रविवार, 19 अगस्त 2018

‘परिश्रम र जीवन लक्ष्य’

‘परिश्रम र  जीवन लक्ष्य’

जवसम्म मानिसले कुनै लक्ष्य निश्चित गर्दैन तव सम्म कुनै पनि परिश्रम निरर्थक हुन्छ । लक्ष्य निर्धारण उपरान्त आत्मविश्वास उत्पन्न भएपछि मानिस भित्र रहेका शारिरिक एवं मानसिक शक्तिहरू स्वत ः वाहिरिन्छन र लक्ष्य उपलब्धी हेतु अग्रसर हुन्छन् । श्रम नै जीवन हो र आलस्य नै मृत्यु तसर्थ इच्छा पूर्तिको सवभन्दा सुलभ साधन परिश्रम नै हो । भाग्यवादी तथा कर्महीन पुरुषहरू सधै उच्चतम स्थान वा असल फल प्राप्त गर्दछन् ।
एक दिन अमेरीकी राष्ट्रपति लगफैलीले उन्नतिका रहस्य बताउदै भन्नु भएको थियो कि ‘‘परिश्रमी, रातमा पनि परिश्रम गर्दछन् जवकी संसार सुखको निन्द्रामा सुतिरहेको हुन्छ ।’’ परिश्रम गरिरहनाले उत्साह र सफलताको आशा, सुनौलो भविश्यको कल्पना तथा परिश्रम गर्ने बानी इत्यादी परिश्रमको शरीरमा जीवित पाइन्छ । परिश्रममा व्यस्तता नै परम–आनन्द हो । पिछडिएको मुलुकलाई स्वर्गमा परिणत पार्ने तत्व पनि परिश्रम नै हो । विग्रिएको जीवनलार्ई सुधार्ने औषधी पनि परिश्रम नै हो । परिश्रमरुपी विरुवाबाट सफलता, विश्वसनियता, पद, माया, ख्याति, आर्थिक सम्पन्नता, अमरता तथा सामाजिक देन इत्यादि फल पाउने आशा गर्न सकिन्छ । आलस्यले जीवनलाई खिया ल्याउन बेर छैन तसर्थ परिश्रमलाई स्वर्गको कल्पना गर्न सकिन्छ । भने आलस्य स्वत नै नर्क हुन जान्छ, त्यसैले राष्ट्रमा विरोधीहरूले कामगर्नेहरूलाई दुख दिन्छन ।
अव प्रश्न छ परिश्रम कस्तो हुनुपर्छ ? परिश्रम कुनै कर्कलाका पातमा अडिएको शितको थोपा होइन जो घाम (वाधा) आउना साथ समाप्त हुन्छ या यो कुनै तातेको पातलो टिन पनि होइन जो चाँडै सेलाइहाल्छ । चंचल प्रवृत्तिको मानिसमा मात्र परिश्रमको अस्थायित्व पाइन्छ , यो त जन्मदेखी मरण सम्म निरन्तर चलिरहने प्रकृया हो ।

विश्वका सात आश्चर्यका साथै चन्द्रमा तथा मंगल ग्रहमा पुग्न आँट गर्नेहरू समेत निरन्तर परिश्रम तर्फ नै निहुरीन प्ररित पार्दछन् । सोच विचार गरेर थालेको परिश्रमले मात्र उचित फल दिन्छ । विश्वमा भएका सवै क्रान्तिहरू पनि निरन्तर परिश्रमका उदाहरण हुन् । बेद पुराण, उपनिषद, रामायण र महाभारतमा पनि परिश्रमकै गुनगान गाईएको छ । पृथ्वीनारायण शाहले गरेको एकिकरण पनि अथक तथा निरन्तर परिश्रम कै फल हो । फेरी यसमा सत्यता के छ भने परिश्रम गर्ने बानी बसे पछि छुट्न गाह्रो पर्छ,। जुन व्यक्तिमा केटाकेटी देखिनै परिश्रम गर्नैवानी लाग्दछ । बुढाबुढी भएपछि पनि एक छिन खाली बस्न सक्तैनन् । भाग्यवाद केही हैन । परिश्रम रुपी कलमले आफ्नो भाग्य लेख्न सकिन्छ र परिश्रम बिना जीवनका कुनै पनि क्षेत्रको परिक्षामा सफलताको आशाराख्नु व्यर्थ हो । परिश्रम के का लागि भन्दा हामी सजिलै भन्न सक्छौ कि परिश्रम लक्ष्य सहितको सफलताका लागि ।

अव हामीले परिश्रम जीवन लक्ष्य सम्बन्धमा सोचेर लैजाँदा परिश्रम भन्दा पहिले लक्ष्य निश्चित हुनु अति आवश्यक छ । हाम्रा देशमा छात्र छात्राहरू शिक्षाको उच्च सपानामा पुगेर लक्ष्य निश्चित गर्दछन् । जसबाट कुनै आशलाग्दो फल प्राप्त गर्न ज्यादै कठीन हुन्छ , किनकी परिश्रम वल्लो छेउमा र लक्ष्य पल्लो छेउमा हुन्छ । लक्ष्य विहिन जीवन त विना ड्राइभरको गाडी जस्तै हो । जुन गाडी जहाँ पनि दुर्घटना ग्रस्त हुनसक्छ । तसर्थ समयमै जीवनको लक्ष्य निश्चित गरेर परिश्रम गर्नु नै वुद्धिमानी हुनेछ भन्ने मेरो विचार छ । लक्ष्य जीवनको प्रारम्भीक दिनमै निश्चित हुदाँ सफलता प्राप्तीमा ज्यादै सजिलो हुन्छ ।
कुनै वटुवालाई सोधौ ‘‘तपार्ई कहाँ जानु हुन्छ ?’’ उसले जवाफ देओस ‘‘खोई थाहा छैन’’ यो कस्तो हास्यास्पद कुरा हो । मान्छे बाटोमा हिडीरहेछ तर गन्तब्य स्थान थाहानै छैन । त्यस्तो हाम्रो समाजमा पनि परिश्रम गर्नेहरूको श्रम पनि वास्तवमा लक्ष्य विहिननै भएको जस्तो प्रतित हुन्छ । क्याम्पस पढ्ने विद्यार्थीहरूको लक्ष्य के त भन्दा अधिकृत, नासु पाइएछ भने ठीक छ नत्र कतै मास्टरी पाइहालिन्छ । तथा खेतीपाती कतै नजा , यस्तै नै जवाफ पाइन्छ । आफ्नो गन्तब्यको अतोपत्तो नै छैन भने परिश्रम किन त, अरे बाबा ः लक्ष्य त प्रेरणाको स्रोत पो हो त तपार्ई कुनै मानव रुपी मूर्तीमा अनुशासन, संयम, साधन, तिव्र इच्छा र कष्ट सहने शक्ति भर्नु छ भने त्यसलाई त्यसको जीवनको लक्ष्य जनाई दिनुहोस् , अनि हेर्नुहोस् । कठोर परिश्रम र लक्ष्य भई सकेपछि फल प्राप्तीबाट रोक्न भगवानको पनि क्षमता देखी वाहिरको कुरा हुन जान्छ । लक्ष्यले परिश्रममा उत्साह ल्याउँछ । लक्ष्य भए पछि मानवको क्षमता प्रकृति विचार आदि आँधी झै एकै दिशा तर्फ प्रवाहित हुन्छन् । तर लक्ष्य नै धमिलो नभएर प्रष्टै हुनु आवश्यक छ र उद्देश्य पनि ठूलै हुनुपर्छ । लक्ष्मी प्रसाद देवकोटाज्यू भन्नुहुन्छ । उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक अर्थात लक्ष्य चञ्चल भयो भने पनि पहिले गरेको परिश्रम खेर जान्छ । यो कुनै उडन्ते वादल होइन जता हावाले लग्यो उतै गयो । यो त पहाड झै दिगो हुनुपर्छ । लक्ष्य निश्चित भएपछि मानिस त्यसै माथि चिन्तन मनन गर्न थाल्दछ । कति मानिस स्वभावले नै सरलतातिर दुगुरी रहने हुन्छन् लक्ष्य निश्चित भएपछि यस्तो हुन पाँउदैन । कुनै चोकमा उभिएको व्यक्ति तव सम्म त्यहाँबाट कतै हिड्दैन जवसम्म मनमा कुनै लक्ष्य निश्चित गदैन । लक्ष्य प्राप्तिको जति तिव्रइच्छा हुन्छ मानिसमा त्यत्ति नै सहने क्षमता बढी हुन्छ । अर्थात परिश्रम र लक्ष्य एक अर्काको संगोत्री दाज्यू भाई हुन जस्ले मानवलाई मनचिन्ते झोली नै प्राप्त भएको भान गराउछन् । हामी गीतालाई साझी राखेर परिश्रम गरौं सफलताले हाम्रो पैताला चुम्ने छ किन की गीता भन्छ कर्मण्डय वादिका... ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें