रविवार, 19 अगस्त 2018

भाग्य के हो ?

भाग्य के हो ?
विचारले भाग्य बन्ने हो । विचार जता जान्छ भाग्य त्यतै जान्छ, विचार राम्रो भए भाग्य सप्रन्छ, विचार नराम्रो भए भाग्य विग्रन्छ । विचारले ठीक बाटो समात्न सक्यो भने भाग्य बन्यो गलत बाटो समात्यो भने विग्रियो । विचार नै भाग्यको अर्कोनाम हो । जो पनि सुख समृद्ध हुन चाहन्छ यसको लागि पहिलो शर्त हो विचारमा क्रान्ति ।

भाग्यमा भरपर्नु मूर्खता हो । आफै काम गर्न नसक्ने , भाग्यमा नाच्ने ? भाग्य त कमजोरीहरूको कथा हो । हो वरु तपार्ईको कामलाई अरु कसैले विगार्न खोजेको छ अप्ठ्यारो पारेको छ भने छिट्टैचिन्ने प्रयास गरेर आफूलाई के गर्ने तपार्ईको भित्री मनले भनेको छ त्यसैमा तनमन दिनुहोस्् । कसैको दवावमा गर्ने होइन , आफ्नो ईच्छा एउटा अर्कोको दवाव अर्को भयो भने असफल भइन्छ । अर्कोको सही कुरा त लिने मात्र हो विचार र अठोट त आफ्नै हो । काम कुनै सानो ठूलो भन्ने हुदैन । मानिसले सवै पहिला केही वोकेर ल्याउदैन, सवै कर्म गरेपछि पाउने हो । हो कोही सानै देखि स्वभावमा चलाख हुन्छन त कोही सिधा सोझा र कमजोर प्रवृत्तिका तर भविश्य सवैका लागि छ आफ्नो स्वभाव, विचार अनुसार यो संसारमा सवै चिज छ । त्यसलाई चिन्न मात्र जान्नुपर्छ ।  सव चिजको परिवर्तन गर्ने हामी सवैले हो । हामी भाग्यलाई दोष दिन्छौ , भगवानलाई दोष दिनु पाप हो । यी सवै व्यर्थका रोग हुन् । भगवान त सहयोगी हुन् । भगवानलाई दोष दिनु पाप हो । भाग्य सपार्ने अथवा भाग्य विगार्ने त्यो सवै तपार्ईको हातमा छ । असफल हुने कुरा सोच्दै नसोच्नुहोस्् । भाग्यको आविश्कार गर्ने त काँतर हुन् । काम नलाग्ने डरछेरुवा हुन ् अल्छी र काँतरको विषय हो भाग्य
कडा मेहनत

  • भाग्य को अर्को नाम कडा मेहनत र अवसरको  पहिचान हो ।  कडा मेहनतको कुनै विकल्प छैन् । तपाई जति वडि कडा मेहनत गर्नहुन्छ भाग्य तपाई प्रति त्यतिनै सहयोगी  – (हेनरी फोर्ड)
  • कडा मेहनत विना सफलता पाउन असम्भव हुन्छ । चराचुरुङ्गीहरूले खानाको लागि टाढा टाढा पुगी कडा मेहनत गरेर मात्र खाना प्राप्त गर्दछन् । त्यस्तै भिरपाखाहरूमा वच्नकै लागि वृक्षहरूले कडा संघर्ष गरिरहेका हुन्छन् ।
  • साना तिना उपलव्धिहरू हासिल गर्नका लागि पनि हामीलाई कडा मेहनत गनुपर्छ र तिनै साना उपलव्धीहरूनै ठूलाठूला कार्यहरूको वलियो जग हो ।
  • कडा मेहनत गर्ने मानिसहरूको उमेर, ज्ञान र शैक्षिक योग्यता जे भए पनि उनीहरूको माग जताततै हुन्छ ।

कडा मेहनत गर्नेहरू
हरेक समयलाई उपयोग गर्न खोज्दछन र लापारवाहीवाट टाढा रहन्छन् ।
जस्तो सुकै समयमा पनि नम्र हुुन्छन ।
कसैको निगरानी विना पनि कडा मेहनत गर्छन् ।
हरेक कुरा ध्यानले सुन्दछन र नीति निर्दशनलाई ठीक ठीक तरिकाले पालन गर्छन् ।
हंसमुख तथा शिष्ट, सरल हुन्छन ।
काम केवल कामको लागि नभएर परिणामको लागि गर्छन् ।
यो दुनियाँ पढेलेखेका अवुझहरूले भरिएको छ त्यसमा पनि नेपालमा झन वढि छन् । आफू भित्र नकारात्मक उर्जाको भण्डार जम्मा गरेका छन् । जुन कामको लागि तलव पाउँदछन त्यो काम त्यति गर्न पनि रुचाउँदैनन । कोही मानिसहरू जति काम गरे पुग्छ त्यति मात्र गरेर नोकरी वचाएर वस्दछन भने कतिपय मान्छे थोरै तलव पाए पनि त्यो भन्दा बढि काम गर्न रुचाउँछन् । विजेता(काम गर्ने) कहिल्यै थाक्दैन र थाक्ने व्यक्ति कहिल्यै पनि जित्दैन ।

वढि काम गर्दा निम्न फाइदाहरू हुन्छन् ।
कामले काम सिकाउने हुदाँ आत्म विश्वास वढेर जान्छ ।
अरु मानिसले लिडर मान्न र भरोषा गर्न थाल्दछन् ।
हामी जहाँ जसरी रहे पनि आफूलाई महत्वपूर्ण ठान्छौं ।
आफ्नो सर्कलका साथीहरू र माथिका हाकीमहरू सवै खुसी हुन्छन् ।
आपसी सहयोग बढदछ, गर्व महशुस हुन्छ र आत्म सन्तुष्टि मिल्छ ।
कडा मेहनत गर्नेलाई भगवानले पनि पुज्दछन , तिमी अगाडि वढ म पु¥याउछु भन्छन् ।
यहाँ वुझ्नु पर्ने के छ भने जस्तो काम त्यस्तै दाम । भोजन त्यतिकै मिल्दैन, जस्तो काम त्यस्तै दाम
धेरै मानिसहरू वढि काम गर्ने योजना वनाउनु भन्दा पार्टि र छुर्टिहरूको वारेमा योजना वनाएर समय विताउछन् ।
हरेक मान्छेमा जित्ने इच्छा त हुन्छ तर जित्नको लागि तयारी गर्ने इच्छा भने साहै्र कम मानिसहरूमा मात्र हुन्छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें