रविवार, 19 अगस्त 2018

इच्छा

इच्छा

इच्छा गर्नुहोस्, उपाय निस्कदै जान्छ । “जहाँ इच्छा त्यहाँ उपाय” यो भनाई हो एउटा दाउरा काटेर वेचेर गुजारा चलाउने व्यक्तिको छोरा अव्राहम लिङकनको हो, तिनै व्यक्ति अमेरिकाका सफल सोझै राष्ट्रपति वन्न पुगे । दृढ ईच्छाशक्ति एवं आत्मविश्वाससंग आफ्नो समग्र योग्यताहरूलाई इच्छित लक्ष्यमा एकाग्र गर्नाले नै सफलता प्राप्त हुन्छ । इच्छा त्यो सोच हो जो गुणवान मान्छेलाई क्षमतावान वनाउछ । धेरै धेरै मान्छेहरू गुणवान त हुन्छन तर सामाथ्र्यवान हुदैनन् ।

हरेक मान्छेको सफलताको शुरुवात मानवको भित्री इच्छावाट हुन्छ र आफ्नो सोचलाई उँचो राख्नुपर्दछ । नेपोलिएनका अनुसार मानव स्वच्छ मस्तिष्कले जुन कुरालाई सोच्छ वा जुन चिजहरू माथि विश्वास गर्दछ , एकदिन उसले प्राप्त गरेरै छाडदछ । सुकरातका अनुसार  गहिरो इच्छा प्रत्येक उपलव्धिको शुरुवाती विन्दु हो । सफल असफल व्यक्तिको इच्छा शक्तिमा भरपर्ने कुरा हो । ठूलो इच्छा शक्तिमा ठूलै र सानो इच्छा शक्तिमा सानै सफलता मिल्दछ । इच्छा शक्तिनै महान हो । सोच÷इच्छा जस्तो छ फल पनि त्यस्तै प्राप्त हुन्छ ।
प्रसिद्ध किताव ‘आमा’ का लेखक म्याक्सिम गोर्की एक गरिव परिवारमा जन्मेका थिए । उनी ७ वर्षकै उमेरमा अनाथ भए । खाते जीवन विताएका यी व्यक्तिले कुनै औपचारीक  शिक्षा पनि लिएका थिएनन् । कुनै दिन बाँच्नको लागि सडकमा फालिएका फोहर सामान बटुल्थे । कुल्ली काम गर्दथे वाटो खेत खन्दथे । कुनै दिन मेरो पनि पालो आउला वा महान बन्न सक्छु भन्ने आत्मविश्वास र इच्छा शक्ति वोकेको तिनै व्यक्ति लेखक म्याक्सिम गोर्कीको नामले विश्वप्रसिद्ध वने । जित्ने वा सफल हुने इच्छा सवैमा हुन्छ तर सफलताको लागि तयारी गर्ने इच्छा कम मानिसहरूमा हुन्छ ।

इच्छा शक्तिको स्थिरता र निरन्तरताले नै मानिसलाई त्यो शक्ति प्राप्त हुनसक्छ जसवाट उसलाई प्रसन्नता र सन्तोष प्राप्त हुन सक्छ र उसले आफ्नो जिवनलाई नियन्त्रण गर्न सक्छ । मानिस इच्छा शक्तिको माध्यमले प्रेरित भएर तथा आफ्नो दिव्य स्वभाव एवं गुणले मार्गदर्शन प्राप्त गरेर आफ्नो सवै मनको विषय विकारलाई टाढा भगाउन सक्छ र फेरी आनन्दमय लोकमा विचरण गर्न सक्छ । प्रकृतिले जीवन रुनको लागि होइन, अपितु निःस्वार्थ सेवाको लागि दिइएको हो । यसलाई प्रसन्न राखेर जो जिउन सक्छ, चाहन्छ उही महामानव ।

शल्डन गेरी अडेल्सन
सन १९३३ मा जन्मेका शल्डन गेरी १२ वर्षको हुदाँ आफ्नो पत्रिका वेच्ने पसल शुरु गरे । उनी पछि एक दलाल लगानी सल्लाहकार तथा वित्तिय परामर्शदाता भए । उनले साना साना नानीहरूलाई दिशा गराउने सामानको व्यवसाय शुरु गरे । सन १९६० मा ट्राभल व्यवसायको काम साथीसंग मिलेर शुरु गरे । पढन कलेज गए पनि पढाइ भने सक्न पाएनन् । उनले प्रर्दशनी सेन्टर खोलेर नयाँ व्यवसाय शुरु गरे । यसै क्रममा मकाउमा हनिमून मनाउन जादाँ एउटा ठूलो रिसोर्ट खोल्ने इच्छा व्यक्त गरे र योजना वनाए
उनले चिनमा २००४ मा क्यासिनो खोले । उनको कम्पनि पव्लिक कम्पनि भएकोले शेयर वजारमा सूचीकृत भयो । शेयर वृद्धिले उनको सम्पत्ति १४ गुनाले वृद्धि भयो । हाल उनले मकाउमा २ अरव डलरको लगानीमा ठूलो रिसोर्ट खोलेका छन । उनले हाल अवौं डलर समाजसेवामा पनि लगाएका छन । यसरी उनी अमेरिकी अरवपति वनेका छन् । इच्छा गर्नुहोस, पूरा हुदै जान्छ । कामै नगरे केही फल प्राप्त पनि हुदैन र कसैले पनि तपाईलाई खोज्न आउदैन् । कामकै दौरानमा धेरै राम्रा नराम्रा सवैसंग भेटघाट हुन्छ । अनि अवसरहरू पनि त्यही भेटिदैजान्छन् । नत्र कौन पुछेका खेसडीका दाल भन्ने उखानको चरितार्थ हामीसंगै पर्छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें