सोच/विचार
सोच सानो छ भने उपलव्धी पनि सानै हुन्छ । सोच महान भए उपलव्धी पनि महान नै हुन्छ । जस्तो सोचे त्यस्तै नतिजा प्राप्त हुन्छ । विश्वास नै जीवन हो विश्वासले नै सफलता प्राप्त गर्दछन् । दिमागले जुन कुरा सोच्दछ, त्यसलाई हृदयमा विश्वास गर्न सक्यो भने उक्त कुरा अवश्य पूरा हुन्छ । सकारात्मक सोच भएका मानिसहरूनै महान मानिस हुन् । दिमाग एक जंगल हो । जंगलमा विष पनि हुन्छ भने संजिवनी वुटी अथवा अमृत । महामानवहरू अमृत पत्ता लगाउदछन् । सोच विचारनै भाग्यको निर्माता हो । सकारात्मक विचार महान विचार हो । सकारात्मक सोचमा इच्छा शक्ति हुन्छ । इच्छा शक्तिनै सफलताको महत्वपूर्ण कुरा हो । तपाई हामी जे गर्न सक्छौ जे सोच्न सक्छौ वा जे गर्न सपना देख्छौ त्यो शुरु गरौं, जसले साहस गर्छ उसमा प्रतिभा, ताकत एवं जादु हुन्छ । बुद्धिमानहरू सधै आफ्नै निर्णयमा चल्दछन तर मूर्खहरू दुनियाँको विचारलाई पछ्याउदछन् । सोच्नुहोस, शुरु गरि हाल्नुहोस् । देखाजाएगा जे होला त्यही टरला भनेर हिम्मत गर्नुहोस कार्य जसोतसो सफल भैहाल्छ । जसले सोच्न सक्छ उसले निश्चय गर्न सक्दछ, उसैले प्राप्त गरेर छाड्छ । प्रसिद्ध उद्योगपति हेनरी फोर्डका अनुसार कुनैकाम गर्न संकल्प गर्नुभन्दा अघि राम्ररी सोच विचार गरेर मात्र संकल्प गर्नु वेश हुन्छ । यिनै हेनरी फोर्ड साइकल ममर्त गर्ने मजदुरवाट माथि उठेर विश्वको प्रसिद्ध कार निमार्ण गर्ने कम्पनिको मालिक हुन सफल रहे । विहान सवेरै उठेर गरेको सोच÷विचार सहि एवं उपयोगि हुन सक्छ । प्रसिद्ध अमेरिकी वैज्ञानिक प्रोफेसर गेट्स भन्छन खराव विचारले शरिर कमजोर हुन्छ । स्वस्थ्य विचारले मानिसलाई स्फूर्ताे दिन्छ । लामो आयु प्राप्त हुन्छ । त्यसैले खराव विचार पर्नै दिनुहुदैन । “स्वस्थ दिमाग स्वस्थ शरिर”, “स्वस्थ शरिर स्वस्थ विचार” । नर्मन विन्सेन्ट पीलले भनेका छन “तपाई आफ्नो वारेमा जस्तो सोच्नुहुन्छ, तपाई त्यस्तो हुनुहुन्न तर जे सोच्नुहुन्छ त्यही वन्नु हुन्छ”। सकारात्मक सोचका निम्न फाइदाहरू छन् । १. व्यक्ति हरेक क्षेत्रमा सफलता प्राप्त गर्दै जान्छ । २. जोश उत्पन्न हुन्छ । ३ं जीवनमा आनन्दको वहार आउँछ । ४. तपाईको वरपरका व्यक्तिहरूमा प्रेरण। मिल्छ । तपाई समाजमा महत्वपूर्ण योगदान दिने व्यक्ति र राष्ट्रकै सम्पत्ति वनेर जानुहुन्छ । महान दार्शनिक मार्केशले भनेका छन् । दुःख वा सुख हाम्रो आफ्नै विचारका परिणाम हुन् । राम्रो विचारहरूको अगाडि नराम्रा विचारहरू धेरै दिन टिक्न सक्दैनन् । सुकरातले भनेका छन्, धनवाट राम्रा सोचहरू पाइने होइन, तर राम्रा सोचहरूवाट धन पाउन अथवा कमाउन सकिन्छ । नकारात्मक सोच भएकाहरू सधै अर्काको आलोचना गर्छन् । साइत कुर्नुपर्ने कुरै छैन । मनको भगवान तपाई भित्रै छन् । उसैलाई सोच विचारका साथ सोध्नुहोस । परिश्रम र पसिनाको खेलमा साइत पर्खनु पर्दैन । उच्च विचार, सत्सङ्गग, सत् विचार, सत् कार्य । सेवाभाव । यी नै हाम्रो जीवनको आधार हुन् । विचार नै भाग्यको अर्का नाम । विचार सर्वशक्तिमान हुन्छ । सकारात्मक विचारमा इच्छा शक्ति महान छ । यसैमा सफलता छ ।
हामीले हाम्रो दिमागमा सकरात्मक सोचहरू मात्र जम्मा ग¥यौं भने फल पनि सफलै प्राप्त गछौं । यदि नकारात्मक सोचहरू जम्मा गरौं भने नराम्रो परिणाम मात्र प्राप्त गरिरहन्छौं । यो प्रकृतिको नियम हो । मान्छेको दिमाग वगैचा जस्तै हो । हामीले वगैचामा राम्रा राम्रा फूलहरू रोप्यौ भने वगैचा राम्रो हुन्छ । यदि नराम्रा विरुवा वा केही नरोपे त्यहाँ केही न केही त उम्रने छ । त्यो जंगल झारपात हुनेछ । यो प्रकृतिको नियम हो । हामीले धान कम रोपे कम काट्न पाउछौं धेरै रोपे धेरै काट्न पाउछौं हाम्रो दिमाग पनि ठिक त्यही हो । हाम्रो सहि विचारहरूनै अवसरलाई छोप्ने तत्वहरू हुन् । नकारात्मक सोच भएकाहरू सधै आलोचना गर्छन् । तर सकारात्मक सोच भएकाहरूले पलपलमा नयाँ नयाँ उपायहरू भेटाउदछन् ।
वास्तवमा हरेक व्यक्तिले गलत सोचलाई त्यागेर खोजपूर्ण सोचलाई सहि सदुपयोग गरेर मात्र आफ्नो जीवनमा सफलता पाउन सक्छ । मुख्यतयः सोचको निर्माणमा तिन तत्वले असर पारेको
हुन्छ । ति हुन ः– वातावरण, अनुभव र शिक्षा
वातावरण ः घरपरिवार, साथी, नातेदार, राजनैतिक, आर्थिक,सामाजिक,सांस्कृतिक, धार्मिक
अनुभव ः आफूले विगतमा गरेका विभिन्न राम्रा तथा नराम्रा कार्यहरूवाट
शिक्षा ः विभिन्न डिग्रीको शिक्षा, औपचारिक अनौपचारिक सभा, गोष्ठी, भ्रमण आदिवाट प्राप्त
नकारात्मक सोच भएकाहरू सधै अरुको आलोचना गर्दछन । नकारात्मक मानिसहरू प्रत्येक चिजमा खोट निकाल्ने कोशिस गर्दछन या त्यो काम जतिसुकै राम्रोसंग गरिएको किन नहोस तर पनि यिनीहरूलाई फरक प्रदैन किनकी यिनीहरू नकरात्मक रुपमा प्रस्तुत हुने पेशानै वनाइसकेका हुन्छन् । हामीहरू यस्ता मानिसहरू प्रत्येक अफिस, टोल, घरघरमा पाउँदछौं । गल्ती सच्चाउन गरिने सकारात्मक खण्डन त गर्नुपर्छ तर यहाँ आफूलाई मन नपरेको मानिसले जतिसुकै राम्रो काम गरे पनि खण्डन गरेर सताउने प्रचलनै भइसकेको छ जुन कुरा समाज विकासको लागि खतरान हुन्छ । राम्रा मानिसहरू गाँउवाट पलायन हुन्छन । नराम्रा मानिसहरूले विकासको वारेमा सोच्दै सोच्दैनन । सकारात्क सोच भएको समाजमा राम्रा शान्ति र विकासका कार्यक्रम भएको सुन्न पाउछौ भने नकारात्मक सोचले जरा गाडेको समाजमा झैझगडा, अशान्ति र विकासमा पछाडी परेको पाउदछौं । वास्तवमा जस्तो रोप्छौ, त्यस्तै काट्छौं । हामीहरू सहि वाटोमा रहीरहनको लागि हामीले आफ्नो मस्तिष्कमा शुद्ध खुराक दिन उपयुक्त हुन्छ । लगातार सकारात्मक शिक्षा आर्जनको लागि सकारात्मक विचारको जन्म हुनु पर्दछ । सकारात्मक सोच भएका व्यक्तिहरू लगातार अभ्यास गरेर शरीरमा भित्री तागतको भण्डार गर्दछन र कुनै वेला मैदानमा प्रयोग गर्दछन । यदि हामीहरूले सकारात्मक सोचलाई सधै वचाइराख्न विभिन्न वाहाना वनाउने वानी त्याग्नु पर्दछ । आजको काम आजै, अहिल्यै गर्ने वानी वसाल्नु पर्दछ । जुन काम अहिल्यै आज गर्न सकिन्छ त्यसलाई भोलि कहिल्यै भन्नु हुदैन । विलियम जेम्स भन्छन “यदि तिमी जीवनलाई वदल्न चाहन्छौ भने त्यसको शुरुवात आजैगर”
संंसारमा दुईखाले मान्छे हुन्छन । दिनेवाला र लिनेवाला । दिनेवाला राम्रो सोच्दछन । यिनीहरूमा उच्च आत्मसम्मानको भावना हुन्छ । यिनीहरूको हरेक कोडमा सोच सकरात्मक हुन्छ । यिनीहरू समाजको सेवा गर्न रुचाउँछन् । लिनेवालाहरूको भित्री स्वार्थ अर्कै लुकेको हुन्छ । यिनीहरू अर्काको सेवा गर्ने, समाजको सेवागर्ने नाटक गरेर आफ्नै लागि सेवा गर्दछन् । यर्थाथमा यस्ता प्रवृति वोकेकाहरूनै भष्टचारी, अज्ञानी र नकरात्मक धारणा राखेर वसेमा हुन्छन । अर्काको खुट्टा तानेर वस्न र केही न केही निउँ खोजेर वस्नमा आफ्नो अमूल्य समय वर्वाद गर्दछन् । सोच जस्तो हुन्छ फल पनि त्यस्तै प्राप्त हुन्छ । जति राम्रा राम्रा सोच आउछ विकास पनि रामैसंग हुन्छ । राम्रो सोचलाई सवैले इज्ययत गर्दछन् । मान्यता दिन्छन् ।
हरेक मान्छेको सफलताको शुरुवात मानवको भित्री इच्छावाट हुन्छ र आफ्नो सोचलाई उँचो राख्नुपर्दछ । नेपोलियनका अनुसार मानव स्वच्छ मस्तिष्कले जुन कुरालाई सोच्छ वा जुन चिजहरू माथि विश्वास गर्छ, एक दिन उसले प्राप्त गरेरै छाडछ । सुकरातका अनुसार गहिरो इच्छा प्रत्येक उपलव्धिको शुरुवाती विन्दु हुन्छ । सफल÷असफल व्यक्तिको इच्छा शक्तिमा भर पर्ने कुरा हो । ठूलो इच्छा शक्तिमा ठूलै र सानो इच्छा शक्तिमा सानै सफलता मिल्दछ । इच्छा त्यो सोच हो । जो गुणवान मान्छेलाई क्षमतावान वनाँउछ । धेरै धेरै मान्छेहरू गुणवान त हुन्छन तर नयाँ काम गर्न सामथ्र्यवान हुदैनन् । समाजमा सकारात्मक सोच भएकाहरू माथि केही व्यक्तिहरू आलोचनाको हिलो छयाप्छन र खुट्टा तान्न थाल्दछन । यदि हामी हाम्रो सोचलाई सहि ठाँउमा उपयोग गर्ने हो भने त्यस्ता व्यक्तिहरूसंग टाढै रहदा वेश हुन्छ । वास्तवमा हामी असलको संगत गरे असल, चोरको संगत गरे चोर र जोगिको संगत गरे जोगी हुन्छौं । जित्नको लागि तयार भए जित्छौ, हार्नको लागि तयार भए हाछौं । वास्तवमा हरेक सामाजिक प्राणीको जिम्मेवारी सर्व प्रथम समाजप्रति हो । दोश्रो परिवार प्रति हो र तेस्रो स्वयम आफूप्रति हो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें