रविवार, 19 अगस्त 2018

अन्तर्वाता दिन जादै हुनुहुन्छ ? विचार गर्नुहोस्् ।

अन्तर्वाता दिन जादै हुनुहुन्छ ? विचार गर्नुहोस्।
१) कुन संघसंस्थामा र कुन पदमा अन्तर्वाता दिनगैरहनु भएको छ त्यसतर्फ शुरुमै अध्ययन गर्नुहोस् ।
२) पदको कार्य वा प्रकृति बुझेर त्यस सम्वन्धी हरेक सवाललाई प्रष्टसँग उत्तर दिन सक्ने गरी आफू स्पष्ट बन्नुहोस्् ।
३) अन्तर्वातामा जहिले पनि आफूले जानेको कुरा निर्भिकता पूर्वक सभ्य र शिष्ट भाषामा व्यक्त गर्नुहोस्, यदि जानेको कुरा पनि राम्रोसँग व्यक्त गर्न सकिएन भने जति सुकै जान्ने सक्षम व्यक्ति पनि असफल हुन्छ ।
४) अन्तर्वाता दिन जाँदा सफा सुग्घर पोशाक मिलाएर जानुहोस् त्यहाँ तपार्ईको सम्पूर्ण साइडमा अवलोकन गरिएको हुन्छ ।
५) अन्तर्वाता दिदाँ जहिले पनि सकरात्मक उत्तर र व्यवहारले वढि महत्व दिने हुदाँ यस तर्फ ध्यान केन्द्रित गर्नुहोस्् ।
६) तपार्ईको अन्तर्वाता लिने व्यक्तिहरूले तपार्ईको कमजोरी पत्ता लगाउन विभिन्न उटपट्याङ्ग प्रश्न पनि सोध्न सक्छन त्यसैले नआत्तिनुहोस्् उत्तर साह्रै सरल तरिकाबाट दिनुहोस्् । यदि जानिदैन हो भने त्यस तर्फ ज्ञान नभएको जानकारी गराउनुहोस्
७) तपार्ई अन्तर्वार्ता कक्षमा प्रवेश गरेदेखि त्यहाँ बस्दा  निस्कदाँ सम्म तपार्ईको परिक्षा भइरहेको हुन्छ त्यसैले यी सवै कुरामा ध्यान दिदै सभ्य र शिष्ट तरिकाले प्रश्नहरूको उत्तर दिदै जानुहोस्् ।
८) पुरुष व्यक्तिहरूले नङ,कपाल, दाही आदि काटेर महिलाहरूले साधारण ड्रेसर, तडग भडक हेयर स्टाइलले तपार्ईलाई असफल तिर धकेल्छ । सकेसम्म नोकरीसित सम्बन्धि हुने खालको पोशाक लगाउनाले राम्रो हुन्छ ।
९) उत्तर दिदा हो र होइन मात्र नभनी सम्वन्धीत विषयमा प्रवेश गरी अति सरल र छोटो उत्तर दिनुहोस्् । जुन पदमा तपार्ई अन्तर्वातामा जाने हो त्यो अति सरल र छोटो उत्तर दिनुहोस्् । जुन पदमा तपार्ई अन्तर्वातामा जाने हो त्यो विषयमा पूर्व जानकारी हुन अत्यन्तै आवश्यक हुन्छ ।
१०) अन्तर्वाता लिने व्यक्तिहरूलाई पूरा अन्तर्वाता समय भरी आफूतिर ध्यान आकर्षित गर्ने प्रयास गर्नुहोस्् ।
११) अन्र्तवार्तामा सोधिने प्रश्नहरू धेरे जसो सरलै हुन्छन् । त्यहाँ तपार्ईको विचारहरू, योग्यता, संस्थामा भइसकेपछि गरिने कार्यहरू, पूर्व संस्थामा कार्य गरेका अनुभवहरू तपार्ईको इच्छा र तपार्ईको आनिवानी तथा असल खराव गुणहरू कै वारेमा प्रश्नहरू  राखिएका हुन्छन् । त्यसैले अन्र्वातामा जाँदा आर्तिनु प्रदैन सवैजना म जस्तै हुनुहुन्छ भन्ने सोच्नु होस्् । तपार्ई भित्र ठुलो शक्ति छ , त्यो शक्तिलाई खेर नफालनुहोस् समयलाई चिन्नुहोस् , समयलाई प्रयोग गर्न जान्नुहोस् यहीमा कल्याण छ । यो संसारमा गर्न नसकिने कुरा केही छैन । अहिलेको संसारको निर्माण तपार्ईहरू जस्तै मानिसहरूले नै बनाएका हुन् । दैनिक नयाँ नयाँ कुराहरू सोच्नुहोस् योजना बनाउनुहोस् र कार्यमा लाग्नुहोस् । तपार्ई कुनै संस्थामा हुनुहुन्छ भने सो संस्था बलियो हुन्छ र तपाईको वृद्धि हुदै जान्छ । यदि व्यवसाय गर्नु भएको छ भने  तपार्ईको व्यवसाय नै सफल हुन्छ र इज्ज्यत, धन सम्पत्ति प्राप्त हुन्छ ।
देशमा  भएका स्रोत साधन पहिचान गर्न सक्ने दृष्टिको कमि र तिनलाई परिचालन गर्न सक्ने प्रबन्ध कुशलता र उच्च मनोवल भएका नेतृत्वहरूको कमि र हाम्रो दृढ इच्छा शक्ति र इमान्दारिताको कमि हुनाकै कारण पनि हामी बेरोजगार, गरिवी, अशिक्षीत र संसारकै दोश्रो असफल राष्ट्र हुन वाध्य भएका हौं । यता तिर कसैको ध्यान नजानु विडम्वानानै मान्नु पर्छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें