समय नै सम्पत्ति हो ।
समय त्यस्तो वस्तु हो, जसले सवैलाई कुर्छ तर पर्खिदैन । समयलाई प्रयोग गर्न नजान्नेले कहिल्यै प्रगति गदैनन् । व्यस्त मानिसहरूले प्रत्येक छण समयको सदुपयोग गरेका हुन्छन । युरोपतिर समय वर्वाद गदै कुनै मानिसले अरुलाई भुलायो भने उसलाई दण्डित गर्छन् । संसारमा कतिपय मानिसले समयलाई नै सम्पत्ति ठानेका छन् वास्तवमा हामीले जे जति प्रगति गछौ त्यो त्यहि समयको प्रगति हो । जो वहस गरेर समय खेर फाल्छन् तिनलाई मूर्ख भन्छन् । हामीहरू जागिर खान्छौ के का लागि, पैसाको लागि, पैसा कसरी पाउँछौ ८ घण्टा वरावर समय हामीले खर्च गरेका छौ । यदि जति वढी समय दिउँ त्यति वढी रकम कमाउछौ । यो सवै समयको कमाल हो । हामीले १ घण्टामा एउटा शर्ट सिलाउदा रु २० कमाउछौ भने १ घण्टा वढि काम गर्दा अर्को २० कमाउछौ । हामीले दैनिक १५ घण्टा काम गर्न सक्छौ । हामी यति दैनिक काम गरेका छौ त ? पछाडि भर्खर ह¥यौ । सायद तपार्ईले आफ्नो समय दिनमा १०–१०० जनासँग गफ गरेर विताउनु भयो होला । त्यसैले धनी कसरी हुने ? गफ पनि आफ्नो व्यापार व्यवसायको लागि भएको छ भने त राम्रै हो ।
समयको सदुपयोगले नै मानिस धनी बन्छ । नेपोलियन केवल ४ घण्टा सुत्दथे, गान्धी ४ वजे भन्दा पहिला उठ्दथे । हाम्रो देशका विनोद चौधरी ग्रुपलाई हे¥यौ उहाँकहिले कहाँत कहिले कहाँ । उहाँलाई एकछिन फुर्सदै छैन् । जसले समय चिन्छ उसैले प्रगति गर्छ । संसारमा जे जति व्यक्तिहरू धनी भएका छन् सवै समयलाईनै चिनेर भएका छन् । विल गेटस, हेजरी फोर्ड वा रक फेलर यी केही उदाहरूण मात्र हुन । तपार्ईले समयलाई चिनेर कुन समयमा के गर्ने भने योजना वनाउनुभयो र योजना अनुसार निरन्तर लाग्नुभयो भने एकदिन तपार्ईको अगाडि महल, गाडी र सुविधाका सामानहरू तपार्ईको अगाडि आउँछन् ।
जति धेरै समय उपयोग गर्नुहुन्छ त्यति धेरै पैसा कमाइन्छ । यो सवैलाई थाहा भएकै कुरा हो किन आज विभिन्न कम्पनिहरूले दिनरात कम्पनी चलाउछन् । त्यसैगरी जति धेरै ओभरटाइम काम ग¥यो त्यति मजदुरले पैसा कमाउछ । सेकेण्ड सेकेण्डको मुल्य हुन्छ । विदेशमा गएका नेपालीहरूले वास्तविक पैसा कमाउने भनेको नै दिनको आठ घण्टाको अतिरिक्त बाँकी जति धेरै काम ग¥यो त्यही पैसानै बच्ने हो । यदि बाँकी अवधि काम गरेनौ भने पैसा वचाउन मुस्कील हुन्छ किनकी त्यहाँको वातावरणमा घुलमिल गर्दा पैसा वच्न गा¥हो हुन्छ । समयको व्यवस्थापन गरी सधै हाँसीरहने सहयोगीहरूको गतिविधिवाट शिक्षा लिन सकिन्छ ।
आफूले आफूलाई व्यस्त गराउन कुनै पनि कामलाई ठूलो सानो ठान्नु हुदैन् । जोगिले त जति धेरै समय खटछ त्यति धेरै कमाउछौ भने त हामीहरू आफ्नो पाखुरा खियाएर कमाउने हो । त्यसैले कुनै पनि कामलाई सानो ठूलो ठान्नु नै गलत मानसिकता हो । तपार्ईलाई यस पुस्तकमा कुनै पनि उद्योग संचालन गर्ने वा देखासिखीमा गर्ने सकिने कार्यहरूको वारेमा विभिन्न उपायहरू दिइएको हुनाले तपार्ईलाई अब कुनै समस्या नै छैन । विचार गर्नुहोस्् । समय वर्वाद नगर्नुहोस्् । समयको महत्व ठूलो छ । एकछिन विचार गर्नुहोस् त तपार्ईलाई कसैले सहयोग गर्छु वा गर्देन भनेको समय । सायद त्यो समय केही सेकेन्डको मात्र हुनसक्छ । तपार्ईलाई कसैले राम्रा विचारहरू दिइको वारे हुनसक्छ । तपार्ईलाई कसैले कुनै कार्य गर्न भनेर पैसा ऋणमा दिएको हुनसक्छ वा कसैले तपार्ईलाई जागिर । यी सवै केही सेकेन्ड भित्रका कुराहरू मात्र हुन् । सफल असफल सबै समयको खेल हो । तपार्ई समयको प्रयोग गर्नुहुन्न आफ्नो काममा ध्यान दिनुहुन्न भने दोष कसको । समय चिन्न जान्नेले नियमको पनि पालना गरेको हुन्छ । आ–आफ्ना संघसंस्था, व्यवसायिक फर्महरूको आ–आफ्नै नियमहरू पालन हुदै जान्छन् । र नयाँ नयाँ नियमहरू सिर्जना हुदै जान्छन् ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें