मेन्थालिक भिक्स चक्की खाने गर्नुपर्छ ।
८) माइक्रोफोन देखि डराउनुहुदैन । इत्यादि
यो तालिम विभिन्न मिडीया तालिम केन्द्रहरूमा लिन सकिन्छ । यदि आफ्नो ठाउँमा त्यस प्रकारको तालिम केन्द्रहरू छैन भने आफै पनि गर्न सकिन्छ । सिक्ने तरिका तल प्रस्तुत गरिएको छ ।
१) आफ्नो सहकर्मीहरूको कार्यक्रम नियमित सुन्नाले ।
२) विभिन्न ख्याती प्राप्त च्बमष्य ँः त्ख् ऋजबललभ िको कार्याक्रमहरू नियमित हेर्नाले र सुन्नाले ।
३) आफूले पनि नियमित १ महिना सम्म आफ्नो क्यासेट प्लेयरमा कार्याक्रम बनाउदै रेकर्ड गरी सुन्नाले । जस्तै, कुनै कार्यक्रम बनाउनुहोस् हालखवर होस् वा संगीतको प्रोगाम होस् तयार पार्नुहोस् र शुरुगर्नुहोस् रेकर्ड गर्न, विचविचमा क्यासेटको गीतहरू भर्नुहोस् बिच विचमा विज्ञापन पनि भर्नुहोस् बाँकी ठाउँमा कार्यक्रम प्रस्तुती गर्नुहोस् । पछि सुन्नुहोस् र साथीहरूलाई सुनाउनुहोस् तपार्ईको कार्यक्रम बन्छ यही तरीकाले एक महिना सम्म लगातार गर्नुहोस् । प्रत्येक पटक त्रुटीहरू सञ्चाउदै जानुहोस् तपार्ईलाई एक दिन आत्मविश्वास वढछ र कामको खोजीमा ँः कतबतष्यल÷त्भभिखष्कष्यल कतबतष्यल तिर जान थाल्नुहुन्छ । काम पाउन आजभोलि सजिलो छ । प्रायोजक खोजेर आफै शुर गर्दा पनि हुन्छ कार्याक्रम संचालन गर्न ।
कहाँ कहाँ कार्य गर्न पाइन्छ ?
१) रेडियो स्टेशनहरूमा २) ँः स्टेशनहरूमा
३) त्भभिखष्कष्यल टेलिभिजनहरूमा ४) स्टेज प्रोग्रामहरूमा
५) सास्कृति कार्यक्रमहरूमा ६) विभिन्न पार्टिहरूको कार्यक्रममा
७) विज्ञापन एजेन्सीहरूमा
टेलिभिजनको उद्घोषक÷उद्घोषिका बन्नका लागि
निम्न कुरामा ध्यान दिनु आवश्यक पर्छ ।
१) वाचक वा प्रस्तोता शारीरिक बनोट र मुखमुद्राको साथै गहकिलो र मिठो कण्ठ गर्न सक्ने हुनुपर्दछ ।
२) प्रत्येक वाचकको व्यक्तित्व निखारिएको, भद्र प्रस्तुत योग्य प्रौठ तथा विश्वासिलो देखिनुृपर्छ ।
३) क्यामेरामेनसँग समन्वय राख्न सक्ने हुनुपर्दछ । वा क्यामेरामेनका निर्देशनहरू बुझ्ने हुनुपर्दछ ।
४) कार्यक्रम प्रस्तुत गर्नुपूर्व धेरै पटक अभ्यास गनुृपर्दछ ।
५) पोशाक सही ढंगले लगाएको हुनुपर्दछ ।
६) सास्कृतिक कार्यक्रम वा अन्तवार्ताको कार्याक्रम संचालन गरिरहनु पर्दा भाषा सरल र प्रस्तुति जीवन्त हुनुपर्दछ । बोलीमा उदाहरण र उखान भए कार्यक्रम रोचक बन्छ ।
७) टेलिभिजनको एउटा समाचार कर्मीले विचार पु¥याउनुपर्ने कुराहरूमा वोलीचालीको शैली, छोटो वाक्य ,तथ्यगत र रुची पूर्ण कथा तस्विरको भाषा र आकर्षक व्यक्तित्व हो

रोजगारको स्रोत : पत्रकारिता

पत्रकार समाजको आँखा हो । नेपालमा पत्रकारिताको इतिहास एक सय वर्षको मात्र छ । विक्रम सम्वत १९५५ को साउन महिनामा पहिलो सुधारसागर भन्ने अखवार प्रकाशित भएको थियो भने त्यसको दुइवर्ष १० महिनापछि गोरखापत्रको प्रकाशन शुरु भएको हो । हाल आएर बजारमा हजारौ प्रकारका पत्रपत्रिकाहरू प्रकाशन भैरहेको छ । पत्रकारिताका लागि पत्रकारहरूले या त लामो समय तालिम नै वस्नु पर्छ या आफै काम गदै गल्ती सुधारदै जानुपर्दछ । अहिले आएर खोज पत्रकारिता पनि त्यतिकै महत्वपूर्ण पेशा भएको छ । तपार्ईहरू कोही पनि बेरोजगारी हुनुहुन्छ र पत्रकारितामा तपार्ईको इच्छा छ भने वेलाबखदमा पत्राकारीता सम्वन्धि तालिम खुलेको समयमा तालिम लिएर पनि गर्न सक्नुहुन्छ । कुनै पत्रिकामा स्वंयसेवक रुपमा पनि कार्य गरेर काम सिक्न सक्नुहुन्छ भने खोजमूलक समाचारहरू जम्मा गर्दै प्रकाशीत गर्दै जानाले पनि यो पत्रकारिता पेशा गर्न सकिन्छ ।
पत्रकारिता पेशा आफैमा स्वतन्त्रता र सन्तुष्टि मिल्ने पेशा हो यो पेशामा नाम पनि छ र आम्दानी पनि तर केही खराव÷वदनाम पत्राकारहरूले गर्दा यो क्षेत्रलाई कालो दाग पनि लाग्दै जान थालेको छ । केही विदेशी माफियाले केही पत्राकारलाई प्रयोगमा लिई देशमा अशान्ति, जनता फुटाउने र राष्ट्रलाई कमजोर वनाउने खेल चर्को रुपमा हुने गरेका छन् ।
पत्रकारले पत्रकारितावाट रामै जीविको पार्जन गर्न र त्यो भन्दा ठूलो कुरा सामाजिक प्रतिष्ठा आर्जन गर्न सक्छ । विभिन्न व्यक्तिहरूसंग सम्पर्क र धेरै विषयमा जानकारी हुने भएकोले यो क्षेत्र वृहत छ । अहिले ठूला साना धेरै मिडियाहरूको वाढिनै आएको छ तसर्थ यो क्षेत्रले पनि धेरैलाई रोजगार दिन सक्दछ । तर यहाँ वुझ्नु पर्ने कुरा के छ भने नेपालमा फोहरी पित पत्राकारीताले नेपालमा भन धेरै वेरोजगार जन्माएको छ । त्यस तर्फ भने तपाई सतर्क हुनुपर्ने हुन्छ । राजनैतिक अस्थिरताको कारक मध्ये फोहरी पत्राकारी पनि एक हो ।
यो क्षेत्रमा नै तपार्ईको भविश्य बनाउनु भएको छ भने यो विषयको अध्ययन गराउने शिक्षण संस्थाहरू पनि छन । जस्तै रत्न राज्य लक्ष्मी क्याम्पस, कान्तिपुर सिटी कलेज, काठमाण्डौं । अन्यपूर्ण जानकारी प्राप्त गर्नकालागि सूचना विभागमा सम्पर्क गर्नुहोला ।

रोजगारको स्रोत : सिलाई कटिङ्ग
लुगा हाम्रो जिवनमा नभई नहुने तत्व हो । के साना, ठूला बुढाले सवैले लुगा (वस्त्र) लगाउनुपर्दछ । लुगाले जाडो, गर्मी हावापानीबाट वच्नको लागि अति उक्तम छ । चेतनशिल मानव प्राणीमा भने यो नभई नहनु वस्तु नै हो । लुगावस्त्र पहिला पहिला रुखको वोक्रा लगाउथे । जनावरको छालाको वस्त्र हुन्थ्यो भने विकास क्रम सँगै विभिन्न वस्त्रको विकास भयो । अहिले आएर बजारमा अनगिन्ती वस्त्रको हुदैगयो भने विकास क्रमसँगै विभिन्न वस्त्रको विकास भयो । अहिले आएर बजारमा अनगिन्ती वस्त्रको विकास हुदै ाबकष्यल मभकष्नलको विकासमा संसार धेरै अगाडि आइसकेको छ । तसर्थ यो कोर्षको तालिम दिएर स्वरोजगार वन्न सक्छौ । आजै सोचौ , ढिला नगरौ समयले पर्खदैन । खासगरी नेपाली नारीको लागि त अति उत्तम व्यवसाय नै हो किनकी तपार्ईहरूले पनि संसारको आधा धर्ती ओगटनु भएको छ । ट्रेनिङ्ग सेन्टरहरूमा यसको तालिम अवधि मुख्यतया तिन किसिमले दिइएको पाइन्छ ।
१) ३ महिना बेसीक तालिम   २) ६ महिना डिप्लोमा तालिम   ३) ९ महिना मास्टर तालिम
कोर्ष फि ठाउँ अनुसार २०० देखि ६०० सम्म लिने गरेको पाइन्छ ।
रोजगारीको लागि अव तपार्ई कतै भौतारिनु पर्दैन कतै कोठाहरू भाँडामा लिएर वा घरमै वसेर पनि काम गर्न सक्नुहुन्छ हैन अन्त जान्छु भने पनि बजार तिर काम पाइन्छ, अथवा वैदेशिक रोजगारमा पनि जान सकिन्छ । नेपालमा झण्डै ५लाख भारतीयहरू यो क्षेत्रमा काम गरेकाछन् ।
सहकारीको माध्यमद्वारा पनि यो व्यवसायलाई अगाडि वढाउन सकिन्छ । पाल्पाका केही सक्रिय युवायुवतीहरूले सकहारीकै माध्यद्वारा यो व्यवसायलाई अगाडि बढाएका छन । म आफू प्रत्यक्ष रुपले यो सहकारी को सम्पूर्ण क्रियाकलाप नियाल्ने मौका मिलाएको थिए । केही तलव बेसमा काम गर्ने थिए भने कोही मैनावारी तर सवै सन्तुष्टी । शेयर सदस्य परिवारलाई त्यही सिलाउनुपर्ने नियम लगाइयोको कारणले पनि सो महिला सिलाई कटाई सहकारी सेन्टर, तानसेन पाल्पाले एक उदाहरण पेश गरेको छ । म आफू देशको विभिन्न ठाउँमा भ्रमण गर्दा अन्य जिल्लाहरूमा पनि यस्तै प्रकारको कार्यहरू देख्न पाएको छु । तपाई पनि पछि किन हटने?

रोजगारको स्रोत : व्युटिसियन (व्यूटीपार्लर)
पुरुषले आफ्नो रुप राम्रो देखाउन कपाल दारी काटेझै महिलाहरूले पनि आफ्नो, सौन्द्रयलाई राम्रो बनाउन कपाल काटने विभिन्न स्टाइलमा (मोडलमा) परिवर्तन गर्न गरेको पाइन्छ । आजको परिर्वतित अवस्थामा नयाँ नयाँ हेयर कटिङ्ग फेसनहरू आएका छन् सो अनुसार सर्भिस दिन प्राय लेडिजहरूले (महिला) संस्था नै खोलेर वसेका छन् । सोही संस्थालाई व्यूटिसियन भनिन्छ ।
‘व्यूटि’ भनेको राम्रो, ‘सियन’ भनेको गराइदिने मान्छे भन्ने हुन्छ त्यसैले यसको व्यूटिसियनको अर्थ नै राम्रो स्टाइलमा हेयर कटीङ्ग गरिदिने मान्छे भन्ने बुझिन्छ ।
खासगरी व्यूटिसीयनको अर्थ नै राम्रो स्टाइलमा हेयर कटीङ्ग गरिदिने मान्छे भन्ने बुझिन्छ । खासगरी व्यूटिसियन (व्यूटीपार्लर) मा नयाँ नयाँ प्रकारको कार्यहरू पनि हुदै आइरहेको छ जुन यो युगले ल्याएको छ । तपार्ई पनि यो तालिम पश्चात यसै कार्यालय खोलि सेवा दिन सक्नुहुन्छ । तपार्ई पनि यो तालिम पश्चात यस्तै कार्यालय खोली सेवा दिन सक्नुहुन्छ । यस कार्यले आफू फूर्सदमा जिवन विताएका महिलाहरूलाई समय विताउन सजिलो पनि हुन्छ भने प्रसस्त आम्दानी पनि हुन्छ । यो तालिम यिनै कतिपय व्यूटि पार्लर कम्पनीहरू ले दिने गरेको पाइन्छ । सहकारी माध्यवाट पनि धेरैलाई सदस्य वनाई यो सहभागी गराउन सकिन्छ ।

रोजगारको स्रोत : सैलुन (कपाल÷दारी काट्ने)

यो लेखक देशको ७० जिल्ला घुम्दै जाँदा कपाल÷दारी काट्न नपाएर कतिठाउँमा लामालामा दारी वनाउदै हिडेको मैले आज पनि ताजै झलझल अनुभव गरेको छु । जहाँ जहाँ अलि वजार वनेको छ त्यहाँ मात्र उही भारतवाट आएका र तराईकै व्यक्तिहरूले सैलुन चलाएकाछन् । जसमा ०.१ प्रतिशत पहाडीया ४९.९ प्रतिशत तराईमुलका र ५० प्रतिशत भारतीय मुलका नागरिकहरू छन् । ५० प्रतिशत भारतीयहरूमा अहिले धेरैले नेपाली नागरिकता पनि लिइसकेको हामी पाउछौं । सैलुन चलाउन ठुलो लगानी पनि नलाग्ने धेरै दिन सिप सिक्न पनि नपर्ने भएको हुदाँ जोसुकैले पनि यो पेशा गर्न सकिन्छ । कामलाई सानो ठूलो भन्न हुदैन् । जसले गरे पनि हुन्छ । आजभोलि बडेवडे हाकिमका बुढिहरूले त व्यूटिपार्लर खोलिसके भने हामी लोग्ने मान्छेले किन लाज मान्ने शुरु गर्नुहोस तपाईका रोजगार एकैछिनमा तयार भैसक्यो । शुरु गर्नुहोस आटे पुग्छ । आफ्नो ठाँउमा लाज लाग्छ भने ठाउँ फेनुहोस अनि तुरुन्तै लाग्नुहोस । यसको वजार जहि त्यहि छ । नजिकको तिर्थ हेला भनेझै घरकै रोजगार विर्सेर विदेशको सपना देखेर आफ्नो जिन्दगी वर्वाद गरिराखेका छौं । हरेक साना ठुला वजार देखी गाँउको टोलटोलमा यो कार्य सजिलै गर्न सकिन्छ । यो क्षेत्रवाट भारतीयहरूले मात्र दैनिक नेपालीको २० लाख रुपियाँ लगिरहेका छन् । यदी आट्ने हो भने १ लाख नेपालीले तुरुन्तै यो क्षेत्रमा रोजगार वन्न कुनै आइतवार कुर्न प्रदैन । तपाईलाई सैलुन खोल्न जस्ले पनि सहयोग गर्न सक्छन । तपाईले  पनि कुनै काम गरेर जुटाएको पैसाले पुगिहाल्छ । गफ मात्र होईन गरेर त हेरौं त्यसपछि मात्र थाहा लाग्छ । गफ मात्र ठूलो गर्ने काम भने सिन्को नभाँच्ने भएपछि माम कसरी पाउने । त्यसैले कोशिस त गरौं । रोजगार तपाईकै अगाडि घुमिरहेको छ ।

रोजगारको स्रोत : मोवाइल
मोवाइल संचारक्षेत्रमा विकास भएको एक अत्याधुनिक म्ष्नष्तब िभ्भिअतचयलष्अ ःबअजष्लभ हो । यो विनातार एकठाउँबाट अर्को ठाँउसम्म खयष्अभ को माध्यबाट समाचार आदानप्रदान गर्ने भ्भिअतचयलष्अ म्ष्नष्तब िःबअजष्लभ हो ।
मोवाइल एक अति सरल संचारको साधन भएको हुदाँ धेरै मानिसहरूको अत्यन्त आवश्यकताको वस्तु भित्र पर्न आएको छ । यसको बजार ठूलो भएको हुदाँ यसको क्भचखष्अभ ऋभलतभच हरूको पनि जरुरत पर्दछ । तसर्थ हामीहरू कोही पनि यसको क्भचखष्अभ दिनको लागि तालिम प्राप्त गरी क्भचखष्अभ ऋभलतभच हरू खोल्न सक्छौ , तसर्थ आजै विचार गरौं तपार्ईको भोलिको भविश्य । यसबाट तपार्ई मोवाइल क्बभिक गर्न , ःबष्लतबलअभ गर्न अन्य वस्तुहरूको पनि क्भचखष्अभ एकै ठाउँबाट दिन सक्नुहुन्छ । आजभोलि ःयदष्भि ःबष्लतभलअभ त्चबष्लष्लन ऋभलतभच थ्रुप्रै खुलेका छन् जहाँ गएर तपार्ई प्रष्ट बुझ्न सक्नुहुनेछ ।
१) कोषको अवधी २ महिना (इलेक्ट्रोनिक्स सम्वन्धी पूर्व ज्ञान नभएका लाई )
२) कोषको अवधी २ हप्ता (इलेक्ट्रोनिक्स सम्वन्धी पूर्व ज्ञान भएका लाई )
राष्ट्रिय फूल लालिगुराँस ः रोजगारको स्रोत
लालीगुराँसको फूल नेपालको राष्ट्रिय फूल हो । नेपालको पहाडी भागमा पाइने र प्रायः फागुन महिनाको अन्त्यदेखि बैशाख महिनासम्म फूल्ने यस फूलका विभिन्न रंगहरू हुन्छन् ।  जस्तै ः रातो, सेतो र गुलावी । लालाीगुराँसको रातो फूल राष्ट्रिय फूल हो । मानव शरिरका विभिन्न रोगहरूको औषधी पनि हो । लालीगुराँसको रुख मानव शरिरको औषधीको बोट हो । यसका जरा, बोक्रा र फूलहरूको आदिम अवस्था देखिनै बैद्य तथा बैद्यराजहरूले मानव शरिरका विभिन्न रोगहरूको उपचारका निमित्त प्रयोग गर्दै आएका छन् । र रोगहरू प्नि निको भएको छ । लालिगुराँस एक निश्चित समयका फूल्ने र वर्षभरिनै राख्न सकिने भएकोले यसको फूलवाट जुस निकालेर वर्ष भरीनै राख्न सकिने भएकोले यसको हाल नेपालमा उद्यमी विकास गर्ने विभिन्न संघ–संस्थाहरू र स्थानिय स्तरका विभिन्न उद्यमी, व्यवसायीहरूको संयुक्त प्रयासवाट गुराँसको फुललाई केलाएर सफा गरेर रस निकाली शुद्ध जुस, जाम, अचार र सर्वत बनाई विक्रि गर्न थालिएको छ । यसको सर्वत तथा जुस अति महत्वपूर्ण पेय पदार्थ भएको व्यावहारिक रुपमा प्रमाणित भइसकेको छ । गुराँसको जुस निम्न रोगहरूको लागि सिधै औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । जस्तै ः टन्सिल तथा घाउ–खटिरा र माछा तथा अन्य मासुका हड्डीहरू घाँटाीमा अड्केमा,झाडा पखाला रोक्न, रक्त सोधन गर्न, शरिरमा कमजोरीपना हटाउन, कलेजोको घाउ तथा समस्या निको पार्न । टाउको देखेको हटाउन, शरिरको आलश्यपन हटाउन र स्फूर्ति बढाउन । यसको प्रचारप्रसार र प्रर्वद्धन गर्न विभिन्न लालीगुराँस लघुउद्यमी समूहहरू लागेर अघि वढिरहनुभएको छ ति मध्ये एक ढखर्क लालीगुराँसवाट संकलित सामग्री तपाईहरू सामु प्रस्तुत गरिदिएको छु । त्यसैले तपाई पनि जाग्नुहोस र केही गरेर देखाई तपाई पनि रोजगारी वन्नुहोस भने अरुलाई पनि रोजगारी वनाउन प्रोत्साहन गर्नुहोस् । चन्दा माग्ने होइन चन्दा दिन सक्ने वन्नुस, तपाइकै गाँउघरको सम्पत्तिलाई किन खेर फाल्ने

कुखुरा पालन : रोजगारको राम्रो आम्दानी
नेपालमा करिव सन् १९७० को दशकवाट शुरु भएको उन्नत कुखुरा पालन व्यवसाय वामेशदै अहिलेको अवस्थामा आइपुगेको छ । हाल यो क्षेत्रमा करिव ३० अर्व भन्दा वढि लगानी भैसकेको छ । यो व्यवसायले कुल ग्राहस्थ उत्पादनको लगभग ६% र कृषिको कूल ग्राहस्थ उत्पादनको १०% हिस्सा ओगटन सफल भएको छ ।
कुखुराको मासु र अण्डाको खपत वार्षिक १०–१५% का दरले वृद्धि भइरहेको वर्तमान अवस्थामा कुखुरापालन रोजगारीको एक वलियो राम्रो आम्दानीको स्रोत वन्न सफल भईरहेको छ । स्थानीय कच्चा पदार्थ, पूँजी र श्रमको अत्यधिक उपयोग गर्न नयाँ शहरीकरण क्षेत्रको वरिपरि कृषक समूह र सहकारीको माध्यमवाट उत्पादन वढाउन सकिन्छ भने व्यक्ति व्यक्ति वा ठूला उद्योगीहरूले जहाँ कहि पनि यो व्यवसाय गर्न सक्छन ।
कुखुरापालन व्यवसायवाट उचित लाभ लिनको लागि सकभर खोरमा रोग लाग्नै दिनुहुदैन । खोरमा रोग नियन्त्रणको लागि मुख्य दुई कुरामा ध्यान पु¥याउनु जरुरी छ ।        १. जैविक सुरक्षा २. खोप


  • यदि तपाई साँच्चीकै सफल वन्न चाहनुहुन्छ भने ति कामहरू गर्ने वानी वसाल्नुहोस जसलाई असफल मान्छेहरू गर्न रुचाउदैनन । – अज्ञात
  • असफल भएपछि तपाई निरास हुनुप्रदैन । यदि तपाईले कोशिस गर्नुभएन भने झन तपाईको नोक्साननै हुन्छ ।                                        –वेवर्ली सिल्स
  • मनोवल उच्च राख्नुहोस, समस्याहरु हटदै जान्छन र तपाई सफल बन्दै जानुहुनेछ ।
  • वस्तुशास्त्र अनुसार व्यवसायमा सफलता कसरी पाइन्छ ।
  • व्यापार व्यवसायमा असफल हुनुको विभिन्न कारणहरू मध्ये ज्योतिश शास्त्रले वस्तुशास्त्र अनुसार पनि केही कारणहरू हुन सक्छन भनेर व्याख्या गरेको स्रोतहरू यहाँहरूको लागि टक्राउन चाहेको छु । यो मेरो विचार भने होइन विभिन्न स्रोतवाट दिएको हुँ ।
तपाईले व्यवसाय गरिरहनुभएको भवनको दक्षिण पश्चिम तिर खाडल भएको स्थान छ भने त्यसलाई राम्रो मानिदैन् । ज्योतिष शास्त्रले यसलाई अत्यन्त अशुभ ठान्दछन् । घरको मध्यभागमा भ¥याङ्ग, सेफ्टीटैंकी ट्वाइलेट भएका घर पनि वास्तुशास्त्र अनुसार अशुभ मानिन्छ । त्यस्तै उत्तर पूर्वतिर पनि सेफ्टीटैंकी ट्वाइलेट छ भने त्यो पनि अशुभ मानिन्छ । धेरै विम भएको कोठामा अफिस भएको राम्रो मानिदैन् । विमको ठिक मुनि कुर्चि टेवुल पनि राम्रो मानिदैन् । आफू वसेको कुर्चिको ठिक सन्मुख भित्ता छ भने त्यहाँ झर्ना तलाउका सुन्दर तस्वीरहरू राख्दा राम्रो मानिन्छ भने भगवानका मूर्ती होइन पोष्टर मात्र राख्दा राम्रो मानिन्छ । घरमा बिग्रेका या बन्द घडिहरू राख्दा नकारात्मक उर्जा उत्पन्न हुन्छ भनेर भनिन्छ । त्यसो त घरमा टुटेफुटेका ऐना र अन्य वस्तुहरू पनि राख्दा अशुभ र अशुभ फल दिने मानिन्छ ।

कुनै कार्यको शुरुवात गर्दा ख्याल गर्नुपर्ने महत्वपूर्ण कुरा आफ्नो राशी सुहाउदो र आफूलाई पनि मन लागेको कार्य गरियो भने जाँगर लाग्छ । त्यही कार्यमा रुची आनन्द र आत्म सन्तुष्टि मिल्दछ र शुभ फलदायक हुन्छ । अशुभ राशीसंग सकभर साझेदारी व्यवसाय गर्न हुदैन यसले दुवैलाई हानी पु¥याउँछ । कार्य गर्दा विश्वासी सहयोगीहरू इमान्दारिता, कार्यप्रतिको लगनशिलता, मेहनत, धैयता, शुभ समयमा सुरु गरिएको शुभ कार्य भयो भने सफलता पाउन धेरै कुर्नु पर्दैन । तपाई व्यवसाय या अन्य क्षेत्रमा असफल भइरहनुभएको छ भने पनि नआत्तिनुस असफलताले नै सफलतासम्म पुग्ने वाटो देखाइरहेको हुन्छ । लगातार परिश्रम र भाग्य भन्दा बढि र समय भन्दा अगाडि मान्छेले केही पनि पाउँदैन  भनेर भनिन्छ । त्यसैले तपाईको पनि दिन आउदैछ नआत्तिनुहोस् ।

रोजगारको स्रोत : अलैची
अलैची एक प्रकारको मसला तथा औषधीको जन्यको रुपमा प्रयोग हुने खाद्य पदार्थ हो । यसलाई मासु तथा विभिन्न तरकारी लगायत विभिन्न औषधीको रुपमा प्रयोग हुन्छ । हाल सुकमेलको विकल्पको रुपमा अलैचीको प्रयोग हुने गरेको पनि पाईन्छ । खास गरी नेपाल भारत र भुटानमा वढि उत्पादन हुने यो पूर्वा पहाडको ८ वटा जिल्लामा वढि लगाइने गरिन्छ । यसको खेती हाम्रो देशको मुख्यतय ४० जिल्लामा गर्न सक्ने कृषि विशेषज्ञले वताउछन । नेपालमा उत्पादन हुने ८०% अलैची भारत निर्यात हुन्छ । वाँकी यू.ए.ई., सिंगापुर र पाकिस्तान हुदै यूरोपियन यूनियन देश सम्म पुग्दछ । अलैचीको वजार मूल्य सरदर प्रतिमन ८–९  हजार सम्म कारोवार भएको पाइन्छ । भन्सारवाट मात्र वर्षेनी १ अर्व ५० करोड वरावरको अलैची निर्यात हुने गर्दछ भने भन्सार छलि अवैंको अलैची भारत भित्रिने पूर्वोली व्यापारीहरू वताँउदछन ।
नेपालमा अलैची खेती हुने संभाव्य मध्य पहाडी क्षेत्रहरू धेरै भएको र हाल यस बालीले कूल संभाव्य क्षेत्रफलको सानो हिस्सा मात्र ओगटेको हुँदा सबै क्षेत्रहरूमा यसको विकास र वृद्धि हुदै गएमा हालको भन्दा ४०–५० गुणा बढि क्षेत्रफल ओगटने तथा विश्व बजारमा आफ्नै परिचय र महत्व बोक्ने कृषि वस्तुको रुपमा रहन सक्ने संभावना भएको हुदाँ अलैची वालीको निक्कैनै राम्रो भविष्य देखिन्छ । प्राय सवै पहाडी जिल्लामा विस्तार गरी यसको उत्पादनको परिणाम वृद्धि गर्ने सके देशलाई टेवा पु¥याई  ठूलो वेरोजगार समस्यालाई हल गर्न सफल हुन सकिन्छ । यो कार्य अव तपाई एक्लै, समूह वा सहकारीको रुपमा गरेर पनि कार्य अगाडि वढाउन सक्नुहुन्छ ।
नेपालमा खेती भैरहेको अलैचीका जातहरूमा रामसाई, गोलसाई, डम्वरशाही, साउने तथा चीवेसाई प्रमुख छन् । गोलसाई तल्लो भेकमा सप्रेको पाइन्छ भने रामसाई माथिल्लो पहाडी भेक १६०० मिटर भन्दा माथि राम्रो खेती भएको पाइन्छ ।

रोजगारको स्रोत : कृषि हाटवजार
(कृषि हाटवजार सहकारीको माध्यमवाट पनि अधि वढन सकिने)
विपन्न, वर्ग मध्यम तथा साना किसानाहरूवाट उत्पादित विभिन्न वस्तुहरूको विक्रि वितरण गर्ने माध्यम कृषि हाटवजार एक वरदान सावित भैसकेको छ । जो व्यक्तिहरूले उत्पादित विभिन्न सामानहरू आफ्नो गाँउ भन्दा अन्यत्र विक्रिवितरण गर्न सक्दैनन उनीहरूको लागि यो एक उत्तम विकल्प हो । तरकारी, फलफूल,कुखुरा, वाख्रा, जडिवुटी, हस्तकला आदि साप्ताहिक रुपमा लाग्ने हाटवजार वा दैनिक साँझमा लाग्ने हाटवजारमा सस्तोमा गाँउमै उत्पादित भएको वस्तु पाईन्छ । जसले गर्दा दुवै पक्षलाई राहत मिल्दछ । यसवाट नेपाली दाजुभाइहरू विदेश जान छोडी आफ्नो जग्गामा उव्जनी वढाई हाटवजारवाटै फाइदा लिन सक्नेछन् । देशको कतिपय ठाँउमा त एक प्रकारका गतिविधी भइरहेका छन भने वाँकी ठाँउमा पनि यो गतिविधि गरेर धेरै भन्दा धेरै नेपाली दाजुभाइ तथा दिदिवहिनीहरू रोजगारी वन्न सक्नुहुन्छ । यो कार्य समूह समूह मिलेर, वा सहकारीको माध्यमवाट पनि गर्न सकिन्छ । यो कार्य गर्न सके तपाईको कुनै पनि जग्गा खाली हुने छैनन् । वाँझो जग्गाको सदुपयोग हुन्छ । हाटवजारले कृषकलाई व्यवसायी खेती तर्फ आकर्षित गर्दछ । कोल्ड स्टोरको माग वढने छ । पर निर्भरवाट छुटकारा मिल्नेछ भने स्वदेशी पैसा स्वदेशमै खपत हुनेछ । जसवाट राष्ट्रको पैसा राष्ट्रमै रहनुभनेको हाम्रा नेपाली दाजुभाई दिदि वहिनी धनी वन्नु हो ।

सामुदायिक वन : रोजगारको स्रोत
सामुदायिक वनमा घाँस दाउरा, जडिवुटि, फलफूल, तरकारी आदि लगाएर यसको विक्रिवितरण गरी प्रसस्त फाइदा लिन सकिन्छ । नेपालमा हाल राष्ट्रिय वन, सामुदायिक वन र निजी वन गरी तिन किसिमको वन देखा परेको छ । सामुदायिक वनलाई विकास गरी पर्यटकीय क्षेत्र पनि वनाउन सकिन्छ । वनमा जुनसुकै जडिवुटी पनि लगाउन सकिन्छ भने सजिवन खेती पनि गर्न सकिन्छ । सामुदायिक वनवाट प्रत्येक तिन तिन महिनामा घाँस पनि वेच्न सकिन्छ । समुह वा सहकारीको रुपमा रिठा, पिडालु, अदुवा, सखरखन्डा, तरुल, टिमुर, तेजपात, कुरिलो, कफि खेती पनि गर्न सकिन्छ । उक्त सामुदायिक वनमा रक्तचन्दनको रुख लगाई लाखौं कमाउन पनि सक्नुहुन्छ । यी वाहेक वाँस इपिल, खयर, घाँस दाउरावाट पनि प्रसस्त आम्दानी गर्न सकिन्छ । वाख्रापालन, गाईभैसीको लागि पनि सामुदायिक वन अति उत्तम देखिन्छ । वेला वेलामा सुकेका दाउरा विक्रि वितरण गरी प्रसस्त आम्दानी गरी समुदायको विकासमा प्रयोग गर्न सकिन्छ । वनजङ्गलले उर्जा स्रोतको रुपमा अहिले पनि करिव ७०% स्थान ओगटेको छ ।

निजी वन (कृषि वन):  आम्दानीको राम्रो स्रोत
निजीवनमा घाँस दाउरा, जडिवुटि, फलफूल, तरकारी आदि लगाएर यसको विक्रिवितरण गरी प्रसस्त फाइदा लिन सकिन्छ । वाख्रापालन, गाईभैसीको लागि पनि निजीवन अति उत्तम देखिन्छ । नेपालमा हाल राष्ट्रिय वन, सामुदायिक वन र निजी वन गरी तिन किसिमको वन देखा परेको छ । निजीवन अथवा कृषि वनलाई विकास गरी पर्यटकीय क्षेत्र पनि वनाउन सकिन्छ । वनमा जुनसुकै जडिवुटी पनि लगाउन सकिन्छ भने दाउरा र फर्निचरवाट लाखौ आम्दानी हुन्छ । निजीवनवाट प्रत्येक तिन तिन महिनामा घाँस पनि वेच्न सकिन्छ । रिठा, पिडालु, अदुवा, सखरखन्डा, तरुल, टिमुर, तेजपात, कुरिलो, हर्रोवर्रो अमला, सर्पगन्धा,कफि खेती पनि गर्न सकिन्छ । रक्तचन्दन लगाई लाखौं कमाउन पनि सक्नुहुन्छ । यी वाहेक वाँस इपिल, खयर, घाँस दाउरावाट पनि प्रसस्त आम्दानी गर्न सकिन्छ ।, बहुमूल्यका वनस्पतिहरू खोजिगरी यसको व्यवसाय गरेमा प्रसस्त आम्दानी गर्न सकिन्छ । साधारणतया भू–उपयोग तथा प्रविधिको सामूहिक नामनै कृषिवन पद्धती हो । यसवाट भू–क्षय, पानीको नोक्शानी, वेमौसममा वर्षाको उपयोग आदिमा टेवा दिनुको साथै वाहै महिना रोजगारीको पनि सिर्जना गरिरहेको हुन्छ । वनको संरक्षण र सम्वद्र्धको लागि पनि निजीवन एक सकारात्मक माध्यम ठर्हछ ।

रोजगारको स्रोत : विद्युत चुहावटमा पहल
विद्युत चुहावट कम गर्न, विद्युत ग्राहकको रकम संकलन गर्न, स्थानिय जनतालाई सहयोग गर्न, विद्युत विस्तार, मर्मतको अधिकार, विद्युत सम्वधि सम्पूर्ण जिम्मेवार लिई कारोवार अगाडि वढाउन सकिने गरि सामुदायिक विद्युत सहकारी निर्माण गरी कार्य अगाडि वढाउन सकिन्छ । यसवाट संस्थालाई केहि प्रतिशत छुट प्राप्त गरी सो संस्थालाई सवल वनाउन सकिन्छ भने रोजगारका स्रोतहरू पनि वढन गई प्रति गाविस ४ देखि १०÷१५ जनाले रोजगार पाँउदछन् । यसवाट विद्युत उपभोग कर्ताले पनि समयमै विद्युत रकम वुझाउने वानी पर्दछ । भने जनताले सो अनुसार विद्युतीय सामानमा विशेष छुटपाई लाभन्वित हुने अवसर प्राप्त गर्दछन् । यसवाट स्थानिय जनतालाई वेला वखतमा पर्न जाने अप्ठ्यारा परिस्थतीवाट पनि सहज छुटकारा मिल्नेछ भने विद्युतको चोरी नियन्त्रण गरी लोडसेडिङको समस्यालाई केही घटाउन मदत्त मिल्दछ । कुनै पनि मूल्यवान लक्ष्यको लागि लगातार प्राप्तीको नामनै सफलता हो ।

विउ वीजन(बैंक)उत्पादन केन्द्र : रोजगारको स्रोत
हरेक वर्ष विउविजनको व्यापार ठूलो छ । नेपालमा अहिले भारतवाट ठूलो संख्यामा विभिन्न विउहरू आउनेक्रम चलेको छ । वर्षेनी भारत र चिनले नेपालवाट अवौं रुपियाँ यहि क्षेत्रवाट लगिरहेका छन् । हामी पढेका व्यक्ति भन्छौ, सवैभन्दा धेरै आम्दानी हुने क्षेत्रलाई ध्यान दिदैनौं । खेतीपातीलाई सानो ठान्छौं । अलिकति पढेपछि शहरै पस्नुपर्छ भन्ने पुरानो मान्यतालाई त्याग्न सक्दैनौं । गाउँमा रहेका अन्य मित्रहरू पनि उही पाटी पौवा सितल छहारी अनि चियापसल र भट्टिपसलमा वसेर जुवातास तथा क्यारमवोर्ड खेलेर दिन विताउनमै व्यस्त रहन्छौं। अनि कसरी भइन्छ त रोजगार ? आफूले केही नगर्ने अन्य दुइचार जनाले गरेको देखेर रिस डाहाँ गर्ने र उनिहरूकै कुरा काट्दै वस्छौं । कुरा काट्ने समयमा रोजगारका विषयमा आफूलाई सोचै त के फल प्राप्त हुन्छ । पहिला आफ्नो विचारलाई शुद्ध गरेमा उपाए निस्कन्छ । अव छोडौ पाटी पौवा सितल छहारी अनि चिया तथा भट्टि पसल, जुवातास र क्यारेमवोर्ड ।

सकिन्छ एक्लै प्रयास गरौं सकिदैन समुह वनाइ अघि वढौं वा सहकारीको रुपमा चलौं । अव गाँउमै विउ विजन उत्पादन केन्द्र खोली आजैवाट लाग्नुहोस् कमसेकम तपाईको गाउँमा भारत र चिनवाट आगामी दिनमा त्यस्तो विउ विजन नआओस र तपाईहरूनै त्यसक्षेत्रमा पु¥याउन सफल रहनुहोस् । त्यसैगरी आगामी वर्षमा अन्य छिमेकी गा.वि.स र जिल्लाहरूसम्म पु¥याउनुहोस, त्यसैगरी अन्य सवै अञ्चलहरू सम्म पु¥याउने प्रयास गर्नुहोस् । यसैगरी व्यवसाय वढदैजादाँ विदेशी मुलुकसम्म पनि तपाईको व्यवसाय वढदै जान सक्दछ । अव तपाईहरू पनि रोजगारी वन्न सक्ने अन्य कृषकहरू पनि लाभान्वित हुने र नेपालको पैसा वाहिर जानवाट पनि रोक्न सक्ने भएकोले राष्ट्रलाई प्रत्यक्ष फाइदा दिन सकिन्छ । तपाईको लागि सहयोग गर्न जिल्ला कृषि कार्यालय तथा विभिन्न गैह्र सरकारी सघसंस्थाहरू तपाईकै अगाडि आउँदछन् । उहाँहरूसंग सम्पर्क गरेर  थप फाइदा लिन सकिन्छ । समय समयमा गुणस्तरीय बीउ उत्पादनको लागि चाहिने ज्ञान सिप कृषक वर्गमा क्रमश रुपले वृद्धि हुदै पनि जान्छ । वेलावखतमा भ्रमण कार्यक्रममा पनि सहभागि भई थप नयाँ उपायहरू पनि सिक्न सक्दछौं । तुरुन्तै गर्न सकिने वीउ उत्पादनहरू आ–आफ्नो क्षेत्रअनुसार पनि हुनसक्दछन् । जस्तैः अन्नवाली, तेलहन, दलहन, नगदेवाली आदि, धान मकै गहुँ, मुसुरो, राजमा, तोरी, रायो, आलु, भटमास आदि । अव तपाईहरू समूह मिली कार्य अगाडि वढाउनुहोस् । जस्ले काम गर्दछ उसैले थाहा पाउदछ । केही जग्गा भाडामा लिएर वा उन्नत विउ पहिला केही कृषकहरूलाई दिएर त्यसलाई वेलावेलामा निरीक्षण तथा मलजलमा विचार पु¥याई उत्पादन वढाउन सकिन्छ । उत्पादन पश्चात त्यसलाई वीउ वीजनको रुपमा विक्री वितरण गर्न सकिन्छ । जसवाट कृषकले  पनि वजारमूल्य भन्दा राम्रो मूल्यमा आफ्नो उत्पादन विक्री गर्न सक्दछन् । एक पटक तराईका जिल्लाहरूमा घुमेर वीउ वीजन सम्वन्धी केही कुरा मात्र सिकौं सव आइडिया पनि आउछ । हिम्मत साहस अनि जाँगर पनि आउछ । शुरु गर्न गाह्रो हुन्छ शुरु गरेपछि हिडन गाह्रो हुदैन ।

चिया खेती : रोजगारको राम्रो स्रोत

वि.स. १९२० मा चीन सरकारले नेपालमा उपहार स्वरुप प्रदान गरिएको चियाको वीउहरू रोपी नेपालमा चियाको खेती शुरु भएको सुन्नमा पाइन्छ । पछि केही मात्रमा छिटपुटमा देखा परेता पनि २०३७÷३८ मा निजी क्षेत्रको प्रवेश पछि मात्र यो व्यवसायको विकास भएको हामी पाउदछौं ।
सस्तो र सुलभ जनशक्ति, गुणस्तरीय चिया उत्पादन गर्नको निम्ती सुहाँउदो हावापानी र माटो तथा विभिन्न गै्रहसहकारी संस्थाहरूको सहयोगको प्रतिफल यो व्यवसायको विकास हुनुका कारणहरू हुन । त्यसैले यो क्षेत्र राम्रो विकास हुनगै आज यो क्षेत्र बढि व्यवसायमुखी प्रतिस्पर्धा तथा वजारमुखी बन्दैगैरहेको छ ।
नेपालमा हाल ३ प्रकारका चिया उत्पादन भैरहेका छन् ।
१. अर्थोडक्स, २. दानादार (सी.टी.सी.) र ३. हरित चिया
सिटीसी चिया विषेश गरी देश भित्र खपत हुने गर्दछ भने अर्थोडक्स र हरित चिया चाँही निर्यातोन्मुख चिया हो । तराई क्षेत्रमा खेती गरिएका चियाका मूनाहरूवाट तयार पारिने सिटिसि चिया आफ्नै देश भित्र ६० प्रतिशत विक्रि हुने गर्दछ भने ४० प्रतिशत अन्य देशहरूमा निर्यात हुने गरेको छ ।
नेपालको मध्य पहाडी क्षेत्रमा समुन्द्र सतहवाट ३ हजार देखी ७ हजार मीटर सम्मको उचाईमा यो खेती गरेर उत्पादित चियाका मूनाहरूलाई प्रसोधन गरि उत्पादित गरिने चियामा अर्थोडक्स र हरित चिया पर्दछन । यो चिया जडिवुटिको रुपमा प्रयोग हुने भएको हुदाँ यसको महत्तो झन वढेको छ । यसको मुख्य वजारनै तेस्रो देश हो ।

हाते चिया : रोजगारको प्रमुख स्रोत
हाल केही पडाडी क्षेत्रमा कृषकहरू हरियो चियापत्ति तिर आर्कषित हुन थालेका छन् । कारखानाहरूले कृषकहरूलाई उचित मूल्य नदिएपछि कृषकहरूले घरेलु हाते चिया उत्पादन शुरु गरेका छन् । हरियो चियापत्ति सुकाने ड्रायर खरिद गरेर सामूहिकरुपमा कृषकहरूले हाते चिया प्रशोधन केन्द्र खोलेर हाते चिया वनाउने कार्य शुरु गरेका छन् । हाते जैविक प्रति के.जी चिया २०० देखि १६०० सम्म बिक्री हुनुले पनि कृषकहरू यतातिर आर्कषित भएका छन् । यो खेती समुन्द्र सतहको २५०० मिटर भन्दा माथिको उच्च क्षेत्रमा हाते चिया प्रसिद्ध छ ।
रेशम खेती : आम्दानीको स्रोत
रेशमको काँचो कोया प्रति केजी २०० देखी २३० सम्म विक्रि हुने र एक वर्षमा ३ पटक सम्म उत्पादन गर्न सकिने भएको हुदाँ यो खेतीवाट अरु खेतीको तुलनामा प्रसस्त आम्दानी भएको पाइन्छ ।
रेशम खेतीको लागि नेपाल सरकारले किम्वूको विरुवा र किरा अनुदान दिने भएकोले हाल कृषकहरू यो खेती तर्फ आकर्षित भएको पाइन्छ । यो खेती गरेर सन्तोष मिलेको यो खेतीमा लाग्ने कृषकहरू स्वमं वताउछन् । यो खेती खासगरी पूर्वा जिल्लाहरू इलाम, झापा, मोरङ्ग, सुनसरी, सङखुवासभा तिर वढि गरेको पाईन्छ । यो खेती गर्न नेपालको झन्डै ५० जिल्ला उत्तमनै मानिन्छ ।

कुरिलो खेती : आम्दानीको राम्रो स्रोत
औषधी र तरकारीको रुपमा प्रयोग गरिने कुरिलो एक महत्वपूर्ण खेती मान्न   सकिन्छ । एकपटक रोपेपछि वर्षौसम्म उत्पादन लिन सकिने कुरिलो खेती कृषकहरूको लागि आम्दानीको स्रोत वनेको छ । कुरिलो खेती गर्न कम खर्चिलो र नगद आम्दानीको भरपर्दो स्रोत भएकोले पनि कृषकहरूको लागि यो खेती वरदान सावित भएको छ । यो खेती लगाएको दुइ वर्षमा उत्पादन लिन सकिने र यसको आयु वर्षो सम्म रहने कृषक विज्ञहरू वताउदछन् । एउटा वोटले एक मौसममा १०÷१२ किलो सम्म मुना उत्पादन गर्दछ र प्रतिकेजी १५० रुपियाँसम्म विक्री हुने भएकोले यो खेतीवाट कृषकहरूलाई फाइदा हुने दखिन्छ । कुरिलोको मुना फागुनदेखी असोज सम्म टिप्न सकिन्छ ।

अमेरिकन जर्सोकिङ्ग नश्लको उन्नत जातको कुरिलो प्रतिकट्टा वर्षमा न्यूनतम ५० हजारदेखी अधिकतम एक लाख रुपियाँसम्म खुद्रा आम्दानी गर्न सकिने र वजारको ग्यारेन्टी समेत भएका कारणले यस तर्फ किसान आकर्षित भएका हुन् । एकपटकको लगानीले कम्तीमा २० वर्षमा निरन्तर रुपमा आम्दानी स्तरमा प्रतिकेजी एकसय रुपियाँ पर्ने यो कुरिलोको पूर्वका विभिन्न वजारवाट पनि कुरिलोको टुसा विक्री गर्न सकिने तयार थालिएको जनाइएको छ । उत्तरी मोरङ्ग र झापाका केही क्षेत्रहरूमा यो खेती गर्न कृषकहरू लागिपरेका छन् । यो खेतीको लागि जिल्ला कृषि विकास कार्यालयले वीउ विजन र आवश्यक तालिम प्रदान गर्दै आएको छ ।
सुत्केरीको दुध वढाउन, चिनी रोग तथा मानसिक रोग, पेट दुखाई, आउँ पर्दा, गर्मा तथा यौनशक्ति वढाउन तथा पखाला वाथ रोगको लागि प्रयोग गरिन्छ ।

सामूहिक कफी खेती : आम्दानीको राम्रो स्रोत
संस्थागत रुपमा वा सहकारीको रुपमा केही जग्गा खरिद गरी वा कुनै सामुदायिक वनमा यो खेतीको थालनी गर्न सके प्रसस्त फाइदा हुने देखिन्छ । यो विशेषत यूरोपतिर लगायत अन्य देशमा निकासी हुने भएको हुँदा यो व्यवसायवाट फाइदा उठाउन सकिन्छ । नेपालमा हाल गुल्मी, पाल्पा, स्याङजामा यो खेतीको व्यवसायिक खेती शुरु गरिएको छ भने देशको अन्य जिल्लाहरूमा पनि यो खेती संचालन भइरहेको छ भने प्राय सवै पहाडी जिल्लाहरू यो खेतीको लागि उपयुक्त मानिन्छ । यो वर्ष मात्रै स्याङजाले करोडौको कफि यूरोपमा निकासी गर्न सक्षम भएको छ ।

अदुवा खेती : आम्दानीको राम्रो स्रोत
परापूर्व काल देखीनै मसला र आयुर्वेदिक औषधीहरू वनाउनको निम्ती खेती गरिदै आइएको यस मसला वाली व्यवसायीक रुपमा अदुवा खेती गर्नेहरूको लागि यो वरदाननै भएको छ । अदुवाको लागि वजारको कुनै समस्या छैन् । नेपाल वाहेक भारत र चिन हाम्रो सामु ठूला राष्ट्र छन् । यो वर्ष मात्रै तनँहुले रु १० करोड वरावरको अदुवा भारत निकासी गरेको छ त्यस्तै नवलपरासीले रु ९ करोड वरावरको अदुवा भारत निकासी भएको छ । यसैगरि  सल्यान, डोटीदाङ्ग, प्यूठान, गुल्मी, अर्घाखाची, इलाम, चितवन, धादिङ्ग, पाल्पा, स्याङजा, गोर्खामा पनि प्रसस्त अदुवा उत्पादन हुने गरेको पाउछौं । यो खेती केही उच्च हिमाली वाहेक सम्पूर्ण जिल्लामा उत्पादन गर्न सकिन्छ । सजिलो पेशा, मेहनत कम, ओसिलो भिरालो र जस्तो सुकै खेतमा पनि गर्न सकिने र उचित दाम भएकोले यो खेतीको व्यवसाय अहिले ह्वातै बढेको छ । तपाईहरू पनि अव यो खेतीतिर लागि प्रसस्त आम्दानी गर्न सक्नुहुन्छ ।
हालसम्म पनि नेपालमा जलवायु तथा माटोका हिसावले उन्नत प्रकारका अदुवाका वीउ वीजन ल्याई रोप्ने गरेको प्रचलन पाइदैन् । यहाँ पाइने प्रमुख जातहरू भनेका स्थानीय हिसावमा नामाकरण गरिएका नसे तथा बोसे हुन् । अदुवा भित्र भएको रेशाहरूको आधारमा बढी रेशा भएकोलाई नसे तथा कम नशाहरू भएकोलाई बोसे भनेर जानिन्छ । जस मध्ये बोसे प्रजातिलाई माथिल्लो गुणस्तरको मानिने हुदाँ यसको मुल्य समेत अन्यको तुलनामा राम्रो छ ।
    नेपालमा वेलावखतमा हुने आन्दोलन र पटक पटकको वन्दले गर्दा कृषकहरू सवै भन्दा पिडित छन् । जसले गर्दा यो व्यवसायलाई पनि वजारसम्म पुग्दा गुडस्तरमा ह्रास आउने भएकोले यसवाट मूल्यमा पनि असर पर्न जान्छ । तसर्थ उचित तरिकाले प्रशोधन गरी विक्री वितरण गर्ने हो भने नेपालमा उत्पादित अदुवाले राम्रो स्थान प्राप्त गर्ने संभावना एकातिर छ भने अर्कोतिर देशभित्रको कच्चा पदार्थहरू उपयोग गरी प्रशोधन कारखाना मार्फत उच्चमूल्यका अदुवाका वस्तुहरू जस्तैः सुगन्धित तेल, क्याण्डी अचार, सुठो÷मसला आदि बनाएर विक्रीवितरण गर्न सकिन्छ । जसवाट हजारौ वेरोजगारीहरू लाभान्वितहुने अवसरप्राप्त गर्दछन् ।

अमला एक काम अनेक : रोजगारको स्रोत
विश्वका विभिन्न देश सम्पन्न हुनुमा आ–आफ्नै देशको अपार स्रोतकै कारणले हो । कतिपय राष्ट्रहरू तेल र ग्याँसको भण्डारको कारण धनी भएका छन् त कतिपय राष्ट्र प्राकृतिक सुन्दरता अनि कतिपय राष्ट्र, जलसम्पदा, जडिवुटि तथा खनिज पदार्थको कारणले धनी भएका छन । तर हाम्रो देश भने हाल तेल को संभावना नदेखिएपनि अन्य स्रोतले भने कमि छैन् । हामीमा कमी भनेको मिलीजुली काम गर्न नसक्नु, आफू वाहेक अरुलाई राम्रो देख्नै नसक्नु, अर्काको सहि कार्यलाई अवलम्वन गर्न नसक्नु वरु त्यसलाई अल्टो असहयोग, असफल र अप्ठयारो वनाउने कार्यमा समय खर्च गर्नुनै मुख्य देखिन्छ । यो कार्यमा रमाउने महाफोहरी राजनैतिकका हस्तीहरूनै यो देशमा ज्यादाँ धेरै फोहरी खेलहरू ख्ोल्दा स्थानिय स्तरमा पनि यसको असर पर्दै गएको छ ।

अमलाको महत्व
यो देश जडिवुटिजडिवुटीले भरिएको देश हो । हामी जता गएपनि जडिवुटिसंग ठोकिन्छौं । यस सम्वन्धि अध्ययन गरी जडिवुटिलाई नेपालकै प्रमुख आयश्रोतको रुपमा विकास गर्न सकिन्छ । तर हामीलाई त्यसको उपयोग र आय आर्जन गर्नेतिर भने कुनै ध्यान गएको छैन । यस मध्ये अमलाको वारेमा यहाँ जानकारी गराउने प्रयास गरेको छु ।
जडिवुटि मध्येकै एक अति लोकप्रिय जडिवुटि हो अमला, जुन जति व्याख्या गरे पनि कम नै हुन्छ । जडिवुटि एक तर काम अनेक रोगमा उपयोग हुन्छ । देख्दा यसको दाना हरियो गोलो आकारको खाँदा टर्रो भए पनि पछि मिठो स्वाद आँउछ । अमला अति स्वस्थकर फल हो । यसले प्रतिरोधात्मक शक्ति प्रदान गर्ने, वाथरोग नास गर्न सक्ने, मानसिक तथा शारीरिक शक्तिमा वृद्धि गराउने, खानामा रुचि जगाउने, स्मरण शक्तिमा वृद्धि, कपाल वलियो, चम्किलो लामो बनाउने, घाउ खटिरा निको पार्ने, शरिरमा भएको विजातीय दुषित तत्वलाई निकाल्न मद्दत गर्ने, कव्जियत हटाउने, विर्य शुद्ध गर्ने, आँखा तेजिलो पार्ने, दाँत वलियो चम्किलो बनाउने, कपाल झर्न नदिने अति स्वस्थकर फलको रुपमा लिएको छ । यसलाई अचार पनि वनाएर प्रयोग गर्न सकिन्छ । अमलालाई ताजा पनि प्रयोग गर्न सकिन्छ भने सुकाएर पनि प्रयोग गर्न सकिन्छ । अमला भिटामिनको प्रमुख श्रोत हो । त्यसैले यसलाई भिटामिन सीको भण्डार पनि भनिएको छ । तपाई पनि यो उत्पादन तिर लाग्नुहोस । रोजगारी वन्नुहोस ।

इलाम, झापा, तेह्रथुम, पाँचथर टी–पर्यटन : रोजगारको स्रोत

पर्यटकलाई आकर्षित गर्ने विभिन्न तरिका मध्ये चियावगान पनि एक हो । चियाको वगानमा मनोरम दृष्य हुने हुँदा आन्तरिक र वाह्य पर्यटन को विकास गर्न सकिन्छ । यसवाट सो क्षेत्रको जनतालाई प्रत्यक्ष फाइदा पुग्दछ । चियाको महत्व, उत्पादन प्रवृद्धि अध्ययन अनुसन्धानका लागि आउनेहरूलाईका लागि उचित कार्यक्रम वनाई अगाडि वढन सकिन्छ । तेस्रो मुलुकवाट आउने पर्यटकहरूलाई यो चिया वगान एक गन्तव्यस्थल वन्न सक्छ । यसका लागि होमस्टे, यातायातको उचित सुविधा पैदलमार्गको निमार्ण र चिया उत्पादन सम्वन्धि अध्ययन केन्द्र तथा उचित प्रचार÷प्रसार आदि वनाउन÷गर्न सके सो क्षेत्रमा टि–पर्यटनको विकास हुने देखिन्छ । नेपाली चियालाई पूर्ण अर्गानिक बनाई विश्व वजारमा पु¥याउन सके राष्ट्रको अर्थतन्त्रलाई झनै ठूलो टेवा मिल्दछ ।
चियाको वगानमा मनोरम दृष्य हुने हुदाँ राष्ट्रिय÷अन्तर्राष्ट्रिय फिल्मी कम्पनिहरूले फिल्म खिच्न आउने र उनिहरूसंगै प्रसस्त पर्यटकहरू आउने हुदाँ सोवाट प्रसस्त फाइदा प्राप्त हुने देखिन्छ । साथै आन्तरिक पर्यटकवाट पनि प्रसस्त्र फाइदा हुन्छ । यसवाट सो क्षेत्रका मानिसहरूले प्रत्यक्ष फाइदा उठाउन सकिन्छ । जसवाट वेरोजगारको समस्यालाई हल गर्न मदत्त मिल्दछ । यो क्षेत्रमा तपाईहरू पनि सक्रिय भएर लागे फाइदा प्राप्त गर्न सक्नुहुन्छ ।

टिमुर खेती : कृषकको आयस्रोत
कममेहनत, सजिलैसंग जहाँ रोपे पनि उत्पादन लिन सकिने भएकाले टिमुर कृषकको राम्रो आयस्रोत वन्न सफल भएको छ । टिमुर रुखमा काँडा हुने भएकाले वार वन्देजको रुपमा यसलाई रोपिएको पाइन्छ । तर यसको वजार दिनदिनै बढदै गएकोले कृषकलाई यसले राहत दिएको छ । अन्तर्राष्ट्रिय वजारमा समेत यसको मात्र वढदो छ । प्रतिकिलो टिमुरलाई २००० देखी २५०० सम्म विक्री हुने गरेको पाइन्छ ।
म्याग्दीका केही कृषकहरूले प्रति परिवार दुइदेखी ३ लाख सम्मको आम्दानी यही टिमुर खेतीवाट आर्जन गरेका छन् । अव तपाईपनि यो खेती गरेर अघि वढने होकी ।

अवसर
कहिलेकाही अवसरहरू वाधाको रुपधारण गरेर पनि आउन सक्दछन तर धेरै मानिसहरू यसलाई चिन्न सक्दैनन । तर विचार योग्य के छ भने, विध्नवाधा जति ठूलो हुन्छ अवसर पनि उत्तिकै अधिक हुन्छ । केही गर्ने कोशिस गरेर असफल भएका मानिसहरू जो केही पनि नगरेर सफल भएका मानिस भन्दा वढि लाख गुना राम्रा र साहसी हुन्छन् । त्यसैले आफूलाई अभागी नठानी अवसरलाई समात्न काममा निरन्तर लागि समय कुरैरै वस्नुपर्छ । जसले अवसर समात्न सक्दैन उसले प्रगती गर्न पनि सक्दैन् । असफलता सपनाहरूको अन्त्य नभएर सुरुवात हो । विचार गर्नुहोस, ठगरे खाने व्यक्तिहरू पटक पटक जेलनेल र खाडलमा पर्दछन् भने खुट्टा तान्ने र पर्खाल भत्काउने मानिसहरूलाई सर्पले डस्न सक्दछ त्यसैले वेलैमा आफूलाई इच्छा लागेको काममा आजै देखि लागि समय खेर नफालौं । सुन्दर भविष्यको सपनामा रमाउ शुभ–कामना ।
ूच्भबम कयmभतजष्लन उयकष्तष्खभ भखभचथ लष्नजत बलम ष्कितभल तय कयmभतजष्लन जभउिाग िभखभचथ mयचलष्लनू

सिस्नु  : राम्रो आम्दानीको स्रोत
जंगलमा प्रशस्त पाइने तर कुनै प्रयोगमा नआई कुहिएर खेर गइरहेको सिस्नुलाई प्रशोधन गरी प्रयोगमा ल्याई म्याग्दी, मकवानपुर, रामेछाप लगायत थुप्रै जिल्लाका पुरुष तथा महिलाहरूले आम्दानी गर्न सफल भएक छन् । कतिपय ठाँउमा लघुउद्यम विकास कार्यक्रमले सिस्नुको धुलो वनाउने तालिम दिएपछि यो पेशामा मानिसहरू आकर्षित भएका छन् ।
सिस्नुको धुलो, दाल, तरकारीमा मिसाएर खाने गरेमा स्वादिष्ट हुने गरेको उपभोग कर्ताहरू वताउँछन । सिस्नुको कलिला मुन्टालाई तातोपानीमा एक दुई मिनेट राखेपछि घाममा सुकाएर मसिनमा पिसेपछि धुलो वन्ने गरको उद्यमीहरू वताउदछन् । अव तपाई आफूलाई वेरोजगार नठान्नुहोस जानुहोस जंगल ल्याउनुहोस र उत्पादन गनुहोस अनि कमाउनुहोस ।

मेवा खेती : रोजगारको स्रोत

मेवा एकदमै लोकप्रिय फल हो । मेवा खेती हाल आएर आय आर्जनको प्रमुख स्रोत वनेको छ । मेवाको खेती गर्न सजिलो छ । आजभोलि गर्मी समयमा प्राय हरेक ठाँउमा सितलका लागि मेवा काक्रा र भूइकटहर खाने प्रचलन वढदो छ । मेवा आफैमा एक जडिवुटी पनि हो । जण्डिस रोगका लागि लागि अति उत्तम मेवा हाल हरेक अस्पतालको क्ष्ोत्रहरूमा वढि विक्री हुन्छ । मेवा गाँउघरमा तरकारी र अचारको रुपमा पनि खाने हुदाँ यसको उपयोग बढदै गएको हामी पाउदछौं ।
नेपालमा तराई देखि मध्य पहाड सम्म मेवाको सफल खेती गर्न सकिन्छ । संसारमा मेवा उत्पादन हुने देशहरू मध्ये भारतको स्थान पहिलो रहेको छ । अधिकतम तापक्रम ४० स्. भन्दा कम हुने र न्यूनतम ५ से. सम्म यसको खेती गर्न सकिन्छ भने वर्षाको हकमा ३५ से.मी. देखि २५० से.मी. सम्म औषत वार्षिक वर्षा हुने स्थानमा यसको खेतीगर्न सकिन्छ । मेवालाई बलौटे दोमट माटो उपयुक्त हुन्छ । अहिले धादिङ्ग  चितवन र नवलपरासीका केही कृषकहरूले जग्गा भाडामै लिएर यो व्यवसाय थालेका छन् । उहाँहरूका अनुसार यो खेतीवाट मासिक २०÷३० हजार पाँच कठ्ठामा कमाइ भैरहेको जनाउछन् । यो निकै नाफा मूलक फलको रुपमा अगाडि आएको छ । भारतमा गरिएको एक परिक्षणमा प्रति हेक्टर १,५६,६०० भा. रु. खुद नाफा भएको कुरा रेकर्ड गरिएको छ । यसवाट मेवा खेतीवाट निकै राम्रो आम्दानी भएको पाइन्छ । मलेशिया तथा अरवतिर जानुभन्दा यो कामनै आफूलाई राम्रो भएको र परिवारलाई सन्तुष्टिका साथ पालेको उहाँहरू अहिले वताउने गर्नुहुन्छ । तपाई पनि केही गर्ने जमर्को त गर्नुहोस तव मात्र दिन खुल्दछ । केही पनि नगर्नेलाई त कसैले पनि सहयोग गदैनन् ।

माहुरी पालन : रोजगारको श्रोत
माहुरीपालन हाल आएर रोजगारको राम्रो श्रोत हुन थालेको छ । पहिला पहिला रहरको रुपमा राखिएको १÷२ वटासम्म घारहरू मात्र हुने गर्दथ्यो । पछि आएर यो व्यवसायलाई  रोजगारकै स्रोतको रुपमा व्यवसाय गर्न थालिएको छ । धेरै भन्दा धेरै व्यक्तिहरूले प्रसस्त फाइदा उठाउन थालेका छन् । यसरी आफनो छिमेकले माहुरीपालनवाट फाइदा प्राप्त गर्न थालेपछि अन्य छिमेकीहरू पनि यो व्यवसाय प्रति आकर्षित हुन थालेका छन् । हाल आएर विभिन्न जिल्लामा व्यवसायीहरूले वर्षेनी लाखौ आम्दानी गर्न थालेका छन् । यो व्यवसायलाई प्रोत्साहन गर्न जिल्ला गैह सरकारी संस्था तथा जिल्ला कृषि विकास कार्यलयले पनि समय समयमा तालिम र विभिन्न सहयोग गर्दै आइरहेका छन् । तपाई पनि तुरुन्तै यो क्षेत्रमा कार्य गरी अगाडि वढन् सक्नुहुन्छ । मह वजारको लागि त्यति समस्या छैन् । घरमै व्यापारीहरू आउपुग्दछन् ।  सुख शान्तिको रहस्य स्वतन्त्रता हो भने स्वतन्त्रताको रहस्य साहस हो ।

तीतेकरेला, पालुङ्गो : रोजगारको स्रोत
तितेकरेलाको वैगुन भनेको तीतीपन मात्रै हो । प्राय गर्मी समयमा पाइने यो तरकारी मात्र नभएर अत्यन्त राम्रो औषधी समेत हो । यसमा फस्फोरस पर्याप्त मात्रामा पाइन्छ । प्रोटिन वोसो, खनिज, कार्वोहाइडेट, क्याल्सीयम प्रसस्त हुन्छ । यसैले करेला नियमित खानाले कफको समस्या हट्छ । कव्जियत निको हुन्छ, खाना सजिलै पच्छ, खाना सजिलै पचेपछि भोक लाग्छ । यसले पेटसम्वन्धी रोगका लागि करेलालाई अत्यन्त गुणकारी मानिन्छ । यो व्लडसुगर अथवा मधुमेह रोगीको लागि अत्यन्त गुणकारी मानिन्छ । पालुङ्गो त भिटामिन र क्याल्सीयमका खानी नै हो । त्यसले यसलाई विशेस तरकारी अपनाई उत्पादन गर्न सके फाइदा हुन्छ ।

रोजगारको प्रमुख स्रोत: हावावाट विजुली
सम्पन्न राष्ट्रहरूको उर्जा स्रोत भनेकै आडविक भट्टि, सौर्य उर्जा र हावावाट उत्पादित विजुली भएको छ । हाम्रो जस्तो गरिवी मुलुक र वेरोजगारको यस्तो उदेगलाग्दो देशमा शिक्षित वेरोजगारीहरूलाई राज्यले सदुपयोग गर्न सके देशले छिटो फ्टको मार्न धेरै समय कुर्नु प्रदैन् ।
नेपालमा पनि केही उत्साही विद्यार्थीहरूले सालको काठका पाता र दुइवटा म्याग्नेट रोटर निर्माण गरी हाल ३५० किलोवाट विजुली उत्पादन गरेर देखाई दिएका छन् । विभिन्न जिल्लावाट काठमाण्डौमा पढन वसेका उत्साही युवाहरूले खाजा खर्च जोगाएर यो कार्य गरेर देखाएका छन् । यस्तो कार्य देशको पचहत्तरै जिल्लाको सवै गा.वि.स.मा गर्न सकिन्छ । यसवाट धेरै भन्दा धेरै शिक्षित वेरोजगारहरूलाई रोजगार प्राप्त हुन्छ भने देशको अर्जा समस्यालाई यसले सहयोग गर्दछ । जसवाट दक्ष प्राविधिक तथा शिक्षित व्यक्तिहरू विदेश पलायन हुनवाट रोक्न सकिन्छ ।
वैतडीका ललितसिंह रावल देखी वागलुङ्गका पवन तिवारीलाई यो लेखक धन्यवाद दिन चाहन्छु भने यो कार्यमा सहयोग पु¥याउने अन्य मित्रहरू अमृतसिंह थापा(तनहुँ), सुरजराइ (धरान), अमृत ढकाल(झापा) र दिप्ती देवान(मोरङ्ग) लाई पनि मुरी मुरी  धन्यवाद । यहाँहरूको नेतृत्वले देशै उज्यालो वनाउन सफल होस भन्ने सल्लाह दिन चाहन्छु ।

मैनवत्ती : रोजगारको स्रोत
थोरै लगानी कम मेहनत र कम शिक्षितले पनि गर्न सक्ने धेरै आम्दानी गर्न सकिने स्रोत भएर आएको छ मैनवत्ती व्यवसाय । एउटै कोठामा उत्पादन गर्न सकिने ५÷६ हजारको लगानीवाटै यो व्यवसाय गर्न सकिन्छ । नेपालको हालको उर्जाको संकटमा मैनवत्तीले राम्रो रोजगारको अवसर दिएको छ । त्यसैले तपाईपनि अन्त भौतारिन छाडेर छिटो यो व्यवसायलाई अगाडि वढि व्यस्त वन्न तपाइलाई ठूलै अवसर आएको छ । त्यसैले आजै लागौ दिन उज्जल छ

पुष्प व्यवसाय : रोजगारको स्रोत
नेपालको भागोलिक तथा जैविक विविधता, उपयुक्त प्रकारको वातावरण तथा जमिन र श्रमशक्तिको पर्याप्तता जस्ता कारणहरूले गर्दा नेपालमा पुष्प व्यवसाय निक्कै उपयुक्त व्यवसाय सावित भएको छ । अन्तर्राष्ट्रिय बजारमा यसको दिनानु दिन बृद्धि भैरहेको मागको सन्दर्भमा यस व्यवसायको बृद्धि संभावना व्यापक रहेको छ ।
पंरम्परागत रुपमा व्यक्तिगत शोख तथा शानको रुपमा गरिदैं आएको यस पुष्प खेतीले विगत १८ वर्ष देखि भने एक आयमूलक व्यवसायको रुपमा देखा पर्दै व्यवसायिक रुपमा अगाडि बढ्दै आइरहेको छ । जसको फलस्वरुप एक दशक भित्रकै अवधिमा यस व्यवसायले आफ्नो आकार, क्षमता तथा दक्षतामा निक्कै नै बृद्धि गरिसकेको छ । अन्य व्यवसायको तुलनामा बढि नाफामूलक भएको कारणले गर्दा आजसम्म काठमाण्डौं लगायत अन्य जिल्लाहरूका यसको व्यवसाय वढदै गइरहेको छ ।
समयको परिवर्तनसंगै देखा परेको पुष्प उपयोग र उपभोगको बढ्दो कारणले गर्दा हालसम्म उत्पादनहरू देशभित्रका प्रमुख शहरहरूमा विक्री वितरण भैरहेको र निर्यात समेत भैरहेको छ । २०६४÷६५ मा करीव २ करोड ४२ लाख मूल्य वारावरको फूलहरू जर्मन, नेदरल्याण्ड, यू. के., जापान, डेनमार्क र अमेरिका जस्ता देशहरूमा निर्यात भएको देखिएको छ ।

बेमौसमी तरकारी : रोजगारको राम्रो स्रोत
प्राकृतिक हिसावले वालि उत्पादन हुने समय भन्दा अघि पछि पारेर गरिने उत्पादन प्रणालीलाई नै बेमौसमी खेती प्रणाली भनिन्छ । विषेश गरिकन बेमौसमी तरकारी खेती निम्न आर्थिक उपार्जनका दृष्टिकोणले निक्कैनै उपयुक्त व्यवसाय मानिन्छ । बेमौसममा तरकारीको आपूर्ति कम हुने हुदाँ त्यसवेला बजारको माग तथा मूल्यमा भएको बृद्धिदरनै बेमौसमी तरकारी व्यवसायको महत्वपूर्ण आर्थिक पक्ष हो ।
नेपालको विशिष्ट प्रकारको भू–वनावटले गर्दा यहाँ छोटो दुरीको अन्तरकालमानै विविध प्रकारको हावापानी पाइन्छ । जसले गर्दा एक ठाँउमा उत्पादन गर्न असजिलो पर्ने तरकारी वालीहरू अर्को स्थानमा सजिलै उत्पादन गरि विक्री वितरण गर्न सकिन्छ । यसर्थ देश भित्र विद्यमान यस अवस्थाको भरपूर फाइदा लिएर बेमौसमी खेती तथा योजनागत प्रकारको बजारीकरण गरि प्रशस्तै लाभ प्राप्त गर्न सकिन्छ । यसको अलावा निम्ना अनुसारको पद्धतिहरू अपनाएर पनि बेमौसमी तरकारीहरू उत्पादन गर्न सकिन्छ ।
ड्ड रोप्ने समयलाई अघि पारेर
ड्ड उन्नत तथा सुहाउँदो जातहरू छनौट गरि रोपण गरेर
ड्ड नियन्त्रित वातावरण जस्तो किः प्लाष्टिक घर, काँच घर को श्रृजना गरेर
मुख्य शहरी आसपासका क्षेत्रहरूमा विशेष गरिकन व्यापक मात्रामा उत्पादन गरि ती वजारहरूमा बेच्नु गरिएको बेमौसमी तरकारीहरूको हालसम्मको मुख्य वजार भनेको देशभित्र नै हो । हालभै रहेको देश भित्रको उत्पादनले यहाँको मागपूर्ति गर्न नसकि अन्यत्र (विशेष गरिकन् भारत तथा तिव्वत) वाट तरकारी ल्याइरहनु परेको परिप्रेक्ष्यमा नेपाली उत्पादन सजिलैसंग देश भित्रै खपत भैरहेको छ । हालै केही कृषक समूहहरूले भारतको विभिन्न क्षेत्रहरू लगायत बंगलादेश सम्म वेमौसमी तरकारी पठाउदै आएका छन जसवाट अत्यधिक फाइदा पुगेको यस क्षेत्रमा लागेका कृषकहरू स्यंम वताउछन् ।
जनहित तरकारी संकलन केन्द्र पिपलडाँडा अगाहा खोला, पाल्पा एउटा उदाहरण मात्र होइन, हाइवेमा आजभोलि धेरै सहकारी खुलेका छन् । डागोमती खोला, धादिङ्गका एक कृषकले तिन कठ्ठामा वर्षमा ४ वाली लगाउछन भने वर्षमा ४ लाखसम्मको तरकारी विक्री र्गदछन, सम्पूर्ण खर्च कटाएर वर्षको ३ लाख सम्म वचत हुन्छ भनेर उनी ढुक्कसंग भन्छन । तरकारीले आफ्नो जीवन फेरेकोले अव जिन्दगीभर यो पेशा नत्याग्ने उनको विचार रहेकोछ । यस्ता उत्साही कृषकहरू देशभरी विभिन्न ठाँउमा रहेका छन् । तपाई पनि सकभर आफ्नै जग्गामा नभए भारामा लिएर पनि तपाई कार्य गर्न सक्नुहुन्छ । या व्यक्तिगत वा सहकारी मार्फत ।
बेमौसमी तरकारी खेती निम्नलिखित तरिकावाट गर्न सकिन्छ ।
१. भौगोलिक विविधताको उपयोग गरेर २. खेती गरिने समयमा फेरवदल गरेर
३.हाइविड तथा अन्नत जातहरूको प्रयोग गरेर ४. खेती प्रविधिमा विकास गरेर
५. नियन्त्रित वातावरणको सिर्जना गरेर ६. प्लाष्टिको सुरुङ्ग तथा घर प्रयोग गरेर
७. स्थायी सिसाघर
ूल्यतजष्लन ज्बउउभलक दगत ाष्चकत ब मचभबmू

मुसुरो : राम्रो आम्दानीको स्रोत
दाल परिवारको महत्वपूर्ण बालीको रुपमा पर्ने मुसुरो वालीले नेपालमा उत्पादन गरिने कुल दाल बालीले ढाकेको क्षेत्रफल कूल दाल वालीको उत्पादनमा ५९ प्रतिशत सम्म हिस्सा ओगटेको पाइन्छ । नेपाली खानामा महत्वपूर्ण स्थान राख्ने मुसुरो देश भित्र खपत हुने मात्रै नभएर निर्यात गर्न सकिने समेत प्रशस्त संभावनाहरू रहेको छ । जसले गर्दा यहाँहरूले यो क्षेत्रमा लागेर प्रसस्त फाइदा गर्नुहुन्छ । यसलाई वास्तविक व्यवसायीक रुपमा खेती गर्ने हो भने यो खेतीवाट प्रसस्त आम्दानी गर्न सकिन्छ ।
आन्तरकि खपतको अलावा निर्यात योग्य वस्तुको रुपमा स्थापित भैसकेको मुसुरो खेती हाल आएर विस्तारै विस्तारै व्यवस्थित रुपमा व्यवसायिकता तर्फ उन्मुख भैरहेको छ । नेपालवाट मुसुरो बंगलादेश, कोरिया, भुटान, श्रीलंका र भारतमा निर्यात भै आएको पाइन्छ । २०६४÷६५ मा २२ हजार मे.टन(नेरु १ अरव ३१ करोड मूल्य बराबरको) मुसुरो नेपालवाट निर्यात गरिएको थियो । यसैगरी २०६५÷६६ को  शुरुको ६ महिनाममै करिव दश गुणाले वृद्धि भई ३ अरव ४८ करोड वरावरको मुसुरो निर्यात भएको छ । तसर्थ तपाईको मेहनत खेर जानेवाला छैन त्यसैले अलि जाँगर लगाएर लागौ मात्र तपाईको दिन फिर्छ । झारा टार्ने काम गर्दा त खर्च पनि उठदैन् । निराश नहुनुस वाचुन्जेल आशा गरिरहनुपर्छ सफलताको लागि ।

केरा खेती ः रोजगारको श्रोत
बास्न मज्जा नैन रेशम चौतारी पेटीमा                             कविता लेखक ः प्रमिला सुवेदी
नाफै नाफा नैन रेशम छ केरा खेतीमा
पौष्टिक तत्व नैन रेशम केरामा धेरै छ
कार्वोहाइड्रेट, भिटामिन पाइने फल केरै छ ।     
रोपौ केरा नैन रेशम उन्नतजात खोजेर
रोवस्टा र चिनी चम्पा, हाइव्रिड जात खोजेर
वस्राई ड्र्वाफ र नैन रेशम मालभोग नी राम्रै हुन्
मुग्रे घुस्रे नैन रेशम लोकल झन हाम्रै हुन
पुष माघमा नैन रेशम हुन्न है रोपन
ठण्डी लाग्छ नैन रेशम सकिन्न छेकन
होचो केरा नैन रेशम २ मीटर दुरीमा
अग्लो केरा नैन रेशम छ हातै भरिमा
सिचाई र नैन रेशम मलखाद दिएर
वेला वेलामा नैन रेशम गोडमेल गरेर
अन्तरवाली नैन रेशम वन्दा र खुर्सानी
हलेदो र नैन रेशम अदुवा वर्षेनी
केरा एक नैन रेशम फाइदा छन् अनेक
मैले हैन नैन रेशम सवैले भनेका

केरा एक फाइदा अनेक भएको फलफूल खेती हो । यसवाट कृषकहरूले प्रसस्त फाइदा लिने अवसर प्राप्त गरेका छन् । यो खेती अन्य अन्नवालीको तुलनामा ४ गुना वढि आम्दानीको रुपमा हेर्दै आइरहेका छौं । यो खेती देशको लगभग हिमाली भेग वाहेक सवै जिल्लामा व्यवसायीक रुपमा गर्न सकिन्छ । हामीले विगत केही वर्ष देखी भारतको आन्ध्रा प्रदेश देखी ल्याइएको केरा खाने गर्दथ्यो । तर विगत १ दशक देखी भने नेपालका विभिन्न क्षेत्रमा लगाइएको केरा खेतीले भने नेपाली कृषकलाई फाइदानै पुगेको छ । आजभोलि केरावाट विभिन्न परिकार पनि वनाइ वजारमा लैजाने प्रचलन चलिसकेको छ । जसवाट देशमा विभिन्न समयमा हुने नेपाल वन्द तथा प्राकृतिक विपत्तीवाट अप्ठ¥यारो परेको वेलामा केराका विभिन्न परिकार वनाई उत्पादित केरालाई उपयोग गर्न नयाँ नयाँ कार्यक्रमहरू पनि आइरहेको हुनाले यो व्यवसाय वढदै गइरहेको छ । तपाई पनि जागिर खोज्ने धुनमा समय वर्वाद गर्नु भन्दा यही खेतीतिर लाग्नु नै फाइदा हुन्छ । केराका फाइदाहरू
१. पाकेको केराको फलको रुपमा तथा आहारको रुपमा प्रयोग २. काँचो केरा तरकारीको रुपमा ३. केराको वुङ्गा अचार तथा तरकारीको रुपमा
४. काँचो तथा पाकेको केरावाट चिप्स, क्यान्डी, टफी, जुस, जाम, सर्वत, वियर, ब्रान्डी, वाइन
५. पातवाट मल वनाउन घर छाउन तथा दुना टपरी वनाउन सकिने ।
६. पाकेको केराको बोक्रा तथा पात पशुको लागि आहार ।
७. केराको वोटवाट रेसा निकालेर धागो, कागज, झोला, कपडा आदि वनाउन सकिने ।
८. ग्रामिण कृषि पर्यटनका लागि केरा खेती अति उत्तम मान्न सकिने ।

राष्ट्रिय द्यद्दद्य ईकमर्श वेव साइट –नेपाली भ–हाटवजार
धधध।दद्दद।अयm।लउ
व्यापारीहरू विच विद्युतिय संचार माध्यम–मूलतः इन्टरनेट र वेव साइटको प्रयोगद्वारा व्यापारीक सम्वन्ध स्गापाना गरी व्यापारको विकास, प्रबर्धन वा व्यापारीक कारोवार गर्नुलाई नै द्यद्दद्य९द्यगकष्लभकक तय द्यगकष्लभकक० ईकमर्श भनिन्छ । यस प्रविधिलाई नै नेपाली ई–हाटवजार नामाकरण गरिएको छ । यसका माध्यवाट गाँउ नगर, क्षेत्रिय तथा राष्ट्रिय स्तरमा व्यापारीहरू विच व्यापारिक अन्तर सम्वन्ध तथा व्यवसाय विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै नेपाल विश्व व्यापार संघमा प्रवेश गरेको परिप्रेक्ष्यमा अन्तराष्ट्रिय बजार प्रर्वद्धनमा समेत सहयोग पुग्नेछ ।
नेपाल भौगोलिक विविधता भएको देश हो । सवै क्षेत्रका मानिस र व्यापारिक समुदायलाई नजिक ल्याउनमा सूचना प्रविधि जस्तो सीमाविहिन अवधारणको ठूलो महत्व र सामाथ्र्य हुन्छ । यही तथ्यलाई आत्मसाथ गरी कृषि उपज मूल्यसूची वेवसाइट धधध।बनचष्उचष्अभलभउब।िअयm को सफल प्रयोगपछि नेपाल सरकार स्थानिय मन्त्रालयको समन्वय तथा संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित गाँउ नगर साझदारी विकास कार्यक्रम, सूचना प्रविधि उच्चस्तरिय आयोग र कृषि उद्यम केन्द्र÷उद्योग बाणिज्य महासंघको संयुक्त प्रयासमा यस नेपाली इ–हाटवजार लाई नेपालमा विद्युतिय कारोवारको प्रर्वधन गर्ने राष्ट्रिय वेव साइटको रुपमा संचालन गरिएको छ ।
   नेपाली ई–हाट बजारका फाइदाहरू ः
१.  उद्यम व्यवसाय विकासका लागि आवश्यक सूचना प्राप्त गर्न सकिने ।
२.  कृषि वस्तुहरूको दैनिक बजार मुल्य सूचना प्राप्त गर्न सकिने ।
३. यसका माध्यमवाट व्यापारीहरू बिच स्थानिय, क्षेत्रिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा व्यापारिक सम्वन्ध स्थापना तथा व्यवसायको विस्तार गर्न सकिने ।
४.  प्रविधि सम्वन्धि सूचना प्राप्त गर्न सकिने ।
५.  ३६५ दिन, २४ सै घण्टा व्यापारिक कारोवार गर्न सकिने ।
६.  आफ्नो उत्पादन तथा बस्तुको विज्ञापन गर्न सकिने ।
७.  प्रतिस्पर्धात्मक तवरले सस्तो र राम्रो सामान खरिद÷विक्रि गर्न सूचनाको प्रवाहकारी ढंगवाट गर्न सकिने ।
८.  व्यापारिक तथा व्यवसायिक कृयाकलाप बृद्धि गराई गरिवी न्यूनिकरण कार्यमा सहयोग पु¥याउन सकिने ।
९.  आपसमा सिधा सम्पर्क गरी सामान खरिद–विक्रीको वन्दोवस्त मिलाउन सकिने ।

नेटवर्क मार्केटिङ्ग

व्यापारको संसारमा सवैभन्दा शक्तिशाली शव्द भनेको नै नेटवर्क हो । नेटवर्क खोजी र स्थापित गर्न सकिएन भने आजको दुनियाँमा व्यापार असम्भव हुन्छ । परम्परागत व्यापारवाट परम्परागतनै भइन्छ भने नेटवर्क स्थापना गर्न सके ठूलो फटको मार्न सकिन्छ । नेटवर्क मार्केटिङ्गको सहि ढंगमा सवैले कार्य गरेको पाइदैन र कतिपय गलत व्यक्तिहरूले यसलाई वढाइचढाई गरी छीटो लोभ देखाई मानिसहरूलाई फसाउने गरेको देख्न्न र सुन्न पाईन्छ तर वास्तविकता भने त्यस्तो होइन् । नेटवर्क मार्केटिङ्गमा सवैभन्दा ध्यान पु¥याउनु पर्ने कुरानै आफ्नै देशको उत्पादन हो वा होइन, आफ्नो देशको उत्पादनलाई प्राथमिकता दिनै पर्छ नत्र हाम्रो देश कहिल्यै धनी वन्न सक्दैन् । विदेशी उत्पादनलाई भने निरुत्साही वनाउनुपर्छ । यो व्यवसायमा लाग्नेहरू एक आपसमा सदा मिलीजुली कार्य गर्ने भएकाले लामोसमय सम्म काम नगर्दा पनि फाइदा हुने देखिन्छ । अरु काम गरेर पनि यसलाई पार्ट टाएमको रुपमा गर्न सकिन्छ ।
कम्पनिको सामान कुनै एक उपभोगकर्ताले उपभोग गरेपछि मौखिक प्रचार वा अर्कालाई सिफारिस गर्दै वजार विस्तार गर्ने पद्धतिलाईनै नेटवर्क मार्केटिङ्ग भनिन्छ । सरल भाषामा खुद्रा पसल विनानै उपभोगकर्ताले डाइरेक्ट विक्री गर्ने कार्यनै नेटवर्क मार्केटिङ्ग हो । कम्पनिले विक्री वढाउन टेलिभिजन रेडियो, पत्रपत्रिकामा विज्ञापन नदिई यसमा जाने रकम वोनस वा कमिसन पाँउने निती अगालेको हुन्छ । यसमा आय वाइनरी सिस्टम अनुसार आउदछ । कुनै कम्पनिले दाँया वाँया १÷१ भए पनि कमिशन दिन्छन भने कसैले ३÷३ र कसैले ५÷५ को सिस्टममा दिने गर्दछन् । वोल्न सक्ने र गर्न सक्नेका लागि यो व्यवसाय रामै्र हुन्छ तर खट्न र सिफारिस गर्न नसक्नेका लागि भने यो व्यवसाय त्यति सफल भने हुन सक्दैन्। अरु व्यवसायमा भन्दा यो व्यवसायमा मानिस वाठो र चलाख हुन्छन किन कि व्यवसायमा उत्रन विभिन्न प्रकारको तालिमहरू कम्पनिले दिइराख्दछन् । मोटीभेसन तालिममा धेरै आधुनिक कुराहरू सिक्न पाइन्छ जसले गर्दा यस व्यवसायमा लाग्नेहरूलाई फाइदै हुन्छ ।

बाख्रापालन ः रोजगारको स्रोत
वाख्रापालन अहिले गाँउघरको लागि रोजगारको स्रोत भएको छ । देलखाकी एक महिलाले एउटै वाख्रोवाट ३ लाख सम्म कमाउन सफल भएकी छन् । दांग, वाँके तथा गोर्खाका कृषकहरूले वाख्रापालनवाट वार्षिक लाखौं आम्दानी गर्न सफल भएका छन् । गाँउ, गाँउवाट वाख्रा संकलन गरी ल्याउनेले पनि राम्रो आम्दानी गरेका छन् । अहिले पनि भारत र चिनवाट करोडौको खसिवोका, भेडा तथा च्याङ्गग्रा नेपाल वर्षेनी भित्रने गरेको छ । यदि यो भित्रने क्रमलाई रोक्न पहल गर्न हामीले नेपालमै धेरै भन्दा धेरै वाख्रापालन गर्नुपर्दछ, नेपालीहरू जापान, इजरायल, तथा अरव कन्ट्रीमा वाख्रापालन गर्न गएको हामीले सुन्ने गरेको पाइन्छ । वाख्रापालन गर्न विदेश जानुको सट्टा नेपालमा वाख्रापालनको फारम सञ्चालन गरेर काम गर्न राम्रो हुन्छ । आखिर विदेश जान पनि १लाख त हामीले खर्चगर्नुनै पर्छ । यदी सो वरावर खर्च यही गरेर अगाडि वढने हो भने वार्षिक लाखौ कमाउन सकिन्छ ।
  तपाईले पनि कमसेकम १०–२० वटा वाख्राका पाठी लिएर काम शुरु गनुभयो भने १ वर्षमै तपाईले ठूलो सफलता पाउनु हुन्छ । गाँउमा अरुको कुरा सुन्न तिर लाग्ने होइन वरु तपाईको सिखो उरुले गर्ने वनाउन सक्नुहो । तपाईकै वाख्रापालन प्रोजेक्टलाई अमेरिकाको जस्तै आम्दानीको स्रोत वनाउन सकिन्छ ।

थोरै लगानीवाट छिट्टै आम्दानी गर्न सकिने यो व्यवसाय  सरल छ । परिवारका कुनै पनि एक सदस्यले पनि गर्न सक्छन् । देशको विभिन्न भागमा वाख्रापालनवाट छोटो समय कम मिहिनेतवाट धेरै आम्दानी गर्न सफल भएपछि यस पेशातर्फ कृषकको आर्कषण वढेको छ ।

माछापालन ः रोजगारको राम्रो आम्दानी
छोटो समय, थोरै लगानी र आफ्नै आँगनमा राम्रो आम्दानी लिन सकिने माछापालन हाल आएर लोकप्रिय भएको छ । पहाडमा त माछापालनसंगै विजुली पनि उत्पादन गरी तरकारी वारीमा सिचाई गर्न सकिन्छ ।
विजुली उत्पादन गरी सो पानी पोखरीमा राखी तरकारी वारीमा सिचाई गर्न सकिने भएकोले यो व्यवसायलाई वहुउद्देश्यि रुपमा प्रयोग गर्न सक्छौं । तराई क्षेत्रमा पानी ताती माछा मर्ने सम्भावना भएकोले पानी तात्न नदिन पोखरीको वरपर रुख तथा वाँसहरू लगाउने गरिन्छ भने वेलावखतमा पानी फेर्ने पनि गरिन्छ । प्राय माछा पोखरी गहिरो ठाउँमा वनाइने हुदाँ पानी पनि त्यति धेरै तात्न पनि पाउदैन किनकि पानीको मुल फुटिरहेको हुन्छ । १५० मा प्रतिकेजी माछा विक्री हुने भएकोले यसको लागि वजारको समस्या छैन् । तपाईले पनि यो व्यवसायमा हात हाली वहुउद्देश्यीय रुपमा कार्य गर्न सक्नुहुन्छ । जिल्ला कृषि विकास कार्यलयले पनि तपाईलाई माछाका भुराहरू खरिद गर्न सहयोग गर्दछ तथा यो व्यवसाय गर्न सहुलियतमा ऋण दिन्छ । त्यसैले यता उता भौतारीन छोडी यो व्यवसायमा लाग्नुनै हितकर हुन्छ । यो व्यवसायसंगै होटल व्यवसाय पनि गर्न सकिन्छ किनकि तपाईलाई सवै पूर्वाधरा तयार भैसकेको हुन्छ । पार्कको रुपमा तपाईको पोखरीको रुपमा तयार भैसकेको हुन्छ । ठूलो पोखरी वनाउन सके त डुङ्गा पनि राखी पर्यटकहरूलाई डुङ्गामा सयर गराउन सकिन्छ ।

माछा पालन सम्वन्धी गीत                                                      सूवर्ण शिरिष (लमजुङ्ग)
केटा ः माछा पाल कान्छी तिमी सिकाउछु म पर्दा 
खान देउली कहिलेकाही गाँउको वाटो झर्दा
केटी ः जथाभावी रुख काट्न नदेउ है वनपाले
पानी सुक्यो पोखरीमा माछा मर्नथाले
केटा ः माछा पाल धानखेतमा पानी थोरै लाग्छ
फाइदा धेरै देखेपछि तिम्रो मन जाग्छ ।
केटी ः पाल्थे माछा धान खेतमा छैन मलाई ज्ञान
धान खेतमा माछा पाल्दा बिग्रन्छकी धान
केटा ः धानसंगै माछा पाल्दा हुन्छ दोहोरो फाईदा
किरा सवै खान्छ माछा लाग्यो मलाई काईदा
केटी ः कस्तो खेतमा माछा पाल्ने कस्तो चाहिन्छ माटो
राम्रो लाग्यो धानखेतनै पोखरीको साटो
केटा ः पानी उडने माटो चाहियो चिम्ट्याइलो पाँगो
धान र माछा दुवै फल्छ कमाउने सांगो
केटी ः ल्याउछु भुरा पाल्छु खेतमा राम्रो जात रोजी
थाहा छैन कान्छा मलाई ल्याईदेउ वरु खोजी
केटा ः राम्रा जात नेपालका टिलापिया नैनी
दुःख गरे फल मिल्छ पिर नमान वैनी
केटीः खेत प¥यो खोला पारी घर प¥यो वारी
आउदा जाँदा पस्नु कान्छा राख्छु माछा तारी
प्रकृतिले तिमीलाई संसारमा महान काम गर्न पठाएको हो । प्रकृतिले चाहन्छ तिमीले उक्त काम सम्पन्न गर । जुन काम तिमीले गर्न सक्छौं त्यो काम अरु कसैले गर्न सक्दैन । तिम्रो क्षमता तिमी भित्रै छ । अरुले नक्कल गर्न सक्छन तर तिम्रो क्षमता चोर्न भने सक्दैनन । युवावस्था भनेको नयाँ नयाँ सृष्टि गर्ने र संसारमा आफ्नो नाम उँचो राख्ने समय हो ।

रोजगारको स्रोत : प्राङगारीक मल उत्पादन

चितवनका अन्वेषक चन्द्र प्रकास अधिकारी र शहरी प्रांगारिक खेती प्रणालीको अन्वेषण गरि भरतपुर चितवनकी तुलसी ज्ञवालीले प्रसस्त प्राङगारीक मल उत्पादन गर्न सक्षम हुनुभएको छ । उहाँहरूले गाँउघरमा प्राप्त हुने फोहरमैलालाई थुपारेर केही समय खाल्डो, वाकस,वोरा तथा रिङ्गमा जम्मा गरी पानीले कुहाई तयार गर्नुहुन्छ । यसवाट फोहर मैलाको व्यवस्थापन हुनुको साथै विदेशवाट ल्याइएको महङ्गो मल किन्नवाट राहत मिलेको छ । नेपालका ठूला शहरमा फोहरमैलाको व्यवस्थापन गर्न अहिलेको ठूलो चुनौति रहेको अवस्थामा फोहरवाट मोहर प्राप्त गर्न हामी किन पछाडि पर्ने त्यसैले अव शहर गाउँ सवै ठाँउका वेरोजगार युवायुवतीहरूले यो क्षेत्रमा हात हाली प्रसस्त प्राङगारीक मल उत्पादन गरी फाइदा उठाउनु आजको आवश्यकता भैसकेको छ । उक्त मललाई आफै पनि प्रयोग गर्न सक्दछौ भने विक्री वितरण गरेर फाइदा पनि उठाउन सक्दछौं । उक्त मल उत्पादनसंगै तरकारी तथा फलफूल खेती गरी प्रशस्त आम्दानी गर्न सकिन्छ । काठमाण्डौको फोहरमैला व्यवस्थापन गर्न र फोहरवाट आर्थिकपार्जन गर्न प्रसस्त ठाँउ भएको हुदाँ ठूला ठूला प्राङ्गरीक मल उत्पादन केन्द्र खोलि अगाडि वढने कोशिस जसले गर्छ उसैले फाइदा उठाउन सक्ने अवस्था रहेको हुदाँ तपाई किन पछाडि पर्ने ? आजै लागौं र फोहरलाई मोहरमा रुपान्तरण गरौं । विदेशमा जाने पैसाको ५०% रकम मात्र हामी नेपालीले वचाउन सके हजारौ नेपालीले यो क्षेत्रवाट प्रसस्त फाइदा उठाउन सकिन्छ भने करोडौ रकम वचत गर्न सक्षम हुन्छौं ।

उर्जा तथा रोजगारकोे स्रोत : बायो विग्रेट

वायो विग्रेट एक प्रकारको मानवरुपी कोइला हो । यो नेपालको जुनसुकै ठाँउमा पनि वनाउन सकिन्छ । तपाइको गाँउघर, निजी तथा सामुदायिक वनमा वनमारा झार छ र यसले तपाईलाई दुःख दिएको छ भने अव नआत्तिनुहोस त्यो अव तपाइको उर्जा सम्पत्ति भएर आएको छ । वनमारा झार तथा अन्य घाँसपातलाई जम्मा गरी कोइला वनाउन पर्वतका नेपालका दाजुभाईहरू सक्षम भैसक्नुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको कार्यलयमा उहाँहरूलाई जर्मन विकास सहयोगि संस्थावाट थप सल्लाह तथा प्रविधिका सामानहरू पनि सहयोग हुन थालेको छ । यो काम भ्वाई नभ्वाई गर्नु परेको छ । उहाँहरूले उत्पादन गरेको मानव रुपी कोइला(बायो विग्रेट) ले राम्रो वजार लिएको छ । त्यसैले तपाई हामी पनि रोजगारको लागि विदेश भौतारिनु भन्दा आफ्नै गाउँमा केही गरेर देखाउनु पुरुषार्थ ठहरिन्छ । यो विजुली दाउरा तथा ग्याँस भन्दा सस्तो र धुवा नआउने भएको हुदाँ यसले लोकप्रियता कमाउदै गएको छ ।

सर्वप्रथम जंगलवाट ल्याइएको वनमारा घाँस, झारपातलाई ल्याई पहिला सुकाइन्छ । त्यसपछि आगाले डढाइन्छ र २५% माटो मिसाई गोल वनाई तयार गरिन्छ । दुई दिनसम्म उक्त गोललाई सुकाई सकेपछि वायो विग्रेटको रुपमा यो तयार हुन्छ । अव यसलाई सुधारिएको चुलोमा राखेर तपाई उपभोग गर्न सक्नुहुन्छ । यसलाई साधारण कागजको टुक्रा वा सलाईको काटीवाट सल्काउन सकिन्छ । साधारणतया रु.१० पर्ने सो विग्रेटवाट एकपटकमा ६ जना सम्मलाई पाक्ने खाना तरकारी दाल तथा पानी तताउन पुग्दछ । यो टुक्रा पुन प्रयोग गर्न मिल्दैन तर साने साइजको प्रयोग गर्न सकिन्छ र इन्धन वचत गर्न भने सकिन्छ । यदि तपाई प्रतक्ष्य हेर्न र जान्न चाहनुहुन्छ भने सामुदायिक वन उपभोक्ता महासंघको कार्यलय पर्वतमा सम्पर्क गर्नसक्नुहुन्छ । आवश्यक फोन नंम्वरहरू ०६७–४२०८८५,९८४७६–२३७२६ यहाँ पनि १०÷१५जनाले रोजगार प्राप्त गरेकाछन भने उर्जाको विकल्पमा यो एउटा राम्रो स्रोत भएकोछ ।
ूब्ततष्तगमभ ष्क ब ष्तितभि तजष्लनक तजबत mबपभक ब दष्न मषाभचभलअभ।ू

कृषि गित
आज हामी हिडेको किन                                                       लेखकः प्रमिला सुवेदी, कास्की
गाउघर किसान व्यूझाउन
वाली नालीहरू सवमा रोगकिराको वास
उत्पादनमा ल्याउने रैछ धेरै ठोला ¥हास
आइ. पि.एम तरिकाले यीनलाई भगायौ टाढा
यस्तो कुरा सुन्दा खेरी पार्छन कान ठाडा
हुन्न हजुर विषादी छर्न
गाउंघर दुषित वनाउन
जीवन धान्नेरासन पानी यै माटोले दिन्छ
रासायनिक मल विषादी यै माटोमा मिल्छ
हावापानी वातावरण दुषित हुदै गा छ
पछि यसले असर गर्छ मलाई यस्तै ला छ
माटो पानी विग्रदै गयो
अन्न धेरै फलेन के भयो
विषादीलाई न छर्को है किरा देख्ने भई
पछि तिनै मर्ने छैनन विष पचाउने भई
गाउ भरमै जे छ टिमुर, वोझो, तिते पाती
यसले पनि भगांउछन किरा यै छरेको जाती
जिउलाई आराम मिल्यो
गाँउघरमै पाइयो झन सजिलो
सयपत्रि फूल रोपौ खेत वारीमा टन्न
डर छैन मलाई कुनै राम्रो कुरा भन्न
ववरी र तुलसी पनि रोपौ डिल कान्ला
यस्को गन्ध(वास्ना) चलेपछि किरा आउन मान्ला
वारी भरि फुल फूल्यो रातै
मन मेरो रमायो चौपट्टै
विषादीको खर्च घटे हुन्छ धेरै फाइदा
स्वच्छ वाली खान पाइने लाग्यो मलाई काइदा
आई. पि.एम. लाई अंगालोमा कृषि हुन्छ दिगो
यति राम्रो प्रविधिको गरौं सवले सिको
म एउटाले कहां कहां जाउं
यै कुरालाई भन्दिनोस ठाँउ ठांउ
आज हामी हिडेको किन
गाँउघर किसान व्यूझाउन
समस्या मानिसका निम्ती अभिशाप होइन, यो त वरदान हो, यसैले तपाईको पलपलको परिक्षा गरिराखेको हुन्छ । जो केही गर्न चाहदैन उसलाई समस्याले सताउदैन् । अगाडि वढन चाहनेहरूको लागि जिन्दगीको हर घडिमा समस्याहरू आइरहन्छन् । क्षमतावानहरू समस्यासंग जुध्दै जान्छन तर मूर्ख तथा नालायकहरू यसवाट भाग्छन, अल्झिन्छन् गर्नेहरूलाई पनि विगार्न खोज्छन । समस्याहरू सुन्दर भविश्यका निम्ती अवसरहरू हुन् । काम गर्नेहरूका लागि समस्या नै भाग्यको अर्को नाम हो ।


रोजगारको स्रोत : छुट मूल्यमा पाइने सुपरमार्केट
सवै मानिसहरू एउटै तहका हुदैनन् । कोही धनी त कोही गरिव हुन्छन् । सवैले राम्रो खाने, राम्रो लाउने इच्छा हुदाँ हुदै पनि आफ्नो आर्थिक स्रोतले आफूले चाहे वमोजिम खर्च गर्न नसक्ने भएपछि पछि हटनुपर्दछ । प्राय सवै पसलहरू नफा कमाउने उद्देश्य रुवरुप खोलिएको हुन्छ र पनि सवैलाई आकर्षित गर्न भने सफल रहेका हुदैनन् । हाम्रो जस्तो गरिवी धेरै भएको मूलुकमा छुट मूल्यमा पाइने सुपर मार्केट खोलेर सेवा दिन सके उपभोगकर्ताहरूलाई प्रत्यक्ष फाइदा पुग्ने छ । भने कम नाफा लिई वढि विक्रि गर्न सक्नेलाई पनि फाइदा पुग्ने छ । त्यसैले तपाईहरू पनि यस प्रकारको सुपर मार्केट खोलि अगाडि वढन सक्नुहुन्छ ।
जर्मनका सवैभन्दा धनी व्यक्ति कार्ल अल्व्रेटले आफ्नो आमाको सानो खाद्यान्न पसललाई छुट मूल्यमा सामान पाइने सुपर मार्केटको रुपमा विकास गरी २७ अर्व डलर आम्दानी गरी जर्मनको सवैभन्दा धनी वन्न सफल रहे । त्यस्तै थेओ अलव्रेट जर्मन नागरिकले अमेरिकामा छुटमा सामान वेच्ने कम्पनिको सञ्जाल निमार्ण गरी २३ अर्व डलर कमाउन सफल रहेका छन् ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें