देखासिखीवाट गर्न सकिने कार्यहरू
वसपार्क वसस्टेसनहरू खाना खुवाउने ठाँउ मुख्यतया मानिसहरू भिडभाड हुने ठाँउहरूमा विभिन्न सामानहरू वेचेर रोजगारी बन्न सक्छौ ।
- खाने पानी वेचेर (मिनरल वाटर )
- पत्रपत्रिका वेचेर ( दैनिक पत्रिका, साप्ताहिक, पाक्षिक तथा मासिक )
- खेलौनाका सामानहरू
- घडि रेडियो लाइटरहरू
- फलफूलका आइटमहरू
- विभिन्न प्रकारका चुरोटहरू
- प्लाष्टिकका सामानहरू
- विभिन्न कपडाका सामानहरू वेचेर
- च्याउच्याउ विस्कुट चक्लेट चुइगम वेचेर
- गुदपाक, मिठाईका प्याकेटहरू वेचेर
- वसपार्क एरियामा वसका यात्रीहरू खोजेर
- साना साना घुम्ती पसलबाट खानाका परिकार लगायत चिया कफी वेचेर
यसका लागि तपार्ईसानो रकम २००–३०० बाट काम गर्न सक्नुहुन्छ । काम कुनै पनि सानो÷ठूलो हुदैन केही समय कोशीस त गनुहोस्् । कामले काम सिकाउछ तपार्ई दैनिक रुपमा कमाएको पैसा वचत गर्दै जानुहोस् । सजिलो र वढी आम्दानी हुने कामको पनि खोजी गर्दै जानुहोस् तपार्ईको सफल जीवनको दिन शुरु हुन्छ ।
सिजन अनुसारको व्यवसाय गर्नुहोस् ।
जस्तै ः
दशैमाः नयाँ नयाँ साना÷साना नानीहरू देखी ठूला÷ठूला व्यक्तिहरूले लगाउने कपडाहरू ब्ोच्नुहोस् (रेडिमेड तथा कटपिट ) यसका लागि होेलसेल विक्रेता कहाँ जानुहोस् र पछि फिर्ता हुने गरी केही मात्रामा सामानहरू लगेर वेच्नुहोस् । यदि चाहनुहुन्छ भने विशेष ठाँउ खोजेर त्यही सधैभरी सामान वेच्दा पनि हुन्छ यो सवै तपार्ईमा नै भरपर्छ ।
तिहारमा ः भाइटिका पूजा, लक्ष्मी पूजामा प्रयोग गरिने सामानहरू वेच्नुहोस्, प्रसस्त आम्दानी गर्नुहोस्् ।
जाडो मौसममा ः सुइटर जाकेट , गरम टोपीहरू ब्ोच्नुहोस्
वर्षाको समयमा ः छाता रेनकोट आदि वढी मात्रामा वेच्नुहोस् ।
गर्मीको महिनामा ः विभिन्न साइजका गन्जी , टीसर्ट हाफ पेन्टहरू वेच्नुहोस्् ।
यी त साधारण उदाहरण मात्र हुन । यदि तपार्ई पक्कैपनि केही गरेर वस्ने विचार गर्नुहुन्छ भने कमसेकम दुईचारवटा शहरहरू केही दिन लगाएर घुम्नुहोस्् तपार्ईमा केही न केही गर्ने उपाय निस्कन्छ । खाली तपार्ईहरूको जोश जाँगर र परिश्रमको मात्र खाँचो छ ।
मान्छे सानो र जीवन वेकारको हुदैन, त्यसै गरी कुनै काम पनि सानो र तुच्छ हुदैन ।
फोटोहरू वेच्नुहोस् ।
आजभोलि बजारमा विभिन्न साइज (आकारमा) भगवानहरूको फोटो, हिरोहिराेियनहरूको फोटो विभिन्न दृष्यहरूको फोटोहरू निस्केका छन् त्यसलाई तपार्ई सानो तिनो फ्रेम बनाई अथवा नवनाई पनि वेच्दै हिड्नुहोस्् । हिडदा हिडदै चोकमा केही समय वेच्दै वस्नुहोस् यो खासगरी ग्रामिण क्षेत्रमा वेच्दै हिडी चोकमा भुईमा विछाएर पनि वेच्न सक्नुहुन्छ । तर बजारी क्षेत्रमा निशेधित क्षेत्र वाहेक अन्त वेच्न सक्नुहुन्छ । यस प्रकारले वेच्दै हिड्दा बजारमा केही समय पछि पसल पनि खोल्न सक्नुहुन्छ । काम गदै जादाँ तपार्ईलाई हिम्मत आँट जोश जाँगरको वृद्धि हुदै जान्छ । कहिले काँही सामान विक्री भएन भनेर हिम्मत नहार्नुहोस् ।
ध्भद एजयलभ र ःयदष्भि
दुरसंचारले उपलब्ध गराएको मोवाइल होस् वा यू. टि. एल ले उपलब्ध गराएको वार्लेस फोन होस् ति दुवै लिनुहोस् र विशेष चोक, पार्क, व्यापारीक क्षेत्र, वसपार्कहरू तथा मेला प्रर्दशनीहरूमा यी उजयलभ सेवा संचालन गर्नुहोस् । यो एक घुमफिर गर्दै गर्न सकिने सरल पद्धतिको कार्य हो । जसबाट तपार्ईको दैनिक गुजरा चल्नुको साथै आम्दानी पनि प्रसस्तै हुन्छ । यो व्यवसायको लागि साइकल लिएर एकठाँउबाट अर्कोठाँउमा गई गर्न पनि सकिन्छ । तपार्ई सानोतिनो काठेवाकसमा सामान राखेर पनि विक्री गर्न सक्नुहुन्छ । सवै मोवाइले रिचार्ज कार्ड मात्र वेचेर वा ट्रान्सफर गरेर पनि अहिले हातमुख जोर्ने अवस्था भैसकेको छ ।
ठेलागाडाबाट तरकारी विक्री वितरण
खासगरी हामीहरूलाई चाहिने दैनिक उपभोगको सामानहरू मध्ये तरकारी पनि एक हो । यसका दैनिक हजारौ ग्राहक हुने गर्दछन् । विभिन्न प्रकारका तरकारीहरू छानो राखीएका ठेलागाडा तीनपाङ्गे रिक्सा, आदिबाट विहान वेलुका वेच्न सकिन्छ । भने दिउँसो अर्को काम पनि गर्न सकिन्छ । हाम्रो देशमा यो कार्य गर्न छिमेकी देशका जवानहरू आएर काम गरेका छन् भने हामी त आफ्नै देशको नागरीक, काम आफै किन नगर्ने । हामीलाई थाहा छ हामी नेपालीहरू विदेशमा रोजगारको शिलशिलामा जान्छौ तर हामीहरू सिप नभएका मानिसको काम नै लेवर हो यसमा घरवनाउने कम्पनिहरूमा फलामका कामहरू गर्ने, बाटोघाटो बनाउने इत्यादि पर्दछन् । तसर्थ विदेशमा सिप नभइ जानु भन्दा आफ्नै देशमा तरकारी बेचेर पनि मासिक १०÷१५ हजार कमाउन सक्छौं । के अव तपार्ई प्रयास नगर्ने । आफुलाई चिन्नुहोस्, कोही के भन्लान कोही के त्यस्ता कुराको वास्तै नगर्नुहोस्् । आफ्नो काममा मात्र लाग्नुहोस् । आजको सामान आजै वेचेर सक्ने प्रयास गर्नुहोस्् । सधै अरुले भन्दा बेसी समय काम गर्नुहोस् त्यसपछि तपार्ईको आम्दानी दैनिक रुपमा वढदै जान्छ ।
चारपाङ्गे सानो साइकलबाट मकै वदाम, भट्ट, चना, भुटेर वेच्दै हिड्नुहोस् ।
सवैले महङ्गो खानाहरू रेष्टुरेन्टमा गएर खान सक्दैनन र एकछिनको समय मेट्दै १ घण्टा ढिला खाना खान सहयोग पु¥याउन पनि यो तरिका उत्तम भएको छ । जहाँ धेरै मानिस त्यहाँ यो व्यापार फस्टाउने भएकोले निम्न आयभएका व्यक्तिले यो व्यवसाय संचालन गर्न सक्छन् । यो व्यवसाय ३÷४ हजारको खर्चबाट संचालन गर्न सकिन्छ । १५ सयको ४ पाङ्गे साइकल र मकै, चना भट्ट, वदाम इत्यादि । यो कार्य गर्न यहाँलाई मन लागेमा यो कार्य गर्दै हिडेका व्यक्तिहरूसँग राय लिन सक्नुहुन्छ । दैनिक ४०० देखि १००० सम्म आम्दानी हुन्छ । साथमै चनाचटपट पनि वेच्न सक्नुहुन्छ । यो पनि राम्रो आम्दानीको स्रोत हो ।
चिया, विस्कुट लिएर अफिस अफिस पुग्नुहोस्् ।
बजारमा सवै क्षेत्रको प्रतिस्पर्धा चलिरहेको हुन्छ । त्यसैले कतिपय कर्मचारीहरू थोरै समय पनि फुर्सद निकाल्न गाह्रो मानिरहेका हुन्छन् । त्यसैले अव हामी बेरोजगारीहरू मध्ये कोहीले चिया पकाई ठूलो थर्मसमा राखेर विस्कुट झोलामा राखी अफिस अफिसमा पुग्नु सक्नुहुन्छ । दैनिक दुइसय देखि ३०० सय कप सम्म चिया वेच्न आरामले सकिन्छ । सँगसँगै केही विस्कुट पनि वेच्दा आम्दानीमा पनि सहयोग पुग्दछ । यो कार्य प्राय अफिस अफिसहरू भएको ठाँउ, व्यस्त बजार, वस स्टेशनहरूमा, क्याम्पस, स्कूलको छेउछाउमा वढी प्रभावकारी हुन्छ । यहाँ तपार्ई प्लाष्टिकको गिलासहरू प्रयोग गर्नु सक्नुहुन्छ ।
पुराना कितावहरू संग्रह गर्नुहोस् र बेच्नुहोस् ।
आजभोलि पुराना विभिन्न प्रकारका पुस्तकहरू संग्रह गर्ने चलननै चलिसकेको छ । तर हामीलाई सम्पूर्ण पुस्तकहरू पुरा मूल्यमा किन्न आर्थिक समस्या पर्न सक्छ तसर्थ हामीहरू जोकोहीलाई पुराना पुराना धेरै प्रकारका पुस्तकहरू विभिन्न ठाँउबाट जम्मा गरी वेच विखन गर्न सक्छौ । यसरी वेचविखन गर्नको लागि विभिन्न स्कूल र कलेजमा साधारण प्रचार प्रसार गर्दा पनि प्रयाप्त हुन्छ । पुराना पुस्तक कसरी जम्मा गर्ने ।
१) पुस्तक सट्टापट्टाको व्यवस्था गरेर ।
२) पुस्तक पसलमा विक्री नभएका पुस्तकहरू दोश्रो मूल्यमा खरिद गरेर ।
३) घरघरबाट जम्मा गरेर ।
४) कवाडी पुस्तकहरू वेच्ने ठाँउमा गएर ।
स्कूल कलेजका पुस्तकहरू, उपन्यासहरू, अंगे्रजी भाषा सिक्ने पुस्तकहरू बढी चल्दछ ।
यो कार्य जो कोहीले पनि जुनसुकै शहरूमा गर्न सक्छन । यसको लागि बजारको मुख्य सडकहरूमा नभएर भित्री गल्लीको सानो कोठा र सस्तो भारा भएको ठाँउमा राखेर पनि गर्न सकिन्छ । यो परिवारको कुनै पनि सदस्यले पनि गर्न सक्छन । परिवारको अर्को सदस्यले अर्को व्यवसाय पनि गर्न सक्छन् ।
पुराना काठबाट वनेका सामान (तामा पनि )
खासगरी पुराना सामानहरूको संग्रह गरी पर्यटकीय बजारहरूमा प्रर्दशनी गर्दै विक्री वितरण गर्न सकिन्छ । यी सामानहरू गाँउ गाँउबाट जम्मा गरी ल्याउन सकिन्छ । यी सवै सामान यूरोप तथा अमेरिकातिर निर्यात गर्न सकिन्छ ।
हाम्रो देशको ठूला ठूला होटल, रेष्टुरेन्टहरूले पनि देशको विभिन्न कला संस्कृतिको पहिचान देखाउन यी सामानको प्रर्दशनी गर्ने गर्दैछन् । तामाका भाँडाहरू, काठको विभिन्न कलात्मक तथा उपयोग गरी फालिएका वा प्रयोगमा नआउने सामानहरू पर्दछन् ।
जस्तै ः ठेकी , काठको भ¥याङ, फलामको साँचो, तामाका भाँडाहरू, स्टीलका भाँडाहरू
विक्री गर्न सकिने स्थानहरू ः
१. काठमाण्डौं पोखराका ठूलाठूला होटल तथा रेष्टुरेन्टहरू २) ठमेल, दबारवारमार्ग, वसन्तपुर, पाटन, दरवार स्क्वार, भक्तपुर दवरवार स्क्वायर ३) पोखरा लेक साइड, पार्दी ४) लुम्विनी ५) ट्रेकिङ्ग मार्ग ६) चितवन (सौरहा ) आदि.....
पत्रपत्रिका बेच्नुहोस् प्रसस्त पैसा कमाउनुहोस् ।
नेपालका प्रमुख शहरहरूमा दैनिक विहान र दिउँसो पत्रिका निस्कने गर्दछन् । दैनिक समाचार पढ्ने, विज्ञापन हेर्न पाठकहरू शहरहरूमा प्रसस्तै हुने हुनाले यो विक्री वितरण गर्ने व्यवसाय राम्रै फस्टाएको छ । त्यसलै तपार्ई केही काम नपाएर त्यसै वस्नुभएको छ । भने आजै यसका वारेमा वुझ्न गई काम शुरु गरिहाल्नुस । यसले लाटालाई वाठो बनाउँछ । पत्रिकामा लेखिएको कुरा वोल्दै हिड्दा वोल्ने शक्ति पनि वढ्छ आम्दानी पनि वढछ् । वोल्नेको पिठो विक्री हुन्छ नवोल्नेको चामल पनि विक्री हुदैन । एउटा दैनिक पत्रिका वेच्दा ५० पैसा देखी र १.५० पैसा सम्म आम्दानी हुने हुनाले तपाईले दैनिक ३०० वेच्न सक्नुहुन्छ । अव हेर्नुहोस् आम्दानी । सवै मानिस गरीवबाट नै धनि भएका हुन् । काम सानो होस् अथवा ठूलो । त्यसमा के मतलव चाहियो आत्मविश्वास । तपार्ई हिम्मत नर्हानुहोस् ।
फिल्मी क्यासेट, सी.डी. भी.सी.डी, डी.भी .डी ÷रेडियो टेप
आजभोलि बजारी क्षेत्रमा फिल्म भाडामा दिन र वेच्न प्रसस्तै अडियो भिडियो सेन्टरहरू खुलेका छन् । हामी घरमा वा कतै भाँडामा यस्तो सेन्टर खोल्न सक्छौ भने बजारबाट नयाँअडियो÷भिडियो सि.डीहरू ल्याएर अन्य थुप्रै सेन्टरहरूमा वेच्न लैजान पनि सक्छौं । प्राय सधै जसो नयाँ नयाँ नेपाली अंग्रेजी हिन्दी फिल्महरू, गितहरू आइरहने हुँदा साइकल मोटरसाइकलमा लिएर अडियो÷भिडियो सेन्टरहरूमा पु¥याउन सक्छौ त्यसैले यो क्षेत्रमा इच्छा हुनेहरूले यसको व्यापार गर्न सक्नुहुन्छ । यसका साथै रेडियो, टेप, क्यासेट पनि सँगसँगै लिएर वेच्न जान सकिन्छ । सामान सुपथ मूल्यमा किन्नुहोस् अनि वेच्न जानुहोस् । दैनिक यो कार्य गर्नुहोस् लाभ राम्रै हुन्छ । मैले पनि कुनै समय यो व्यवसाय गरेको थिए ।
किराना पसलका सामानहरूको विक्री वितरण
बजारमा साना ठूला पसल धेरै प्रकारका हुने गर्दछ्न । खासगरी प्रत्येक पसलका व्यापारीहरू डिलरसम्म पुग्न आफ्नै कामको व्यस्तताको कारणको पुग्न सक्दैनन् । कहिले कुन सामान पसलमा सकिएको हुन्छ त कहिले कुन सामान सकिएको हुन्छ । तसर्थ त्यस्ता खुद्रा विक्रेता सम्म सामान हामीले साइकल रिक्सा मोटर जुन सुकैबाट पनि पु¥याउन सक्छौं । यस किसिमको कार्य दैनिक गरिहनुपर्ने भएकोले कोही पनि बेरोजगार वस्नु पर्दैन कोही कुनै ठाँउमा त कोही कुनै क्षेत्रमा । धेरै किसिमको सामान खुद्रा व्यापारी सम्म पु¥याउन पाँउदा दैनिक आयस्रोत पनि वढ्न जान्छ ।
परिश्रम गर्नुहोस्, सफलता तपार्ईकै हातमा छ । लगातार काममा खट्नुहोस् त्यसले ल्याउछ नयाँ लहहरू । पसिनाको फल प्राप्त हुन्छ , त्यही मीठो हुन्छ ।
विभिन्न खाद्यान्न सामानको खरिद विक्री गरेर ।
हाम्रो देश कृषि प्रधान देश हो । हाम्रो देश गाँउनै गाँउले भरिएको छ । हामी बेरोजगारी जो कोही गाँउगाँउमा गएर कृषकहरूले उत्पादन गरेका कृषि जन्य उत्पादनहरू खरिद गरी बजारमा लगि यसको विक्री गरेर पनि नाफा (आम्दानी) प्राप्त गर्न सक्दछौ । यसको लागि ठूलो अथवा उच्च अध्ययनको पनि आवश्यक पर्दैन र उच्च शिक्षा लिइएकाहरूले पनि यस व्यवसायलाई सजिलै अपनाउन सक्नुहुन्छ । खासगरी खाद्यान्न तथा नगदेवालीहरू वढी मात्रामा विक्री वितरण गर्न सजिलो हुने गर्दछ ।
थोरै थोरै भएपनि लिनुहोस् र एक ठाँउमा जम्मा गनुहोस् । विक्री वितरण गर्नुहोस्् । धेरै ठाँउबाट धेरै उठाएर वस, ट्रक ट्याक्टरमा राखेर बजारमा ल्याई विक्रीवितरण गर्नुहोस्् । यो व्यवसाय देशको जुनसुकै ठाँउमा गर्न सक्नुुहुन्छ । खासगरी यातायातको सुविधा र खाद्यान्न वढी उत्पादन हुने ठाँउमा यो व्यवसाय राम्रो चल्छ । हाम्रो देशको तराई क्षेत्र र उपत्यकाका गाँउहरूमा यो व्यवसाय राम्रो चल्छ । तरकारीका वस्तुहरू पनि गाँउ गाँउबाट उठाएर शहरहरूमा ल्याउन सक्नुहुन्छ र वेच्न सक्नुहुन्छ ।
कठिन परिश्रमको विकल्प केही हुदैन । त्यसैले आफ्नो युवावस्थालाई खेर नफाल । जीवन भनेको व्यवहारिक तालिम हो । जस्ले यो तालिमलाई सदुपयोग गर्दछ उ यो संसारमा रम्न सक्दछ जो सक्दैन उ जिउदैमा मरेर वसेको हुन्छ ।
डायरी उत्पादन गर्नुहोस् र वर्षभरी अधिराज्यभरी वेच्नुहोस् ।
हामी नेपालीहरू साह्रै अल्छी भएका छौ । सधै यस्तो भैरहनु देशको लागि र आफ्नै लागि पनि अहितकर हुनेछ । हामीहरू आज पनि भारतबाट आएको भारतको सूचनाहरू समावेश भएको डायरीहरू प्रयोग गरिरहेका छौं । यसबाट देशको सम्पत्ति वाहिर गएको छ भने हामीले पाउन सक्ने स्वदेशको विविध सूचनाहरू वाट वन्चित भएका छौं त्यसैले हामी आफैले प्रकाशित गरी थप जानकारी दिन सक्छौं । हामीले विभिन्न क्ष्शभ को डायरी उत्पादनगरी वेच्न सकिन्छ । यसो गर्दा डायरी सवै ठाँउमा विक्री हुन्छ । प्रयास मात्र गर्नुहोस्, सवैकाम वन्दै जान्छ । चिन्तन गर्नुहोस् लाखौ प्रति छापेर बजारमा विक्री गर्ने । करोडपतिको रुपमा देख्नुहोस् । सपना एकदिन विपना भएर तपार्ईको अगाडि उभिने छ ।
कागजको खाम, झोला, फाइल वनाउनुहोस् र विक्री गर्नुहोस् ।
आज भोलि घरमै तयार गरिने विभिन्न कार्य मध्ये कागजको खाम, फाइल, झोला बनाउने र बजारमा विक्री वितरण गर्नु पनि एउटा राम्रो व्यवसाय हो । यसको काम विभिन्न प्रकारको हुन्छ । यसै गरी कागजको जिस्ता र नेपाली कागजहरू पनि वेच्न सकिन्छ । कागजको खाम बनाउन खासै ठूलो अध्ययन र लगानी पनि लाग्दैन तसर्थ यो जो सुकैले पनि गर्न सक्छन् । खाली कागज पाउने स्थान थाहा पाउनु र घरमै ल्याई वनाउन सकिन्छ । तपार्ई अव वण्डल वण्डल खाम र नेपाली कागज वेच्न सक्नुहुन्छ । त्यस्तै गरी झोला र फाइलहरू पनि वनाई वेच्न सकिन्छ ।
सेकेन्ड हेन्डफर्निचर खरिद विक्री केन्द्र ः
आज भोलि नयाँ डिजाइनका फर्निचरहरू वैठककोठा लगायत आवश्यक पर्ने अन्य ठाँउमा चिटिक्क पार्ने सवैको इच्छा हुन्छ । कसैले पुराना सामान वेच्न चाहन्छन त कसैले पुराना सामान किन्न चाहन्छन् । शुरुशुरुमा यस्ता खाले व्यवसाय प्रचार प्रसारको कमीले कम व्यापार हुन्छ । खासगरी व्यक्तिगत, प्राइभेट अफिस, होटल पसल आदिबाट फर्निचर खरिद गरिन्छ । विदेश जाने परिवार, अफिस र पसल वेच्न चाहने व्यवसायीले ठूलो मात्रामा फर्निचर वेच्ने गर्दछन् । यसका मुख्य ग्राहक निम्न मध्यम वर्गिय वासिन्दा हुन् । विद्यार्थी, निम्न आय भएका उपभोक्ताले वेच्न र खरीद गर्ने दुवैका लागि हितकर वनेका छन् । वेच्ने किन्ने दुवैका समस्या यस्तै केन्द्रले सुल्झाइदिएको छ । बजार प्रतिस्पर्धा छ , चलिरहेको व्यवसाय भन्दा नयाँ व्यवसाय केही समय राम्रैसँग चल्छ । नयाँ व्यवसाय चलाउदाँ शुरुमा जोखीम भएतापनि पछि राम्रै व्यापार हुन्छ । सदरमुकाममा बजार प्रसस्तै छ । यसलाई समात्न मात्र जान्नुपर्छ । बजारलाई हेरेर नयाँ व्यवसाय सुरु गर्ने जोखिम मोल्न जो तयार छ उ सफल हुन्छ ।
फ्रेस मिट सप्लार्यस
वाक्लो वस्ती भएको ठाँउ बजारी क्षेत्रमा मासुप्रेमी मानिसहरू प्रसस्तै हुने भएकोले तपार्ई कोही यस व्यवसायमा लागि कार्य गर्नु सक्नुहुन्छ । यो कार्य गर्न शुरुमै ठुलो लगानीको जरुरत पनि प्रदैन । कुखुराबाट विस्तारै खसी वोका विक्री गर्न शुरु गर्नुहोस्् । जति दैनिक विक्री हुन्छ त्यति मात्र विक्री गदै जानुहोस् । विवाह, पार्टि, उत्सवको लागि अर्डर पनि लिदै जानुहोस् एकदिन तपार्ई ठूलो प्रेस मिट सप्लाई हुनुहुने छ । तपाईले विचार पु¥याउनु पर्ने कुरा कुन ठाँउमा पसल चलाउदा वढी चल्छ त्यसको स्थान विचार गरेर मात्र खोल्नुपर्ने हुन्छ । अन्यथा तपार्ईमा ह्रास आउन सक्छ । अल्छीको घरमा लक्ष्मी वस्दैन । गरीवी पाल्नेकी हटाउने । त्यो त तपार्ईकै इच्छा हो । मेहनत गर्नुहोस्् । धनी त आफ्नै पौरखले वन्ने हो । आफ्नै पौरखले आफ्नो भाग्य वदल्ने हो । परिस्थिती वदल्ने हो । आफूलाई उचित लागेको काम गर्न समय कुर्नु प्रदैन शुरु गर्नुनै ठूलो जित हो । मानिसहरू, छिमेकी, सहयोगीहरूले के भन्छन भन्नेकुरा छोडौ ।
साइकल मर्मत केन्द्र
खासगरी तराई, भित्री मधेस पछाडीक्षेत्रका साथै उपत्यकामा साइकल प्रचुर मात्रामा प्रयोग भएको पाइन्छ । साइकल एक सरल, सस्तो र सवैले प्रयोग गर्न सक्ने साधन हो । साइकल सधै राम्रो अवस्थामा रहदैनन तसर्थ यसको मर्मत तथा पार्टपुर्जा विक्री केन्द्रखोल्ने हो भने पनि तपाईहरू कम्त्तीमा पनि २ जनाले रोजगार पाउनुहुन्छ । तपार्ई पसल खोल्नुहोस् र साइकल बनाउन सक्ने मिस्त्री पनि राख्नुहोस् । यदि तपार्ई आफै मर्मत गर्न सक्नुहुन्छ भने साहूजी पनि तपार्ई मिस्त्री पनि तपार्ई । यसबाट प्रसस्तै आम्दानी । यसको अतिरिक्त तपार्ई नयाँ नयाँ साइकलहरू पनि वेच्न सक्नुहुन्छ । काम शुरु गरे दाम आउन पनि शुरु हुन्छ ।
विभिन्न स्टेशनरी सामान खरिद गरी विक्री वितरण गर्नुहोस् ।
तपार्ईहरू जो कोही पनि दैनिक साइकलमा राखेर होस् वा झोला मा राखेर पैदल हिडेर होस् अफिस, अफिसमा स्टेशनरी सामान वेच्दै जाँदा फाइदै फाइदा हुन सक्छ । जुन सामानमा वढी प्रतिशत आम्दानी हुन्छ त्यहि वेच्दै जानुहोस् । तपार्ईको एकदिन खुशीले हर्ष जगाँउछ । अल्छीको लागि कामै छैन । अल्छी नवन्नुहोस्् । जाँगर चलाउनुहोस्् । जोश निकाल्नुहोस्् । सयौं काम छन् तपार्ईको लागि । थोरै कुरा धेरै काम गर्नुहोस् ।
उक्ति
(एकैपटक ठूलो व्यापारमा हात नहाल । सानोतिनो काम गर अनि वन्दै जाउ ठूलो व्यापारी । तेल वेच्न जानेपछि मात्र तेल वोक्ने जहाज किन्नु आवश्यक हुन्छ ............... ओनासिस)
दुनोट बनाउनुहोस् वेच्नुहोस्् कमाउनुहोस् ।
दुनोट एक प्रकारको मैदा मिठोबाट वनाइएको व्रेड हो । यो खाजाको रुपमा खाने गरिन्छ यो अहिले बजारमा निकै लोकप्रिय छ । खास गरी मैदाको पिठोलाई मुछेर गिलो वनाई तेलमा केही मिनेट पकाए पछि यो तयार हुन्छ । खासगरी बजारमा ३, ४, ५ रुपियाँ पर्ने दुनोट वनाएको पाइन्छ । कतिपय दुनोटमा विचमा पछि काटेर क्रिम हाल्ने पनि चलन छ भने कतिपयमा राखिदैन । यो दुनोट उद्योग खोल्न त्यति ठूलो धनराशी चाहिदैन । एउटा टेवुल, एउटा ठूलो कराई तेल भए पुग्छ । टेवुलमाथि मिठो मुछनुहोस्् , ठूलो कराईमा पकाउनुहोस् यो तयार हुन्छ । तपार्ईलाई वढी जान्न कही दुनोट बनाएको ठाँउमा गएर हेर्नुहोस् सजिलै सिकीहाल्नुहुन्छ । विहान सवेरै उठेर पकाउनुहोस र प्लाष्टिकमा पोको पारी पसल पसलमा छोडि दिनुहोस् बिक्री भैहाल्छ । तपार्ईको आफ्नो ठाँउबाट पनि विक्री हुन्छ तपार्ई कोशिस मात्र गर्नेास तपार्ई सफल हुनुहुन्छ । आजभोलि धेरैले दुनोट वनाइ वेचेर प्रसस्त पैसा कमाएका छन् ।
गुन्द्रुक वनाउनुहोस्, शहरी क्षेत्रमा वेच्नुहोस्
गुन्द्रुक एक प्रकारको तरकारी हो । विभिन्न सागसब्जीलाई सुकाई माटाको भाँडा, ढेकी जस्ता भाँडामा कुटेर सुकाई राखी बनाइन्छ । यसको झोल तरकार िगाँउघरतिर वढी प्रयोग गरिन्छ । केहिले काँही ताजा तरकारी नभएको वेला तरकारवीको छाक टार्न यो पकाई तरकारीको रुपमा खाने गरिन्छ ।
आजभोलि महङ्गीले छोएको वेला अनि वारम्वार हुने विभिन्न वन्दका कारणहरूले गर्दा पनि यसको महत्व वढेर गएको छ । यदि जो कोहीले यसको व्यापार गर्नुहुन्छ भने तपार्ई सफल हुनुहुन्छ । गेडा गुडीको तरकारी जसरी विक्री हुन्छ यो पनि त्यसरी नै विक्री गर्न सकिन्छ । तपाई केही दिन वेच्दै त हिड्नुहोस् तव थाहा पाइन्छ । परिश्रम नै सफताको खुटकिलो हो ।
लेखापढी गर्नुहोस्् आयआर्जन गर्नुहोस् ।
हाम्रो देशको जनसंख्याको सवै भन्दा ठूलो हिस्सा ग्रामिण क्षेत्रमा छ । ग्रामिण क्षेत्रका जनताहरू लगभग ३० प्रतिशत मात्र साक्षरता छन् गा.वि.स. होस्् नगरपालिका, सिडीओ कार्यालय, कर कार्यालय, विद्युत कार्यालय होस्, नगरपालिका सिडीयो कार्यालय, कर कार्यालय विद्युत कार्यालय होस्, मालमोत होस् वा अदालत होस् जहाँतही विभिन्न चिठीपत्र, करार नाम, आदिको पत्र (निवेदन) तयार गर्नुपर्ने हुन्छ त्यसैले यस सम्वन्धी लेखापढी सम्वन्धी विभिन्न निवेदनहरूको मोडेल जम्मा गरी यस कार्यमा लाग्नुहोस् तपार्ईलाई आवश्यक खाँचो टर्छ । हेर्दै जानुहोस् तपार्ईको दैनिक आम्दानी वृद्धि हुदै जान्छ । तपार्ईले तुरुन्तै जान्नको लागि आजभोलि बजारमा यस किसिमको कार्यमा सहयोग पु¥याउने सहयोगि पुस्तक पनि प्रकाशन भएका छन् ।
जडिवुटि औषधीहरूको औषधी पसल वा घरघरै पु¥याउ ।
तपार्ईहरू जो कोही जडिवुटीको औषधीको मार्केटिङ्ग गर्न चाहनुहुन्छ वा औषधी पसल राखेर काम गर्न चानुहुन्छ भने पनि यो कार्य गर्न सक्नुहुन्छ । यसको लागि विभिन्न जडिवुटी कम्पनिहरूले केही समयतालिम दिएर पनि तपार्ई कार्य गर्न सक्नुहुन्छ । औषधी पसल राख्न नेपाल सरकारबाट मान्यता प्राप्त ब्ब्ज्ध् कोर्ष पूरा गर्नुपर्नेहुन्छ । यसको विस्तृत जानकारीको लागि औषधी व्यवस्था विभाग काठमाण्डौं विजुली बजारमा सम्पर्क गर्न सकिन्छ ।
वालुवा डिपो खोल्नुहोस् ।
खासगरी बजारी क्षेत्रमा घर निर्माण बाटाघाटो अथवा विभिन्न निर्माणका कार्यहरू वढी बन्ने गर्दछन् । त्यसैले यहाँहरूले भाँडाका ट्रकहरूलाई सम्पर्कमा राखेर यस किसिमको वालुवा सप्लाई गर्ने डिपोखोलेर बस्न सक्नुहुनेछ । जति जति विभिन्न निर्माण व्यवसायीहरूसँग सम्पर्क वढ्दै जान्छ त्यति तपार्ईको व्यवसाय वृद्धि हुदैजान्छ । यहाँ आफ्नो साधन भएमा झनै राम्रो हुन्छ । कुनै पनि काम नछोडनुहोस वरु उत्तम उपाएको खोजी गर्नुहोस । जिवन उज्जल छ
इट्टा डिपो खोल्नुहोस्् । (इट्टा ढुंगा गिटी )
तपार्ई निर्माण व्यवसायी, ठेकेदारहरूसँग सिधा सम्पर्क गरी यस प्रकारको व्यवसाय संचालन गर्न सकिन्छ । तपार्ईहरू नगरपालिकामा पनि सम्पर्क गर्न सक्नुहुन्छ । गाँउघरमा शहरमा पनि घर निर्माणको पनि सम्पर्क गर्न सक्नुहुन्छ । गाँउ घरमा शहरमा पनि घर निर्माणको कार्य प्रसस्तै हुने भएकोले जहाँ जहाँ घर वनाइरहेका छन् त्यहाँ त्यहाँ पुगेर वा विभिन्न संचारको साधनबाट प्रचार गरेर पनि यो कार्य गर्न सकिन्छ ।
चिया मिठाईका प्रकारहरूको पसल खोल्नुहोस्् ।
यो सजिलो व्यवसाय मध्ये एक हो । न ठूलो लगानी न ठूलो परिश्रम न ठूलो ठाँउ त्यसलै ठाँउ हेरेर चिया तथा मिठाईको पसल खोल्न सक्नुहुन्छ । ग्राहक वढ्दै जान्छन् तपार्ईको रोजगारीका अवसर, जहाँ गरे पनि गर्छु भने अठोट लिनुहोस र गर्नुहोस तपार्ईको पसल विस्तारै चल्दै जान्छ । ग्राहक वढ्दै जान्छन, तपार्ईको पसल वढ्दै जान्छ । काम भनेको कुनै पनि सानो हुदैन, तपार्ईको मन सन्तुष्टि छ भने ठूलो काम भने पनि सानो काम भने पनि उस्तै उस्तै हो ।
जव कसैलाई लज्जित हुनुपर्छ । जव कुनै महान चिजलाई सानो बनाइन्छ , जब कसैको कमजोरी हाँसोको कारण वन्छ, जव कुनै चिजलाई रमाइलो वनाउनको लागि शिष्टताको आवश्यक पर्छ, जव एउटा वच्चालाई रुवाइन्छ । जव सवै हाँसोमा सामेल हुन सक्दैनन् । तव त्यो तल्लो स्तरको ठट्टा हुन्छ । – वलीम थामस
कहि नभएको जात्रा हाँडीगाँउमा भनेझै दुनियाँमा नभएको असफल, असक्षम, भ्रष्ट, विदेशी दलाल र जनतावाट वहिष्कृत नेताहरू नेपालमा हुनु, पटक पटक जनतालाई धोका दिई सत्तामा आई राजनैतिक अस्थिरता बन्नुनै हामी गरिवी, वेरोजगार र संसारकै दोश्रो असफल राष्ट्र भएका हौं । नेपाली जनताको प्रमुख शत्रु तिनै पटक पटक सत्तामा आएका फोहरी नेताहरू र नेपाललाई कहिल्यै शान्ति र विकास भएको देख्न नचाहने राष्ट्र छिमेकीनै हो । डा.,डिग्री झुण्डाएका केही महाविद्धान ठान्ने महामूर्खहरू पनि उनैको पछाडि दौडनु राष्ट्र र जनताप्रतिको महाविश्वासघात वा राष्ट्रघातनै हो ।
मन्दिर छेउछाउमा पूजाका सामग्री प्रसाद र भगवानका फोटोहरू वेच्नुहोस ।
प्राय गरी मन्दिरको छेउछाउमा पूजाका सामग्रीहरूको पसल चल्ने गरेको हामीले पाएका छौ । तसर्थ घरमै तयार पारी यहाँहरूले पूजाका सामग्रीहरू प्रसस्त तयार गरी मन्दिरको छेउ छाउमा राखी बिक्री वितरण गर्न सक्नुहुन्छ । यो व्यवसाय प्राय चलिनै रहन्छ । तपार्ई यस विषयमा विस्तृत जानकारीको लागि एकपटक पशुपतिनाथको मन्दिर काठमाण्डौ, र जानकी मन्दिर जनकपुरमा गएर हेर्नुहोस रामै थाहा पाउनुहुन्छ । केही कुरा त घुमेर डुलेर पनि थाहा पाउन सकिन्छ । तपाँर्ई नडराउनुहोस तपार्ई रोजगार पाउनुहुन्छ तर हरेक वस्तुको बारेमा बुझ्ने प्रयास गर्नुहोस तर काम भने कुनै एउटा त्यसैमा तपार्ईको भलाई छ ।
विभिन्न हस्तकला, बाँसका सामग्रीहरू तथा खेलौनाहरू ः
हस्तकला भन्नै वित्तिकै संसारभरी प्रसिद्ध छ । यदि विभिन्न हस्तकला तथा बाँसका सामग्रीहरूको विभिन्न वस्तु बनाएर विक्री गर्न सक्नुहुन्छ । वेला वखतमा मेला पर्वमा विक्री गर्न सकिन्छ । कहिलेकाही घरघरमा वा टोल टोलमा कार्यालय पनि लगेर बिक्री गर्न सकिन्छ । लक्ष्य लिएर काम गर्नुहोस सवै काम पूरा हुन्छ । विस्तारै तपार्ई पर्यटकीय वजारतिर पनि विभिन्न पसलहरूमा छोड्दिनुहोस विक्री हुदै जान्छ यसरी तपार्ईको सफलताहरू अघि वढदै जान्छ । अव तपार्ईलाई धेरै भन्दा धेरै बुन्ने मौका आउँछ ।
विभिन्न तरकारीहरू गांउबाट शहरहरू पु¥याउने कार्य गर्नुहोस् ।
खासगरी तरकारीको मुख्य उत्पादन स्थल भनेको नै गाँउ हो । यदि तपार्ई गाँउबाट उत्पादित विभिन्न प्रकारका तरकारीहरू वजारमा लगेर वेच्नुभयो भने उत्पादकलाई पनि फाइदा तपार्ईलाई पनि फाइदा हुन्छ तरकारी व्यवसाय गरी धेरै भन्दा धेरै मानिसहरूले फाइदा लिइरहेको अवस्थामा यहाँ तपार्ई पनि यो व्यवसायलाई आफ्नो व्यवसाय बनाउन सक्नुहुन्छ । कहाँ कुन तरकारी सस्तो पाइन्छ र कुन तरकारी कहाँ महँगोमा वेच्न सकिन्छ त्यो कुरा यहाँहरू आफैले बुझ्न पर्छ त्यही अनुसार मोटर वा बसबाट एक ठाँउबाट अर्को ठाउँमा लगेर वेच्न सक्नुहुन्छ । सहकारीको माध्यमलाई पनि अपनाउन सक्नुहुनछ जहाँ धेरैको हित हुन्छ । आजभोलि सडक यातायात पुगेको धेरै ठाँउमा यो व्यवसाय गरी फाइदा उठाउन सकिन्छ ।
आर्थिक स्थिती कमजोर भएका महिलाहरूका लागि
तपार्ई यदि बजारी क्षेत्रमा हुनुहुन्छ भने घरघरमा गएर सफा सुग्घर गरिदिने, खाना बनाइदिने, भाँडाकुडा, कपडा धोइदिने गर्नुहोस्् तपार्ईले सजिलै काम पाउनु हुन्छ । तपार्ई वसेको छेउछाउमा १०, १२ घरमा यो कार्य गर्न सक्नुहुन्छ । जति धेरै घरमा काम गर्न सक्यो त्यति धेरै आम्दानी हुन्छ । कतिपय घरमा भाँडाकुडा मात्र धुन पनि सकिन्छ । यस्तो कार्य संसारका सम्पन्न राष्ट्रहरूमा हुदै आइरहेको कार्य हो । तपार्ई नहटनुहोस् यस किसिमको कार्य गर्दै पैसा जोगाई राम्रो कार्य गर्ने जर्मेको गर्नुहोस् एक दिन तपार्ई पनि लखपति वन्न सक्नुहुन्छ । तपार्ई पछि नहटनुहोस्, अरुका कुरा नसुन्नुहोस्, आफ्नो कार्यमा डटेर लागिरहनुहोस्् ।
घिउ तेल विक्री केन्द्र खोल्नुहोस् ।
हामी गाँउघरबाट शुद्ध घिउ र तोरीको तेल जम्मा गर्न सक्छौ । यहि शुद्ध घिउ र तेल बजारसम्म ल्याईपु¥याउन सक्नुहुन्छ । घरघरमा पु¥याउन सके घिउ, तेल पनि छिटो विक्री हुन्छ । तपार्ईको पसलको पनि प्रचार हुन्छ । अल्छी नमानी यो कार्य तपार्ईको आफन्तलाई पसलमा राख्नुहोस् तपार्ई गाँउगाँउबाट उठाएर ल्याउनुहोस् । कहिले काँही घरघरमा पनि लैजानुहोस् तपार्ईको काम राम्रैसँग फस्टाउदै जान्छ । तपार्ई जति व्यस्त हुनुहुन्छ त्यतिकै आम्दानी पनि वृद्धि हुदै जान्छ ।
तपार्ईलाई जुनसुकै कामले स्वागत गरेको छ ।
म के गर्न सक्छु भनेर तपार्ई बजारमा अरुले गरेका कार्यवारेमा १÷२ महिना लागेर अनुसन्धान गर्नुहोस्् । यहाँ विचार गर्नुपर्ने कुरा के छ भने तपार्ईको भित्री इच्छालाई वाहिर निकाली त्यही व्यवसायमा तनमन धन दिई अरु १ महिना अध्ययन गर्नुृहोस्, अनि थाल्नुहोस् आफ्नो काम । तपार्ईलाई सबै कामले स्वागत गरेको छ । कुनै पनि कार्यको साँचो तपार्ई आफैसँग छ । त्यसलाई सहि ढंगबाट उपयोग गरी अगाडि बढ्नुपर्छ । बजारी क्षेत्रमा वेलावखतमा उद्योग व्यवस्थापन मार्केटिङ्ग सम्वन्धी विभिन्न गोष्ठी सेमिनार अथवा तालिमहरू संचालनहरू भएका हुन्छन । त्यहाँ तपार्ईहरू उपस्थित भएर बुझ्ने प्रयास गर्नुपर्दछ । नयाँनयाँ विषयहरूको बारेमा जानकारी प्राप्त हुन्छ । त्यस्तै तपार्ईहरूले विभिन्न पत्रपत्रिकाका आर्थिक मञ्चको पानामा पनि उद्योग व्यवसायको बारेमा केही थाहा पाउन सक्नुहुन्छ । तपार्ई जुन काम गर्नुभएको छ । त्यसवारेमा जाने बुझ्ने कोशिस गर्नुपर्दछ । तव मात्र तपार्ई भित्रका कमिकमजोरीहरू हट्छन् । त्यसले तपार्ईलाई आत्मविश्वास वढाउँदछ । आत्मविश्वास नै सफताको सवैभन्दा उच्च सुत्र हो । सफलतामा ९९% असफलता लुकेको हुन्छ ।
दैनिक १०० औं रोजगारका अवसर
विभिन्न पत्रपत्रिकामा दैनिक १०० औ कामदार मागेको हुन्छ । तपार्ईहरू कोही पनि सोधपुछ गरी आफूले कार्य गर्ने प्रयास गरे भोलि १ दिन पक्कै सफल भइन्छ । गरे पो अनुभव हुदै जान्छ र काम सिकिन्छ । कामले काम सिकाउने हो । २,४ दिन वा २, ४ महिना सम्म केही गर्न सकिएन भनेर मन मार्नुहुदैन । आफूमा भएको कमजोरी हटाउदै जानुपर्छ । अरुले गरेको सिक्नुपर्छ । एकै चोटी धनी बन्छु भन्ने दिवा सपना हटाउनुपर्छ । गर्दै जानुहोस् एकदिन तपार्ई पक्कै धनी वन्नुहुन्छ । कमसेकम ६ महिना कुनै पनि वस्तुको क्बभिकmबल यच ःबचपभतष्लन कार्य गर्नुहोस् । तपार्ई जिन्दगीभर जागिर खोज्ने प्रयास नै गर्नुहुन्न् । किनकि तपार्ई अव mबचपभतष्लन मै मन पराउनु हुन्छ । तपार्ईले जुन वस्तु वढी बिक्री हुन्छ त्यता मनजान्छ जुनवस्तु वढी विक्री हुन्छ त्यता मन जान्छ । यहाँ अव तपार्ईको सफलताका उकालो चढ्दै हुनुहुन्छ गर्दै नगर्ने अल्छी ओरालो तिर ओर्लिन्छ । तपाईमा कामको तयारी गर्ने इच्छा छैन भने पैसा कमाउने इच्छा पनि हुदैन । सफलताको सम्वन्ध कामसंग हुन्छ । सफल व्यक्तिहरू सधै गतिशिल रहन्छन् । कहिलेकाँही गल्ती त गर्छन घाटा खान्छन तर मैदानवाट पछि हटदैनन ।
विभिन्न खाद्यान्नका सामानहरूको प्याकेजिङ्ग
(एबअपबनष्लन ) गरेर वेच्नुहोस्
जस्तै मसला ः द्दण्नm, छण् नm, ज्ञण्ण्नm, छण्ण्नm, ज्ञ,द्द,घ।पन
धुलो मसला
मसलाको मुख्य स्रोत कहाँ हो त्यो पत्ता लगाउनुहोस्, सक्नुहुन्छ त्यही गएर ल्याउनुहोस्, सक्नुहुन्छ बजारमा भएको कुनै ठुलो होलसेल पसलमा गएर ल्याउनुहोस्् । अव तपार्ई जिराको गेडाको उबअपबनष्लन पनि गर्न सक्नुहुन्छ वा धुलो वनाएर पनि प्याकेजिङ्ग गर्न सक्नुहुन्छ । प्याकेजिङ्ग तपार्ईको योजना अनुसार गर्न विभिन्न सामानहरू तल दिएको छ ।
१) जिरा पिन्ने मेशिन, यो मेशिन तपार्ई बजारबाट ल्याउन सक्नुहुन्छ । औसत १५ हजार सम्ममा पाइने यो मेशिन तपार्ईलाई लामो समय सम्म काम दिन्छ ।
२) प्याकेजिङ्ग मेशीन ः प्याकेजिङ्ग गर्ने मेशिन विभिन्न आकारमा पाइन्छ । तपार्ईको आवश्यकता अनुसारको ल्याउन सक्नुुहुन्छ ।
३) ढक तराजु ः विभिन्न प्रकारको तौलमा राख्न यो ढक तराजुको आवश्यक पर्छ । आजभोलि यो पनि विभिन्न प्रकारको पाइन्छ
बजारमा लैजाने तरिका
१) सर्वप्रथम झोलामा राखेर पसल पसलमा पु¥याउनुहोस् ।
२) रिक्शा, साइकल, मोटर साइकलमा राखेर पसल पसल पु¥याउन सक्नुहुन्छ
३) तपार्ईको बजार विस्तार हुदै गएपछि तपार्ई टेम्पु, मोटर पनि प्रयोग गर्नसक्नुहुन्छ ।
४) अव तपार्ई बजारमा लैजाने प्रतिनिधिहरू पनि राख्नसक्नुहुन्छ ।
यही तरीकाले तपार्ईले खुर्सानी वेसार, दालका प्रकारहरू, दालमठ आदि पनि सँगसँगै लैजान सक्नुहुन्छ
यस्तै अन्य वस्तुहरू पनि गर्न विक्री गर्न सक्नुहुन्छ जस्तै १) जीरा २) धनिया ३) वेसार ४) ल्वाङ्ग ५) सुकमेल ६) दालचीनी ७) अविरकेसरी ८) काजु दाख ९) ज्वानो मेथी १०) मधेसी वदाम ११) नरिवल १२) छोकडा १३) मरिच १४) मिश्री १५) गुद १६) धुप १७) तेजपात १८) खुर्सानी १९) जौ÷तिल २०) सावुदाना २१) चेप्टीसु २२) मैनवत्ति २३) सुपारी २४) चक्लेटहरू २५) चियापत्ति २६) भुटेको मकै , २७) भुटेको चना २८) मैदा २९) ड्राइमिट ३०) सिन्के च्याउिच्याउ ३१) आलुचिप्स ३२) दालमट आदि
तपाई डराउनु र हराउनु आवश्यकनै छैन् किन कि तपाई भित्र तपाईको आत्मा अजर अमर छ । कुनै पनि ठूलो भन्दा ठूलो संकटले उसलाई कुनै पनि प्रकारको हानी पु¥याउन सक्दैन् । तर तपाई पछि हटन र अरुको गलत कुराहरू भने सुन्न छोडनुपर्छ । आफुलाई उत्साही र अनुशासनमा वाँधी सदा लागिरहनुपर्छ । निरन्तरताको अगाडि सवै समस्या झुक्दछन् ।
जो मान्छे हतोत्साहित भैहाल्छन् या निष्क्रिय भैहाल्छन, यस्ता मान्छेको कसैले न त सहयोग गर्छ न त उसलाई उत्साहित नै गर्छ बरु मान्छेले यस्ता व्यक्तिलाई यहाँ सम्म निराश बनाइदिन्छन् कि उसको वाँचेको साहस पनि सिद्धिन्छ ।
असंभव केही पनि छैन
भाग्य वनाउनु वा विगार्नु स्वयं मान्छेको हातमा छ । कठोर वुद्धिमतापूर्ण श्रमले मान्छेले ठूला भन्दा ठूला काम गर्न सक्छन श्रमको दोस्रो नामनै जिवन हो जसरी वर्णमालाको ज्ञान विना मान्छेले पुस्तक सम्म पढन सक्दैन, त्यसरीनै परिश्रम विना कुनै पनि काममा उ सफल हुन सक्दैन ।
- जो मानिस हाँसी हाँसी काम गर्दछ एवं कामलाई आफ्नो जिवनको अङ्ग मानेर गर्दछ भने त्यस व्यक्ति अवश्यनै महान वन्दछ । यस्ता व्यक्तिले जीवनको सच्चा सुख भोग्दछ समाजमा प्रतिष्ठा प्राप्त गर्दछ । स्वयम् प्रसन्न रहन्छ र अरुलाई पनि प्रसन्न राख्न सक्दछ ।
- एक जुट भएर आउनु शुरुवात हो । एकजुट भएर सँगै बढनु प्रगती हो र एकजुट भएर काम गर्नु सफलता हो ।
- व्यापार कसरी बढाउने ?
- हाँसेर स्वागत गर्नुहोस् त्यस्तै हाँसेर विदाई । ग्राहकसँग कहिल्य नरिसाउनुहोस् । यदि रिसाउने वानी भएमा तपाईको पसलमा वा व्यापारमा एकदिन कोही पनि नआउन सक्छन्।
- सफा कपडा, सफा शरिर, स्वच्छ मन र ग्राहकको अगाडि सधै हसिलो रसिलो वन्नुहोस् ।
- एउटा भिखारी पनि करोडपति वन्न सक्छ । व्यापारमा वन्नुपर्छ ज्यादै विनम्र, ज्यादै शिष्ट, यस्ता व्यक्तिले पनि एक रुपियाँको सामान एकसयमा वेच्नसक्छ ।
- स्थायी ग्राहकहरूलाई वेलावेलामा कोक, फेन्टा, चिया खुवाएर स्वागत गदै आफूप्रति आर्कषित गर्नुहोस् । साथै वेलावेलामा उपहार पनि प्रदान गर्नुहोस ।
- धेरै भन्दा धेरै सामानहरू देखाउन पछि नहटनुहोस् । जति धेरै सामान देखाउन सके त्यति धेरै समान विक्री हुनसक्छ ।
- ग्राहकको राम्रा पक्षको वखान वा पं्रशसा गर्न पछि नपर्नुहोस । यो यस्तो मानविय गुण हो की मानिसले आफूलाई प्रशंसा गरेको मन पराउछन र पुन तपाईकहाँ आउन मनपराइरहन्छन र आफूलाई शान्ती पाएको अनुभव गर्छन ।
- हाँस्नुहोस हसाउनुहोस र रमाइलो गर्नुहोस्। पहिला ग्राहकको कुरा मात्र सुन्नुहोस अनि मात्र
- वेलावखतमा विशेष छुटको व्यवस्था तथा उपहारको कार्यक्रम पनि राख्नुहोस सकिन्छ भने विभिन्न मिडियामा विज्ञापन गर्न पनि पछि नपर्नुहोस् ।
- आफ्नो क्षमता अनुसार कहिलेकाँही नाफाको केही रकम नपुग भएमा पछि तिर्नुहोला भनेर पछिको वाटो खुलाउनुहोस् ।
- पैसाले पैसा खिच्ने होइन । पैसा त आफ्नो वुद्धि र कलाले खिच्ने हो । त्यो पनि एकवाट दुई दुईवाट चार हुदै जान्छ ।
- पसलमा होस वा व्यापारको अफिसमा झोक्राएर नवस्नुहोस, विगतका दुःख पिडा घाटा नसम्झनुहोस् । झोक्राएर वसेकासँग ग्राहक कुरागर्न चाहदैनन् ।
- हाँसेर व्यापार गर्नुहोस् । समयको अत्यधिक सदुपयोग गर्नुहोस् । व्यापारमा सफलैसफल ।
- धेरै मान्छेहरू यसकारण धनी हुनसक्दैनन् किनभने उनीहरूको आफ्नो जीवन भरी आफ्नो काम विजनेस भन्दा अरुको विजनेशमा वढि ध्यान दिने गर्दछन् ।
- घमण्डी वन्दै नबन्नुहोस् । (को पस्छ घमण्डीको पसलमा,घोरमुखाको पसलमा को आउने)
सफलता कसरी ?
सफल वन्नको लागि असफलताको कुरा सोच्नै हुदैन । हरेक कठिनाईमा पनि सोच्नुपर्दछ की म जित्न सक्छु । मेरो जिवन जित्नको लागि हो । म विजयका लागि योग्य र सर्वक्षेष्ठ हुँ । म समाज राष्ट्र र अन्तराष्ट्रमा केही गरेर देखाउन सक्छु । एकदिन पक्कै सफल ।
वास्तवमा सफल मानवमा कुनै पनि विशेष शक्ति हुदैन । सफलताको लागि महान ज्ञान पनि हुनुप्रर्देन । सफलता कुनै भाग्यले सिर्जन गर्ने चिज पनि हैन सफल मानिसहरू सामान्य मानिस नै हुन र खाली यिनीहरूमा आफूप्रति अपार विश्वास हुन्छ । आफ्नो क्षमता र काम प्रति विश्वास हुन्छ । यिनीहरू सरल र साधारणनै हुन्छन् । मात्र कर्म र निरन्तरतामा भर पर्दछन ।
महानताको मूल्य प्रोत्साहन दिनु पनि हो ।
प्रोत्साहन तथा उत्साही परम वलम् । उत्साहमा महान शक्ति हुन्छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें