व्यक्तित्व विकासका लागि सामाजिक पक्ष
मानिस समाजिक प्राणी हो । समाज विना मानव जीवनको कल्पना पनि गर्न सकिदैन । समाजमा मानव मानव विचको सहि सम्वन्धनै सभ्य समाजको विशेष उपलव्धी हो । यही विचारलाई पश्चिमीले समाजमा उल्लेखित बिकास गरे भने पूविर्य, अफ्रिकी, र एशियन केही समाजहरूले सहि रुपमा मानविय सम्वन्ध कायाम गर्न नसक्नाले विकासको लहर ढिलो छायो, अझै कतिपय राष्ट्रहरू द्धन्दले ग्रसित अवस्थामा छन् ।
सोफोक्लीसको भनाइ अनुसार जो काम गर्दैन उसलाई कहिल्यै भगवानले मदत्त गर्दैनन । व्यक्तित्व र समाज विकासमा कुनै पनि निरन्तर कार्य भन्दा वलमान कुरा संसारमा केही पनि छैन । विना प्रयास उपलव्धी खोज्नु पनि महामूर्खाइ हो । समाजमा कसैलाई नोक्सानी पु¥याउनु भनेको आफैलाई नोक्सानी पु¥याउनु हो । व्यक्तित्व विकासको लागि त्याग चाहिन्छ । सफल तथा त्यागी व्यक्ति शुरुमा एक्लै हुन्छ, एक्लो र हेलित हुन्छ । आफ्नै परिवारवाट पनि असहयोग पाउछ । सवैले उसलाई चारैतिरवाट घेरेर राम्रा कार्यहरू गर्न दिदैनन, गरेपनि आफ्नै सम्पत्ति सकेर पनि कार्य सम्पन्न गर्न वाध्यता पार्दछन तर पनि त्यागि पुरुष हिम्मत हार्दैनन । समाजमा हर महान प्राप्ती साना साना जोडवाट प्राप्त हुन्छ । तर हर साना साना काम जोडिदै गएर महान प्राप्ती हुन्छ तर हर गल्ती सामान्य लापरवाहीले हुन्छ । तर गल्ती सामान्य चिज होइन, हर गल्तीले मानवले नयाँ नयाँ पाठ सिक्दै जान्छ । जुन व्यक्ति गल्ती गर्न डराउछ उसले राम्रो काम पनि गर्देन – साइरस
प्रकृतिले (भगवानले) मानिसलाई एउटा मुख र दुइवटा कान दिएको छ । यसको मतलव हामीले जति वोल्छौ त्यसको दुइगुना सुन्न दिइएको हो । भगवानले तपाईलाई टिभी हेर्न होइन टिभीमा देखिन वनाउनु भएको हो । सधै आफ्नो मनमा जितको बात गर्नुहोस, तपाईको सारा कमजोरीहरू हराएर जीवनमा उत्साह पैदा हुन्छ । राम्रो पुस्तकको अध्ययन, असल कुरा सुन्ने वानी, सहि संगत तथा विभिन्न कार्यक्रमहरूमा सहभागी हुनाले हामीमा नयाँ जिवनको लहरहरू पैदा भएको अनुभव गर्दछौं । तपाईको नयाँ सोचले सारा देशलाई आँखा खुलाईदिन सक्छ । आफूलाई सामाथ्र्यहीन ठान्नुनै सवभन्दा ठूलो पाप हो । समाजमा प्रकृतिले मानवलाई सिक्न सक्ने क्षमता दिएका छन् । सहि कुरा सिकिसकेपछि त्यसलाई व्यवहारमा लागू गर्न नचाहने, नगर्ने त पापी हो , धरतीको वोझ हो । जिउँदो मूर्दा हो । खतरनाक भाइरस हो । जिउँदो मूर्दाको मानव धरतीमा कुनै महत्व छैन् त्यसैले आफूले सिकेको, अनुभव गरेको सहि कुराहरूलाई व्यवहारमा लागू गर्नुपर्छ । लागू गर्ने मानिसनै सामाजिक प्राणी हुन त्यस्ता मानिसनै मानव हुन । हरेक मानवलाई नयाँ नयाँ रुप दिएर संसारमा महान काम गर्न पठाइएको हो ।
महान मानिसहरू र सम्पन्न समाज
संसारमै अति उच्चकोटीमा स्विसहरूलाई लिने गरिन्छ । यिनीहरूको अनुशासन, इमान्दारीता र नैतिकताकै कारण अति उच्चकोटीमा पुग्न सफल रहेका हुन् । सम्पन्न समाज भनेकोनै त्यहीका मानिसहरूको सकारात्मक सोचको नतिजा हो । सकारात्मक मानिसहरूनै महान मानिस हुन् । दिमाग पनि एक जंगल हो । जंगलमा विष पनि हुन्छ भने संजिवनी वुटि अथवा अमृत । सकारात्मक मानवहरू अमृत खोज्दछन् । सकारात्मक सोचको एक दिशा हुन्छ । यो एक सेतो वस्त्र सरह टलक्क टल्कीन्छ । सकारात्मक सोचले महामानवको निर्माण गर्दछ । कुनै पनि कुरा निर्माण गर्न जति समय लाग्दछ विध्वस गर्न क्षण भरमै सकिन्छ । सोच्नु दुनियाँकै सबैभन्दा गाह्रो काम हो,शायद यसैकारण एकदमै थोरै मानिस यो काम गर्छन र तिनीहरूनै महान बन्छन । (हेनरी फोर्ड ) जसले ठूलो सपना देख्छ उसैले सफलता प्राप्त गर्छ ।
धेरै मानिसहरू
संसारमा ८०% मानिसहरू मध्यम दर्जाको रहेको पाइन्छ । यिनीहरू सहि र गलत ठम्याउन नसकेर विचमै हराइरहेका हुन्छन् । आफ्नो विगतको गल्ती कमजोरी सम्झेर वाँकी जीवन पनि यस्तै हो भनेर राम्रा कार्य देखी टाढा रहन्छन । नयाँ विचार र समयको महत्वलाई बुभ्ने प्रयास गर्दैनन । यिनीहरू माथि पनि जान सक्दैनन, तल पनि जान सक्दैनन त्यसैले विचमै हराएर समय वर्वाद गर्छन । आफूलाई नकाम सम्झिन्छन । कहिल्यै पनि अवसरहरूलाई पछाउदैनन । अवसर वारवार आउदैन र अवसर सजिलोमा पनि आउदैन, अप्ठेयारो परिस्थितीमा धेरै मानिसहरू अडन सक्दैनन । यो दर्जाको मानिसहरू उद्देश्य हिन र दिशाहीन हुन्छन् त्यसैले कुनै अवसर देख्दैनन, खाली अरुको पछि दौडने र गफ गर्ने विभिन्न खेलमै रमाएर जिवन व्यतित गर्छन ।
कमजोर तथा नकरात्मक मानिसहरू
संसारमा करीव १०% मानिसहरू कमजोर तथा नकारात्मक धारण वोकेर बसेका पाइन्छ । नकारात्मक धारणा वोकेर वसेका मानिसहरूले विचको ९०% लाई भ्रम पारेर वसेका हुन्छन । नकारात्मक मानिसहरू जन्मजातै न्यायधिस हुन्छन । यी मानिसहरू नकरात्मक दृष्टिकोणले आफ्नो स्वार्थ पूरा गर्न खोज्दछन । हर कुरा असम्भव छ भन्दछन । असम्भवको कुरा मात्र समाजमा वाँडछन । यी पूर्णरुपमा स्वार्थी मानिसहरू हुन् । यी मानव समाजका खतरनाक भार हुन् । यिनीहरूनै खुट्टा तान्नमा माहिर हुन्छन । अरुको प्रगति देख्न चाहदैनन् । समाजमा कसैको सकारात्मक धारणको पनि प्रत्येक शव्दमा खण्डन गर्छन् । समाजमा प्रगती हुन दिदैनन, वुझेर वुझ पचाउने महा विद्धान मूर्खहरू पनि यो समूहमा पर्दछन् । यिनीहरू समाजका विष हुन् ।
सामाजिक विकासमा कोही पनि पहाड भएर अघि वस्नुहुदैन । वरु सकारात्मक सुझावहरू खोजी खोजी दिदै जाने वानी वसाल्नुपर्छ । नकारात्मक विचार वोक्नेहरू कहिल्यै माथि उठन सक्दैनन् । समाजमा नकरात्मक दृष्टि वोक्ने व्यक्तिहरू धेरै भए समाजको विकासमा प्रभाव पर्छ । विकासमा प्रभाव परे हामी माथि उठन सक्दैनौं । मानविय सम्वन्धमा राजनैतिक गर्नु हुदैन् । शेक्सपियरको भनाई अनुसार राजनैतिक त्यो प्राणी हो जसले भगवानलाई पनि धोका दिन्छ । क्षण भरको धोकाले मित्र पनि शत्रु हुन्छ । जीवनभरको संम्वन्ध चुडिन्छ । वषौ लगाएर वनाएको विकास क्षणभरमा ध्वस्त हुन्छ । समाजमा दुई प्रकारका मानिसहरू हुन्छन् । सकरात्मक र नकरात्मक, हामी कता लाग्ने हाम्रो सोच विचारमा भरपर्दछ । सकरात्मक सोचले सकरात्मक जीवन दिन्छ भने नकारात्मक सोचले नकरात्मक जीवन दिन्छ ।
समाजमा सकारात्मक मानिसहरूको आलोचना दुईवटा कारणले गरिएको पाइन्छ ।
१. अज्ञानता ः जव आलोचना अज्ञानताको कारणले गरिन्छ भने उसलाई सहि ज्ञान दिएर सजिल्यै सुधार्न र वन्द गराउन सकिन्छ ।
२. जलन ः जव आलोचना जलनको कारणले गरिन्छ भने त्यहाँ कुक्ष कालो नियत हुन्छ । त्यस्तो आलोचनालाई छिपेको प्रशंसाको रुपमा स्विकार गरिदिनुपर्दछ । आलोचकले आफू त्यो ठाँउमा हुन नपाइको झोकमा यो सवै आलोचना गरिराखेको हुन्छ भने त्यहा पुग्न नसक्नुको कारणले पनि आलोचना गर्दछ । जुन वृक्षमा धेरै फल लाग्छन, त्यसैमा सवभन्दा धेरै ढुङ्गा हानिन्छ । यो वर्गमा अरुको सफलता देख्न सक्ने क्षमता हुदैन । अझ नजिकको मित्रहरूलाई झन ठूला शत्रुका रुपमा देख्दछन । यिनीहरूमा डाह र औडाहकै कारण भित्रै भित्रै जलेर वसेका कारण अरुको सफल तथा राम्रा कार्यहरू देख्न र सुन्न चाहदैनन । हाम्रा अगाडि कतिपय व्यक्तिहरूले राम्रा सुझाव दिएका हुन्छन त्यसलाई खुला हृदयले स्वीकार गर्नुपर्छ । उच्चमानवहरू सकारात्मक आलोचनालाई स्वीकार गरेर आफूलाई सहि ठाँउमा पु¥याउछन । तर समाजमा सहि आलोचनालाई ग्रहण गर्नुको साटो झुठ्ठा तारिफ सुनेर समय वर्वाद हुन रुचाउछन् । नकरात्मक मानिसहरू अरुको उन्नती भएको देख्न चाहदैन । अरुको उन्नतीमा वाधक वन्ने प्रयास गरेर वस्दछन, दोस्रोव्यक्तिलाई कसरी तल झार्ने आदि विषय सोचेर जीवनको मूल्यवान समय नष्ट गर्दछन । मानिस यो कुरा वुझनु पर्दछ की अरुको उन्नतीको वाधा पु¥याउनु, ईष्या गर्नु आफ्नो उन्नतीको वाटोवाट पन्छिनु हो ।
मानिसको जीवन संयमित र सन्तुलित हुनुपर्दछ । सम्मानविना मानिसको सफलता गन्न सकिदैन । केवल आफ्नो लागि बिताइएको जीवन कुनै जीवन होइन । मनुश्यको जन्म परोपकारको निम्ती नै हो ।
- लक्ष्यले हाम्रो जिवनलाई अर्थ दिन्छ, यो सफलताको पहिलो पाइला हो । चाँदनी बन्ने लक्ष्य बनाउनुहोस, यदि अलिकति चुके पनि तारा त पक्कै वन्नु हुनेछ । तर जोतिषको कुरा सुनेर ग्रह गोचरका कुरामा भुलेर आफ्नो अमूल्य जिवनलाई खेर नफाल्नुहोस । – हेनरी फोर्ड
- चुनौतीपूर्ण लक्ष्यको सामना गर्नको लागि अन्तिम तत्व साहस हो ।
- साना योजनाहरू नबनाउनुहोस, त्यसमा मानव हृदयमा उत्साह भर्ने जादू हुँदैन् । ठूलो योजना वनाउनुहोस र पुरै आशाको साथ उचाईतिर वढनुस् र काम गर्नुस । विना कुनै योजना वा उद्देश्यको मेहनत र साहस पनि बेकार हुन्छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें