परियोजनाको रुप
proposal
नेपाल सरकार
स्थानिय विकास मन्त्रालय
सिंहदरवार, काठमाण्डौ
बाख्रापालन परियोजना
१) संस्थाको नाम ः भोलिको नेपाल
स्थापना मिति ः– २०५८
ठेगाना ः काठमाण्डौ , नेपाल
२. परियोजनाको नाम ः बाख्रापालन परियोजना
३. परियोजना स्थल
गा.वि.स. ः मेघौली वडा नं ७
जिल्ला ः चितवन
निर्वाचन क्षेत्र ः ४
अञ्चल ः नारायणी
४. परियोजना स्थलको परिचय ः–
चितवन जिल्लाको पिछडिएको क्षेत्रमा पर्ने मेघौली गा.वि.सको वडा नं ७ कार्यक्रम संचालन गर्ने स्थगलको रुपमा छनौट गरिएको पाइन्छ । यस गा.वि.समा ३० बाहुन क्षेत्री, ३० अन्य विविध जनजातिहरू वस्दछन् यस गा.वि.स.को जनसंख्या ८००० रहेको छ । अधिकांश जनताहरू वाढी पिडित सुकुम्बासीहरू छन्
प्रस्ताविक परियोजना स्थल मेघौली गा.वि.स. वाड नं. ६ मा २५ घर परिवार थारु जाति आर्थिक तथा सामाजिक रुपले पिछडिएका छन् । यस जातिको सामाजिक विकास, आर्थिक विकास गर्ने उद्देश्य स्वरुप संस्थाले यो कार्यक्रम प्रस्तुत गरेको छ । यस किसिमको कार्यक्रमले उक्त जातिको परिवारको आय आर्जनमा अभिवृद्धि हुने हामीले आशा गरेका छौ ।
५. कार्यक्रम क्षेत्रका विविध समस्याहरू ः
मुख्यतया विभिन्न समस्याहरू उक्त क्षेत्रमा रहेका छन् ।
क) यो क्षेत्रको प्रमुख पेशा कृषि हो । पुरानै शैलीबाट गरिएको कृषिबाट उत्पादन कम देखिन्छ ।
ख) ठूलो संख्यामा यस क्षेत्रका जनता निरक्षर छन् ।
ग) खेती वाहेक अरुकाम नहुनाले धेरै समय खेर गइरहेको छ ।
घ) सरसफई, स्वस्थ खाना, स्वच्छ पानी तथा परिवार नियोजनको जनचेतनामा कमी छ ।
ङ) आर्थिक कमजोरीको कारण वालवालिकाहरू शिक्षाबाट अलग छन् ।
६. परियोजना अन्तर्गत गरिने क्रियाकलाप
यस परियोजनाबाट स्थानीय थारु जातिका २५ परिवारहरूलाई उन्नत खालको वाख्रा वितरण गरी आय वृद्धि गर्ने नै प्रमुख कार्य हो । यो कार्यक्रमको सँगसँगै जनचेतना सम्वन्धी विभिन्न कार्यक्रमहरू पनि पर्दछन् ।
सदस्यता
१) २५ घर परिवारका प्रमुख व्यक्ति समावेश गरी एउटा समूह गठन गरिने छ ।
२) बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिने छ ।
३) प्राथमिक शिक्षा तथा स्वास्थ्य, परिवार नियोजन वातावरण संरक्षण आदि कार्यक्रमहरू सञ्चालन गरिने छ ।
७. परियोजनाको उद्देश्य
क) आयवृद्धि गर्नु
ख) आयवृद्धिबाट शिक्षा स्वास्थ्यमा लगानी गर्न सहयोग पुग्ने छ ।
ग) जनचेतना जनचेतना अभिवृद्धि
घ) मासुको अभावलाई पूर्ती गर्नु
ङ) सरल जीवन व्यतित गर्नु ।
८. परियोजनाको सहभागि र लाभाविन्त संख्या
कार्यक्रम क्षेत्रको कुल घरपरिवार २५
परिवार संख्या १३०
आवश्यक परिवार संख्या २५
सेवा प्राप्त गर्ने परिवार २५
कुल लाभाविन्त संख्या १२५
अप्रत्यक्ष १२५
लाभाविन्त समूह ग्रामिण समुदाय
९. कार्यान्वयन प्रक्रिया
यो कार्यक्रमको संञ्चालन समूहले आफै गर्दछ । समूहमा २५ जनाको समूह गठन गरिनेछ । संस्थाका सदस्य र समूहका व्यक्तिहरू मिलेर बाख्रा खरिद गरिने छ । बाख्राको गोठ खोर दाना सवै समूहलेनै गर्नपर्दछ । बाख्राद्वारा उत्पादित पाठा पाठिहरू मध्ये तिन महिना पछि १ वटा संस्थालाई दिनुपर्नेछ । यो पनि संस्थाको स्रोत मध्ये एक हो । अन्य भने समूहको पुरै हुन जान्छ । यो कार्यक्रममा आस्रित समूहलाई विभिन्न तालिमहरू पनि संचालन गरिन्छ । यी तालिमहरू समूहकै स्रोतमा निर्भर पर्दछ ।
१०. निरिक्षण प्रक्रिया
यो कार्यक्रम सहिढंगबाट संचालन भएको छ छैन सो को जानकारी पाउन प्रत्येक १५÷१५ दिनमा निरिक्षण गरिन्छ । समुहका प्रतिनिधि र संस्थाका प्रतिनिधि विच एक आपसमा भएका कुराहरूलाई छलफलवाट सुल्भाउने प्रक्रिया अपनाईन्छ र कार्य विवरण लिने कार्य गरिन्छ ।
११) मूल्याङ्कन विधि ः–
परियोजनाको अवधि १ वर्ष पूरा भएपपछि स्थानियबाट २ जना संस्थाबाट २ जना दातृ संस्थाबाट १ जना समेत गरी छ जनाबाट कार्यक्रमको मुल्याङ्कन गरिने छ ।
१२) कार्यान्वयनको संचालनको सम्पुर्ण जिम्वेवारी संस्थाको रहने छ ।
१३) विस्तृत बजेट विवरण
क्र.स. कार्यक्रम भोतिकलक्ष्य परिमाण दर संस्थाको सहभागिता जनसहभागिता माग रकम जम्मा
१. वाख्रापालन
१ बोका खरीद
२) बोका खरीद
३) खोर निर्माण
४ ढुवानी
छ) विविध –औषधी)
ख) प्रशासनिक सुपर भाइजर
क) परियोजनाको अनुमानित लागत .........................
ख) माग गरेको रकम .........................
ग) संस्थाको सहभागिता .........................
घ) जनसहभागिता .........................
१४) बैकिङ्ग कारीवारको विवरण खाताको नाम र नं.
बैकको नाम र ठेगाना
पेश गर्न – सम्पर्क व्यक्ति
पद
संस्थाको नाम
संस्थाको छाप
मिति ः –
यसै तरिकाले समाज कल्याण परिषद लगायत अन्य दातृ संघसंस्थाहरूमा पनि एगचउयकब िपेश गर्न सकिन्छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें