पैसा कमाउने मन भए...
जसले राम्रा राम्रा कुरा सोच्दछ उसले सपना देख्दछ । राम्रा सपना देख्ने सक्नुपर्छ । जसले सपना देख्छ उसले नयाँ नयाँ सोचहरू ल्याउँछ । जसले सोच्दैन उसले धन कमाउनै सक्दैन । सोचले नै विचारको लहरहरू ल्याउछ । सोच्दैमा केही कुरा सम्भव छैन यसका लागि तपस्या पनि चाहिन्छ । तपस्या गरेर ल्याएको सोच कहिल्यै विफल हुदैन । असम्भव कुरा नसोच्नुहोस्् । आफ्नो शक्ति बुझेर सोच्नुहोस् त नसक्ने कुरै छैन । आज संसारमा मानवले जे साँचे त्यही पुगेको छ । भोलि अर्को सोचे पुन अर्को आविश्कार हुनेछ । हामी सोच्छौ पैसा छैन, साथी छैन, सहयोगि पनि कोहि छैन । कसरी संभव होला । हामी यस्तै यस्तै नै सोच्छौ । कल्पना गछौ अनि निराश वन्छौ, प्रयास गर्दैनौ । प्रयास नगरी सफल हुने भए यो संसारमा सवै सुत्थे । भाग्य छ भन्दैमा डोकामा दुध अडिन्छ र ? सुतेर दिन विताउनेको मुखमा आड लाग्दैन । कर्म गर अनि मात्र आश ।
आफूलाई विश्वास गर्नुहोस् । आफूलाई सम्मान गर्नुृहोस्, परिश्रमको आधार हो आस्था र विश्वास । आफैमा विश्वास नभए परिश्रम गर्ने शक्ति नै आउन सक्दैन् । नडराउनु होस्, सोच विचार गरेर वुद्धि खेलाउनुहोस्् अवस्था हेरेर काम गर्नुपर्ने पनि हुनसक्छ । आफ्नो आत्माको आवाज बुझेर आफ्नो काम पूरा गर्न कटिवद्ध भएर लाग्नुहोस्् ।
धैर्य राख्नुहोस् मनमनमा, साथमा आत्मविश्वास र प्रतिज्ञा गर्नुहोस् । अनि लाग्नुहोस् आफ्नै लक्ष्यमा । तपार्ईको भविश्य उज्ज्वल छ । वाधा आउन तपार्ईलाई पहाडले छेक्दैन । हावाले रोक्दैन । तपार्ईको योग्यता कम भयो भन्दैमा चिन्ता नगर्नुहोस्् । परिश्रम नछाड्नुहोस् । इमान नवेच्नुहोस्् । तपार्ईले चाहेको कुरा सुरक्षित छ ।
विर्सिदिनुहोस् पुराना असफताका कुराहरू । यदि तपार्ईमा पक्का आत्मविश्वास छ भने यस अघि धेरै असफता बाट गुज्रुक भएको छ भने अव निराश नहुनुहोस् तपार्ई भोलि पक्कै सफल हुनुहुन्छ । आत्मविश्वासले मानिसलाई शक्ति दिन्छ । यहि आत्मा विश्वास नै सफताको सुत्र हो ।
हामीमा आशा हुनुप¥यो र केही चाहना पनि हुनुप¥यो । आशा र चाहना विनाको परिश्रम अधुरो हुन्छ । तपार्ईको मनमा आशाको उज्यालो वत्ती छ भने जस्तो सुकै अप्ठ्यारा बाटोहरू पनि खुल्दछन । अव्राहम लिङकन अमेरिकाको राष्ट्रपति बनेका पनि आत्म विश्वासको कारणले हो । आत्मविश्वास अनौठौ शक्रि हो सफलता हासिल गर्ने कयौ असफताहरूसँग पनि जुध्न जान्नु पर्छ । कोलम्वस त्यसै अमेरिका पुगेका होइनन् । त्यसैले तपार्ईहरू पनि कुनै लक्ष्यमा पुग्न विभिन्न योजना वनाई अघिवढन् सक्नुपर्छ । दुःख भोग्नु पर्ने हुन्छ । लक्ष्य राख्नुहोस् तव मात्र पाइन्छ देवता ।
अहिलेको संसार सयौको परिश्रम र पसिनाको उपलब्धी हो । यो संसार त्यसै यस्तो भएको होइन । कयौ वैज्ञानिक र समाजसेवीहरूले पसिना बगाएका छन् । जसमा आत्मविश्वास छ, त्यहि सफल हुन्छ । संसार त विश्वासले जित्ने हो । डरुवाहरू सधैका हरूवा हुन् । विश्वास भए राम्रो नेता बन्न हिमालको उचाईमा पुग्न सकिन्छ । र समुन्द्रको गहिराइमा
सवै भन्दा पहिला मन नै बलियो हुनुपर्दर्छ । जे देख्यो त्यही ठीक, जसको कुरा सुन्योे उसकै कुरा ठीक भन्ने व्यक्ति सधै असफल त्यसैले मूल जरो समात्नु पर्छ । मूल जरो हो सफल वन्नु । मूल जरो हो आत्माविश्वास विचार छान्नुपर्छ, समात्न सक्नुपर्छ, अडिनुपर्छ त्यही विचारलाई अगाडि बढाउनुपर्छ । त्यसैले ल्याउँछ सफलता । शंकल्प गर्नुपर्छ शंका हटाउनु पर्छ । विश्वास बढाउनुपर्छ । विश्वास बढाउनुपर्छ तव मात्र हुन्छ सफलता आफ्नो मन दरोपारी आफू योग्य सम्झनुपर्छ । आत्मविश्वासले गर्दा तपार्ईलाई नयाँ नयाँ सोच सिर्जना गराउँछ । इच्छालाई अगाडि बढाउन निर्णयात्मक शक्ति नै चाहिन्छ । अनि आक्रमक गुण । यही हो नेता वन्न खोज्नुहोस् , नसोच्नुहोस् आफूलाई कमजोर, के देख्नु भएका छ हाम्रो देशमा सवै डिग्री हासील गरेका मन्त्रीहरू छैनन् । कोही त कुनै वेलामा क ख पनि जान्दैनथे । सही गर्न पनि बुढीऔलाको छाप लगाउनुपर्दथ्यो । अरुको पछि लाग्ने मात्र होइन, अरुलाई बाटो देखाउने बन्नुहोस् ।
केही कमी छैन यो संसारमा, प्रकृतिलेले सवैलाई शक्ति दिएका छन् । नमान्नुहोस् आफूलाई गरीव, तपार्ई सधै भाग्यवानी ठान्नुहोस् । भाग्य लेखेर आउने होइन आफैले बनाउने हो । हिड्नुहोस् कामको खोजीमा त्यसै तपार्ईलाई कसैले जागिर लगाइदिदैन् नत पैसा नै दिन्छन् । सोच्नुहोस् मसँग सवै कुरा छ भनेर । भगवान तपार्ईलाई सहयोग गर्नु पर्खिराखेका छन् । हिड्न शुरु गरे पो गन्तब्यमा पुगिन्छ नहिडे पुगिन्छ त ।
आशा गर्नुहोस् विश्वास राख्नुहोस् । तपार्ईलाई ठूलो लाभ हुन सक्छ । विहान सवेरै उठ्नुहोस्, योजना बनाउनुहोस् र काममा लाग्नुहोस् । दैनिक यसै गर्नुहोस् । तपार्ईमा रहेको सवै डरहरू हराउँछन् शंकाहरू मेटिन्छन । मनमा आवसे आव नयाँ विचार आउछ कीनकी जीवन विचार हो । यसो भएमा जीवनको सोच वदल्न सकिन्छ । समस्या समाधानको लागि नयाँ नयाँ सोचहरू उपायहरू – आँउन सक्छ । डर र त्रासले ढाकिएको छ भने उत्साह बढाउनुहोस् डर त भ्रम मात्र हो ? भ्रम लाई चिरदिनुहोस् बास्ता नगर्नुहोस् ् । पैसा तपार्ई कै अगाडि नाचिरहेको छ । वगिरहेको छ कोशीस गर्नुहोस् टिप्न कोशीसै गर्नुहुन्न भने कसरी पाइन्छ । हिम्मत गर्नुप¥यो , सोच्नुप¥यो विश्वास गर्नुप¥यो लगनशिलता हुनुप¥यो, तपार्ई कुनै काममा लाग्नु भन्दा पहिला सोच्नुहोस् अनि लाग्नुहोस् तपार्ईलाई कसैले रोक्दैन, कसैले छेक्दैन । आफ्नै काममा ध्यान दिनुहोस् काम मै तपस्या गर्नुहोस् अव कसो नहोला त । हावामा गफ उडाएर कोही धनी हुन्न । उपाय सोच्नु पर्छ काम गर्नुपर्छ । तव मात्र पाइन्छ सम्पत्तिको भण्डार ।
शुरु गरेका कार्य समयमै पूरा गर्छ भनेर थाल्नुहोस् तपार्ईमा अर्को फूर्ती बढ्छ । आत्मविश्वास नै सवभन्दा बलियो मन्त्र हो । यही हो ठूलो शक्ति कसैको मुख नताक्नुहोस् आफैमा दृढ हुनुहोस्् । कोही के भन्लान भनेर पछि नर्फकनुहोस् ? अरुका कुरामा वास्ता नै नगर्नुहोस् । आफ्नै काममा मात्र लाग्नुहोस् । आजको काम आजै सक्ने बानी वसाल्नुहोस् तपार्ईको मेहनत खेर जादैन । आफ्नो काम गर्नेलाई कसैले हेप्न पनि सक्दैनन् चेप्न पनि सक्दैनन् ।
समाजमा अनेक थरी मान्छे हुन्छन् । राम्राको मात्र संगत गर्नुहोस् । गाँउमा शहर गफ चुटेर नचाहिदाँ गफ गर्नेको कहिल्यै कुरा नसुन्नुहोस् , त्यसपछि तिनीहरू आफैै भाग्छन र एक्लो हुन्छन् । रिसडाँहा गर्ने फटाहा त कहाँ पो हुन्नन् र ? परिश्रमी एक त्यस्तो मन्त्र हो यसको फल सधै मिठो हुन्छ । विना परिश्रमबाट प्राप्त सम्पत्ति त्यसै नास भएर जान्छ । या राजनैतिक क्षेत्रमा होस् या सामाजिक क्षेत्रमा सफल हुन्न चाहिन्छ परिश्रम । परिश्रमलाई सवैले पुकार्दछन् ।
सत्य कथा
एक मान्छे जसले २१ वर्षको उमेरमा व्यापार घाटा व्यहोर्नु प¥यो । २२ वर्षको उमेरमा उसले एउटा चुनाव हा¥यो । फेरी २४ वर्षको उमेरमा व्यापारमा घाटा खायो । २६ वर्षको उमेरमा उसको श्रीमतीको मृत्यु भयो । २७ वर्षको उमेरमा उसको मानसिक सन्तुलन विग्रिएर गयो । ३४ वर्षको उमेरमा उसले काग्रेसको चुनावमा हा¥यो । ४५ वर्षको उमेरमा उसलाई सिनेटको चुनावमा हारको सामाना गर्नु प¥यो । ४७ वर्षको उमेरमा उपराष्ट्रपतिको चुनावमा असफल भए । ४९ वर्षको उमेरमा सिनेटको एक अर्का चुनावमा असफलता मिल्यो । ५२ वर्षको उमेरमा वल्ल अमेरिकाको राष्ट्रपतिमा विजय प्राप्त गरे । ति थिए अमेरिकका सोहौ राष्ट्रपति अव्राहम लिंकन । कतै तपाई पनि नेपालको अव्राहम लिंकन त होइन विचार गर्नुस । असफल भए भनेर चिन्ता नमान्नुहोस ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें