- कला
- दुनियाँमा हरकला भएर पनि कुरा गर्ने कला नभएमा मानिस कहिल्यै सफल र सामाजिक हुदैन । उखानै छ वोल्नेको पिठो विक्छ, नवोल्नेको चामल पनि बिक्दैन ।
- विनम्रताको कलाको मानिसले दुनियाँ जित्न सक्दछ । जस्तै, सकारात्मक भएर प्रस्तुत हुनु, वहस नगर्नु, मुस्कुराउनु
- संसारको कतिपय मानिसहरू विरोधी, स्वार्थी र मौकाको फाइदा उठाउन समय कुरेर वसेका हुन्छन तर पनि तिनीहरूलाई माया गर्नुपर्छ (यिखभ)
- तपाई जतिसुकै राम्रो काम गर्नुहोस तपाईलाई खराव भन्ने मान्छेहरू सवैठाउँमा देखा पर्छन तर पनि राम्रो काम गर्दै जानुहोस । किनकि उनिहरूको आफ्नो अपराध, खराव व्यक्तिगत स्वार्थ लुकाउन अरुलाई पनि आफू जस्तो उस्तै च्यापू ठान्दछन । हामीले यो बुभ्नु पर्दछ की समाजमा कोही अर्काको विरोध गर्नको लागि मात्र वाँचिरहेका हुन्छन ।
- तपाई जति सफल वन्ने प्रयास गर्दै जानुहुन्छ तपाईले झुठा लालछना पाउनुहुन्छ तर पनि अगाडि बढदै जानुपर्छ । त्यहि मानिस सफल वन्दछ ।
- तपाई आज मात्र होइन भोलि पर्सि पनि असल काम गर्दै जान पर्छ किनकि आजको समाजले भोलि तपाईलाई विर्सन सक्छ ।
- जो मानिस इमान्दारी र खुला छ उसले सधै दुःख पाउछ तर पनि इमान्दार र खुला बन्दै जानुपर्छ ।
- ठूला र महान विचार भएका मानिसलाई खराव तथा तल्लो विचार भएका मानिसहरूले भ्रम पार्न वा तल झार्न पनि कोशिस गर्दछन तर पनि ठूलो र महान विचार लिनै पर्दछ ।
- कुनै पनि विकास गर्न चानचुने सर्घषले हुदैन ठूलै प्रयास चाहिन्छ त्यसैले सघर्ष गर्ने कलाको विकास गर्नुपर्दछ ।
- कुनै कार्यको निमार्ण लामो सर्घषवाट उपलव्ध हुन्छ र विनास क्षणभरमै हुनसक्छ तर पनि निमार्ण कार्य सुचारु गरिरहनु पर्दछ ।
- मदत्त गर्दा गदै पनि तपाईलाई आक्रमण हुन सक्छ तर पनि मदत्त गरिरहनुपर्दछ किनकि मानिस वास्तवमै मदत्त चाहन्छ ।
- तपाईले जति सुकै सहयोग गर्नुहोस तर तपाईलाई सहयोग ग¥यो भन्दैनन् । तर पनि संसारलाई महान चिज दिदै जानुपर्छ जो तपाईले दिन सक्नुहुन्छ ।
- सफल हुनको लागि वोल्ने कला, योग्यता वा क्षमता भन्दा वढि महत्वपूर्ण हुन्छ ।
- कुनै पनि कार्य गर्दै जादाँ केही उन्नती भएको पाइन्छ तर पनि त्यो भन्दा अझ वढि राम्रो गर्न सक्छु भन्ने विश्वासका साथ अगाडि वढनुपर्छ । किन कि यो संसारका मानिसहरूले तपाईलाई आरोप लाउन मात्र होइन मार्न समेत पछि पर्दैनन् । जस्तै माहात्म गान्धी, अब्रामलिंकन, पण्डित नारायण प्रसाद पोख्रेल, क. मदन भण्डारी, राजा विरेन्द्रको वंश नाश ।
- सकरात्मक तरिकाले सोच्ने बित्तिकै अनेकौ कामहरू आफै पूरा हुन्छन । धेरै तनाव त्यसै समाप्त हुन्छ । वास्तवमा मानिसलाई धनले नभएर वुद्धिले मानिसलाई धनी बनाउछ ।
- “कुनै पनि देशको विकास अपरिहार्य रुपले ती मानिसको मनस्थिति र प्रेरणामा भर पर्दछ, जसमाथि राष्ट्रिय जीवनमा महत्वपूर्ण निर्णय गर्नेे जिम्मेदारी हुन्छ ।”
- निकोलस क्याल्डोर, विश्वप्रसिद्ध अर्थशास्त्री, अक्सफोड
रविवार, 19 अगस्त 2018
कला
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें